| जनकमान डंगोल |
कानून नबनाएसम्म चुनाव हुन सक्दैन,चुनाव हुन्छ भनेर कसरि भन्न सकेका होलान ?
सरकारले केही दिनमा नै चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेको समाचार आईरहेको बेला प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले सबै तहको निर्वाचन गराउन आयोग तयार रहेको भएपनि अहिलेसम्म सरकारले कानुन दिन नसकेको हुँदा कानून नभए सम्म चुनावको मिति घोषणा गर्न नसकिने बताएको छ ।
सरकारले कानुन दिए फास्ट ट्रयाकबाट ९० दिनमा चुनाव गर्न सकिने र चुनावका लागि चाहिने १३० दिन नै हो ’ नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै प्रमुख आयुक्त यादवले भने, ‘दलहरु तयार छन् भने हामी सबै कुरामा फास्ट ट्रयाकबाट ९० दिनमा चुनाव गराउन सक्छौ । उनले पहिला कुनको चुानाव गर्ने हो त्यो पनि प्रष्ट पार्नुपर्ने बताए । उनले भने,‘निर्वाचनको मिति घोषणा गरेरमात्रै हुँदैन, त्यसको लागि ऐन, कानून र स्रोत साधन चाहिन्छ ।’
राष्ट्रलाई निकास दिनकोलागि निर्वाचन आयोग सँधै तयार रहेको उल्लेख गर्दै यादवले भने,‘अहिले देशव्यापी रुपमा निर्वाचनको ठूलो माग छ, म आँफै मधेश, पहाड र हिमालका धेरै ठाउँमा जाँदा त्यहाँका जनताहरुको चुनाव हुनुपर्छ भन्ने माग छ, आयोग यसमा गम्भिर छ ।’
यादवले यदि स्थानीय तहको निर्वाचन गर्ने हो भने त्यसका लागि चाहिने मतदाता नामावली ऐन, राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचन कसुर तथा सजाय ऐन, स्थानीय तह कार्यविधि ऐन तथा स्थानीय तह निर्वाचन कार्यविधि ऐन पारित भए र स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन उपलब्ध गराउनुपर्ने बताए ।
यादवले आगामी २०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता भएकोले त्यसको लागि सबै मिलेर अघि बढ्नुको विकल्प नभएको बताए,
तर,
देसको ठुला पार्टी नेपाली कांग्रेस देखि तेस्रो पार्टी माओबादी केन्द्रका केहि नेताहरु अब बैशाखमा चुनाव हुन्छ त्यसैले सबै तयारि भएर बस्नु भनेर हुकुमी आदेस गिराउदै हिंडेका छन ।
चुनाव गराउन ऐन कानून चाहिन्छ । बिना कानून के कसरि चुनाव हुन्छ ?
त्यसैले प्रचण्ड देखि देउवाहरूले चुनाव हुन्छ, हामीले तोकिएको समयमै चुनाव गराउन कम्बर कसेर लागेका छौ तर बिरोधि एमालेले संसद चल्न दिएका छैनन् । संसद नचले पछी कानून बन्दैन र कानून नबने सम्म चुनाव कसारी हुन्छ भनेर अबको केहि दिन पछी देउवा तथा प्रचण्डले कुनै सभामा भने भने त्यसलाई अनुठो नमाने हुन्छ ।




ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
