अल्छीका भकारी, छिट्टै धनी हुने सपना बोकेकाहरू पहिला भुरा अप्राध गर्छन ! अप्राध गरेसी देख्ने र जान्नेले बेलैमा गाला चडकाई दिने देखि हनुमान धुलाई गर्नेहो भविष्यमा धमिराको उत्पति हुन्थेन ! धमिरा भन्ने जिनिस त बडो डेन्जर माथिको नि खत्रा हुन्छन ! बाहिर हेर्दा सग्लो र चिटिक्क देखेर क्यार्नु भित्रभित्र चिलिम च्वांट पार्दीने खुबी बोक्या हुन्छ ! धमिरा देख्ना साथ धुप धुंवार देखि ओखती मुलो गर्ने हो भने धमिराले जिनिस नस्ट गर्नु पाम्दैन !
तर,
राच्चनीति भन्ने कुनीति पनि धमिरे औतार कै एक रुप हो ! मोदीभाइ के देशा एउटा सुपरहिट कहावत छ 'चोर चोर मौसेरा भाइ' भन्ने अर्थात धमिरा धमिरा एकै भुँडीका सन्तान भनेका हुन क्यारे किनभने चोर पनि अप्राधीनै हो भने चोर पनि धमिराकै सन्ताना पर्छ !
गाम्घरा राम्रो काम गर्नेलाई हिजाज नयाँ लोकतन्त्रे नेपाला मुन पराम्दैनन ! 'सतिले सरापेको देश' भन्छन ! राम्रो काम गर्यो भने धमिरा लाग्न पाउदैन ! धमिरा नसल्केसम्म पार्टी चम्किन्न ! राच्च्नीति पार्टी चम्काउने 'ब्रासो' रुपी जिनिस नै धमिरा हो !
धमिराको पनि विभिन्न रुप देखि पदसम्म हुन्च्च ! साना धमिरा चोर, पाकेटमाराबाट क्रमस: बढुवा हुँदै गुण्डा बन्छन ! गुण्डाभन्दा एक तह माथि नाईके भन्ने हुन्छ जस्लाई गोरा र कुईर्या भाखा डन (DON) भन्छन भने डनभन्दा माथि चैँ नेता देखि माहानेतासम्म हुन्छन ! यिनै विभिन्न नामरुपी धमिराको भरमा बिगत २५ वर्ष देखि नेपालको राच्च्नीति फस्टाउदै फुल्दैच्च ! धमिराको फौज छ भने अल्कापुरीको राज अर्न पाइन्छ धमिराको फौज छैन भने के को सत्ता के भत्ता ! नपत्याए लोकतन्त्रेपछिको गाई देखि चित्रेबा, मादलेबाको फ़ौज्लाई हेर्नुस !
घडी चरो भन्ने कुखुरो पनि दुई किसिमको हुन्छ ! लोकल र विकासे त्यस्तै नेपाला धमिरा पाल्ने कृषक पनि दुई थरिका छन ! लोकल कृषकले स्थानीय जातका धमिरा पाल्छन भने विकासे कृषकले त्यही लोकललाई अनेक थरिको युरो, डलर, पाउण्ड जस्ता रसान मिलार बनाको भ्याक्सिन दिएर बिदेशी आदेश मान्ने धमिरा उत्पन्न गर्छन !
लोकल धमिरा भनेका राधे, चरी, कुण्डले, मण्डले देखु झुण्डले सम्मका हुन्छन भने भाक्सिन लार तयार पारेको धमिरा भनेको भटचन, सेर्पा, संग्रौला देखि सिके भन्ने कथित बिद्द्वान देखि गाइने, नाटके हुँदै तारे बेतारे सम्मका खबरिलालहरू पर्छन !
काम लासी ज्याला दिनु पर्छ भनेर सबैलाई मुखारी कण्ठ छ ! ज्याला दिने तरिका पनि उल्का र अचम्मको छ ! गाम्घरको लोकल घडी चरोलाई चारा दिनु पर्दैन ! आफै खोजेर, लुटेर, चोरेर देखि खोसेरसम्म खान्छन भने विकासेलाई चैँ क्रमस: श्रेणी अनुसारको दाना,पानी देखि भ्याक्सिन ओखतीसम्म दिनु पर्छ ! जे जसरी जे गरी पालेर हुर्काए बढाए पनि धमिरा भनेको धमिरै हो क्या र !
धमिरा हुर्काउने तरिका चैँ लोकल देखि विकासेसम्मको मिल्न मिल्न खोज्छ ! सर्खारी सिकारीले ग्याँसगन देखि १ नाले दुई नाले गनले भस्म नगरुन भनेर भगवान इन्द्रले सुतपुत्र कर्णको जीवन रक्षाको लागि कवच देकै स्टाईला राच्च्नीति पार्टीको सदस्यरुपी लेपनलाई देशी धमिरे फौजहरलाई कुन माईकालालले छुने ?
तर यति हुँदाहुँदै कहिलेकाहीं टिओमा पर्छन ! गोरा र कुइरेको भाखा T भनेको टार्गेट (target) र O भनेको बाहिर (out) हो ! जब मालिकको आदेशको बर्खिलाप गर्छन जस्लाई बैद्यबाको भाखा 'बिद्रोह' भनिन्छ र त्यस्तो बिद्रोहीलाई टिओ गर्ने चलन छ ! धमिरा हैनन तर पार्टीको टाउकेहरको बिरोध गर्च्चन भने पार्टीबाट एन्फाको टाउके गणेस थापाले गोल हानेको जसरी गोल पोस्टबाट गोल भन्दै बाहिर हुत्यइन्छ भने धमिरा रैच्चन भने चरी झैँ फरर्र बनाइन्छ ! बुझ्नु भएन चरी फरर्र भनेको ? हाम्रो घाम पार्टीको बास्ना मैयाँ (खुस्बु बली) कि परान पियारा क्या !
त्यसैले यी लोकल देखि बिदेशी गोरा देखि काला धमिरा भनेको देशी देखि बिदेशीहरूसम्मको लागि 'काम छौन्जेल भाँडो, काम सकेसी ठाँडो' हो त्यसैले देश हितको लागि भलाई चाहनुहुन्छ र राष्ट्रको माया र राष्ट्रियता बचाउनुहुन्छ भने कोही कसैले पनि धमिरा बन्नु र बन्न दिनु हुन्न ! बनेका छन भने मायाले सम्झाउनुस मान्दैनन भने चरी फरर्र गरेनी मुम्बैया भाखा बाल मतलब !