भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

लोकतन्त्र ओरालो लागेकै हो त ?

सम्प्रेषक : खांट्टी कुरा Monday, October 20, 2014
खांट्टी कुरा
----
बिषयक्रम : ,
जनक मान डंगोल


जब जनतामा नैरास्यता उत्पन्न हुन्छ त्यस पश्चात कुनै अमुक व्यक्ति, संस्था वा दलले त्यसरी नैरास्यतामा छाएको जनतालाई आफ्नो बसमा पार्ने गर्छन ! नेपालमा माओबादी जन्मिनुको मूल कारण पनि त्यहि नै हो किनभने २०४६ सालमा पंचायती सासनलाई हटाएर स्थापित भएको प्रजातन्त्रले सासन गरेको ६ बर्ष नबित्दै प्रजातन्त्रका हिमायतिहरुले आफ्नो असली स्वरूप देखाउन थालि सकेका थिए जसको पहिलो उदाहरण हो निजिकरणको नाउँमा सरकारी कलकारखाना देखि जग्गा जमिनहरु सम्मको बेचबिखन ! बेच्न जाने तर त्यसको स्थान पूर्ति गर्न जानेनन !
२२ दलको आमसभा

जनताहरुले जब कांग्रेस तथा केहि सक्तिसाली कम्युनिस्ट पार्टीहरुको सासनबाट केहि उपलब्धि नभएको महसुस गर्न थाले तब कम्युनिस्ट घटककै एक खेमा संयुक्त जन मोर्चाले नाम स्वरूप परिवर्तन गरेर माओबादी पार्टीमा रुपान्तरण हुँदै चिनिया माओ सासनको नक्कल गर्दै ससस्त्र क्रान्ति गरे ! त्यो क्रान्तिले ११/१२ बर्षमा गरेको काम हिंसात्मक कारबाही र सो कारबाहीको बिरुद्धमा सरकारी पक्षले पक्षले गरेको रक्षात्मक देखि आक्रामक कारबाहीको बर्णन नेपाली जनताले राम्रै संग देखि भोगी सकेको हुँदा यो पंक्तिकारले थप बर्णन गर्नु नपर्ला !

जनयुद्ध बाट सान्ति सम्झौता गरेर पटक पटक सत्ताको सुख भोगी सकेको जनयुद्ध लड्ने माओबादी पार्टी अहिले सम्म आई पुग्दा तिन चिरा भई सकेको छ ! 'एक थुकी सुकी सय थुकी नदि' भन्ने उखानलाई लात हानेको कारणले गर्दा दोश्रो पटकको संबिधान सभामा जनताले दिएको गतिलो जवाफ माओबादी अझ मुख्यतया संस्थापन पक्ष भन्ने क.प्रचण्ड खेमाले बिर्सेको छैनन होला !

कुनै समयमा पार्टीको लागि भनेसी आफ्नो ज्यु ज्यान 'बत्तिको पुतली' झैँ गरेर होम्न पछी नहट्ने ति असंख्य योद्धा देखि समर्थकहरु पार्टीका नेताहरुको क्रियाकलाप देखि वाक्कब्याकक भएर बाठाहरु युरोप अमेरिका देखि जापान र लाटा सिधाहरु खाडी मलेस्यामा पसिना बेच्न बाध्य भाको छन !
२/३ दिन अगाडी काठमान्डौको खुला मंचमा २२ दलले आमसभा गरे ! नारा उही पुरानै र नारा उही पुरानै भए पछी भाषण नयाँ र नौलो हुने त कुरै भएन ! २२ दलले गरेको आमसभामा कम्तिमा पनि लाख भन्दा घटी कार्यकर्ता देखि जन समर्थक हुनु पर्ने हो कि हैन ? तर त्यो दिनको जनताको सहभागिता देखेर २२ दल हाँकेका माओबादी पार्टीका अध्यक्ष क.प्रचण्डले बाईरोडको बाटो जस्तरी कुरा घुमाउनु बाध्य हुनु पर्यो तर तिनको कुरा अब जनताले पत्याउलान ?

तिनै क.प्रचण्डको एक ईसारामा अघिल्लो पटकको संबिधान सभाको निर्वाचन पश्चात जे पनि हुन्थ्यो ! कांग्रेस तथा एमालेको नेताहरुले शिर ठाडो गरेर बोल्न सक्दैन थिए भने अरु भुरे टाकुरे दल तथा पार्टीको के कुरा गर्नु ! पार्टीको आम सभा भने पश्चात बोल्दे र फुक्देको भरमा गाजा बाजाको साथ काठमान्डौ खाल्डो लाल झण्डा र ब्यानरले राताम्य हुन्थ्यो भने अस्तिको कार्यक्रममा २२ दल समेत सहभागिता हुँदा किन त्यस्तो हुन सकेन ?

समाचार फुक्ने देखि छाप्नेहरु मध्ये कसैले होच्याएर २२ सय भने कसैले २२ हजार भने तर २२ सय भने पनि २२ हजार भनेर फुके पनि छापे पनि त्यो दिनको जनताको सहभागिता देखेर क.प्रचण्डले 'यो आम सभा हैन सर सल्लाह गर्न डाकिएको बैठक हो' भनेर भन्दा के जनता देखि खबर्कर्मीहरुले पत्याउलान ?

अघिल्लो पटकको संबिधान सभा पछी २८ दलले खुल्ला मंचमा आम सभा गर्दा जुन दृश्य देखिएको थियो त्यहि दृश्य २२ दलको आमसभामा देखिनु भनेको नेपालमा लोकतन्त्रको लागि लडने पार्टीहरुको लागि शुभ संकेतचैँ पक्कै पनि हैन किनभने नेपालको जनताहरु जात जातिको राज्य देखि पहिचान सहितको संघियता र धर्म निरपेक्ष राज्य मन पराउदैनन भन्ने पनि हो ! जब सम्म यस्ता कुराहरुलाई उठाउदै जातीय राज्यको वकालत गर्छन आर्को पटकको चुनावमा अहिलेका सबै ठुला नेताहरुको पत्ता साफ हुने स्थिति छ किनभने मदेस आन्दोलनको मसिहा भन्नेहरुलाई मदेसको जनताले दिएको संजाय पनि बिसेका छैनन होला !

बिचार गर्नुस जातीयताको वकालत गर्ने नेताहरु 'बैंसमा मात्र स्याल घोर्ले हुन्छ' ! नेपालको जनता भनेको पंचायती सासनको समयको जनता हैनन ! त्यो बेलाको जनताहरुलाई राजनीतिक चेतना दिने पनि अहिलेका नेताहरु हुन तर राजनीतिक चेतनाले मात्र गरिबको घरमा चुल्हो बल्दैन भन्ने कुरा जान्दाजान्दै पनि जनताको भावना संग पटक पटक खेलवाड गरियो र अझै पनि खेलबाड गरिन्छ भने आर्को पटकको निर्वाचनको बेलामा सुन्य नतिजा प्राप्तिको लागि तयार भएर बसे हुन्छ !
..
सेतो परेवा डट कममा प्रकाशित प्रकाशित मिति: नेपाली समय ०३ : १८ : २७ मध्यान्ह    २०७१ कार्तिक ०३ सोमबार
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com