गीत (कोपिलामै तोड्यौ तिम्ले )
फक्रन नि नदिएर कोपिलामै तोड्यौ तिम्ले
केमा चित्त बुझेन र आफ्नो बाटो मोड्यौ तिम्ले
तिमीलाई माया गर्थें आफैलाई भन्दा धेरै
सर्वस्व नै तिमी थियौ आज विश्वास तोड्यौ मेरै के भनेर चित्त बुझ्छ तिमीले मनमा डसेपछि
त्यस्तै भयो जस्तो हुन्छ छाँगाबाट खसेपछि
मायामा म रमाउनु मात्र पानी-फोका भयो
जता छुन्छु पैह्रो जान्छ जिन्दगी नै धोका भयो
आशाका ती किरणहरू बल्न नपाई मर्न थाले
मन भित्रका इच्छाहरु फुल्न नपाई झर्न थाले
भगवती बस्नेत





ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
