भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

परदेशिएको मन

सम्प्रेषक : भगवती वस्नेत Wednesday, April 24, 2013
भगवती वस्नेत
----

भगवति बस्नेत, इजरायल

दिनानु दिन देशको बिग्रदो राजनैतिक अवस्था , गरिवी, बेरोजगारले आकान्त नेपालीहरु अनेकन बाध्यता विवशतामा बिदेशिन बाध्य छन् । त्यही हुलमा मिसिएको म पनि केहि बर्ष देखि विदेशमा छु । रहरले भन्दा कहरले नै विदेशिएको म आफ्नो गाउँघर सम्झेर बेला बेलामा मर्माहित हुन्छु ।

लाग्छ सबै रहरले भन्दा कहरले नै बिदेशिएका हुन्छन । जब पराइको भूमिमा अपरिचत मान्छे बीच रुमलिन पुग्छौ त्यति बेला आफ्नै परिवार आफन्त आफ्नै साथी संगी घरदेशको सम्झनाले सताउन थाल्छ । जो संगै छैन र जसको आवश्यकता छ, उसैको याद आउछ । आमाको न्यानो काख आफ्नो प्रिय/ प्रियतमको माया आफ्नोपनले छायाँ बनेर पछ्याईरहन्छ । नेपाली खानाको झल्झली याद आउछ । विदेश जति नै रमझम र भौतिक सुख सुविधाले सम्पन्न भए पनि आफ्नै गाउँघर डाडापाखा, आफ्नै छोराछोरी,साथी भाइको सम्झना अनि शैशबका रुमानी यादहरुले नै बढी पुलकित बनाईरहन्छ । छातीभित्र अनेक ईच्छा र चाहनाहरुलाई दबाएर भोलिको भविष्य र परिवारको सुखको लागि दिनरात नभनी संघर्षरत हुनुपर्छ बिदेशमा । आफ्ना गाउघर र आफन्तको सम्झना कम गर्ने अहिलेको संचार साथी बनेको छ । जसबाट पलपलमा आफ्ना घर परिवार साथी भाइसंग सम्पर्कमा रहन सकिन्छ । छुन नपाएपनि रुन पाइन्छ । हेर्न,बोल्न पाइन्छ ।

संचारको बिकाशले आजभोली दिनचर्या अलि सहज बनेको छ । जसले गर्दा विश्व नै सानो घर जस्तो भएको छ । व्यस्त अनि परिवारबाट टाढा भएर विछिप्त बनेका परदेशीहरु मन भुलाउन फुर्सदको समयमा साथीभाइसँग भेटघाट, गफ गरेर नेपाली चाड पर्वहरुमा बिभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भएर,आफ्ना मन मिल्ने साथी भाईसंग हाँसी मजाक गरेर घरको याद कम गर्ने गरिन्छ । विदेशको दिनचर्या व्यस्ततामा नै बित्छ हरेक काम सेडुल अनुसार गरिन्छ । थोरै ढिला हुनासाथ ट्रेन,बस छुट्छ, समयमा नपुगे काममा नपुगे त्यो दिन काम गर्न पाइदैन । समयनुसार चल्दा व्यस्तता भित्र समय गएको पत्तै हुदैन । विदेश जहाँ हाम्रो भन्दा भिन्न भौगोलिक अवस्था बिकशित देश सभ्य समाज भएको ठाउँमा जब पुग्छौ । सभ्य ठाउँमा पुगेपछि त्यहीको जीवन शैली सिकिन्छ र त्यहाँको रहनसहन अनुसार आँफूलाई ढाल्न कोशिश गर्नैपर्छ । जहाँ गइन्छ त्यहाँको समाज अनुसार चल्न सिक्नु पनि पर्छ तर त्यसो भन्दैमा नेपाली संस्कृति परम्परा भुल्नु पर्छ भन्ने होइन । हामीलाई दुईवटा सभ्यता, दुईवटा भाषा, दुईवटा समाजमा घुलमिल हुने अवसर मिल्छ । यस अवसरले हामीलाई नयाँ ढोका खुलाउँछ ।

हामीले केहि नयाँ अनुभव बटुल्न सक्छौ । स्वच्छ मन, सकारात्मक सोच, कामको सम्मान समयको महत्व बुझेर नै बिदेशीहरु सक्षम र सफल भएका हुन्छन भन्ने कुरा देख्छौ र उनीहरुबाट त्यस्तै कुराहरु सिक्छौ । बिदेशी साथीहरु सहयोगी भावनाका बोकेका हुन्छन् । उनीहरुसँग हाँसखेल,घुमफिर गरिन्छ, सगै बसेर खान खाइन्छ तर खर्च आफ्नो आफ्नो हुन्छ । यदि हामी नेपालमा भएको भए भने आफ्ना साथी आफूले चिनेजानेका सम्मको पैसा आफैले तिर्छौ । विदेशले मान्छे कसरी बाच्नु पर्छ ? जिन्दगी आफ्नो लागि जिउनु पर्छ भन्ने सिकाउँछ । काम सानो ठूलो जस्तो होस् त्यसको सम्मान गर्नु पर्छ । आफूले गर्न लागेको जुनसुकै काम होस् त्यसमा होसियारी अपनाएर धेरै ध्यान दिएर काम गर्नु पर्ने रहेछ भन्ने कुराको ज्ञान हुन्छ । कुनै पनि व्यक्तिलाई साइनो सम्बन्ध लगाएर बोलाउनु भन्दा उसको नामली बोलाउदा उसले स्वतन्त्र भएर आफ्नो अस्तित्व रहेछ भन्ने अनुभव गर्छ भन्ने पनि जानियो । विदेशले हामीलाई श्रम गरेर बाँच्नु पर्छ । समयको महत्व बुझेर कसरी काम गर्नुपर्छ भन्ने पनि सिकायो ।

जीवन परिवर्तनको नाम हो अनि परिवर्तन हाम्रो जीवनको सौन्दर्य हो । हामीले समयनुसार परिवर्तनशील भएर अगाडी बढ्नुपर्छ । हामी जहाँ छौ, त्यही रमाउन कोशिश गर्नु पर्ने रहेछ आफ्नो घर परिवार सम्झेर मनभरी जति ठूलो सुनामी चले पनि भूकम्प आए पनि ओठमा हरपल हाँसो देखाएर बाच्नु पर्ने रहेछ ।

कान्तिपुर साप्ताहिक - http://www.ekantipur.com/saptahik/category.php?id=146

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com