ब्लग चौतारी
साहित्यिक खबर
ब्लगिङ/ डायरी
पछिल्ला ब्लग पोस्टहरु :
| जनकमान डंगोल |
कानून नबनाएसम्म चुनाव हुन सक्दैन,चुनाव हुन्छ भनेर कसरि भन्न सकेका होलान ?
सरकारले केही दिनमा नै चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेको समाचार आईरहेको बेला प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले सबै तहको निर्वाचन गराउन आयोग तयार रहेको भएपनि अहिलेसम्म सरकारले कानुन दिन नसकेको हुँदा कानून नभए सम्म चुनावको मिति घोषणा गर्न नसकिने बताएको छ ।
सरकारले कानुन दिए फास्ट ट्रयाकबाट ९० दिनमा चुनाव गर्न सकिने र चुनावका लागि चाहिने १३० दिन नै हो ’ नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै प्रमुख आयुक्त यादवले भने, ‘दलहरु तयार छन् भने हामी सबै कुरामा फास्ट ट्रयाकबाट ९० दिनमा चुनाव गराउन सक्छौ । उनले पहिला कुनको चुानाव गर्ने हो त्यो पनि प्रष्ट पार्नुपर्ने बताए । उनले भने,‘निर्वाचनको मिति घोषणा गरेरमात्रै हुँदैन, त्यसको लागि ऐन, कानून र स्रोत साधन चाहिन्छ ।’
राष्ट्रलाई निकास दिनकोलागि निर्वाचन आयोग सँधै तयार रहेको उल्लेख गर्दै यादवले भने,‘अहिले देशव्यापी रुपमा निर्वाचनको ठूलो माग छ, म आँफै मधेश, पहाड र हिमालका धेरै ठाउँमा जाँदा त्यहाँका जनताहरुको चुनाव हुनुपर्छ भन्ने माग छ, आयोग यसमा गम्भिर छ ।’
यादवले यदि स्थानीय तहको निर्वाचन गर्ने हो भने त्यसका लागि चाहिने मतदाता नामावली ऐन, राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचन कसुर तथा सजाय ऐन, स्थानीय तह कार्यविधि ऐन तथा स्थानीय तह निर्वाचन कार्यविधि ऐन पारित भए र स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन उपलब्ध गराउनुपर्ने बताए ।
यादवले आगामी २०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता भएकोले त्यसको लागि सबै मिलेर अघि बढ्नुको विकल्प नभएको बताए,
तर,
देसको ठुला पार्टी नेपाली कांग्रेस देखि तेस्रो पार्टी माओबादी केन्द्रका केहि नेताहरु अब बैशाखमा चुनाव हुन्छ त्यसैले सबै तयारि भएर बस्नु भनेर हुकुमी आदेस गिराउदै हिंडेका छन ।
चुनाव गराउन ऐन कानून चाहिन्छ । बिना कानून के कसरि चुनाव हुन्छ ?
त्यसैले प्रचण्ड देखि देउवाहरूले चुनाव हुन्छ, हामीले तोकिएको समयमै चुनाव गराउन कम्बर कसेर लागेका छौ तर बिरोधि एमालेले संसद चल्न दिएका छैनन् । संसद नचले पछी कानून बन्दैन र कानून नबने सम्म चुनाव कसारी हुन्छ भनेर अबको केहि दिन पछी देउवा तथा प्रचण्डले कुनै सभामा भने भने त्यसलाई अनुठो नमाने हुन्छ ।
नेपालमा २०४६ साल भन्दा अगाडी सम्म सरकारी कर्मचारिहरुलाई राजनीतिक पार्टीको कार्यकर्ता बनेर गतिबिधि संचालन गर्न तत्कालिन पंचायती सरकारले प्रतिबन्ध लगाएको थियो ।
सरकारी कर्मचारीको विभिन्न पदमा नियुक्ति हुनु भन्दा अगाडिनै लोक सेवा आयोगको माग अनुसार प्रहरीले बुझेर पठाउने 'चालचलन तथा गतिबिधि' नामको प्रमाण पत्रमा 'कुनै पनि राजनीतिक गतिविधिमा भाग नलिएको, हिंसात्मक गतिविधिमा नलागेको, कुनै पनि फौजदारी अभियोगमा संजाय नपाएको र हाल सम्मको चालचलन तथा गतिबिधि राम्रो रहेको' भनेर उल्लेख हुनु पर्थ्यो ।
यस्तो चलन नेपालमा मात्र नभएर प्राय सबै देसमा चली आएको छ । सरकारी कर्मचारी भनेको रास्ट्रको सेवक हुने भएको हुँदा रास्ट्र सेवक जहिले पनि 'स्वच्छ, ईमान्दार, अनुसासित र स्वतन्त्र' छबी भएको ब्यक्ति हुनु पर्दछ भन्ने मान्यता भएर नै सरकारी सेवामा नियुक्ति लिनु भन्दा पहिलानै 'चालचलन तथा गतिबिधि' बुझ्ने गरिएको हो ।रास्ट्र सेवक कर्मचारी भए पछि देस र नागरिकको सेवामा तन मन र ध्यान दिएर लाग्दैन भने त्यस्तो रास्ट्रको कहिले पनि उन्नति र भलो हुन्न ।
परिवर्तन नभए सम्म देसको विकास हुन्न । यहि मूल मन्त्र देखाउंदै नेपालका कांग्रेस देखि कम्युनिस्ट पार्टीहरुले देसका सबै तह र तप्काकालाई आफ्नो हक र अधिकारको लागी लड्नु पर्छ भनेर सिकाए, दीक्षित गरे । त्यसैको फलस्वरूप २०४६ साल पछी नेपालमा राजनीतिक पार्टी पिच्छेको संगठन गठन गर्ने होडबाजी चल्यो जुन आजको मिति सम्म पनि यथावतै रहेको छ ।
हाम्रा राजनीतिक पार्टीहरुले आफुहरु प्रतिबन्धित अबस्थामा रहेको बेलामा सासन सत्ता आफ्नो नियन्त्रणमा लिनलाई सबै भन्दा ठुलो अस्त्रको रुपमा निजामति कर्मचारी, वकिल, डाक्टर, शिक्षक, मजदुर देखि बिधार्थीहरु सम्मलाई देखे र सोहि अनुसार प्रयोग पनि गरे । २०४५ सालको पंचायत हटाउ आन्दोलनमा निजामति कर्मचारी, शिक्षक, वकिल, डाक्टर, मजदुर देखि बिधार्थीहरु सडकमा ओर्लेर आन्दोलन नगरेको भए नेपालमा आजको मिति सम्ममा पनि एकतन्त्रीय सासन 'पंचायती ब्यबस्था' नै कायम रहन्थ्यो होला ।
२०४६ साल भन्दा अगाडी हाम्रा राजनीतिक पार्टीका नेताहरुले जे जे सिकाय आज आएर त्यो सिकाईले बिकरालरुपमा नकारात्मक गतिबिधि गर्न ठुलो नैतिक बल मिलाई दिएको छ । बन्द र हड्ताल सामान्य जस्तै भै सक्यो । बन्द र हडतालको परिणामले गर्दा देस आज गरिब तथा पिछडिएका रास्ट्रमा गणना भै सक्यो भनेर समय समयमा आंकडा निकालेर देखाउने पनि हाम्रै सरकारी कर्मचारीहरु हुन ।
बिधार्थी भनेका कुमालेले प्रयोग गर्ने काँचो माटो जस्तै हुन । जसरि कुम्हालेले काँचो माटोलाई कुटेर, मुछेर विभिन्न सुन्दर कलात्मक सामाग्रीहरुको उत्पादन गर्छन त्यस्तै हाम्रा स्कुल कलेजमा पढाउने गुरु वर्गहरु पनि कुम्हाले जस्तै हुन ।
बिधार्थी रुपी काँचो माटोलाई के कसरि अनुसासितरुपमा राखेर उत्कृस्ट शिक्षा दिनु पर्दछ भन्ने जिम्मेवारी हाम्रो गुरुवर्गको हो र त्यसको ज्याला स्वरूप सरकारले तलव भत्ता पनि प्रदान गरेको छ ।
दुख:को साथ भन्नु पर्दा २०४६ साल भन्दा अगाडी देखिनै हाम्रा गुरु तथा गुरुआमाहरु कांग्रेस देखि विभिन्न नामधारी कम्युनिस्ट पार्टीमा लाग्दै आफ्नो नैतिकता पार्टीमा बन्दकी राखेर आफ्ना शिष्यहरुलाई राजनीतिक पार्टीको गतिविधिमा लाग्न प्रेणना दिने गरेको देखियो ।
'जस्तो गुरु त्यस्तै चेला' भन्ने नेपाली लोकोक्ति त्यसै बनेको हैन । हाम्रो गुरु तथा गुरुआमाहरुले परापुर्बकालकै जस्तो गरि कडा अनुसासनमा राखेर नैतिक शिक्षाको साथ उत्कृस्ट शिक्षा प्रदान गरेको भए देसले आज यस्तो दुर्दिन देख्नु र भोग्नु पर्दैनथ्यो ।
हामीलाई शिक्षा दीक्षा प्रदान गर्ने गुरु तथा गुरुआमाहरुनै राजनैतिक पार्टीका हल्कारा बन्दै राजनैतिक पार्टीका नेताहरुको कठपुतली बन्छन भने त्यस्ता गुरु तथा गुरुआमाहरुले प्रदान गरेको शिक्षाले अनुसासित, नैतिकवान रास्ट्र सेवकहरुको उत्पादन हुन्छ भनेर भन्न सकिन्छ र ?
हिजो सामाजिक संजालको बिकास नहुँदा कुन मान्छे के कस्ता चरित्रका हुन भनेर चिन्न अलि कठिनै हुन्थ्यो । जुन दिन फेसबुक तथा ट्वीटर जस्ता सामाजिक संजालहरु चल्तीमा आयो त्यो दिन देखि कुन व्यक्ति के कस्ता चारित्रका हुन चिन्न र बुझ्न कठिन नहुने रैछ ।
जनताले तिरेको कर देखि अन्य बाह्य श्रोतबाट नेपालको सबै तह र तप्काका कर्मचारीहरुले तलब भत्ता देखि अन्य सुबिधा पाउने गरेका छन जसलाई ठेट भाषामा 'सरकारी निमक खाका' भनेर भन्ने चलन छ ।
सरकारी निमक खाने रास्ट्र सेवकहरु भनेको आफ्नो पदमा बहाल रहुन्जेल सम्म देस र जनता प्रति निष्ठावान र उत्तरदायी हुनु पर्दछ भनेर भनिएको छ र सपथ पनि यस्तै तरिकाले लिने गर्छन ।
लेखाईमा त्यस्तो भएता पनि हिजो आज सबै तह र तप्काका रास्ट्र सेवकहरुले निर्धक्क संग छाती फुलाएर आफुलाई नियुक्ति दिन सघाउ पुर्याउने पार्टी र सो पार्टीका नेताहरुको भजन गाउने गरेको देखिन्छ । तिनीहरुले सामाजिक संजालमा प्रेषित गर्ने स्टाटस, तस्विर देखि पत्रिका प्रकाशन हुने लेख हुँदै रेडियो तथा टेलिभिजनमा हेर्ने र देखिने त्यस्ताहरुलाई रास्ट्र सेवक कर्मचारी भन्न मिल्छ ? विभिन्न राजनीतिक पार्टीमा लाग्नेहरु कसरि रास्ट्रको सेवक भए ?
यी तिनै रास्ट्र सेवकहरु हुन जसलाई रास्ट्र र जनताको सेवा भन्दा आफ्नो भबिस्य प्यारो छ । आफ्नो फाईदाको लागी पार्टी र नेताहरु समाएर जस्तो सुकै नीचता प्रदर्शन गर्न पछी पर्दैनन । सुरुको नियुक्ति लिने बेलाको सपथ र आफ्नो काम र कर्तब्यलाई भुलेर पार्टी तथा नेताको चाकरीमा ब्यस्त हुन्छन ।
कतिपय उच्च पदस्तका कर्मचारीहरु पनि छन जुन कर्मचारीहरु सरकारी निमक खाएर बिदेसिको ईसारामा खोलिएको विभिन्न नामधारी गैर सरकारी संगठनहरु संचालन गरेर बसेका छन, सरकारी अस्पतालमा सेवा दिनु पर्ने डाक्टर दखि सरकारी स्कुल कलेजमा पढाउने गुरुबर्गहरुलाई निजि क्लिनिक तथा कलेजहरुमा पढाउन भ्याई नभ्याई समेत छ ।
जब सम्म रास्ट्र सेवकहरुले आफ्नो पदीय जिम्मेवारी बुझ्दैनन र हाम्रा गुरु तथा गुरुआमाहरुले आफ्नो नैतिकता र ईमान्दारितालाई बिभिन्न राजनीतिक पार्टीमा समर्पण गर्छन तब सम्म देस र जनताको बिकास हुन्छ भनेर सोच्नु कोरा सपना मात्र हुन ।
हाम्रा राजनीतिक पार्टीका नेताहरुले हिजो आफु सत्तामा जानलाई जे जस्तो गलत हथकण्डा अपनाय त्यसलाई बेलैमा सच्याउनु ठुलो जरुरि छ । कर्मचारीहरु लाई कडा नसिहद दिएर अनुसासनमा राख्ने जिम्मा भनेको सरकारको हो तर त्यसो गर्नलाई सरकारी कर्मचारीहरुलाई राजनैतिक पार्टीको झोले कार्यकर्ता बनाउन कडाईका साथ रोक्नु पर्छ । सरकारी निमक खाएर जो जसलाई राजनीति गर्न सोख छ उसले जागिर बाट सन्यास लिएर जानुनै उत्तम हुन्छ भन्ने यो पंक्तिकारको ठम्याई हो ।
के हाम्रा विभिन्न राजनीतिक पार्टीका नेताहरुले यस्तो कडा कदम लागु गराउन सक्लान ? सक्छन भने पौने तिन करोड नेपालीहरुले ताली बजाएर स्वागत गर्नेछन, यदि सक्दैनन भने देसलाई सिंगापुर देखि स्विजरल्याण्ड बनाउछु भनेर सपना देखाउनु कोरा बकबास मात्र हो ।
जनक मान डंगोल/janakdangol@gmail.com
ई-जनता डटकममा प्रकाशित
जनक मान डंगोल
जब जनतामा नैरास्यता उत्पन्न हुन्छ त्यस पश्चात कुनै अमुक व्यक्ति, संस्था वा दलले त्यसरी नैरास्यतामा छाएको जनतालाई आफ्नो बसमा पार्ने गर्छन ! नेपालमा माओबादी जन्मिनुको मूल कारण पनि त्यहि नै हो किनभने २०४६ सालमा पंचायती सासनलाई हटाएर स्थापित भएको प्रजातन्त्रले सासन गरेको ६ बर्ष नबित्दै प्रजातन्त्रका हिमायतिहरुले आफ्नो असली स्वरूप देखाउन थालि सकेका थिए जसको पहिलो उदाहरण हो निजिकरणको नाउँमा सरकारी कलकारखाना देखि जग्गा जमिनहरु सम्मको बेचबिखन ! बेच्न जाने तर त्यसको स्थान पूर्ति गर्न जानेनन !
जनताहरुले जब कांग्रेस तथा केहि सक्तिसाली कम्युनिस्ट पार्टीहरुको सासनबाट केहि उपलब्धि नभएको महसुस गर्न थाले तब कम्युनिस्ट घटककै एक खेमा संयुक्त जन मोर्चाले नाम स्वरूप परिवर्तन गरेर माओबादी पार्टीमा रुपान्तरण हुँदै चिनिया माओ सासनको नक्कल गर्दै ससस्त्र क्रान्ति गरे ! त्यो क्रान्तिले ११/१२ बर्षमा गरेको काम हिंसात्मक कारबाही र सो कारबाहीको बिरुद्धमा सरकारी पक्षले पक्षले गरेको रक्षात्मक देखि आक्रामक कारबाहीको बर्णन नेपाली जनताले राम्रै संग देखि भोगी सकेको हुँदा यो पंक्तिकारले थप बर्णन गर्नु नपर्ला !
जनयुद्ध बाट सान्ति सम्झौता गरेर पटक पटक सत्ताको सुख भोगी सकेको जनयुद्ध लड्ने माओबादी पार्टी अहिले सम्म आई पुग्दा तिन चिरा भई सकेको छ ! 'एक थुकी सुकी सय थुकी नदि' भन्ने उखानलाई लात हानेको कारणले गर्दा दोश्रो पटकको संबिधान सभामा जनताले दिएको गतिलो जवाफ माओबादी अझ मुख्यतया संस्थापन पक्ष भन्ने क.प्रचण्ड खेमाले बिर्सेको छैनन होला !
कुनै समयमा पार्टीको लागि भनेसी आफ्नो ज्यु ज्यान 'बत्तिको पुतली' झैँ गरेर होम्न पछी नहट्ने ति असंख्य योद्धा देखि समर्थकहरु पार्टीका नेताहरुको क्रियाकलाप देखि वाक्कब्याकक भएर बाठाहरु युरोप अमेरिका देखि जापान र लाटा सिधाहरु खाडी मलेस्यामा पसिना बेच्न बाध्य भाको छन !
२/३ दिन अगाडी काठमान्डौको खुला मंचमा २२ दलले आमसभा गरे ! नारा उही पुरानै र नारा उही पुरानै भए पछी भाषण नयाँ र नौलो हुने त कुरै भएन ! २२ दलले गरेको आमसभामा कम्तिमा पनि लाख भन्दा घटी कार्यकर्ता देखि जन समर्थक हुनु पर्ने हो कि हैन ? तर त्यो दिनको जनताको सहभागिता देखेर २२ दल हाँकेका माओबादी पार्टीका अध्यक्ष क.प्रचण्डले बाईरोडको बाटो जस्तरी कुरा घुमाउनु बाध्य हुनु पर्यो तर तिनको कुरा अब जनताले पत्याउलान ?
तिनै क.प्रचण्डको एक ईसारामा अघिल्लो पटकको संबिधान सभाको निर्वाचन पश्चात जे पनि हुन्थ्यो ! कांग्रेस तथा एमालेको नेताहरुले शिर ठाडो गरेर बोल्न सक्दैन थिए भने अरु भुरे टाकुरे दल तथा पार्टीको के कुरा गर्नु ! पार्टीको आम सभा भने पश्चात बोल्दे र फुक्देको भरमा गाजा बाजाको साथ काठमान्डौ खाल्डो लाल झण्डा र ब्यानरले राताम्य हुन्थ्यो भने अस्तिको कार्यक्रममा २२ दल समेत सहभागिता हुँदा किन त्यस्तो हुन सकेन ?
समाचार फुक्ने देखि छाप्नेहरु मध्ये कसैले होच्याएर २२ सय भने कसैले २२ हजार भने तर २२ सय भने पनि २२ हजार भनेर फुके पनि छापे पनि त्यो दिनको जनताको सहभागिता देखेर क.प्रचण्डले 'यो आम सभा हैन सर सल्लाह गर्न डाकिएको बैठक हो' भनेर भन्दा के जनता देखि खबर्कर्मीहरुले पत्याउलान ?
अघिल्लो पटकको संबिधान सभा पछी २८ दलले खुल्ला मंचमा आम सभा गर्दा जुन दृश्य देखिएको थियो त्यहि दृश्य २२ दलको आमसभामा देखिनु भनेको नेपालमा लोकतन्त्रको लागि लडने पार्टीहरुको लागि शुभ संकेतचैँ पक्कै पनि हैन किनभने नेपालको जनताहरु जात जातिको राज्य देखि पहिचान सहितको संघियता र धर्म निरपेक्ष राज्य मन पराउदैनन भन्ने पनि हो ! जब सम्म यस्ता कुराहरुलाई उठाउदै जातीय राज्यको वकालत गर्छन आर्को पटकको चुनावमा अहिलेका सबै ठुला नेताहरुको पत्ता साफ हुने स्थिति छ किनभने मदेस आन्दोलनको मसिहा भन्नेहरुलाई मदेसको जनताले दिएको संजाय पनि बिसेका छैनन होला !
बिचार गर्नुस जातीयताको वकालत गर्ने नेताहरु 'बैंसमा मात्र स्याल घोर्ले हुन्छ' ! नेपालको जनता भनेको पंचायती सासनको समयको जनता हैनन ! त्यो बेलाको जनताहरुलाई राजनीतिक चेतना दिने पनि अहिलेका नेताहरु हुन तर राजनीतिक चेतनाले मात्र गरिबको घरमा चुल्हो बल्दैन भन्ने कुरा जान्दाजान्दै पनि जनताको भावना संग पटक पटक खेलवाड गरियो र अझै पनि खेलबाड गरिन्छ भने आर्को पटकको निर्वाचनको बेलामा सुन्य नतिजा प्राप्तिको लागि तयार भएर बसे हुन्छ !
..
सेतो परेवा डट कममा प्रकाशित प्रकाशित मिति: नेपाली समय ०३ : १८ : २७ मध्यान्ह २०७१ कार्तिक ०३ सोमबार
जब जनतामा नैरास्यता उत्पन्न हुन्छ त्यस पश्चात कुनै अमुक व्यक्ति, संस्था वा दलले त्यसरी नैरास्यतामा छाएको जनतालाई आफ्नो बसमा पार्ने गर्छन ! नेपालमा माओबादी जन्मिनुको मूल कारण पनि त्यहि नै हो किनभने २०४६ सालमा पंचायती सासनलाई हटाएर स्थापित भएको प्रजातन्त्रले सासन गरेको ६ बर्ष नबित्दै प्रजातन्त्रका हिमायतिहरुले आफ्नो असली स्वरूप देखाउन थालि सकेका थिए जसको पहिलो उदाहरण हो निजिकरणको नाउँमा सरकारी कलकारखाना देखि जग्गा जमिनहरु सम्मको बेचबिखन ! बेच्न जाने तर त्यसको स्थान पूर्ति गर्न जानेनन !
![]() |
| २२ दलको आमसभा |
जनताहरुले जब कांग्रेस तथा केहि सक्तिसाली कम्युनिस्ट पार्टीहरुको सासनबाट केहि उपलब्धि नभएको महसुस गर्न थाले तब कम्युनिस्ट घटककै एक खेमा संयुक्त जन मोर्चाले नाम स्वरूप परिवर्तन गरेर माओबादी पार्टीमा रुपान्तरण हुँदै चिनिया माओ सासनको नक्कल गर्दै ससस्त्र क्रान्ति गरे ! त्यो क्रान्तिले ११/१२ बर्षमा गरेको काम हिंसात्मक कारबाही र सो कारबाहीको बिरुद्धमा सरकारी पक्षले पक्षले गरेको रक्षात्मक देखि आक्रामक कारबाहीको बर्णन नेपाली जनताले राम्रै संग देखि भोगी सकेको हुँदा यो पंक्तिकारले थप बर्णन गर्नु नपर्ला !
जनयुद्ध बाट सान्ति सम्झौता गरेर पटक पटक सत्ताको सुख भोगी सकेको जनयुद्ध लड्ने माओबादी पार्टी अहिले सम्म आई पुग्दा तिन चिरा भई सकेको छ ! 'एक थुकी सुकी सय थुकी नदि' भन्ने उखानलाई लात हानेको कारणले गर्दा दोश्रो पटकको संबिधान सभामा जनताले दिएको गतिलो जवाफ माओबादी अझ मुख्यतया संस्थापन पक्ष भन्ने क.प्रचण्ड खेमाले बिर्सेको छैनन होला !
कुनै समयमा पार्टीको लागि भनेसी आफ्नो ज्यु ज्यान 'बत्तिको पुतली' झैँ गरेर होम्न पछी नहट्ने ति असंख्य योद्धा देखि समर्थकहरु पार्टीका नेताहरुको क्रियाकलाप देखि वाक्कब्याकक भएर बाठाहरु युरोप अमेरिका देखि जापान र लाटा सिधाहरु खाडी मलेस्यामा पसिना बेच्न बाध्य भाको छन !
२/३ दिन अगाडी काठमान्डौको खुला मंचमा २२ दलले आमसभा गरे ! नारा उही पुरानै र नारा उही पुरानै भए पछी भाषण नयाँ र नौलो हुने त कुरै भएन ! २२ दलले गरेको आमसभामा कम्तिमा पनि लाख भन्दा घटी कार्यकर्ता देखि जन समर्थक हुनु पर्ने हो कि हैन ? तर त्यो दिनको जनताको सहभागिता देखेर २२ दल हाँकेका माओबादी पार्टीका अध्यक्ष क.प्रचण्डले बाईरोडको बाटो जस्तरी कुरा घुमाउनु बाध्य हुनु पर्यो तर तिनको कुरा अब जनताले पत्याउलान ?
तिनै क.प्रचण्डको एक ईसारामा अघिल्लो पटकको संबिधान सभाको निर्वाचन पश्चात जे पनि हुन्थ्यो ! कांग्रेस तथा एमालेको नेताहरुले शिर ठाडो गरेर बोल्न सक्दैन थिए भने अरु भुरे टाकुरे दल तथा पार्टीको के कुरा गर्नु ! पार्टीको आम सभा भने पश्चात बोल्दे र फुक्देको भरमा गाजा बाजाको साथ काठमान्डौ खाल्डो लाल झण्डा र ब्यानरले राताम्य हुन्थ्यो भने अस्तिको कार्यक्रममा २२ दल समेत सहभागिता हुँदा किन त्यस्तो हुन सकेन ?
समाचार फुक्ने देखि छाप्नेहरु मध्ये कसैले होच्याएर २२ सय भने कसैले २२ हजार भने तर २२ सय भने पनि २२ हजार भनेर फुके पनि छापे पनि त्यो दिनको जनताको सहभागिता देखेर क.प्रचण्डले 'यो आम सभा हैन सर सल्लाह गर्न डाकिएको बैठक हो' भनेर भन्दा के जनता देखि खबर्कर्मीहरुले पत्याउलान ?
अघिल्लो पटकको संबिधान सभा पछी २८ दलले खुल्ला मंचमा आम सभा गर्दा जुन दृश्य देखिएको थियो त्यहि दृश्य २२ दलको आमसभामा देखिनु भनेको नेपालमा लोकतन्त्रको लागि लडने पार्टीहरुको लागि शुभ संकेतचैँ पक्कै पनि हैन किनभने नेपालको जनताहरु जात जातिको राज्य देखि पहिचान सहितको संघियता र धर्म निरपेक्ष राज्य मन पराउदैनन भन्ने पनि हो ! जब सम्म यस्ता कुराहरुलाई उठाउदै जातीय राज्यको वकालत गर्छन आर्को पटकको चुनावमा अहिलेका सबै ठुला नेताहरुको पत्ता साफ हुने स्थिति छ किनभने मदेस आन्दोलनको मसिहा भन्नेहरुलाई मदेसको जनताले दिएको संजाय पनि बिसेका छैनन होला !
बिचार गर्नुस जातीयताको वकालत गर्ने नेताहरु 'बैंसमा मात्र स्याल घोर्ले हुन्छ' ! नेपालको जनता भनेको पंचायती सासनको समयको जनता हैनन ! त्यो बेलाको जनताहरुलाई राजनीतिक चेतना दिने पनि अहिलेका नेताहरु हुन तर राजनीतिक चेतनाले मात्र गरिबको घरमा चुल्हो बल्दैन भन्ने कुरा जान्दाजान्दै पनि जनताको भावना संग पटक पटक खेलवाड गरियो र अझै पनि खेलबाड गरिन्छ भने आर्को पटकको निर्वाचनको बेलामा सुन्य नतिजा प्राप्तिको लागि तयार भएर बसे हुन्छ !
..
सेतो परेवा डट कममा प्रकाशित प्रकाशित मिति: नेपाली समय ०३ : १८ : २७ मध्यान्ह २०७१ कार्तिक ०३ सोमबार
जनक मान डंगोल।janakdangol@gmail.com
आज भन्दा १९ बर्ष अगाडी भारतमा साहरुख खान तथा काजोलको जोडीलाई लिएर ‘दिलवाले दुल्हनिया ले जाएंगे’ भन्ने चलचित्र बनाईएको थियो र त्यहि चलचित्रको नाम जस्तै मिल्दोजुल्दो ‘हम्टी शर्माके दुल्हनियाँ’ भन्ने चलचित्र केहि महिना अगाडी प्रदर्शनमा आयो !
त्यो चलचित्रमा भएको एक दृश्य मैले अहिले प्रस्तुत गर्न लागेको आलेख संग केहि मिल्दोजुल्दो हुने भएकोले उल्लेख गर्न लागेको हु ! चलचित्रमा चलचित्रकी नायिकाले आफ्नो पिता सित आफ्नो विवाहमा महँगो कपडाको माग गर्छिन ! पिता तथा दाज्युले महँगो भयो हुन्न भन्ना साथ म दिल्ली जान्छु मामा घर भनेर जवाफ दिन्छिन ! पिताले सोध्छन किन ? नायिकाले जवाफ दिन्छिन म बुढी हुन्जेल सम्ममा पनि मैले याहाँ त्यति पैसा कमाउन सक्दिन त्यसैले ठुलो सहरको ठुलै नाम ठुलै काम अनि ठुलै दाम !
२०४६ सालको राजनैतिक परिवर्तन पस्चात हाम्रो देस नेपालमा पनि बिदेस जाने लर्को लागेको छ ! यसरि बिदेस जानेहरुमा के युवा के अर्ध बैंस सबै उमेरका समान छन ! नेपालमा भएको उच्च शिक्षाको डिग्री देखि सोहि अनुसारको पेसा लाई लात हानेर युरोप अमेरिका जान तम्सिनेको कुनै कमि छैन !
नाम राख्दा सुरक्षाको हिसाबले अप्ठ्यारो पर्ने देखिएकोले युरोप बाट एक जना मित्रले मेरो च्याट बक्समा क्याप्सन सहितको केहि तस्विर पठाउनु भएको रहेछ त्यै तस्विरको साथ उहाँले ब्यक्त गर्नु भएको भनाईलाई सम्पादित गरेर राखेको छु !
नेपाल वाट मास्टर गरेर अनी युरोप मा फेरी मास्टर गरीयो अनी ग्रीन कार्ड पनि पाईयो high skill कामदार कोरुपमा ११ वर्ष युरोप का विभिन्न देश मा काम गरीयो देश फेरीयो वसाई फेरीयो तर काम कहील्यै फेरीयन सधै भाडा मजाई देख्छु ! यहाँ मेरा साथीहरु एनआर एन मा ठुला ठुला गफ गर्दछन नेपाल जान्छन, रेडीयो टी भी मा अन्तर वार्ता दीन्छन म भाडा माज्दै ती अन्तरवार्ता सुन्छु एन आर एन को कार्यसमिति मा हेर्छु सवै मेरा साथी हामी सगै भाडा माझीरहेका हुन्छौ रातभरी काम भाडा मजाई दीन भरी सुताई तर गज्जव को कुरा के भने युरोप वाट गयपछी नेपाल मा नेता लाई थोत्रा गफ दीयो मख्ख पार्यो के गर्नु वास्तवमा भन्दा वढी गफाडी युरोप का एन आर एन छन !
तर अपवादमा युरोपको पोर्तुगलका मा हमाल घराना सफल व्यापारी मानीन्छन ! व्यापार गर्दछन तर त्यो वाहेक डेन्मार्क सुईडेन नर्वे लगायत मा ९९% को काम यही प्रस्तुत गरिएको तस्वीर ले देखाऊदछ ! नेपाल का लेक्चर, अधिकृतहरु इन्जीनियर नर्स डक्टर हरु डेन्मार्क मा प्रायः यही काम मा व्यस्त हुन्छन तर यो काम पाऊन नि कहा सजीलो छ र कही कही त हाईजेनीक ३ दीने कोर्ष गर्नु पर्दछ ती नेपाल का पि एच डी र मास्टर का सर्टिफ़िकेट त शिरानी मुनी हो वायोडाटा मा जागीर अनुभव मा नेपाल का प्रतीस्टीत होटल मा भाडा माजेको अनुभव हाल्नु पर्दछ !
जानेर वा नजानेर ठुलो सपना देख्दै युरोप आईयो तर मैले नेपालमा कमाको डिग्रीको यता कुनै मुल्य रहेनछ ! मैले त्यत्रो दुख गरेर आर्जन गरेको मेरो मास्टरको डिग्रीलाई यता कुनै मान्यता दीइयेना ! पुन: आर्को डिग्री हासिल गर्नु पर्ने भयो तर डिग्री हासिल गर्न लाई चाहिने त धन हो बिना धनको डिग्री हासिल गर्न कि त नेपालमा अभिभावक कुलीन घरानाको हुनु पर्यो हैन भने आफैले नकमाए सम्म डिग्री हासिल गर्ने कुनै गुन्जायेस देखिएन !
काम नगरी पैसा पाईदैन तर युरोपमा काम पाउन पनि त्यत्तिकै सास्ती ! घरमा आफुले खाएको जुठो भाँडा कहिले सफा गरिएन तर यतात त्यै जुठो भाँडा सफा गर्न पनि ३ दिनको तालिम लिनु पर्ने ! मान्छे भन्दा ठुला ठुला ड्रम देखि अन्य डेक्चि, प्लेट, चम्चि, काँटा आदिको रास र रातभरी काम भनेको अंग्रेजीमा क्लिनर अर्थात डीसवास लाई हाम्रा छिमेकीको देसा भन्छन नि डेक्चि ड्राईभर नगरी कुनै सुख: नपाइने ! हामि हिन्दुको छोराछोरी ! गाईको हड्डी राखेर बनाईएको सुप पकाईने अजंगको भाँडो पहिलो पटक सफा गर्दा यो हृदय के कस्तो भो होला त्यसको अनुमान गर्नुस त एक चोटि !
हिजै मात्र हो सामाजिक संजाल फेसबुकको भित्तामा फेस्बुके मित्र श्री बिनोद न्यौपानेज्युले “तपाईनै पर्नु भयो कि हराएका युवाको आफन्त” ? भन्ने शिर्षक राखेर सन्तोस भट्टराई बेल्जियमबाट हराएर परिस् आइपुगेको थहा भयो । मानसिक तनाव, पीडा र चिन्ताले उनी बेसहारा बने । अनि सडकको कतै पेटीमा बस्ने, मागेर खाने, नदिए सामाजिक संस्थाले खान खुवाउने ठाउँमा माग्ने । सडक पेटी, पार्क वा रेलका लिक छेउमा सुत्ने । यस्तो खबर त आयो फेसबूकमा । तर कहाँ छन् त पेरिसमा ? कसले चिन्छ ? केहिदिन अघि केशव कँडेल (दिवाना राज) ले भेटेर यो फोटो खिचे । सामाजिक सञ्जालमा राखिदिए । तरपनि सायद उनको परिवारसम्म जानकारि पुगेन भनेर फेसबुकमा पोस्ट गर्नु भएको रहेछ सायद यो खबर उहाले नेपाल प्लस ब्लग बाट लिनु भएको होला !
हुँदो खाँदोको जागिर छोडेर दलाललाई बिसौ लाख डुबाएर अनेक दुख: कस्ट सहेर युरोप अमेरिका गएर गाईको हड्डी मासु राखेर बनाएको अनेक परिकारको भाँडा माझेर कमाएको पैसाले डिग्री हासिल गरिएला वा त्यसरी कमाएको पैसाले नेपालमा धन सम्पति पनि जोडिएला तर सम्पति जोड्नु भन्दा अगाडी पाईएको दुख: कस्ट र हण्डर भोगिएको देख्दा देख्दै पनि नेपालमा गएर अनेक थरिको गफ दिनु भनेको अन्य सोझा सिदा नेपालीहरुको लागी धोखा हो भनेर किन सोचिदैन ?
गाईको हड्डी राखेर बनाइएको सुपको भाँडो जुन दैनिक रुपमा माझ्नु पनि नियमित रातिको काममा पर्दछ !
आर्काको देसमा गएर जुठो भाँडा वर्तन धोएर कमाएको यथार्थ देख्दा देख्दै पनि नेपाल बाट विभिन्न पार्टीको नेताहरु युरोप अमेरिका बोलाएर प्रबासी नेपालीहरुको हक हितको लागी भनेर खोलिएको संस्थाको रकमबाट किन लखनउ लुट मच्चाईन्छ ? बिदेसमा नेपालीहरुको हक हितको लागी भनेर खोलिने संस्था एउटा मात्र हुनु पर्नेमा राजनीतिक पार्टी पिच्छेको संस्था खोलेर गाईजात्रा किन देखाइन्छ ? राजनीति गर्नु नै छ भने बिदेसा
जुठो भाडा माझ्न किन जाने ?
त्यसैले अहिले जो जसले युरोपमा दुख पाएर बसेका छन र त्यस मध्ये बाट ‘सन्तोष भटराई’ जसरि मानसिक सन्तुलन गुमाएर भौतारिएर हिड्नु नपरोस ! नबुझिकन दलाल र युरोपमा बस्नेहरुको चिल्ला र चिप्ला कुरामा लागेर लाखौ सम्पति डुबाएर अनाहकमा दुख: कस्ट भोग्नु पर्ला भनेर यो आलेख प्रस्तुत गरिएको हो र सुरक्षा र मान सम्मानमा पर्न जाने असरलाई बिचार गर्दै कोहि कसैको नाम प्रकाशित गरिएको छैन !
आज भन्दा १९ बर्ष अगाडी भारतमा साहरुख खान तथा काजोलको जोडीलाई लिएर ‘दिलवाले दुल्हनिया ले जाएंगे’ भन्ने चलचित्र बनाईएको थियो र त्यहि चलचित्रको नाम जस्तै मिल्दोजुल्दो ‘हम्टी शर्माके दुल्हनियाँ’ भन्ने चलचित्र केहि महिना अगाडी प्रदर्शनमा आयो !
त्यो चलचित्रमा भएको एक दृश्य मैले अहिले प्रस्तुत गर्न लागेको आलेख संग केहि मिल्दोजुल्दो हुने भएकोले उल्लेख गर्न लागेको हु ! चलचित्रमा चलचित्रकी नायिकाले आफ्नो पिता सित आफ्नो विवाहमा महँगो कपडाको माग गर्छिन ! पिता तथा दाज्युले महँगो भयो हुन्न भन्ना साथ म दिल्ली जान्छु मामा घर भनेर जवाफ दिन्छिन ! पिताले सोध्छन किन ? नायिकाले जवाफ दिन्छिन म बुढी हुन्जेल सम्ममा पनि मैले याहाँ त्यति पैसा कमाउन सक्दिन त्यसैले ठुलो सहरको ठुलै नाम ठुलै काम अनि ठुलै दाम !
२०४६ सालको राजनैतिक परिवर्तन पस्चात हाम्रो देस नेपालमा पनि बिदेस जाने लर्को लागेको छ ! यसरि बिदेस जानेहरुमा के युवा के अर्ध बैंस सबै उमेरका समान छन ! नेपालमा भएको उच्च शिक्षाको डिग्री देखि सोहि अनुसारको पेसा लाई लात हानेर युरोप अमेरिका जान तम्सिनेको कुनै कमि छैन !
नाम राख्दा सुरक्षाको हिसाबले अप्ठ्यारो पर्ने देखिएकोले युरोप बाट एक जना मित्रले मेरो च्याट बक्समा क्याप्सन सहितको केहि तस्विर पठाउनु भएको रहेछ त्यै तस्विरको साथ उहाँले ब्यक्त गर्नु भएको भनाईलाई सम्पादित गरेर राखेको छु !
नेपाल वाट मास्टर गरेर अनी युरोप मा फेरी मास्टर गरीयो अनी ग्रीन कार्ड पनि पाईयो high skill कामदार कोरुपमा ११ वर्ष युरोप का विभिन्न देश मा काम गरीयो देश फेरीयो वसाई फेरीयो तर काम कहील्यै फेरीयन सधै भाडा मजाई देख्छु ! यहाँ मेरा साथीहरु एनआर एन मा ठुला ठुला गफ गर्दछन नेपाल जान्छन, रेडीयो टी भी मा अन्तर वार्ता दीन्छन म भाडा माज्दै ती अन्तरवार्ता सुन्छु एन आर एन को कार्यसमिति मा हेर्छु सवै मेरा साथी हामी सगै भाडा माझीरहेका हुन्छौ रातभरी काम भाडा मजाई दीन भरी सुताई तर गज्जव को कुरा के भने युरोप वाट गयपछी नेपाल मा नेता लाई थोत्रा गफ दीयो मख्ख पार्यो के गर्नु वास्तवमा भन्दा वढी गफाडी युरोप का एन आर एन छन !
तर अपवादमा युरोपको पोर्तुगलका मा हमाल घराना सफल व्यापारी मानीन्छन ! व्यापार गर्दछन तर त्यो वाहेक डेन्मार्क सुईडेन नर्वे लगायत मा ९९% को काम यही प्रस्तुत गरिएको तस्वीर ले देखाऊदछ ! नेपाल का लेक्चर, अधिकृतहरु इन्जीनियर नर्स डक्टर हरु डेन्मार्क मा प्रायः यही काम मा व्यस्त हुन्छन तर यो काम पाऊन नि कहा सजीलो छ र कही कही त हाईजेनीक ३ दीने कोर्ष गर्नु पर्दछ ती नेपाल का पि एच डी र मास्टर का सर्टिफ़िकेट त शिरानी मुनी हो वायोडाटा मा जागीर अनुभव मा नेपाल का प्रतीस्टीत होटल मा भाडा माजेको अनुभव हाल्नु पर्दछ !
जानेर वा नजानेर ठुलो सपना देख्दै युरोप आईयो तर मैले नेपालमा कमाको डिग्रीको यता कुनै मुल्य रहेनछ ! मैले त्यत्रो दुख गरेर आर्जन गरेको मेरो मास्टरको डिग्रीलाई यता कुनै मान्यता दीइयेना ! पुन: आर्को डिग्री हासिल गर्नु पर्ने भयो तर डिग्री हासिल गर्न लाई चाहिने त धन हो बिना धनको डिग्री हासिल गर्न कि त नेपालमा अभिभावक कुलीन घरानाको हुनु पर्यो हैन भने आफैले नकमाए सम्म डिग्री हासिल गर्ने कुनै गुन्जायेस देखिएन !
काम नगरी पैसा पाईदैन तर युरोपमा काम पाउन पनि त्यत्तिकै सास्ती ! घरमा आफुले खाएको जुठो भाँडा कहिले सफा गरिएन तर यतात त्यै जुठो भाँडा सफा गर्न पनि ३ दिनको तालिम लिनु पर्ने ! मान्छे भन्दा ठुला ठुला ड्रम देखि अन्य डेक्चि, प्लेट, चम्चि, काँटा आदिको रास र रातभरी काम भनेको अंग्रेजीमा क्लिनर अर्थात डीसवास लाई हाम्रा छिमेकीको देसा भन्छन नि डेक्चि ड्राईभर नगरी कुनै सुख: नपाइने ! हामि हिन्दुको छोराछोरी ! गाईको हड्डी राखेर बनाईएको सुप पकाईने अजंगको भाँडो पहिलो पटक सफा गर्दा यो हृदय के कस्तो भो होला त्यसको अनुमान गर्नुस त एक चोटि !
![]() |
| मानसिक तनावले विक्षिप्त भएर बेल्जियमबाट निस्केर हिडेका सन्तोष भटराई तस्विर साभार: बिनोद न्यौपानेको फेसबुक बाट ! |
हुँदो खाँदोको जागिर छोडेर दलाललाई बिसौ लाख डुबाएर अनेक दुख: कस्ट सहेर युरोप अमेरिका गएर गाईको हड्डी मासु राखेर बनाएको अनेक परिकारको भाँडा माझेर कमाएको पैसाले डिग्री हासिल गरिएला वा त्यसरी कमाएको पैसाले नेपालमा धन सम्पति पनि जोडिएला तर सम्पति जोड्नु भन्दा अगाडी पाईएको दुख: कस्ट र हण्डर भोगिएको देख्दा देख्दै पनि नेपालमा गएर अनेक थरिको गफ दिनु भनेको अन्य सोझा सिदा नेपालीहरुको लागी धोखा हो भनेर किन सोचिदैन ?
गाईको हड्डी राखेर बनाइएको सुपको भाँडो जुन दैनिक रुपमा माझ्नु पनि नियमित रातिको काममा पर्दछ !
आर्काको देसमा गएर जुठो भाँडा वर्तन धोएर कमाएको यथार्थ देख्दा देख्दै पनि नेपाल बाट विभिन्न पार्टीको नेताहरु युरोप अमेरिका बोलाएर प्रबासी नेपालीहरुको हक हितको लागी भनेर खोलिएको संस्थाको रकमबाट किन लखनउ लुट मच्चाईन्छ ? बिदेसमा नेपालीहरुको हक हितको लागी भनेर खोलिने संस्था एउटा मात्र हुनु पर्नेमा राजनीतिक पार्टी पिच्छेको संस्था खोलेर गाईजात्रा किन देखाइन्छ ? राजनीति गर्नु नै छ भने बिदेसा
जुठो भाडा माझ्न किन जाने ?
त्यसैले अहिले जो जसले युरोपमा दुख पाएर बसेका छन र त्यस मध्ये बाट ‘सन्तोष भटराई’ जसरि मानसिक सन्तुलन गुमाएर भौतारिएर हिड्नु नपरोस ! नबुझिकन दलाल र युरोपमा बस्नेहरुको चिल्ला र चिप्ला कुरामा लागेर लाखौ सम्पति डुबाएर अनाहकमा दुख: कस्ट भोग्नु पर्ला भनेर यो आलेख प्रस्तुत गरिएको हो र सुरक्षा र मान सम्मानमा पर्न जाने असरलाई बिचार गर्दै कोहि कसैको नाम प्रकाशित गरिएको छैन !
| तस्बिर साभार: गुगल सर्च ! |
साउनको मैना भनेको हिन्दू धर्म मान्ने मुन्च्चिहरूको लागि बिसेष महत्वको मैनाहो ! यो महिंना जति धेरै दुख: कस्ट सहेर धर्म गर्यो त्यस्को दोब्बर, तेब्बर देखि चौबरसम्म फाईदा हुन्च्च भनेर पण्डित बाजे देखि पण्डितबाहरू सम्मले भनूहुन्च्च ! हुन त भौवान भन्ने जिनिस हुन कि परानी आजसम्म कुनै माईकालालले देख्या छैनन तर आस्थाको कुरा हो मान्नै पर्च्च भन्ने जरुरि छैन, मान्नेले मान्च्चन नमान्नेले मान्दैन !
साउना मुइना धर्मको त बर्णन भो तर यो धार्मिक मैनामा मरण हुनेको पनि सिधै स्वर्गा बास नहुने त कुरै भएन ! कोही कालगतिले मोर्चन भने कोही अकाला मर्च्चन तर सबैलाई धेरै लामो समय बाच्नुं पाए हुन्थ्यो भन्ने लोभले नछुने त नहुने कुरै भएन ! भाग्यमानी रच्चन यो महिना मोर्ने मुन्च्चिहरू !
यो पालाको साउना नयाँ लोक्तन्त्रे नेपाला २ थान मोरेका मुन्च्चिहर्ले उल्कासँग चर्चा पाए ! नेपाली फिलिम्मा हिरो भन्ने नायक श्रीकृष्ण श्रेष्ठ बे गरेर हनिमुन मनाउन पारीको देशा गा बेला बिरामी परेछन ओखती गर्दा गर्दै बिते ! बरा हिरो भनेर क्यार्नु सारै सोझो गाई परानी ! त्यत्रो बर्ख नेपाली फिलिम्मा खेले, कोही कसैसित झैँ झगडा गरेनन, प्रोपोगण्डा भन्ने अफवाहता नेपाली हिरो हिरा देखि अन्य ऐरे गैरेसम्मको चर्चा आउने मेलो हो भंच्चन त्यस्ता कहिलेनी फसेनन ! तिन्का लास नेपाल ल्यार दाह संस्कार गर्ने बेला लाखौको अपार जनलहर ओर्लियो ! नेपाले राजधानी कान्तिपुरा यस्तो घटना बिरलै देख्न पाइन्छ भने मरण भनेको यस्तो पो त !
श्रेष्ठसँगै १/२ दिनको फरका 'नायक' हैन 'खलनायक' भन्ने भिलेनको पुलिस कारबाहीमा मारियो ! आसेपासे २/४ थान बाहेक कठै भन्ने कोही भएन ! हप्तौ हप्ता लास हस्पताला डुंगडुंगति कुहाए तर तिनका आफन्तले लास बुझ्न मानेनन !
धादिंग घर भाका नाम दिनेस अधिकारी उप-नाम 'चरी' घाम पार्टीको आडा सधै गर्थे मनपरी ! भन्ने मनुवालाई पुलिसले नाजायज तरिकाले बे-कसुरा गोलि हानेको हुनाले त्यो दोहोरो भिडन्त नभर 'हत्या' हो भनेर साइसूई गाईगूई हुन् थाल्यो ! बल्या आगां प्याटुल हाल्न हाम्रा खबरी देखि नेता उप-नेतारु खल्ली छन !
अपराध गर्नेलाई अपराधी भन्नु पर्ने हुन्छ तर त्यसो गर्दा व्यक्ति मानहानी हुन्छरेभन्दा रैच्चन ! गोजाको आदेशले जे पनि हुने नयाँ नेपाला हिजाज जस्तोसुकै ठुला अपराधीहरूलाई पनि पार्टी अनुसारको 'जय नेपाल', 'लाल सलाम','जय मदेश' 'लिम्बुवान, खुम्बुवान, मगरात सग्रात देखि थारुवान हुँदै हजुर, काम्रेट देखि जीसम्म भनेर भन्नु पर्छ ! जो जसले यस्ता भाका बोल्न जान्दैनन सरकारी कर्मचारी हुन भने कार्बाहियाँ पर्छन भने सर्ब साधारणले ताल परेको खण्डमा 'सफाया' भनिने जेम्राज्को काज फिर्तीको पुर्जी धरी बुझ्न बेर लाम्दैनन !
पारिको देशा उबेला गोराहरू बेपार गर्न आकारे ! बेपार गर्दा गर्दै बिस्तारै देशनै रसबरी जस्तरी कप्लक्क खाई दिए ! त्यो बेला बिहारतिर पर्ने झांसी भन्ने त्यो बेलाको देशा राजपुतानी 'लक्ष्मीबाई' नामकी रानीले काखे बच्चा पिठ्युमा बोकेर हाता यांमानको लामो तरबार भिरेर घोडा चढेर एक्लै गोरासँग भीडीन ! एक्लो आइमेले अदम्य साहस देखा भएर अहिलेसम्म पनि उता नि यतानी 'लक्ष्मी बाई' जस्तरी बहादुर भएस है भनेर भुरिहरलाई आसिख दिने चलन छ !
संसारा जाहानी बौमतको कदर हुन्च्च भन्छन ! तीन तिराट घेरेको भएर नेपालको धेरैले हिन्दूस्थानी भाखा सर्लक्क बुझ्छन भने मास्तिरको खम्पे (भोटको) भाखा चैँ सयमा उनान्न्सेले बुझ्दैनन ! पारीको भाखा 'खुस्बु' भनेको गोर्खालीको भाकाचै 'बास्ना' हुन्छ भनेर गोर्खालीको सब्द्कोषा लेखिएको छ !
हवेलीयाँ बसेर हड्डीको जस्तै थाल भन्ने डिनर पिलीटाँ थाला चम्चा, काँटाले खानेहरूमा भालेहरलाई बौसाप, राजा साप देखि काजिसाप भनेर अदपको साथ भन्नुपर्च्च भने पोथीहरलाई रानीसाप, कजिनीसाप देखि मुइसापसम्म भन्नु पर्च्च र छोटकरीयाँभन्दा बे नगरेको केटीहरूलाई 'मुइस्सा' भन्न सजिलो हुन्छ !
'चरी काम्रेट पुलिसको भिडन्तमा के मारिएको थियो खुस्बु मुइस्साले ठ्याक्कै झांसीको रानीको सक्कल बमोजिम नक्कल देखाम्न थालिन फरक त्यति हो ती झांसीकि लक्ष्मीबाई रानी घोडा चढेर लडाइँमा निस्केका थिइन भने हाम्री खुस्बु मुइस्सा आधुनिक चार पांग्रे फलामे घोडा चढेर निस्किन !
मेरो परान पियारा स्विट हार्टलाई अनाहकमा गोलि ठोक्ने ? कानूनी राज्यको खिल्ली उडामने भन्दै टीपी खिच्ने, बेतारा सम्चार फुक्ने, खबरकागजा लेख्ने हुँदै डिजिटल मिडिया भन्ने समेतलाई लाईब भन्ने प्रत्यक्ष प्रसारण दिएर धेरै दिनसम्म राज्यको चौथो अंगको घरा चुलो बाल्देकोमा अरुले त त्यस्तै हो च्याउ सरि उम्रेका चौथो अंगले चैँ हृदय देखिनै खुस्बु मुइस्सालाई ह्याप्पी ह्याप्पी थ्यान्कु चैँ पक्कै भनेको हुनुपर्छ,
तर,
खुस्बु मुइस्सा नेपालको मोडेल भन्ने कलाकार पनि हुन ! तपाईको परान पियारालाई पुलिसले 'डन' गुण्डा भन्दै समाजको धमिरा भन्ने पद देर गोलि ठोक्यो तर खै त तपाईको आँखा एक थोपो आँसुनि देखिन्नत ! हांसी हांसी खबरेहरलाई इन्टरभ्यु दिन कसरी सक्नु हुन्च्च भनेर खबरेहरूले सोध्दा मैले डाँको छोडेर रुँदैमा मेरो 'चरी'लाई जेम्राजले फिर्ता दिनु हुन्च्च ? भनेर के भन्देकी थिइन सब चुप्प ! बिरांगानाको परिचय भंच्च्न रे यस्तो काम कुरोलाई ! अभिनेत खुस्बु मुइस्साले उत्कृस्ट दाम्मिको गरिन तर बिना निर्देशकको ! डाइलग भन्ने सम्वाद एकोहोरो रुपा फुक्दै गइन ! त्यतिले नि नपुगेर अहिले त पुलिस प्रसासन सप्पैलाई बिपक्षी बनाम्दै चरीको दाइसित मिलेर मुद्दा हालेकी छिनरे !
खुस्बु मुइस्साको परान पियारा घाम पार्टीको सदस्से भसी 'काम्रेट' भन्ने दर्जा त उबेलाको राणाको गर्भे सन्तानकै स्टाईला त्यसैनी पाइने भै हाल्यो ! अहिले नेपाला सरकारको मुख्य मन्त्रालयमा घाम पार्टीको बर्चस्व कायम छ ! पुलिसलाई अम्लोमा नचाम्ने मन्त्रालय अंशबण्डा गर्दा घाम पार्टीको भागा परेको हुनाले घाम पार्टीको उपाध्यक्ष तथा गृह मन्त्रिज्युले चलिरहेको संसद बैठका आएर सगौरबको साथ सिना तानेर मान्नेहरूले सोधेको प्रश्ना पुलिसको दोहोरो भिडन्तमा 'गुण्डा नाईके' मोरेको हो भनेर फुकीदिनु भो ! गुण्डालाई गुण्डा नभनेर सज्जन भन्ने कुरानी भन क्यार ! वाह: गृह मन्त्री भनेको त यस्तो पो हुनु पर्च्चता ! त्यसैले जन्ताको तर्फाट ह्याप्पी ह्याप्पी थ्यांक्यु भनिन्च्च मान्ने गृह मन्त्रिज्युलाई !
गोर्खालीको देशा एक थान आहान भन्ने उखाननि छ ! नेता र पुलिससित 'न त दुस्मनी राम्रो न न त दोस्तिनै' ! आफ्नै पार्टीको बहादुर सिपाहीलाई पुलिसले ठोक्दे ! आफ्नै पार्टीको अध्यक्ष काम्रेट देखि स्व.चरीको गृह जिल्लाको सप्पै मान्नेहरले उल्कासित बिरोध जनाए र जनाउँने कार्य अँझै पनि रोकिएको छैन ! मान्ने गृह मन्त्रिज्युले चलिरहेको संसद बैठका आएर सगौरब पुलिसको दोहोरो भिडन्तमा 'गुण्डा नाईके' मोरेको हो भनेर फुकीदिनु भो तर आफ्नै पार्टीको बहादुर सिपाहीलाई 'काम्रेट' दिनेस अधिकारी भनेर किन सम्बोधन गरेनन यो कुरा ठण्डा ठण्डा कुल कुल भएर खुस्बु मुइस्साले सोचेमा घाटा पक्कै हुन्न, रह्यो कुरा नियाँ र निसाफको !
धेरै पटक सम्मानित अदालतले 'फलाना ज्यानमारा हो त्यसैले पक्राउ गरेर झ्यालखाना जाक्नु' भनेर देको आदेशलाई त चुरुसको धुँवा उडा जस्तरी हावामा उडाइदिने नयाँ लोकतान्त्रिक नेपाला हाम्रै ठुला नेताहरूको चारैतिर गुण्डा, बदमास, हत्यारा, चोर, फटाहा, तस्करी, कालाबजारी, जालसाजी देखि लागुओखती हुँदै चेली बेच्नेसम्म बहादुर बफादार पार्टीका सदस्यरुपी मुन्छिहरू गोमन साँपझैँ चारैतिर मडारिएर बसेको छन भने अब नियाँ निसाप पाइन्छ पाइन्न त्यो मैले बर्णन गर्नु पर्ला र ?
कानूनको बर्खिलाप गरेर हिड्नेलाई अदालती भाखा अभियुक्त भन्छ र यस्ता अभियुक्त चैँ राजनीतिक पार्टीको लागि 'काम छउन्जेल भाँडो र काम सकेसी ठाँडो' हो भन्छन ! खुस्बु मुइस्साले पनि पैला नै दुई जना आसिक आवारालाई 'काम सकेसी ठाँडो' बनाकै हो क्यार भनेर खबरेहरूले भंगेरे अक्षरा छापेका छापेई छन अब यो कुरा हो हैन साक्षी किनाराकै फड्के सदर भने नियाँ निसाप भनेको त्यस्तै हो, बरु यो खुस्बु पूराण कस्तो लाग्यो तल प्रतिक्रिया बाक्सा ट्याक्क पार्नु भएमा लेखकले प्रिय पाठकज्युहरूलाई ह्याप्पी ह्याप्पी थ्यान्कु भंच्च !
पिच उप्क्यो, ढल जम्यो, पुल बगायो, पुल धस्सियो, कोरियाको भाषा परीक्षाको फाराम लिन मात्रै दसौ हजारको लाम अनि भिड नियन्त्रण गर्न नसकेर पुलिसले लाईन लागेको सर्बसाधारण माथि लाठि बर्सायो !
पन्चे चोर, निरंकुस सासन, बोल्न दिएनन, मण्डलेको नाईके, राजतन्त्र मुर्दाबाद २०४६ भन्दा अगाडी सम्म लाग्ने नाराहरु यस्तै थिए र यी नाराहरु लगाउने पनि अहिलेका कांग्रेस र कम्युनिस्टहरुनै हुन २०४६ सालमा माग अनुसारको प्रजातन्त्र आयो ! त्यतिले पनि नपुगेर भने गणतन्त्र कायम गर, लोकतन्त्र चाहिन्छ !
अहिले पन्चेत छैन, पन्चेत नभयेसी मण्डले हुने कुरै भएन ! राजा पनि छैनन राजा नभयेसी राजतन्त्र हुनेत झन कुरै भएन त्यसैले राजतन्त्र मुर्दाबाद देखि पन्चेत मण्डले सम्मलाई मुर्दाबाद भन्न परेन !
एउटा पुरानो प्रसंग !
२०४४ सालमा असार/साउनको मध्य बर्षामा जनकपुर ईलाकामा ठुलो बाढी आयो ! जनकपुरको मुटु शिब चोकमा एउटा बनियाले ६० पैसा किलोको ‘आयो नुन’ ४ रुप्पेमा बेचेको छ भन्ने कुरा कता बाट पुलिसले थाहा पाएर त्यो बनियाँलाई पक्राउ गरेर लग्यो ! गोर्खे धुलाईको साथ जिल्ला प्रशासन चलान भो ! २५ रूप्पे जरिवाना पश्चात बनियाँत छुटे तर पन्चेतकाल भरि ति बनियाँले कालाबजारी गर्ने हिम्मत गरेनन !
‘कहिले काही सिंगमांगमा राखेको घ्यु निकाल्न अम्लो बंग्याउनु पर्छ’ किनभने सिधा अम्लोले घ्यु निस्किदैन त्यसैले पुलिस गाई परानी बन्ने हो भने समाजमा शान्ति सुरक्षा कहिले पनि हुन सक्दैन यो कुरा सबैले बुझ्नु जरुरि छ ! १ लबटो बजौदैमा मानव अधिकार हनन हुन्छ भनेर कुर्लिनेहरु पुल बनाएर हस्तान्तरण नहुँदै गर्लम्म ढल्ने, पिच गरेको २ दिनमै उप्किने, बन स्वाहा, गीटि बालुवाको उत्खननले पुल धस्सिनु र त्यस बाट हुने कहालीलाग्दो घटनाले हुने जन धनको नोक्सानीचैँ मानवाधिकारको हननमा पर्छ कि पर्दैन ?
महेन्द्र राजमार्ग न बहुदले सरकारले बनाको हो न गणतन्त्रे सरकारले बनाको हो तर त्यो राजमार्ग ईलाकाको पुल मुनि उत्खनन गर्नु हुन्न ! व्यापारिक फाईदाको लागि उत्खनन गर्दा पुल धसिन्छ भन्ने कुरा कांग्रेस देखि कम्युनिस्टको सरकारलाई थाहा छ कि छैन ? छ भने महोत्तरी जिल्लाको खण्डमा पर्ने देशकै मुख्य राजमार्गको पुल किन र के कसरि भास्सियो ?
हिजो राजा र पन्चले बिदेस भ्रमण गर्न जाँदा पहिला सिना तानेर ‘नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस’ भनेर भन्थे अनि बाध्यताले लाज पचाएर मित्र रास्ट्रहरुबाट सहयोग नामको भिख थापेर बनाको तमाम उधोग धन्दा कल कारखाना २५ बर्षमा बेचेर खाने पनि त अहिलेकै कांग्रेस देखि कम्युनिस्टहरु नै हुन कि हैनन ? देसमा उधोग धन्दा थप्दै लगेको भए कोरिया जानलाई ज्यान माया मारेर घन्टौ लाईन बस्नु पर्थ्यो ?
कालाबजारी देखि भ्रस्टाचारी सम्मलाई कडा भन्दा कडा कारबाही गरेको भए पुल भासीन्थ्यो ? हावाले उडाउथ्यो ? खोलाले बगाउथ्यो ?
सडक बिभाग भन्ने सरकारी संथा पनि छ तर त्यो संस्थालाई अपांग बनाएर नयाँ बाटो खोल्ने ठेक्का सेनालाई किन दिईन्छ ? सेनाले बाटो घाटो बनाउने देखि बिकास निर्माणको काम गर्ने हो भने यातायात मंत्रालय र त्यो अन्तर्गतको बिभाग किन चाहियो ?
हिजो पन्चेत्को पालामा बिकास निर्माणको काम गर्ने भनेर NCCN अर्थात नेसनल कन्ट्रटक्सन कम्पनि अफ नेपाल भन्ने थियो तर त्यसलाई बिघटन किन गरियो ?
पन्चेत्को पालामा पुलिसको आइ जी पी देखि सेनाको कर्नेल मन्त्रि देखि माननीय सम्मलाई हत्कडी लाएर जेलमा लैजान सक्ने खुबी भाको संस्थाहरु थियो तर त्यो सबै किन बिघटन गरियो ?
मण्डले भनेर धारे हात लाउन जानेको छन, पन्चेतको नाम लिएर अहिले पनि ३० बर्षे भनेर सदनमा घोच्न जानेको छन तर पन्चेतले जत्ति पनि बिकास गर्न नसक्नेले यस्तो उस्तो भन्दै धारे हात लाएर सराप्न मिल्छ ?
त्यसैले आज अपराधी देखि भ्रस्टाचारि, कालाबाजारी देखि आतंककारी सम्म जन्माउने अहिलेका ठुला पार्टीका नेताहरुलाई हिजो तन, मन धन देखि ज्यु ज्यान सम्म सुम्पिने पनि यिनै काँठ देखि सहर बजार सम्मका जनताहरु हुन तर यिनै जनताहरुलाई आज आएर घात गर्ने यी राजनीतिक पार्टीको नेताहरुको गुलियो कुरामा अझै पनि मक्ख पर्ने नेपाली जनताहरुको चेत कहिले पलाउछ ?
त्यसैले छातीमा हात राखेर भन त ए नेपाली जनताहरु हो ‘हामीहरुले साँपलाई दुध खुवाएर के पायौं ?
पन्चे चोर, निरंकुस सासन, बोल्न दिएनन, मण्डलेको नाईके, राजतन्त्र मुर्दाबाद २०४६ भन्दा अगाडी सम्म लाग्ने नाराहरु यस्तै थिए र यी नाराहरु लगाउने पनि अहिलेका कांग्रेस र कम्युनिस्टहरुनै हुन २०४६ सालमा माग अनुसारको प्रजातन्त्र आयो ! त्यतिले पनि नपुगेर भने गणतन्त्र कायम गर, लोकतन्त्र चाहिन्छ !
अहिले पन्चेत छैन, पन्चेत नभयेसी मण्डले हुने कुरै भएन ! राजा पनि छैनन राजा नभयेसी राजतन्त्र हुनेत झन कुरै भएन त्यसैले राजतन्त्र मुर्दाबाद देखि पन्चेत मण्डले सम्मलाई मुर्दाबाद भन्न परेन !
एउटा पुरानो प्रसंग !
२०४४ सालमा असार/साउनको मध्य बर्षामा जनकपुर ईलाकामा ठुलो बाढी आयो ! जनकपुरको मुटु शिब चोकमा एउटा बनियाले ६० पैसा किलोको ‘आयो नुन’ ४ रुप्पेमा बेचेको छ भन्ने कुरा कता बाट पुलिसले थाहा पाएर त्यो बनियाँलाई पक्राउ गरेर लग्यो ! गोर्खे धुलाईको साथ जिल्ला प्रशासन चलान भो ! २५ रूप्पे जरिवाना पश्चात बनियाँत छुटे तर पन्चेतकाल भरि ति बनियाँले कालाबजारी गर्ने हिम्मत गरेनन !
‘कहिले काही सिंगमांगमा राखेको घ्यु निकाल्न अम्लो बंग्याउनु पर्छ’ किनभने सिधा अम्लोले घ्यु निस्किदैन त्यसैले पुलिस गाई परानी बन्ने हो भने समाजमा शान्ति सुरक्षा कहिले पनि हुन सक्दैन यो कुरा सबैले बुझ्नु जरुरि छ ! १ लबटो बजौदैमा मानव अधिकार हनन हुन्छ भनेर कुर्लिनेहरु पुल बनाएर हस्तान्तरण नहुँदै गर्लम्म ढल्ने, पिच गरेको २ दिनमै उप्किने, बन स्वाहा, गीटि बालुवाको उत्खननले पुल धस्सिनु र त्यस बाट हुने कहालीलाग्दो घटनाले हुने जन धनको नोक्सानीचैँ मानवाधिकारको हननमा पर्छ कि पर्दैन ?
महेन्द्र राजमार्ग न बहुदले सरकारले बनाको हो न गणतन्त्रे सरकारले बनाको हो तर त्यो राजमार्ग ईलाकाको पुल मुनि उत्खनन गर्नु हुन्न ! व्यापारिक फाईदाको लागि उत्खनन गर्दा पुल धसिन्छ भन्ने कुरा कांग्रेस देखि कम्युनिस्टको सरकारलाई थाहा छ कि छैन ? छ भने महोत्तरी जिल्लाको खण्डमा पर्ने देशकै मुख्य राजमार्गको पुल किन र के कसरि भास्सियो ?
हिजो राजा र पन्चले बिदेस भ्रमण गर्न जाँदा पहिला सिना तानेर ‘नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस’ भनेर भन्थे अनि बाध्यताले लाज पचाएर मित्र रास्ट्रहरुबाट सहयोग नामको भिख थापेर बनाको तमाम उधोग धन्दा कल कारखाना २५ बर्षमा बेचेर खाने पनि त अहिलेकै कांग्रेस देखि कम्युनिस्टहरु नै हुन कि हैनन ? देसमा उधोग धन्दा थप्दै लगेको भए कोरिया जानलाई ज्यान माया मारेर घन्टौ लाईन बस्नु पर्थ्यो ?
कालाबजारी देखि भ्रस्टाचारी सम्मलाई कडा भन्दा कडा कारबाही गरेको भए पुल भासीन्थ्यो ? हावाले उडाउथ्यो ? खोलाले बगाउथ्यो ?
![]() |
| महेन्द्र राजमार्गको महोत्तरी जिल्लाको खण्डमा पर्ने रातु पुल ! तस्बिर साभार: फेसबुक बाट |
सडक बिभाग भन्ने सरकारी संथा पनि छ तर त्यो संस्थालाई अपांग बनाएर नयाँ बाटो खोल्ने ठेक्का सेनालाई किन दिईन्छ ? सेनाले बाटो घाटो बनाउने देखि बिकास निर्माणको काम गर्ने हो भने यातायात मंत्रालय र त्यो अन्तर्गतको बिभाग किन चाहियो ?
हिजो पन्चेत्को पालामा बिकास निर्माणको काम गर्ने भनेर NCCN अर्थात नेसनल कन्ट्रटक्सन कम्पनि अफ नेपाल भन्ने थियो तर त्यसलाई बिघटन किन गरियो ?
पन्चेत्को पालामा पुलिसको आइ जी पी देखि सेनाको कर्नेल मन्त्रि देखि माननीय सम्मलाई हत्कडी लाएर जेलमा लैजान सक्ने खुबी भाको संस्थाहरु थियो तर त्यो सबै किन बिघटन गरियो ?
मण्डले भनेर धारे हात लाउन जानेको छन, पन्चेतको नाम लिएर अहिले पनि ३० बर्षे भनेर सदनमा घोच्न जानेको छन तर पन्चेतले जत्ति पनि बिकास गर्न नसक्नेले यस्तो उस्तो भन्दै धारे हात लाएर सराप्न मिल्छ ?
त्यसैले आज अपराधी देखि भ्रस्टाचारि, कालाबाजारी देखि आतंककारी सम्म जन्माउने अहिलेका ठुला पार्टीका नेताहरुलाई हिजो तन, मन धन देखि ज्यु ज्यान सम्म सुम्पिने पनि यिनै काँठ देखि सहर बजार सम्मका जनताहरु हुन तर यिनै जनताहरुलाई आज आएर घात गर्ने यी राजनीतिक पार्टीको नेताहरुको गुलियो कुरामा अझै पनि मक्ख पर्ने नेपाली जनताहरुको चेत कहिले पलाउछ ?
त्यसैले छातीमा हात राखेर भन त ए नेपाली जनताहरु हो ‘हामीहरुले साँपलाई दुध खुवाएर के पायौं ?
~ जनकमान डङ्गोल, janakdangol@gmail.com
सामाजिक संजाल फेस्बुकको भित्तामा ठेगाना बिरगंज लेखियेता पनि पाल्पा तिर घर भएका कम्युनिस्ट त्यो पनि एमाले पार्टीको हुँ भन्ने कथित समाजसेवी दुर्गा परियार नाम गरेका एक जना बिद्द्वान मित्र हुनुहुन्छ ! सामाजिक सेवाको खेति गर्नु हुन्छ ! हिन्दु धर्मको उग्र बिरोधि जातिमा दलित तर आज सम्म कति जना दलितको सेवा गर्नु भो भनेर आज सम्म कसैले पनि सोधेका छैनन होला ! उनले जतिखेर पनि उठाउने माग भनेको नै 'नेपाल धर्म निरपेक्ष हुनु पर्छ,गाइ गोरु काटेर खान पाउनु पर्छ ! नेपाललाइ हिन्दु रास्ट्र घोषणा गर्न पाइदैन ! जातियता र संघियतामा राज्य गठन गरिनु पर्छ', तर जातियता र संघियता नेपालीको माग हैन त्यो बिदेसिले उठाई दिएको एजेन्डा हो !यो कुरा उनले बुझेर पनि बुझ पचाएको छन भन्ने कुरा हालको निर्वाचनले प्रस्ट पारेको छ !
सामाजिक सेवाको खेति गर्नलाई नेपालको सरकारले सुको दिंदैन ! सुको पाइने भनेको बिदेसिले दिने युरो तथा डलर हो ! नेपालीलाइ त्यो युरो तथा डलर माया गरेर किन दिन्थे ! हिन्दु धर्मको बिरोध गर र इसाई धर्ममा सक्दो मान्छे हुल यो नै इसाई मूल मन्त्र हो ! जो जसले आत्मा बेचेर यी कुकार्य गर्न तयार हुन्छन तिनलाई युरो/डलर/पाउन्डको असिना बर्षा हुन्छ ! नाम दलितको र ति दलितको नाउँमा काम गर्ने पनि प्राय दलित नै छन तर दलितको नाउँमा च्याउ सरि उम्रेको ति INGO/NGO को विकासे झोलेहरुले आज सम्म कति घर दलित परिवारको उद्धार गरे ? कोहि कसैले अभीलेख राखेको छ ?
महंगा येप्पल्को ट्याब्लेट/ल्यापटप र आइफोन किनेर चलाउने हुत्ति सयमा ९९% नेपालीको छैन ! लाखौ पर्ने यस्ता जिनिस आज धेरै बेरोजगारको हातमा सजिलै देख्न पाइन्छ ! घरा कोदाको ढिडो पाक्न धौ धौ तर जिनिस महंगा बोक्नेको नियत सजिलै देख्न र बुझ्न सकिन्छ ! यस्तै गरि आत्मा नबेचेको भए आज बिदेसिले आएर नेपालको छात्तिमा परेड खेल्दैनथे !
रा.प्र.पा नेपालले बाध्य भएर हिन्दु धर्मको लागि अवाज उठायो तर रा.प्र.पा नेपालले नउठाएको भए हिन्दु धर्मलाई माया गर्ने अर्को कुनै पार्टी वा दल उठेर आवाज चैँ पक्कै उठ्यौथ्यो तर त्यसरी आवाज उठाको देख्दा पेटमा लात पर्ने देखेर होला आज दुर्गा परियार जस्ता कथित समाजसेवीहरुले रास्ट्रबादी हरुलाई प्रतिगामी लगाएत अनेक थरिको उपमा दिंदै धारे हात लाएर सराप्दै छन तर झिंगाको सरापले डिगो मर्दैन ! होस गर बिदेशका दलाल हो कुन दिन तिमीहरुलाई तिनै दलितले कुटेर खेद्नेछन !
"भगवान पशुपतिनाथले यस्ता रास्ट्रघाती हरुलाई सद्बुद्धि प्रदान गरुन" जय भोलेनाथ !
सामाजिक संजाल फेस्बुकको भित्तामा ठेगाना बिरगंज लेखियेता पनि पाल्पा तिर घर भएका कम्युनिस्ट त्यो पनि एमाले पार्टीको हुँ भन्ने कथित समाजसेवी दुर्गा परियार नाम गरेका एक जना बिद्द्वान मित्र हुनुहुन्छ ! सामाजिक सेवाको खेति गर्नु हुन्छ ! हिन्दु धर्मको उग्र बिरोधि जातिमा दलित तर आज सम्म कति जना दलितको सेवा गर्नु भो भनेर आज सम्म कसैले पनि सोधेका छैनन होला ! उनले जतिखेर पनि उठाउने माग भनेको नै 'नेपाल धर्म निरपेक्ष हुनु पर्छ,गाइ गोरु काटेर खान पाउनु पर्छ ! नेपाललाइ हिन्दु रास्ट्र घोषणा गर्न पाइदैन ! जातियता र संघियतामा राज्य गठन गरिनु पर्छ', तर जातियता र संघियता नेपालीको माग हैन त्यो बिदेसिले उठाई दिएको एजेन्डा हो !यो कुरा उनले बुझेर पनि बुझ पचाएको छन भन्ने कुरा हालको निर्वाचनले प्रस्ट पारेको छ !सामाजिक सेवाको खेति गर्नलाई नेपालको सरकारले सुको दिंदैन ! सुको पाइने भनेको बिदेसिले दिने युरो तथा डलर हो ! नेपालीलाइ त्यो युरो तथा डलर माया गरेर किन दिन्थे ! हिन्दु धर्मको बिरोध गर र इसाई धर्ममा सक्दो मान्छे हुल यो नै इसाई मूल मन्त्र हो ! जो जसले आत्मा बेचेर यी कुकार्य गर्न तयार हुन्छन तिनलाई युरो/डलर/पाउन्डको असिना बर्षा हुन्छ ! नाम दलितको र ति दलितको नाउँमा काम गर्ने पनि प्राय दलित नै छन तर दलितको नाउँमा च्याउ सरि उम्रेको ति INGO/NGO को विकासे झोलेहरुले आज सम्म कति घर दलित परिवारको उद्धार गरे ? कोहि कसैले अभीलेख राखेको छ ?
महंगा येप्पल्को ट्याब्लेट/ल्यापटप र आइफोन किनेर चलाउने हुत्ति सयमा ९९% नेपालीको छैन ! लाखौ पर्ने यस्ता जिनिस आज धेरै बेरोजगारको हातमा सजिलै देख्न पाइन्छ ! घरा कोदाको ढिडो पाक्न धौ धौ तर जिनिस महंगा बोक्नेको नियत सजिलै देख्न र बुझ्न सकिन्छ ! यस्तै गरि आत्मा नबेचेको भए आज बिदेसिले आएर नेपालको छात्तिमा परेड खेल्दैनथे !
रा.प्र.पा नेपालले बाध्य भएर हिन्दु धर्मको लागि अवाज उठायो तर रा.प्र.पा नेपालले नउठाएको भए हिन्दु धर्मलाई माया गर्ने अर्को कुनै पार्टी वा दल उठेर आवाज चैँ पक्कै उठ्यौथ्यो तर त्यसरी आवाज उठाको देख्दा पेटमा लात पर्ने देखेर होला आज दुर्गा परियार जस्ता कथित समाजसेवीहरुले रास्ट्रबादी हरुलाई प्रतिगामी लगाएत अनेक थरिको उपमा दिंदै धारे हात लाएर सराप्दै छन तर झिंगाको सरापले डिगो मर्दैन ! होस गर बिदेशका दलाल हो कुन दिन तिमीहरुलाई तिनै दलितले कुटेर खेद्नेछन !
"भगवान पशुपतिनाथले यस्ता रास्ट्रघाती हरुलाई सद्बुद्धि प्रदान गरुन" जय भोलेनाथ !
नेपालका कम्युनिस्ट पार्टीका नेताहरु मध्येमा मलाइ ने.क.पा.-माओबादीका क.देब गुरुङ सारै भद्र र भलाद्मी लाग्छ ! मान्छेको आ-आफ्नो व्यक्तित्व र स्वभाव हुन्छ ! नेपालका कम्युनिस्ट नेता अझ क्रान्तिकारीको पृष्टभुमि बाट आएका नेता देब गुरुंग मलाइ मन पर्नाको कारण के हो भने उहाँले रास्ट्रिय पोशाक मध्यको १ ढाकाको टोपी आफ्नो सिर बाट अलग गर्नु भएको आज सम्म देखिएको छैन ! क्रान्तिकारीहरु अलि खरा स्वभावका हुन्छन ! अझ नेपालका क्रान्तिकारी चरित्र बोकेका असंख्य नेताहरु ज्यादै उग्र र उदण्ड स्वभावका छन र ब्यबहारमा पनि देखाएका छन ! उहाँकै पार्टीको प्रमुख क.मोहन गोपाल बैद्य लाइ लिने र हेर्ने होभने त्यसलाई नाइँ र नकार्न पनि सकिदैन !उहाँ गण्डकी अंचलको कास्की जिल्ला बाट चुनाव लड्नु हुन्छ ! आज फेसबुकमा पोखरा बाट प्रकाशित हुने ‘डन नेसनल न्युज’ ले उहाँको निर्वाचन क्षेत्रको बारे एउटा तस्बिर प्रकाशित गर्यो ! त्यो तस्बिर हेर्दा र त्यहाँको बारेमा थाहा पाउँदा मनै अमिलो भएर आयो !
क.देब गुरुङज्यु राजधानीको सुख सयलमा बसेर अन्य पार्टी प्रति टिप्पणी र पार्टीका नेताहरु प्रति आक्षेप लगाउन होस वा क्रान्तिको नारा जप्न त्यो एकदम सजिलो कुरा हो ! एक जिम्मेवार नेता भए पछी आफ्नो निर्वाचन क्षेत्रको जनताहरुको सुख दुख बुझ्ने तपाइको कर्तब्य हो कि हैन ? तपाइको क्षेत्रका जनताहरु आज मादी नदीमा पुल नभएर जनता आफैले बनाएको बाँसको कच्चि फक्लेटो बाट आवत जावत गर्दा के तपाइको मन कटक्क खादैन र ? तपाई त येतिखेर पार्टीको शिर्ष तहको नेता हुनुहुन्छ र पटक पटक मन्त्रि पनि भै सकेको मान्छे हुनुहुन्छ ! के गर्नु भयो त आफ्नो निर्वाचन क्षेत्रको जनताहरुको लागी ?
जनताको सुबिधाको लागि एउटा पुल सम्म बनाइ दिन नसक्नेले जनताको सुख दुखमा साथ दिन्छ्म, आफ्नो निर्वाचन क्षेत्रमा बिकास गर्छ्म भन्नु कोरा कुरा मात्र हुन भनेर अब जनताले बुझ्ने कि नबुझ्ने ? सधै भरि क्रान्तिको डम्फु मात्र बजाएर देशमा आमुल परिवर्तन हुदैन कामरेड ! तपाइको एउटा आग्रह र अनुरोध हुने हो भने उक्त स्थानमा पक्कि पुल बन्न सक्छ र त्यस भेगका जनताले ज्यान जोखिममा मोलेर नदि तर्नु पर्दैन ! यस्ता कुराहरुमा ध्यान पुगेपो बल्ल जनताको सच्चा पार्टी रैछ भनेर बुझ्थे ! खोक्रा भाषण र उग्र रास्ट्रबादले जनाको जीवनस्तर माथि उक्सिदैन कामरेड !
भगवति बस्नेत, इजरायल
दिनानु दिन देशको बिग्रदो राजनैतिक अवस्था , गरिवी, बेरोजगारले आकान्त नेपालीहरु अनेकन बाध्यता विवशतामा बिदेशिन बाध्य छन् । त्यही हुलमा मिसिएको म पनि केहि बर्ष देखि विदेशमा छु । रहरले भन्दा कहरले नै विदेशिएको म आफ्नो गाउँघर सम्झेर बेला बेलामा मर्माहित हुन्छु ।
लाग्छ सबै रहरले भन्दा कहरले नै बिदेशिएका हुन्छन । जब पराइको भूमिमा अपरिचत मान्छे बीच रुमलिन पुग्छौ त्यति बेला आफ्नै परिवार आफन्त आफ्नै साथी संगी घरदेशको सम्झनाले सताउन थाल्छ । जो संगै छैन र जसको आवश्यकता छ, उसैको याद आउछ । आमाको न्यानो काख आफ्नो प्रिय/ प्रियतमको माया आफ्नोपनले छायाँ बनेर पछ्याईरहन्छ । नेपाली खानाको झल्झली याद आउछ । विदेश जति नै रमझम र भौतिक सुख सुविधाले सम्पन्न भए पनि आफ्नै गाउँघर डाडापाखा, आफ्नै छोराछोरी,साथी भाइको सम्झना अनि शैशबका रुमानी यादहरुले नै बढी पुलकित बनाईरहन्छ । छातीभित्र अनेक ईच्छा र चाहनाहरुलाई दबाएर भोलिको भविष्य र परिवारको सुखको लागि दिनरात नभनी संघर्षरत हुनुपर्छ बिदेशमा । आफ्ना गाउघर र आफन्तको सम्झना कम गर्ने अहिलेको संचार साथी बनेको छ । जसबाट पलपलमा आफ्ना घर परिवार साथी भाइसंग सम्पर्कमा रहन सकिन्छ । छुन नपाएपनि रुन पाइन्छ । हेर्न,बोल्न पाइन्छ ।
संचारको बिकाशले आजभोली दिनचर्या अलि सहज बनेको छ । जसले गर्दा विश्व नै सानो घर जस्तो भएको छ । व्यस्त अनि परिवारबाट टाढा भएर विछिप्त बनेका परदेशीहरु मन भुलाउन फुर्सदको समयमा साथीभाइसँग भेटघाट, गफ गरेर नेपाली चाड पर्वहरुमा बिभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भएर,आफ्ना मन मिल्ने साथी भाईसंग हाँसी मजाक गरेर घरको याद कम गर्ने गरिन्छ । विदेशको दिनचर्या व्यस्ततामा नै बित्छ हरेक काम सेडुल अनुसार गरिन्छ । थोरै ढिला हुनासाथ ट्रेन,बस छुट्छ, समयमा नपुगे काममा नपुगे त्यो दिन काम गर्न पाइदैन । समयनुसार चल्दा व्यस्तता भित्र समय गएको पत्तै हुदैन । विदेश जहाँ हाम्रो भन्दा भिन्न भौगोलिक अवस्था बिकशित देश सभ्य समाज भएको ठाउँमा जब पुग्छौ । सभ्य ठाउँमा पुगेपछि त्यहीको जीवन शैली सिकिन्छ र त्यहाँको रहनसहन अनुसार आँफूलाई ढाल्न कोशिश गर्नैपर्छ । जहाँ गइन्छ त्यहाँको समाज अनुसार चल्न सिक्नु पनि पर्छ तर त्यसो भन्दैमा नेपाली संस्कृति परम्परा भुल्नु पर्छ भन्ने होइन । हामीलाई दुईवटा सभ्यता, दुईवटा भाषा, दुईवटा समाजमा घुलमिल हुने अवसर मिल्छ । यस अवसरले हामीलाई नयाँ ढोका खुलाउँछ ।
हामीले केहि नयाँ अनुभव बटुल्न सक्छौ । स्वच्छ मन, सकारात्मक सोच, कामको सम्मान समयको महत्व बुझेर नै बिदेशीहरु सक्षम र सफल भएका हुन्छन भन्ने कुरा देख्छौ र उनीहरुबाट त्यस्तै कुराहरु सिक्छौ । बिदेशी साथीहरु सहयोगी भावनाका बोकेका हुन्छन् । उनीहरुसँग हाँसखेल,घुमफिर गरिन्छ, सगै बसेर खान खाइन्छ तर खर्च आफ्नो आफ्नो हुन्छ । यदि हामी नेपालमा भएको भए भने आफ्ना साथी आफूले चिनेजानेका सम्मको पैसा आफैले तिर्छौ । विदेशले मान्छे कसरी बाच्नु पर्छ ? जिन्दगी आफ्नो लागि जिउनु पर्छ भन्ने सिकाउँछ । काम सानो ठूलो जस्तो होस् त्यसको सम्मान गर्नु पर्छ । आफूले गर्न लागेको जुनसुकै काम होस् त्यसमा होसियारी अपनाएर धेरै ध्यान दिएर काम गर्नु पर्ने रहेछ भन्ने कुराको ज्ञान हुन्छ । कुनै पनि व्यक्तिलाई साइनो सम्बन्ध लगाएर बोलाउनु भन्दा उसको नामली बोलाउदा उसले स्वतन्त्र भएर आफ्नो अस्तित्व रहेछ भन्ने अनुभव गर्छ भन्ने पनि जानियो । विदेशले हामीलाई श्रम गरेर बाँच्नु पर्छ । समयको महत्व बुझेर कसरी काम गर्नुपर्छ भन्ने पनि सिकायो ।
जीवन परिवर्तनको नाम हो अनि परिवर्तन हाम्रो जीवनको सौन्दर्य हो । हामीले समयनुसार परिवर्तनशील भएर अगाडी बढ्नुपर्छ । हामी जहाँ छौ, त्यही रमाउन कोशिश गर्नु पर्ने रहेछ आफ्नो घर परिवार सम्झेर मनभरी जति ठूलो सुनामी चले पनि भूकम्प आए पनि ओठमा हरपल हाँसो देखाएर बाच्नु पर्ने रहेछ ।
कान्तिपुर साप्ताहिक - http://www.ekantipur.com/saptahik/category.php?id=146
मानिसमा उर्जा थप्ने विभिन्न बाहना हुन्छन् । नयाँ वर्ष पनि यस्तै एउटा बाहना भएको छ मानिसमा उर्जा सञ्चारका लागि । हामीले साथीभाइका मुखबाट पटक पटक सुन्दै आएका छौं ः ‘अहिलेसम्म यत्तिकै भै‘गो, अव नयाँ वर्षदेखि सुरु गरौंला ।’ नयाँ बर्ष आउन दुईचार महिना बाँकी छदै धेरैका मुखबाट सुनिने यस्ता शब्दले पनि नयाँ वर्ष मानिसमा उर्जा जागृत गराउने माध्यम हो भन्ने प्रष्ट हुन्छ । झन लेखक सहित्यकारहरुले त यसलाई बाहनामात्र बनाएका छैनन् अवसरका रुपमा लिएको पाइन्छ । नेपालमा गजल लेख्नेहरुले आफ्ना रचनामा नयाँबर्षलाई देश र परिवेशसंग जोडेर सिर्जनाको खेतबारीमा उमारेका छन् । गोडमेल गरेका छन् र सिर्जनाका थरि थरि फूलहरु फुलाएका छन् ।
सोचे जस्तो वीर शहीदको रगत बोकेर ।
आउ नयाँवर्ष तिमी नौलो जगत बोकेर ।
नेपाली आमा अनि सगरमाथा रुदैछ आज
मेरी आमाको आँसु पुछ्ने फगत बोकेर ।
भर्चुअल संसारमा गोपाल पराजुलीले आफ्ना भावनालाई यस्तै गजलमा लपेटेर मिसाएका छन् नयाँवर्षसंग । सुचना र प्रविधिको आजको युगमा हामी यो भनाइमा मात्र सिमित नरहेर गराइमा समेत भर्चुअल संसारमा भासिइसहेका छौं । नयाँ वर्षले हाम्रो संघार टेक्नलाग्दा भर्चुअल संसारमा यस्ता थुप्रै गजलीय भावनाहरु डुबुल्की मारिरहेका छन्, पौडिरहेका छन्, आ आफ्नै विषेशता र प्रकृति बोकेर । भर्चुअल संसारको यो भासमा गजलहरु कतै भासमा गाडिएका छन् त कतै सङ्लो पानीमा झै माथी माथि तैतिरहेका छन् । झरनाको चिसो पानीमा गर्मी पखाले जस्तो पखालिई रहेका छन् । देशको राजनीतिक परिवेशले थिलथिलो भएका हाम्रा भावनाहरु ती गजलीय अभिव्यक्तिमा छर्लङ्ग देख्न सकिन्छ । भर्चुअल संसारमा तैरिरहेको कोमल भट्टको भाव गजलमा यसरी आएको छ ः
नव वर्ष फुलोस फलोस् मेरो शुभकामना ।
वैरभार र विरोध ढलोस् मेरो शुभकामना ।
रातोदिको खिचातानी, छल र बेइमानी,
खरानी भै छिट्टै जलोस् मेरो शुभकामना ।
यो कोमल भट्टको एक्लो चाहना र कामना मात्र हैन्, पौने तीन करोड नेपालीको चाहना यसले बोकेको छ । कसलाई हत्या, हिंसा, छल, कपट र बेइमानहरुको अशान्त मुलुकमा बस्ने रहर हुन्छ र ? सधै यसको विपक्षमा रहेक नगरिकहरुले मुलुकको यस्तो दुर्दशामै यात्रा जारी राख्न प¥यो । आमनागरिकले झेल्न परेका कष्टहरु नयाँ वर्षका गजलशेरमा पनि झ्ङ्कृत भएका छन् । भएभरका विद्वेषहरु पाखालिएर सुन्दर शान्त मुलुक र समाजको कल्पना सबै चाहेको परिवेश हो । आपसी सद्भाव, भाइचारा र बन्धुत्वको मालामा उनिएर हातमा हात मिलाई मुलुकको उन्नती र प्रगतीमा एकसाथ अगाडी बढ्ने वातावरण चाहन्छन्् गजलकारहरु । आफ्ना सिर्जनामा नयाँ वर्षले यस्ता दिनको थालनी गरोस् भन्ने अभिलाषा प्रकट भएको पाइन्छ ।
बिहेको दिन लगा‘को कोटजस्तो होस् नयाँ वर्ष ।
दशैंमा टीकासगैं पा‘को नोटजस्तो होस् नयाँ वर्ष ।
फूल पनि अति सुन्दर बास्ना आहा मगमग
उहि पवित्र पारिजातको बोटजस्तो होस् नयाँ वर्ष ।
यी दुई शेरमा राजु अतिथिले नयाँ वर्षलाई साच्चै नविन र सुन्दरताको प्रतिकका रुपमा आउनु पर्ने भावना
छताछुल्ल पार्न भ्याए । भर्चुअल संसारमा घुम्दै जाँदा भेटिएका नयाँ वर्षका केहि नमुना गजलहरु मैले यहाँ साभार गरें । नयाँ वर्षलाई प्रत्यक्ष केन्द्रित गरिएका यी र यस्ता गजल भन्दा फरक गजलहरु भर्चुअल संसारमा मात्र हैन पुस्तकका पानापानामा सजिएका छन् । सुनौला अक्षरमा टाँसिएका छन् । ती गजलहरुले कुनै एउटा दिनलाईमात्र नभएर हरेक विहानीलाई नयाँ वर्ष मनाउन प्रेरित गरेका छन्, हरेकको मनमा तरंग छेड्न अग्रसर भएका छन् ।
रात छिप्पिदै गई प्रभात हुन्छ
अन्तिमपछि फेरि सुरुआत हुन्छ
जति कालो बाक्लो बादल लाग्छ
मनोज न्यौपानेले आफ्नो पहिलो गजल संग्रह अन्तिममा यसरी नै हरेक समयलाई उर्जाशिल बनाउँन प्ररित गरेका छन् । गजलमा उनले नयाँ वर्षलाई नयाँ शैलीले पस्किएका छन् । नेपाली गजल लेख्न थालिएको एकसय २५ वर्षिय इतिहासमा गजलले थुप्रै फड्को मारेको छ । श्रृगारिक धाराबाट सुरु भएको नेपाली गजललेखन परम्परा आजको दिनसम्म आइपुग्दा यसले नसमेटेको विषय सायद कुनै विषय छैन् । नयाँ वर्षकै कुरा गर्न पर्दा नयाँ वर्षले जसरी मानिसमा उर्जा सञ्चार गराउन र आपसी सम्बन्ध प्रगाढ बनाउन भूमिका खेल्दछ । गजल पनि त्यसरी नै समय र परिवेश अनुसार परिवर्तन हुदै आइरहेको छ । आज आउने धेरैजसो गजलहर माया प्रेम भन्दा पनि सामाजिक विकृति र विसंगतीमाथी प्रहार भएर आउँछन् । समसामयीकता बोकेर आउँछन् । परिर्वतनशील समयलाई पछ्याउँदै विकास र निमाणृको सन्देश बोकेर आउँछन् । अनि राजनीतिले भताभुङ्ग र लथालिङ्ग पारेको मानवियतालाई जोडन् भावना र सम्वेगको चिसो वतास लिएर आइरहेका छन् । प्रेम, र आसक्तिमा लिप्त हुने हैन, निरासाका पोकाहरु फुकाउँनृमात्र हैन, मुलुक र समाजको प्रगतिमा रमाउँने गजलकारको संख्या दिनानुदिन बढ्दो छ । यो क्रमले निरन्तरता पाइहने आशाका कामनाका साथ पुछारमा केपी लम्सालको असन्तृप्त अभिलाषा संग्रहबाट यो शेर ः
पोहर न‘भाको काम यसपाली हुनैपर्छ ।
मेरो देशमा सुख शान्ति बहाली हुनैपर्छ ।
नागरिक
भूमध्यसागरिय बयली हावाको षोडशी स्पर्शमा
जैतुनका फूलहरु झर्न थाले पछी
अप्रिल महिनाको इजरायली भुइँ
सेतो खैरो फूलतन्नाले ढाकिएपछी
बैशाखे न्यानो घाम हिमालपारी कल्पिंदै
नयाँ बर्षको नयाँ उमङ्ग
पुरानो सपनाको शहरभित्र कतै फूटपाथमा बिस्कुन राखेर
निमेकमा पसिना सटही गर्दा
भक्कानिएर मन यसरी डाँको छोड्छ ..
यो सग्लो हृदय कती ठाउँमा चिरा पर्छ
प्रिये!
जैतुनले आरु सम्झाउँछ
पैयुँ सम्झाउँछ
सम्झाउँछ तिमीसङ्गको पीडादायी बिछोड
मलाई जैतुनको फूलले रुवाउँछ
बुरुरु झर्ने य निर्दोश पातपातले रुवाउँछ !
कसम! मलाई जैतुनको फूलले रुवाउँछ !!!
टहल्छु कतै तिमीलाई बिर्सन
हराउँछु उसै आँफैलाई बिर्सन
जब फुटपाथमा कालो बिरालोले बाटो काट्छ
कतै धूपीको टुप्पोबाट काग च्याँट्ठिन्छ
थाहा छ यो संयोग हुनसक्ला
थाहा छ यो केही सत्य नहोला
तर मनमा भुकम्पले धक्का दिन्छ
कि कतै तिमी दुख्यौकी!
यो हेमन्तिय मग्मग शुवासले पिरोल्छ
यो सपना-शहरको हरेक रमझमले चिमोट्छ,
जब अक्टोबरको महिना क्लानितले रङ्गिन्छ
त्यो रङ्ग रङ्गले मलाई रुवाउँछ
त्यो हरएक पत्रपुष्पले मलाई हिक्का छुटाउँछ,
डलरमा साटेका हर सपना
तिनै कलानितका फिर्फिरे रातोपत्रमा लपेटेर
निलो आकाश हेर्दै टोलाउँदा
आँशु यसरी ओइरिदिन्छ ,,,,
हो प्रियतम!
मलाई कलानितले
तिम्रो निशानी सिम्रिक सम्झाउँछ
यो स्वप्नलोकको रमझमले
हाम्रा एकाँकीपलहरु सम्झाउंछ
उफ्फ्फ! मलाई यि हरएक झिलिमिलिले भक्कानो छुटाउँछ
यो बेफिक्री झुल्ने फूलपातले रुवाउँछ
साँच्चै ,,मलाई सबथोकले रुवाउंछ
हरेक बर्ष आइदिने यो नयाँ दिनले रुवाउंछ कि
म गन्न वाध्य हुन्छु हाम्रो बिछोड
यो हरेक पटकको गिन्तीले
चूरचूर बनाउँछ
मलाई यो सबथोकले रुवाउँछ ।
मलाई जैतुनको फूलले रुवाउँछ !!!
दीप्स शाह
deepssanu@gmail.com
जस्तो कि ! इटालीका Florence Nightingale लाइ ‘Lady with the Lamp’ भनेर कसले नचिन्ला र ? त्यस्तै ब्राजिलका फुटबल खेलका माहा हस्ती Edison Arantes do Nascimento लाइ ‘Pele’ (पेले) भनेर नचिन्ने खेलकुद जगतमा सायद कोहि नहोला ! साहित्यकार वासुदेव लुइँटेलको उप नाम ‘भूतको भेनाजु' , तिलविक्रम नेम्वाङ लाइ ‘बैरागी काँइला’ आदि सबै लाइ नाम ले होइन उप नामले हामी माझ चिनायो ! त्यो उप नाम पाउने काम त आ-आफ्नो ठाउमा छदै छ ! मान्छे मात्र होइन देशहरु पनि उप नामले गर्दा नै चिनिएका छन जस्तो अष्ट्रेलियालाई Kangaroo को देश भनेर चिन्छ भने अफ्रिकाको Botswana देश लाइ हातिको देश भनेर चिन्छ !
ए गाठे ! उप नाम जोडिएपछी आफ्नो नाम चल्छ भने ! आफु मात्र किन पछी पर्ने ! यो सोच मेरो मानषपटलमा वाल्य कालमै आएको थियो अनि काम नगरे नि माम खादै दाम र नाम कमाउनेको रोगले ग्रस्त भए ! उसै त उबेला मेरो उप नाम एक मात्र कहाँ हो र कति हो कति ! पला घरे काइलाले पनि ‘कस्तो गोक्ते रहेछ ’ भनेर ‘गोक्ते' भन्ने एउटा उपमा दिएको थियो ! आफ्नै दाइले त झनै हेपेर भन्दिने भन्या ‘यो हाब्रे ले कुनै प्रगती गरेन' अनि अर्को ‘हाब्रे’ उपमा ! ‘आपे’ भनेर त पुरै साथीहरुले स्कुल भरि/ गाउ भरि जिस्काउने ! उ बेला मेरा पनि प्रख्यात व्यक्तिहरुका जस्तै प्रख्यात उप नामहरु रहेका थिए अनि परि चर्चा पनि कम थिएन -देश भरि प्रदेश भरि भने झैँ - गोठाला भरि, स्कुल भरि, गाउ भरि, बजार भरि सबै तिर मलाइ देख्यो कि मेरो नाम होइन (नाम त सबै लाइ कहाँ थाहा थियो र !) उप नामको बखान हुन्थ्यो ! घरि घरि त पुरै रिस पनि उठ्थ्यो त कतै कतै सरम पनि लाग्थ्यो ! रिसाउनु पनि कति सँग हो - सबै ले मेरो उपनाम नै प्यारो ठान्दथे ! खै ति सबै मेरो शत्रु थिए कि मित्र -त्यो केहि थाहा थिएन ! तर जति रिस देखायो उति उप नाम लिन गरिन्थ्यो तर मतलव नै गरिन भने - त्यो क्रम अलिक कम हुन्थ्यो ! तर स्कुलमा सरले नेपालको पहिलो शहिद भनेर लखन थापा लाइ चिनिन्छ ! उनलाइ नाम ले भन्दा पनि नेपालको प्रथम शहिद भनेर चिनिन्छ भन्दा मेरो पनि नाक लौका जत्रो हुन्थ्यो ! अनि लाग्थ्यो - मेरो त उप नाम यत्रो धेरै छ त्यो -पनि निकै चल्तीको ! अनि कसो मेरो उपमाको कुरा चाही यो इतिहासमा नहोला भनेर !!! अझ काले, सिगाने, लुइरे आदि आदिको त कुरा गर्ने बाकि छ ! कुनै कुनै अवस्तामा त उपनाम पनि कस्तो भन्दा यी माथि उल्लेखित भन्दा अलग लाग्ने - मलाइ मेरा संगीहरुको नामले पो सम्बोधन हुने भन्या ! हुन् त भन्ने लाइ कसले नै रोक्न सक्छ त्यो पनि उपनाम कुरा आउछ भने मलाई किन चासो ! त्यो उसै त राम्रो भन्दछन !
अंग्रेजीमा भाषामा प्रखर भनि हाल्न चाही नमिल्ने -मलाइ एक पटक दी (दिदी) ले मेरो नाम अंग्रेजीमा लेख्न सिकाउनु भयो Bednath Pulami भनेर अनि सट कटमा B.P पनि लेख्न सकिन्छ भन्नु भा'थीयो ! मैले एक पटक स्कुलमा एक्जाम दिदा मेरो पुरा नाम अंग्रेजीमा लेख्न कति कोसिस गरे पनि सकिन ! दी'ले सिकाउनु भएको कुरा नै याद भएन ! बरु घर छेउको भुन्टी सँग जिस्किएको सम्झे, काले ले मलाइ ‘आपे' भनेर जिस्काएको सम्झे अनि ममीले पकाएको खिर सम्झे तर मरे नि मेरो नाम लेख्न कुन कुन अंग्रेजी शब्दको समायोजन गर्नु पर्छ - भन्ने कुरा सम्झिन सकिन ! अनि जे पर्ला पर्ला भनेर लेखिदिए सट फममै (उवेला त्यो सट फम भन्ने कुरा पनि बुझेको थिन ) B.P यानी वि.पि. मलाइ के थाहा यो वि.पि भन्ने विशेश्वार प्रसादको छोटो नाम हो भनेर - म त उही वेलै स्वर्गीय पो भएको रहेछु ! हाहाह …….(हेर नाम कमाउने भुतले के गर्यो ….)
यो उपनामको हावाले कसलाई पो नछोएको होला र ? नामको अघि या पछी होस् कहिले कोहि ‘विद्रोही' भए त कोहि ‘कवि' भए , ‘झापाली' , ‘काली'', ‘अभिलाषी', आदि आदि - चाहे प्रचण्ड हुन् या गिरिजा बाबु, या चादनी ‘शा' ! यहाँ मानिसहरु नामका लागि शताब्दीऔ सम्म लडे - चाहे अलेक्जेन्डर हुन् या हिटलर ! यो मान्छेको जिवनमा काम र आचरण भन्दा नाम भनौ या उपनामको प्रसंग मात्र हावी भएको वेला मलाइ भूतको भेनाजुको कुरा याद आयो ‘के चाहन्छौ ‘ भन्दै उनि यसो भन्दथे :-
“काम चाहन्छौ, गधा भएर मर्छौ !
नाम चाहन्छौ, गाई बनेर दुहिन्छौ ।
माम चाहन्छौ, कुकुर बनेर जुत्ता चाट्छौ !
राम चाहन्छौ, रोई रोई मर्छौ !
अब भन तिमी के चाहन्छौ ?”
(यो प्रश्नले मलाइ सधै जिस्काइ रहन्छ ….. तर जवाफ छैन …)
यो प्रश्नमा खै मलाइ नै म के चाहान्छु भनेर थाहा छैन त्यसैले उतर हुने कुरै भएन तर अरु के चाहान्छन त्यो तपाइँ कै जिम्मा ! तर मलाइ अहिले सम्ममा एउटा उपनामको कुरा किन किन पाच्य लागिरहेको छैन ! नेपाल लाइ Mount Everest को देश भनेर चिनिन्छ ! यहि कुरा पाच्य भा'छैन तर मैले त विश्वमा ‘नेपाल लाइ सगरमाथा’को देश भनेर चिनिन्छ भन्ने कुरा पढेको थिए ! म पनि नि झुट पढ्न बाध्य भएको रहेछु ! र कसैले Mount Everest र सगरमाथा एकै हो भन्यो भने त्यो मिथ्या हो ! यदि एकै हो भने Sagarmatha भनेर विदेशीलाई सोध्नुस - उनीहरुलाई थाहै छैन त्यो उनीहरुको खाने पिजा हो कि मस्किने लारा म्याडम हो ? के थाहा तिनलाई Sagarmatha नेपालको अस्तित्व हो भन्ने ! Chomolungma (Qomolangma) या Sagarmatha भनेर किन चिनाउने प्रयत्न गरिएन ? हाम्रा अंगेजी लेखहरु पनि नेपालीमा लेख्दा सगरमाथा लेख्ने अनि अंग्रेजीमा लेख्दा Mount Everest लेख्न पछी परेनन तिनको के जान्थ्यो अंग्रेजी लेखमा Sagarmatha लेख्दा ??? Welsh (ब्रिटेन) देशका एक व्यक्ति Colonel Sir George Everest (भूगोल विद) जसले इन्डियाको Great Trigonometric Survey सम्हालेका थिए ! उनको नाममा नेपाल लाइ चिनाउनु कहाँको न्याय हो ?? म उनको सर्भेलाई सलाम भन्दछु जसले विश्वको राजनैतिक भूगोलमा एउटा नेपालको अस्तित्व छ भन्ने जानकारी सारा विश्वलाई दिए तर यथार्थको खोजीमा हिड्नेले नेपलालाइ नेपालीको नाममा चिनाउने प्रयत गर्नु पर्दथ्यो - उनको आफ्नो नाममा होइन !मेरो देशलाई नेपालीको कुनै नाम रामे,श्यामे, बहादुर, बुद्धको देश भन अथवा Chomolungma - त्यो उचित छ ! बरु मेरो उपनाम आपे, हाब्रे, गोक्ते हुन् सक्छ तर मेरो देशलाई Mount Everest को देश अहिल्यै नभन ! त्यो मेरो देशको उपनाम हुनै सक्दैन !
सँस्मरण/डायरीबाट
तेत्तिस सय वाटको विजुलीको करेन्टले भोकल कर्डबाट निस्केको सानो ध्वनिलाई जब स्टेजभरि छरप्रष्ट पारिदिन्छ, तब हजारौँ माइल्ससम्म त्यसको कप्पनले असर गर्छ । सूचना प्रविधिको नयाँ आविस्कार वा एक्काईसौँ शताब्दीको चरमोत्कर्ष प्रविधि मोबाइल फोनमा न तेत्तिस सय वाटको करेन्ट चाहिन्छ न अन्य केहि । वास्तवमा यस्तै थियो त्यो पहिलो ध्वनि प्रवाह, जुन मेरो मोबाइलबाट सिधै कुमार दाईको मोवाइलमा पुग्यो ।
काम विशेषको कारण यसरी पुगेको ध्वनि प्रवाह, कुमारदाईको मोबाइलबाट गुञ्जनासाथ सुमनजी र श्रीराम भाइ कालीको पसलमा भएको खबर मेरो कानमा प्रतिध्वनित भयो । अचम्म परेँ पनि र परिन पनि । किनकी हिजो रातभरि कार्यक्रममा साथै भएका हामी चारै जना लगभग दिनभरि नै सम्पर्कविहिन थियौँ । कुमार दाई काममा जानुभएको थियो भने म दिनभरि नविननेपाल डटकम को मिटिङ अनि जानेसिकेका कुराहरू आदानप्रदानमा करीव दिनको एक वितिसकेको थियो । त्यसपछि माया बहिनीको अपार्टमा खाना, अनि करीव बेलुकी ६ बजेसम्म तेलअभिवको लेवेन्स्की पार्को बसाइ ।
यति धेरै पार्कको बसाइमा हामी चारै जनाको भेट भएको थिएन र फोन सम्पर्क पनि नभएकाहरू, बेलुकि फेरि एक्कासी एक कल मोबाइल ध्वनिप्रतिध्वनिले जमघट बनाउने भो । म अपार्टमै साथीहरूसँग बसेर हरियो बोत्तलमा थिएँ । पछि वहाँहरूको खबरले बोत्तल नै छाडेर बाहिर निस्के । अपार्टबाट बाहिरिँदा एकपटक लाग्यो आज पक्कै हिउँ खसिरहेछ । नेपालमा भए पूर्व मेचीदेखि पश्चिममहाकालीसम्म फैलिएको सेताम्मे हिमाल सम्झे पुग्थ्यो । यहाँ त त्यहि एउटा पहाड छ बर्षैभरि लगभग खाली रहन्छ र यहि जाडोको समयमा कहिलकाँहि सेताम्मे बनेर दृर्शकहरू बटुल्ने गर्छ ।
फेरि म त्यो खरमोनको नजिक पनि त थिइन । इजरायलको तेलअभिवको हार्चियोन स्ट्रिटबाट पुरानो वसपार्क जादै थिए । उतै कतै थिए तिनै जना साथीहरू । र पनि त्यति टाढाको चिसो मेरो शरीरलार्इ चुम्न आउनु असम्भव थियो । होइन यो इजरायल हो । चारैतिर खुल्ला आकाश छ, मेडिटर्नियन समुन्द्रले कोरेलेका कति जोडी चिसा सिरेटोहरू मैले यहि बसेर अनुभव गरिसकेको छु र त यो रात पनि गर्दैछु ।
कुमार दाई, श्रीराम भाइ र सुमनजी तीनै जना भेटेपछि खुशी एकातिर लाग्यो भने कुमारजीले त्यहाँ एकछिन जानुछ गएर फर्कौला भन्नुभो अलि अत्तालिएँ किनकी मसँग धेरै समय नै थिएन । मैले नाम हेक्का राखिरहेको रहेनछु । पछि निरजजीसँगको सम्पर्कमा थाहा पाएँ । वहाँ हामीलार्इ लिन हार्चियोन स्ट्रिटमै आउनुभो । वहाँ पनि मेरो हृदयले जितेको र मनभरि सजाएको साथी ।
निरजजीले सिधै वहाँकै अपार्टमा लिएर जानुभो । हामी चार जना वहाँकै पछि पछि लुरू लुरू लागिरह्यौ ।
इजरायलको कोलाहलले भरिएको शहर मानिने तेलअभिव, तेलअभिवको अति भीडभाडले भरिएको स्थान केन्द्रिय बसपर्क र यसका छेउछाउ, झण्डै नेपालको रत्नपार्कभन्दा फरक हुदैन । रत्नपार्कमा सरकारको ध्यान जादैन र फोहर थुप्रिएर हिमाल बनेको हुन्छ तर यहाँ सधैभरि नगरपालिकाले फोहोर उठाइदिन्छ र केहि कम हुन्छ । तर यसो छलिने भित्तो वा कुना काप्चा भने धेरथोर अरू देशका बाहेक दक्षिणी अफ्रिकन काले भनाउँदाहरूको रोजाईमा पर्छ सु गर्ने क्षेत्र ।
हार्चियोन स्ट्रिट छाडेर दाहिने मोडियौ । निरजजी भन्दै हुनुहुन्थ्यो यहि हो नजिकै छ । हार्चियोन स्ट्रिटको थोरै पनि कोलाहल यो गल्लीमा पसेपछि अनुभव गर्न पाईएको होइन । पूर्णतः शान्त जस्तै थियो त्यो रात, त्यो गल्ली अनि निरजजीको अपार्ट वरपर पनि ।
कार्यक्रममा सहभागीहरू
तेलअभिवको बस तखाना वरपर सबै देशका कामदारहरू बस्न सजिलो भन्दा पनि काममा जानका लागि गाडि समात्न सजिलो हुने हुनाले यसैका वरपरका गल्लीहरूमा बनेका सय बर्ष पुराना ३, ४ वा कतै कतै ५ तल्ले घरहरूमा बसिन्छ । पछिल्लो पटक आएका हामीहरूको अपार्ट झण्डै झण्डै माथिल्लो तलामा नै हुन्छ । प्रायः तेलअभिवमा नेपालीहरूको अपार्ट भनेपछि चौथो तल्लामै छ भन्ने अनुमान लगाए हुन्छ । कहिलेकाँही कामबाट थाकेर आउँदा भर्याङ्ग चढ्दै गर्दा सिँढीमा आराम गर्नुपर्ने स्थिति आउँछ । इजरायल भनेर के गर्नु सय बर्ष पुरान घरहरू छन् । न लिफ्ट छ, न चिसोतातो फाल्ने मेशिन छ । कति त झ्यालका त्रिसहरू समेत भाँचिएर ह्वाङ्गै देखिन्छन् । गर्मीका लागि एसी (एयर कन्डिसन), जाडोका लागि डिसी (डिफिकल्ट सर्कम्टेन्सेस्) ।
निरजजी पछाडि फर्कदै हामीहरूलाई गन्दै हुनुहुन्थ्यो जस्तै लाग्थ्यो । घरको बाहिरको गेट खोल्दै भित्र पस्ने अनुमति दिनुभो । अनि २ खुड्किलाको सिढी चढेपछि दायाँपट्टिको ढोका देखाउँदै भित्र पस्न आग्रह गर्नुभो । मतलब एकदमै पहिलोपटक त नभनुँ जे होस विरलै मात्रै नेपालीहरूको अपार्ट यसरी पहिलो तल्लामा पाइन्छ,ले खुशी भएँ । किनकी फेरि ४ तलाको भर्याङ्ग चढ्न नपर्ने भयो ।
एक–एक भित्र पसियो । भित्रको माहौल थोरै तात्दै थियो । एकातिर चिसो सिरेटो छलेर भित्र पसिनु थियो भने अर्को भित्र दिदी बहिनीहरूले खाना बनाउँदै रूम टेम्पेरचर हिट बनाउनु भएको थियो । माने टेबलमा अलि अलि सजिएका खानपीनका सरजमहरूले मन यसै तातिएको थियो सायद । निरजजीको मेडम लगायत अरू २ जना बहिनीहरू खाना बनाउँमा व्यस्त हुनुहुन्थ्यो भने हजुरी दिदी पनि साथ दिदै हुनुहुन्थ्यो सायद । सबैसँगको जम्का भेटपछि हजुरी दिदीसँग बेलुकि पख भेटिएको पुरानो खबर साटासाट गरेँ ।
समयले मानिसलाई पर्खदैन र हामी पनि समयलाई पर्खनेवाला थिएनौ । तर बाध्यता यस्तै हुँदोरहेछ, नजिककै चिनजानका साथीभाइहरू भए पनि पहिलोपटक छिरिएको अपार्टमा अलकति अप्ठेरो महशुष भने हुँदोरहेछ नै ।
यता सूर्य भाई पनि हामीसँगै उपस्थितिमा आमन्त्रित रहेछन् । फोनमा कुरा हुँदा चाल पाएँ । केहि छिनको बातचीतपछि भाई आउने भएकाले निरजजी बाहिर लिन जानुभो । केहि समयको अन्तरालमै लिएर भित्रिनुभो । अनि नयाँ मैले पहिलोपटक देखेको नयाँ भाई र वहाँसँगै अर्की एकजना बहिनी पनि हाम्रो यस रमाइलो साँझमा साथ दिन आइपुग्नुभएको थियो ।
आजको यो चिसो रातका लागि आमन्त्रित साथीहरूको नेमलिष्टबाट बाँकी कोहि थिएनन् क्यारे अब । भूलचुक भएका कोहि भएपनि अब कुरिने वाला पनि थिएन । किनकी यतिबेला टेवलमा सलादका प्लेट र फ्राई गरिएका चिकेनका राता डल्लाहरू लडिसकेका थिए । त्यतिले मात्रै त किन हुन्थ्यो र विशेष त उहि ह्वस्कीको बोटल विर्को खेलेर हाम्रो स्वागतमा ठिङ् उभिईसकेको थियो । ह्व्स्कीको बोत्तल अगाडि छ, टेबलमा प्लेटभरि खानेकुरा सजिएका छन् भनेपछि कुन चाहि मूर्खको मुखबाट पानी बर्सदैन होला !
समय फेरि आफ्नै गतिमा अगाडि बढिरहेको थियो । हामी पनि आफ्नै तरिकाले मौजमस्ती गफिएका थियौ । तै पनि साथीहरूको साथ, रमझमले भरिएको रात, यसो उसो समयले हामीलाई पछारिरहेकै थियो । समय जस्तो बलियो हाम्रो गर्मिलो साथ पनि नहुँदोरहेछ । करीव घडिले २०११ सालको अन्तिम रातलाई बीट मार्न थालिसकेको थियो । यसैको अवसरमा हामीले पनि यो साललाई विदा गरेर नयाँ सालको स्वागतमा गिलासभरि ह्व्स्कीको पेग उठाएर स्वागत गर्न तम्तैयार थियौ ।
यसो भनुँ नयाँ साल शुरू भएपछि पिउँने भनेका चैँ होइन, हामीले अगाडिदेखि नै पिउन शुरू गरिसकेका थियौ । अगाडि भरिएको खानाको परिकार, भरिएको ह्व्स्कीको बोत्तल राखेर कोहि पनि बस्न सक्दैन । सबै जनाले गिलास भरिएको पेग हात हातमा समातिसकेका थियौ । सूर्य भाई र एक जना बहिनी चैँ अलि अछुतो परेछन् क्यारे, पब्लिक रिलायवल जुस चलेन त्यतिबेला । हजुरी दिदी र अर्कि एकजना बहिनी चैँ अँगुरको सेलेक्टेड बाक्लो झोलतिर मात्रै लाग्नुभो । नेपालीमा जाँडै भनिन्छ क्यार, अँग्रेजीमा वाइन रे! हामी बाँकी भने अँग्रजी ह्व्स्की, नेपाली रातो रक्सी, अरू भाषामा खै के के हो मज्जाले पिइन्छ । पछाडि के हुन्छ बालै भएन नि !
त्यसो त पुरानो बर्षलाई पखालेर नयाँ बर्ष भित्र्याउनु थियो । अब फेरि फेरि यो पुरानो सालको अन्तिम दिन, अन्तिम रात, अन्तिम पल, भविष्यमा कहिल्यै नफर्किने गरेर जादै थियो । हजारौँ २३.५९हरू फर्केलान, सयौँ शनिवारको बेलुकीहरू फर्केलान् । सयौँ ३१हरू फर्केलान, पचासौँ डिसेम्बरहरू पनि फर्केलान तर विडम्वना अब हाम्रो जिवनमा २०११ कहिल्यै फर्कनेवाला छैन । तर, वास्तवमै हाम्रो त्यो डिसेम्बर ३१, २०११, शनिवार बेलुकीको २३.५९ कहिल्यै नफर्कने भैसकेको थियो ।
ह्व्स्कीको चुस्किले जब भित्रको इन्जिन तात्न थाल्छ, अनि होल बडिमा तरङ्ग उब्जाउँछ । अनि यसले एक खालको नजानिँदो इनर्जी पैदा गर्छ र ज्ञानेन्द्रियहरूले छिटो छिटो काम गर्न थाल्छ । त्यसैले होला अरू भन्दा जिव्रो र हातहरू हल्लिन थालिसकेका थिए । शुरूमै टेस्ट लिएको जिव्रो ह्व्स्कीको स्वाद खै कस्तो हो कुन्नि? थाहा पाउँदैन र जिन्दगीभर नपाएरै जानेभो । बाँकी तातो पिरो अमिलो नुनिलो सबै मनमौजी हसुरेपछि खाना समातिदिने सय आमाको पोल्टा भरिएछ क्यारे, साँच्चै इनर्जी आइहाल्यो । सुनेको छु र देखेको पनि, यस्ता इनर्जीहरूले आफुलाई ठुलो र अरूलाई धुलो मात्रै देख्छन् भन्ने तर मेरो इनर्जी यसरि खेर फाल्ने वाला नै होइन म । मेरो इनर्जी साथीहरूलाई बाँड्न चहान्थे सधैभरि र चहान्छु अहिले पनि। त्यसैले म यो समयको उपयोगमा साथीभाइहरूलाई मनोरञ्जन दिने कुरामा मनाउन थालेँ ।
एकपटक हजुरी दिदीको स्वर पाँच अपाङ्गहरूको कार्यक्रममा सुनेको थिएँ, हररात तिम्रो यादहरूले...... यस्तै मिठो स्वर पुनः सुन्न अनुरोध सहित सबैसाथीहरूले पालै पालो गीत गाउनै पर्ने कुरा अगाडि सारेँ । अब यो आकस्मिक इनर्जी बढेको बेलामा सबै गाउन तैयार नभए पनि गायककार श्रीराम भाइ नै थिए, सुमनजी पनि काम चलाउ गाउने मान्छे, कुमार दाई आफै गाउँदै, मोबाइलमा रेकर्ड गर्दै अनि सुन्दै बाटोभरि गुन्गुनाउँदै हिड्ने मान्छे, अरू त खै थाहा भएन म चैँ रहरै रहरमा गीत गाउन बाँचेको मान्छे । स्वर सुनेपछि भाग्छन् सबै । तर अलि अलि गीत र गजलहरू लेख्ने मान्छे ।
साँच्चै गायनको शुरूवात भो हजुरी दिदीबाटै । मैले नारायणगोपालको चाँदनी शाहप्रति समर्पित गीत गाउन अनुरोध गरेँ तर धेरै बेरको सोचाई पछि पनि ठ्याक्कै यहि गीत भन्ने याद हुनै सकेन । सायद हामीलाई त्यतिबेला बढ्यौली लागिसकेको थियो कि ह्व्स्की लागिसकेको थियो । जे होस् जुनसुकै भएपनि गीत गायन कार्यक्रम शुरू भो । सूर्य भाइ नगाउने रे! श्रीभाई गायककार मिठो स्वरमा ह्व्स्की परेपछि अलि नमिठो हुँदोरहेछ । मेरो पालोमा सुनिलजीले सँगीत गर्छु भन्दै धाक दिदै यसो जोडगाँस गरेको सँगीतमा पलपल यादमा मर्छु हजुर नै हो जहाँ पनि । अनि कुमारदाईको पनि रेकर्ड हुदै गरेको भनिएको गजल अनि सुमनजी देव चौधरीले बजारमा ल्याएको आफ्नै गीत । यसरी सबैले मिठो नमिठो गीत गाउँदा त्यो माहौल साँच्चै तातिएछ भन्ने लाग्यो जतिबेला सूर्य भाइ पनि गीत गाउने भए । त्यतिबेला मलाई एकदमै खुशी लाग्यो जतिबेला कोहलपुरे ठिटो सूर्य भाईले दोहोरी भाकाको कोहलपुरैमा मिठो गीत गाउन शुरू गरे ।
दुःखको कुरा हजुरी दिदीलाई पढाउनुहुने सर, प्यारालाईलेस भएर उपचारको क्रममा दुखित जिवन विताइरहनु भएको रहेछ । यो खुशीयालीको माहौलमा यसरी एकजना हजारौ बालबालिकाहरूको भविष्य कोर्ने युगपुरूषको हालतले मन स्तव्ध भयो सबैको । अनि सबैले सल्लाह गरेर सकेजति सहयोग गर्ने निर्णय सहित यो कुरालाई टुङ्गो लगाईयो ।
यस्तै हो जिन्दगीका पलहरू, कहिले हाँसो कहिले रोदन । हजारौँ आँशु पिएर विताएका पलहरूलार्इ एकादुई खुशी लिएर बितेका पलहरूले धकेल्नै पर्दोरहेछ र पर्छ । हिमालबाट बगेको नदिको अस्तित्व समुन्द्रमा गएर लोप हुन्छ । हिमालभरि राताम्मे फुलेका लालीगुँरास बर्षातसँगै ओइलिएर झरेपछि उजाड देखिन्छ । जिन्दगी पनि यस्तै यस्तै कहिले फूल बनेर फक्रिन्छ, फुल्छ । कहिले नदि बनेर खोल्सा खहरे थर्काउँदै हजार कुईनेटोहरूमा ठोक्किएर अगाडि बढिरहन्छ । अनन्त केहि छैन सायद यो सँसारमा । हजारौ बर्ष ठिङ्ग उभिएर रहेका पहाडहरूले काँजुली फेर्छन् । भूगर्भमा रहेका खनिजहरू बाफिएर विस्फोट हुन्छन् । यस्तै यस्तै चिसिएका र तातिएका मनहरू लिएर बाँचिएको एक टुक्रा जिन्दगी हो रहेछ सँसारमा । त्यसैले जसोतसो बाँच्नु नै पर्दोरहेछ ।
भेटिनु त छुट्टिनुका लागि त हो नि! होइन भने त बिछोड शब्दको आविस्कार नै हुदैन थियो । जस्ले सँसारमा लाखौँ मानिसको ज्यान लिएको छ, त्यस्तो बलियो शब्दसँग हामी पनि कहाँ बाहिरिएर बस्न सक्थ्यौँ र! त्यसरी जोडिएका सबै आफन्तको घेराबन्दीमा बाँधिएको मन, दुखाएरै भए पनि छुटाउनै थियो । सम्झना विर्सनाका लागि सबै जना मिलेर फोटो खिच्ने काम भो । अन्ततः २०१२ सालको पहिलो प्रहरमा सबैजना साथीहरूसँग विदा हुनै थियो । सबैसँग सविनय गल्ती भएमा माफी माग्दै, त्यो गर्मिलो साँझको व्यवस्थापक निरजी र हजुरी दिज्यूलाई धन्यवाद । अनि त्यो रातमा दुःख कष्टका साथ पसिना बगाउँदै खाना तैयार गरिदिनुहुने निरजजीको मेडम र बाँकी दुई बहिनीहरूलाई अन्तरहृदयदेखि नै धन्यवाद ।
अन्ततः २०१२ सालको पहिलो प्रहरमा सबैजना साथीहरूसँग विदा हुनै थियो, कति नमज्जा हुदोरहेछ यसरी विदा भएर बाटो लाग्न । शरीर टाढिदै गए पनि मनले भने बाटोभरि पनि मुन्टो उतै फर्किएर साथीहरू खोजिरहन्थ्यो ।
नोटः मिठो मिठो खाना बनाएर खुवाउनुहुने २ जना बहिनीहरूको नाम थाहा नभएकाले क्षमाप्रार्थी छु ।
हरि मानन्धर"विवश"
क्याक्मी ९, स्याङ्ग्जा
हाल इजरायल
मेरो इजरायल बसाइको अन्तिम घडी नजिकिँदै गर्दा यो देशलार्इ बाइबाइ गर्नु अघि कुनै अविष्मरणीय यात्रानुभव त सँगाल्नै पर्छ भन्ने लागिरहेको थियो ।यत्तिकैमा २०६८ सालको आगमनलार्इ स्वागत गर्न नेपाली केयरगिभरहरूको ठूलो समूहले इलात सहरलार्इ रोजेका छन् भनेर नेपाल कामदार मञ्चकी अध्यक्ष रितु गिरीले जानकारी गराउनु भयो ।इजरायलको दक्षिणी सीमामा अवस्थित प्रसिद्ध नगरी इलात देशी विदेशी पर्यटकहरूको रोज्जा गन्तव्य स्थल हो ।त्यसैले मैले पनि इलात यात्राका लागि खुट्टो उचालेँ ।
भ्रमणमा निस्किनु अघि सविखाको हेरचाहका लागि मैले राधिकालार्इ उनीसँग बस्ने व्यवस्था मिलाइदिएकी थिएँ ।घरमा आफ्नो विकल्प तयार भएपछि अब म फुक्का भएँ र अप्रिल पन्ध्र शुक्रबार बेलुका आ ठ बजे होलोनबाट तेलभिवतर्फ प्रस्थान गरेँ ।इजरायली हरूको सब्बाथ (रमाइलो शुक्रवार ) सुरू भइसकेको थियो ।सार्वजनिक यातायतका साधनहरू ग्यारेजमा थन्किसकेकाले सडकहरू सुनसान देखिन्थे । ।अब मैले ट्याक्सीमा जानु पर्ने भयो ।सवारी अभावको फाइदा उठाउँदै ट्याक्सी ड्राइभरले सात मिनेटको बाटाका लागि ५० सेकेल (१०००ने. रू. ) ठटायो । तेलभिव पुग्ने बित्तिकै मैले सरिता दिदीलार्इ फोन गरेँ। वहाँ एडभान्स् मनि ट्रान्फरमा बस्नु भएको रहेछ । सरासर उतै गएँ ।त्यहाँ पुगेपछि थाहा पाएँ इलात यात्राका लागि चार अोटा वस रिजर्भ गरिएको रहेछ । एउटा बस नेपालइजरायल डट नेटको ,अर्को तेन्जिङ जीको टोली ,अर्को तमु समाजको र म जानु पर्ने चाहिँ चिरञ्जीवी पाण्डे जी अगुवा रहेको टोली थियो । यात्रा सुरू हुनु अघि लिभिन्सी पार्कमा जम्मा भएका साथीहरूसँग भलाकुसारी गरेर केही समय बिताइयो ।

बेलुका ९:३० बजे तिर अ. ने .सा .स. इजरायल च्याप्टरका उपाध्यक्ष कुमार जी र सल्लाहकार सुमन जीसँग मणी दाइको पसल अगाडि भेट भयो ।मैले मेरो यात्राको टोलीनायक चिरञ्जीवी पाण्डे जीलार्इ प्रत्यक्ष भेटेकी थिइनँ ।कुमार जीकै सहयोगमा चिरञ्जीवी जीसँग परिचय भयो । मणि दाइकै पसल अगाडि केही बेर हाम्रो भलाकुसारी भयो ।गीत संगीतमा र साहित्यका बारेमा गफगाफ भए ।सुमन जीले चाँढै एउटा गीति एल्वम निकाल्दै हुनुहुँदो रहेछ, थाहा पाएर खुसी लाग्यो ।११ बज्नै लाग्दा लिभिन्स्की पार्कको पश्चिमतर्फ हाम्रो यात्राको बस देखा परेपछि साथीहरूसँगै म पनि त्यसतर्फ लागेँ । तालिका अनुसार ११ बजे छुट्नु पर्ने बस हाइफाबाट एक दम्पति आउन ढिला भएकाले अरू १ घण्टा त्यहीँ रोकिनु पर्यो ।रातको १२ बजे बल्ल यात्राको साइत जुर्यो । तेलभिवबाट होलोन सहरको दोबोज, होलोन सिमेटरी ,रिसोन्ले चियोन , मोदिइन सहर हुँदै हाम्रो बस हाइवेतिर बढ्यो । लामो प्रतीक्षापछि बल्लतल्ल गुडेको बसयात्राको सुख राम्ररी अनुभव गर्न नपाउँदै एउटी छ महिने शिशुको शास्त्रीय रोदन रागले बस नै जुरूक्कै उचालियो । ती बच्चीका आमाबाका अनुसार मध्य रात्रीको सन्नाटालार्इ चिर्दै उच्च विटमा रोदन राग अलाप्नु तिनको नियमित साधना रहेछ ।जन्मेदेखि आजपर्यन्त तिनले एकै रात पनि यो नियमित अभ्यास टुटाएकी छैनन् भन्ने सुन्दा साह्रै अचम्म लाग्यो ।यो अचम्मलार्इ फिका बनाउँदै यात्रालार्इ नै मादक तुल्याउने गरी अर्को लीला सुरू भयो ।नेपाली दिदी र इजरायली भिनाजुको एक जोडीले हिन्दी गानाको तालमा च्वाक्क च्वाक्क म्वाइ खाँदै कसिलो अँगालोमा बेरिँदा कता कता अङ्ग्रेजी फिलिमकै झझल्को आउँथ्यो । इजरायली भिनाजु त आफ्नै दुनियाँमा थिए तर नेपाली दिदी सारा माइतीकै सामुन्ने वेपर्बाह लठारिएको देख्दा हे दैव !भनेर जिब्रो टोक्ने म मात्र थिइनँ ।
आहा! इजरायलको सक्कली अनुहार त सहर बाहिर निस्केपछि पो देखिने रहेछ ।दोस्रो विश्वयुद्दताका हिटलरको नृशंस दमनमा परी साठी लाख यहुदीले ज्यान गुमाएका थिए रे ।त्यो त्रासदीले झन्डै सत्तरी वर्ष टेक्नै लाग्दा आज संसारकै एकमात्र यहुदी राज्य इजरायलमा बसोवास गर्ने जनताको सङ्ख्या पनि सत्तरी लाख पुगनपुग छ । यो रमाइलो संयोजनका पछाडि संसारबाट लखेटिएका यहुदीहरूले सङ्घर्ष र लगनको कस्तो कीर्तिमान बनाएका छन् त्यो हेर्न एकपटक इजरायलका गाउँ बस्ती चाहार्नै पर्ने रहेछ ।देश सानै भए पनि भूगोलका अनुपातमा जनसङ्या थोरै भएकाले सहरी क्षेत्र र कृषि फारम बाहेक अन्यत्र उराठ लाग्दो बालुवाको विस्कुन मात्र देख्न पाइन्छ । निष्प्राण शव जस्तो डङ्ग्रङ्ग पल्टेको विशाल मरूभूमिको छातीमाथि हामी निकै बेरसम्म गुडिरह्यैँ ।
तेलभिवबाट ९८किलोमिटर छिचोलेपछि रातको ३ बजे हामी उत्तरी मृत सागरमा पुग्यौ ।इलात जाँदा बाटामा पर्ने त्यो नुनिलो सागरमा नुहाउने योजना अनुरूप हामी दुर्इ घण्टाका लागि रोकियौँ । विश्वकै सर्वाधिक उचाइमा रहेको सगरमाथाका बासिन्दाका लागि संसारकै सर्वाधिक गहिरो सागरमा डुबुल्की मार्ने अवसर साँच्चिकै दुर्लभ संयोग थियो ।मृत सागरमा नूनको मात्रा बढी भएकाले पानी नबगी एकै ठाउँ जमे जस्तो भएर बसेको हुँदो रहेछ र त्यसले मानिसलार्इ नडुबाउने रहेछ ।मैले यसअघि पनि एक पल्ट मृत सागरको यात्रा गर्ने अवसर पाएकी थिएँ ।त्यतिखेर दिउँसो भएकाले पानीमाथि बसेर आनन्द लिइरहेका इजरायलीहरूलार्इ देखेकी थिएँ ।यस पालि राती भएकाले त्यस्तो दृष्य हेर्ने सौभाग्य पाइनँ ।भन्नु मात्र राती ,समुद्र किनारमा रहेका भव्य होटल र होटल अगाडि पछाडिका ठूला ठूला पार्कमा रहेका बत्तीले मध्य दिउँसोको घामझैँ झलमल्ल उज्यालो थियो ।बाहिरको बातावरण केही चिसो भए पनि नुनिलो पानी तातो हुनाले केही साथीहरू रमाइ रमाइ पानीमा खेल्न थाले ।मलार्इ भने किन किन पानीमा पस्न मन लागेन र केही साथीहरू सहित वरिपरिको दृष्यावलोकनमा भुलेँ ।खास खास ठाउँको फोटो र भिडियो खिँचेँ ।एउटा सानो पार्कमा बसेर केही खाने कुरा खाइ सकेपछि करिव ५ बजे विहान हामी त्यहाँबाट अगाडि बढ्यौ ।इजरायल आएदेखि नै मैले नेगेभ मरूभूमि बारे सुनेकी थिएँ तर भ्रमणको मै।का जुरेको थिएन ।निक्कै दूरीमा बढो मुस्किलले फाट्टफुट्ट देखा पर्ने बयरका रूखा बुट्यानहरू र घुम्तीघरहरूले मात्र यो धर्तीकै कुनै भूभाग होला भन्न कर लाग्थ्यो नत्र त चराचुरूङ्गी समेत बसोबास नगर्ने त्यो बालुवाको साम्राज्य आठै दिशा परपरसम्म फैलिएर क्षितिजपारि आकाशमै जोडिएको जस्तो देखिन्थ्यो ।त्यसमाथि सब्बाथ (शनिबार)को बिहानी भएकाले सुनसान बाटाभरि हाम्रै बसको एकछत्र राज थियो ।त्यो मरूभूमिमाथि निकै बेरसम्म गाडी गुडिरहँदा मैले काठमाडाबाट झापा जाँदाको लामो यात्रामा देखेको जचाततै हरियाली , जङ्गलैजङ्गल र कन्चन पानी बग्ने खोलानालाहरूको मनोरम दृष्यलार्इ झल्झली सम्झिरहेँ ।
जीवनको यो अभूतपूर्व मरूभूमि यात्रा रोमान्चक मात्र नभएर पीडादायी पनि थियो ।त्यहाँको विकास निर्माण देख्ने बित्तिकै नेपालको याद आउँथ्यो र त्यतिखेर पीडा मात्र बाँकी रहन्थ्यो ।त्यहाँको चमकदमकमा एक छिन भुले पनि तुरून्तै मन हुत्तिएर आफनो धरातलमा ठोक्किन अ।इ पुग्दा साह्रै नमज्जा लाग्थ्यो ।हैन ,एक थोपो पानीका लागि तड्पिनु पर्ने यो बन्जर भूमिमा यहुदीहरूले हरिया नोट फलाए तर जताततै रहियाली र पानीका अजस्र स्रोत भएका हामी अँध्यारा गाउँ सहरमा काकाकुल जिन्दगी बाँच्न अभिशप्त छाँ ।नेपाल इजरायल भन्दा उन्नत राष्ट्र हुनका लागि एउटा कुराको मात्र कमी छ त्यो हो जाँगर र एकता ।यहुदीबाट नेपालीले यति मात्र कुरा सिक्ने हो भने हाम्रा सन्ततिले रोजगारीका लागि बिदेसिनु पर्दैन ।सोचाइको यो शृङ्खला गाडीको ब्रेक सँगै घ्याच्च रोकियो ।इलात सहरको रोयल विच अगाडि पुगेर गाडी रोकिँदा बिहानको नौ बजेको रहेछ ।
बिहानको घमाइलो समुद्री किनारमा उभिएर मैले चारैतिर आँखा घुमाएँ । आकास सफा थियो र घामका तेजिला किरणहरू धर्तीमा ओर्लि सकेका थिए ।अप्रिल १५ तिरै यत्तिको गर्मी अनुभव हुने यस ठाउँमा अगस्टतिर कस्तो हुँदो हो भन्ने सम्झेँ ।हाम्रा टोली नायक चिरञ्जीवीले लाल सागरमा जहाज यात्राका लागि तयार हुन भन्नु भयो ।लाल सागर जोर्डन र इजरायलको सीमा रेखा रहेछ ।पारिपट्टि किनारामा जोर्डन सहर थपक्क बसेको देखिन्थ्यो ।सहर बिचमा रहेको सेतो टलक्क परेको अग्लो घरलार्इ साथीहरू औंलाले इसारा गर्दै चिनाइरहेका थिए ।त्यो जोर्डनका राजाको दरबार रहेछ ।तीन वर्षअघि भूमध्य सागरमा दुइ तले पानी जहाज चढेकी थिएँ ।एक बर्ष अघि हर्चेलिया विचमा सानो डुङ्गा चढ्दा डरले थररर कामेकी थिएँ तर ठूलो पानीजहाज चढ्दा त्यसरी डराउनु पर्दैन भनेर आफैँलार्इ सम्झाउँदै जहाजको भर्याङतर्फ निर्धक्क पाइला बढाएँ ।जहाजको दोस्रो तलामा बसेर यात्रा गर्दा खास रमाइलो पाइन्छ भन्ने सुनेकाले म सरासर दोस्रो तलामा उक्लेँ ।लगभग सय जना अटाउने त्यस तलाको बिचमा खाली ठाउँ र वरिपरि तिन लाइन कुर्सी राखिएका थिए ।अगाडि काउन्टर र त्यसअघि एउटा छुट्टै कोठा पनि थियो ।जहाजले बिस्तारै गति लियो , सँगसँगै हिब्रू गीतले पनि । इजरायलका लोकप्रिय गायक इयाल गोलानका गीतहरू नबुझे पनि साथीहरू कम्मर मर्काउन थाले ।गीतको घन्काइ र साथीहरूको झुमाइले वातावरणमा मादकता छायो । सरिता दिदी र म पालैपालो जहाजको बरन्डामा उभिएर समुद्रको टाढा टाढा र जोर्डन सहरको दृष्यलार्इ क्यामेरामा कैद गर्न थाल्यौँ ।
बिस्तारै जहाजको गति तेज हुँदै गयो ।किनारालार्इ छाडेर अलिक पर पुगेपछि डल्फिनहरू लडिबुडी गरेको देख्यौँ ।डल्फिनलार्इ आँखै अघि देख्न पाउँदा खुसीले फुरूङ्गै भएका हामीलर्इ काउन्टरमा बसेका इजरायली बाजेले नियालेर हेरे र तल्लो तलाबाट त समुद्रको पिँधै देख्न सकिन्छ भने । यो दुर्लभ दृष्य हेर्न साथीहरूसँगै म हतार हतार तल्लो तला तर्फ बढेँ ।त्यहाँ एक किसिमको लेन्सवाला सिसा राखिएको हुँदो रहेछ र त्यसबाट समुद्रको पिँध देखिँदो रहेछ ।निकै बेर पानी बगेको हेरेपछि समुद्री सतहमा साना साना राता पहेंला माछाहरू मै।रीको हुल झैँ भएर तीब्र गतिमा कुदेको दृष्यमा म एकछिन अल्मलिएँ मैले ती माछाहरूलार्इ क्यामरामा कैद गर्न खोजेँ तर सफल भइनँ ।फोटो अँध्यारो आयो । एकछिन पछि म फेरि माथ्लो तलामा फर्केँ ।एकातिर इलात सहरमा ठूला ठूला होटलहरू अर्को तर्फ जोर्डन सहर ,बिचबाट फिँजारिँदै गएको लाल सागर , आहा खै के वर्णन गरूँ म सँग ठीक ठीक शब्द नै छैनन् ।त्यसैले सम्झेर भावुक भै दिन्छु ।मेरो बुद्दि र शब्दको सीमा भन्द् धेरै माथि छ यो ।समुद्रको चिसो हावासँगै म भर्याङमा बसेर निलो पानीको संसार तिर ध्यान मग्न भएँ ।क्षितिजसम्म विस्तारित शान्त जलराशी मलार्इ मुग्ध तुल्याउन काफी थियो ।
दुइ घण्टे लाल सागर यात्रा पछि अबको हाम्रो गन्तव्य मेरिन पार्क थियो ।मध्यान्न तिर हामीले मेरिन पार्कको मेरिना रेस्टुन्टमा खाना खाइ कोरल हाउस तिर लाग्यौँ । बाहिरको चर्को घामले थोरै हिँड्दैमा थकित तुल्याउँथ्यो ।सँगै यात्रारत मिना जीलार्इ कोरल हाउस बारे जानकारी रहेछ। उहाँले कोरस संसारबारे केही जानकारी गराउनु भयो ।समुद्र बिचमा हाम्रो धरहरा जस्तै जुरूक्कै उठेको एउटा घर रहेछ ।जसमा पानीमाथि सात तला र पानी मुनी सात तला रहेछन् ।यो हाम्रा लागि एउटा अश्चार्य स्तम्भ थियो ।समुद्र किनारबाट एउटा पुल हुँदै त्यो घरमा पुगेर हामी सात तला तल झर्यौँ । मेरि बास्सै ! वाटर प्रुफ लेन्सवाला सिसाका झ्यालबाट बाहिर पट्टि त समुद्रको पिंध पो देखियो ।पिंधमा थपक्क बसेका जस्ता देखिने समुद्री जीवहरू कुनै सर्प आकृतिका ,कुनै रंगीचंगी फूल जस्ता ,कुनै लहरा जस्ता ,शंख जस्ता ,झ्याम्म परेको बरको रूख जस्ता, च्याउ जस्ता ,मलमलको कपडा जस्ता ,खेलाउना पसलमा सजाएर राखिएका चित्र विचित्रका सामान जस्ता समुद्री जीवहरू ।साथीहरू भन्दै थिए ,ती जीवहरूका सरीरमा ६८ % पानी हुन्छ रे । मलार्इ बीचैमा छोराको याद आयो ।यी सबै देख्न पाए उ कसरी चिच्याउँदै उफ्रिदो हो ।मैले ती सबै जीवहरूको फोटो खिचेँ र माथि आएँ ।तलमाथि गर्दा गर्दा गोडा फत्रक्क गलिसकेका थिए ।म इच्छा भएर पनि कोरल हाउसको टुप्पामा पुग्न सकिनँ ।
हामी थ्रिडी हल तर्फ लाग्यौँ । यो मेरो लागि एउटा नौलो अनुभव थियो ।यो सिनेमा घरमा जब चलचित्र या वृत्तचित्र सुरू हुन्छ त्यो घरै चल्दो रहेछ ।सिटहरू भुइँचालोले हल्लाए जस्तो हुने ।सिट वेल्ट बाँधेर नबसे लडिने सम्भावनै हुँदो रहेछ ।पर्दाका दृष्य र चित्रहरू आफ्नो छेउमै आए जस्तो हुँदा डर पनि लाग्ने । अत्यन्तै अ नौठो लोकमा पुर्याउँदो रहेछ यो थ्रिडीले ।
अबको हाम्रो यात्रा थियो किङ सिटीको तर त्यता लाग्नु अघि हामीले सँगै यात्रारत एक जोडीलार्इ खोज्नु पर्ने भो ।नेपाली दिदी र इजरायली भिनाजुको यो जोडी कहिले ओठ जोडी रहेका हुन्थे त कहिले कुटाकुट गरिरहेका हुन्थे ।इलात पुगेपछि प्रेमालापका लागि एकान्त खोज्दै जाँदा निकै परै पुगेछन् क्यार ३८ डिग्री तापक्रमको गर्मीमा हामीलार्इ लामो समय कुराए पछि नजिकको पार्कबाट तिनीहरू फुत्त निस्किए ।हिमाली भेगको मौसम जस्तो छिन छिनमा चेन्ज हुने तिनीहरूको दिलको तापक्रम देखेर हाम्रा कन्सिरी ताति सकेका थिए तर सबैले मौन रहनु उचित ठान्यौ।
मेरिन पार्कबाट करिव दस मिनेटमा हामी किङ सिटी पुग्यौँ । डेढ घण्टामा हामीले त्यो सहर घुमी सक्नु पर्थ्यो ।हामी सरासर किङ सलोमन वाटर फल्स तिर लाग्यौँ । जहाँ कृत्रिम खोला ,छाँगा र छहरामा डुंगा सुलुलु चिप्लिन्थ्यो ।त्यो एउटा विचित्रको बनावटी संसार थियो ।हामी छ जना एउटा सानो डुंगामा बस्यौँ । हेर्दाहेर्दै त्यो डुङ्गा एउटा महल भित्र छिर्यो र कुलामा तैरिँदै अँध्यारो कोठामा पस्यो ।एक्लै भए त सासै रोकिने त्यो अन्धकारमा छ जना भएकाले डरलार्इ हाँसेर पचाउने कोसिस गर्यौँ । भित्र छिरेपछि दुबैतिरबाट कोठा बन्द भयो र डुङ्गा लिफ्टबाट माथ्लो तलामा पुग्यो ।हामीसँग एउटै मात्र विकल्प थियो, निरन्तर चकित भै रहनु । हामीले त्यसै गर्यौँ । माथ्लो तलाको आकर्षण ? भो बयान नगरौँ । किनभने त्यो परम्परित शब्दको थुप्रो मात्र हुन जान्छ ।बाइबलका आधारमा तयार पारिएका पुतली वृत्तचित्रहरू, मानव सभ्यताका सुरूवाती दिनका दैनिक गतिविधिहरू, इजिप्सियनहरूका दिनचर्या ,रहन सहन , पहिरन ,खानपान आदि विशेषता झल्काउने ती श्रव्यदृश्य मानव आकृतिहरू साँच्चिकै बोलिरहेझैँ ,हिँडिरहेझैँ, काम गरिरहेझैँ लाग्थे ।कोही बजारमा सामान बेच्दै गरेका ,कोही चाडपर्व मनाइरहेका कोही बिहे गर्दै गरेका ती सबै यहुदी थिए ।यो कृत्रिम यहुदी बस्ती जस्तोमा एक फन्का लगाएपछि डुङ्गा एक छिन रोकियो । ।यो अध्याँरो गुफामा डुङ्गा रोकिँदा एक जना साथी निकै डराइन् तर तुरून्तै ढोका खुल्दा उज्यालो मोडिएको ठाउँ आयो ।अलिकति पर पुगेपछि डुङ्गा चिप्लेर तल झर्दा मनै झसङ्ग भयो ।केही महिना पहिले कृष्णा भाउजूले यही ठाउँको भ्रमणमा छाँगाबाट खस्दा साह्रै डर लागेको कुरा पटक पटक सुनाउनु भएको थियो । यति जाबो छाँगोमै डराउनु भएछ भन्ने सम्झेर म मनमनैउपहासको हाँसो हाँस्दै थिएँ, एक्कासि छाँगाबाट डुङ्गा खस्दा धन्न मेरो सास फुत्तै बाहिर निस्केन छ ।शरीर चिसो भइसकेको ,हात गोडा लगलग कामेको ,पहेंली भएर बोल्नै नसकेको, रक्तचाप न्युन भएर होस हवास उडिसकेको रहेछ ।मेरो शरीर सन्तुलनमा फर्किन केही समय लाग्यो ।
बाहिर निस्केपछि मलार्इ एकछिन चुपचाप बसिरहनु जस्तो लाग्यो तर सरिता दिदीको घुम्ने रहरलार्इ साथ दिन म लुरूलुरू दिदीको पछि लागेँ ।छाँगाबाट खस्दा झन्डै सास रोकिएकाले मैले जोखिम पूर्ण खेलहरू तर्फ रूचि देखाइनँ ।
चै।विस घण्टे इलात यात्राले पनि मेरो तिर्सना मेटिएन ।यो लाल सागर र यसको किनार यति दर्शनीय छ कि जति हेर्यो हेरूँ लाग्ने ,जति घुम्यो घुमूँ लाग्ने । फर्कँदा मैले धेरै पर पुगुन्जेलसम्म लाल सागरलार्इ पटक पटक फर्किँदै हेर्दै गरेँ ।अब यस ठाउँमा आउने मौका यस जुनीमा त अवस्यै जुर्दैन भन्ने निश्र्चय भएपछि भर्खरैको यात्राको सुखद अनुभूतिलार्इ नै बिर्साउने गरी मन खल्लो भएर आयो ।
सवारी साधनलाई यातायात सेवा भनिन्छ! र यही यातायातका साधनलाई ब्यबस्थित गर्ने कार्यालय नै यातायात व्यवस्था कार्यालय हो| सवारी साधनलाई यातायात कसरि भनियो भन्ने यकिन त मलाई नि थाहा छैन तर खलासिहरुले यात्रुहरुलाई यता यता भनेर तान्ने, कोहि ट्रान्सपोर्टमा सामानको लागि यता यता भनेर कराउने हुनाले यता यता भन्दा भन्दै यातायात भएको हुनसक्छ कि त यताका मान्छे उता उताको सामान यता सवारीले गर्ने हुनाले यता उता भन्दा भन्दै सजिलोको लागि यातायात भनौ न त भनेर भनिएको हुनुपर्छ भन्ने मेरो अनुमान छ| र यही यातायातको साधनलाई नियम अनुसार चल्न निर्देशन दिने र आबस्यक ब्यबस्थापन गर्ने कार्यलयलाई यातायात ब्यबस्था कार्यालय भनिन्छ | साथै सवारीको नामाकारक समेत यहि कार्यालयले नै गरिदिन्छ|
जसरी मानिसहरुलाई चिन्नका लागि उसका आफन्तहरुले जोडका तोड, राम्रा भन्दा राम्रा नाम राखिदिन्छन त्यसरी नै सवारी साधनलाई पनि चिन्नका लागि यातायात व्यवस्था कार्यालयले सवारी नम्बर प्लेट दिएर न्वारन गरिदिन्छ| तर मान्छे र सवारी साधनमा राखिने नाममा राखिने नाममा अल्ली फरक छ| नेपाली समाजको नामाकरण हामीलाई थाहै छ! लाटाको नाम “आवाज”, वैराको नाम “कर्णदास”, अन्धाको नाम “त्रिलोचन”, कानाको नाम “नेत्रप्रसाद”, सुकुम्बासीका सन्तान “धन बहादुर”, मानसिक रोगीको नाम बुद्धिसागर”.........राखिन्छ जो हामीले देखे भोगेकै छौ| तर सवारीमा भने सवारी साधनको प्रकृति हेरेर एकैनासले गरिदिन्छ| हुन त यहाँहरुलाई लाग्ला नाम त उत्पादक कम्पनीले नै दिएको हुन्छ नि कुन कम्पनि हो सोहि अनुसार भन्ने तर ती त उसको थर हुन् जसले त्यसलाई पैदा गरे|
नाम त हरेक देशले आफ्नै नियम कानून अनुसार फरक फरक किसिमले गरिदिन्छन| खैर जुन देशले जसरि गरोस तर नेपाल ले भने आफ्ना सवारीलाई उचित नम्बर प्लेट उपलब्ध गराएको छ यस्तो नम्बर प्लेट अरु देशले उपलब्ध गराउन सक्दैनन भन्ने मेरो जिकिर छ! अब हेर्नुस सवारीको नम्बर प्लेट कसरि निर्धारण गरिन्छ?
कुन अन्चलमा दर्ता गरेको छ हो त्यहि अंचलको पहिलो अक्षर शुरुमा लेखिन्छ अनि त्यसपछी कुन सवारी कति औं नम्बरमा दर्ता छ भनेर अंकले जनाइन्छ! जुन प्रति दश हजार एकाइमा लेखिएको हुनुपर्छ! जस्तो १ देखि ९९९९ सम्म बा. १, त्यसमाथि बा २ यसरि नै लेखिन्छ यदि बागमती अंचललाई उदाहरणको रुपमा लिने हो भन| त्यसपछी राखिने अक्षर जुन छ त्यसमा यौटा कहानी लुकेको छ जो सबैले बुझ्दैनन! आर्मी पुलिसको कोड भाषा झैँ यातायात व्यवस्था कार्यालयको कोड त्यसभित्र लुकेको हुन्छ|
मलाई जस्तै कौतुहलता जागेको होला कि नम्बर प्लेटको माथिल्लो पट्टि अन्तिममा लेखिने अक्षरको अर्थ के हो र कसरी राखिन्छ बुझिराखौ!
कम कर तिर्ने, कलंकित कम्पनि या कारखानाका सवारी छन् भने तिनीहरुलाई “क” ले जनाइने रहेछ! जस्तो: बा १ क...
खोयाबिर्को खाने, खलासीले चलाउने र खोलातिर हाल्ने भाडाका सवारीलाई “ख” लेखिने रहेछ| जस्तो बा-१ ख..भाडाका बस ट्रक यसका उदाहरण हुन!
गभर्मेन्ट का गोलि गठ्ठा बोक्ने र गभर्मेन्टका गुण्डाहरु चढ्ने सवारी साधनको अन्तिम अक्षर “ग” लेखिन्छ|आर्मी पुलिसका सवारी यसका उदाहरण हुन! जस्तो बा १ ग
सर्वसाधारण जनतालाई घात गर्ने घातक संघ संस्था र घुसखोरीले घायल भैसकेका कम्पनीको सवारी साधनको नम्बर “घ” राखिन्छ! जस्तो बा १ घ
चुतिया चाकरीबाज चढेर चारै तिर घुम्ने तर इमान्दार पेसेन्जर चढाउने अनुमति नदिएका चारपांग्रे सवारीलाई अन्तिम अक्षर “च’दिइन्छ| त्यसैले कार को नम्बर प्लेट बा १ च हुनेरहेछ|
जहाँपनी रोक्ने, जसलाई पनि जाक्ने तथा जथाभावी भाडा उठाउने तर जाँचबुझ भएपनि जरिवाना नतिर्ने सवारीलाई नम्बर प्लेटमा “ज” राखिन्छ| जस्तो माइक्रो बस, ट्याक्सीका नम्बर बा १ ज हुन्छ|
झुटो मात्रै बोल्ने, झ्याप भएर हिड्ने र झिना मसिना कुरामा झगडा गर्ने नेताहरु चढ्ने सवारीको नम्बर प्लेटमा “झ” राखिन्छ|
पैसो नभएका पाखेले समेत चढ्ने, प्रहरीले नियम परिवर्तन गरिरहने पछाडी चढ्न नपाइने, पुलिसले पासो थापेर पैसो लिइरहने र पिण्ड चाडै खान मन गरेकाहरुको सवारीमा “प” राखिन्छ| जस्तो मोटरसाइकल
हावा प्रदुषण धेरै गर्ने हाम्रो हैसियत अनुसारको हरामी सवारी साधनलाई नम्बर प्लेटमा “ह” अक्षर दिईन्छ! जस्तो बा १ ह, विक्रम टेम्पु यसको उदाहरण हो|
यस्तो उचित नम्बर प्लेट कुनै पनि देशले लागु गर्न सक्दैन भन्ने मेरो ठहर छ|
प्रतिकृयाको लागि
अविरल यात्री
adhikariabiral@gmail.com
.











ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
