भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

खोक्रा भाषण हैन, पुल बनाइ देउ कामरेड !

सम्प्रेषक : खांट्टी कुरा Tuesday, June 4, 2013
खांट्टी कुरा
----
बिषयक्रम : ,
नेपालका कम्युनिस्ट पार्टीका नेताहरु मध्येमा मलाइ ने.क.पा.-माओबादीका क.देब गुरुङ सारै भद्र र भलाद्मी लाग्छ ! मान्छेको आ-आफ्नो व्यक्तित्व र स्वभाव हुन्छ ! नेपालका कम्युनिस्ट नेता अझ क्रान्तिकारीको पृष्टभुमि बाट आएका नेता देब गुरुंग मलाइ मन पर्नाको कारण के हो भने उहाँले रास्ट्रिय पोशाक मध्यको १ ढाकाको टोपी आफ्नो सिर बाट अलग गर्नु भएको आज सम्म देखिएको छैन ! क्रान्तिकारीहरु अलि खरा स्वभावका हुन्छन ! अझ नेपालका क्रान्तिकारी चरित्र बोकेका असंख्य नेताहरु ज्यादै उग्र र उदण्ड स्वभावका छन र ब्यबहारमा पनि देखाएका छन ! उहाँकै पार्टीको प्रमुख क.मोहन गोपाल बैद्य लाइ लिने र हेर्ने होभने त्यसलाई नाइँ र नकार्न पनि सकिदैन !

उहाँ गण्डकी अंचलको कास्की जिल्ला बाट चुनाव लड्नु हुन्छ ! आज फेसबुकमा पोखरा बाट प्रकाशित हुने ‘डन नेसनल न्युज’ ले उहाँको निर्वाचन क्षेत्रको बारे एउटा तस्बिर प्रकाशित गर्यो ! त्यो तस्बिर हेर्दा र त्यहाँको बारेमा थाहा पाउँदा मनै अमिलो भएर आयो !

क.देब गुरुङज्यु राजधानीको सुख सयलमा बसेर अन्य पार्टी प्रति टिप्पणी र पार्टीका नेताहरु प्रति आक्षेप लगाउन होस वा क्रान्तिको नारा जप्न त्यो एकदम सजिलो कुरा हो ! एक जिम्मेवार नेता भए पछी आफ्नो निर्वाचन क्षेत्रको जनताहरुको सुख दुख बुझ्ने तपाइको कर्तब्य हो कि हैन ? तपाइको क्षेत्रका जनताहरु आज मादी नदीमा पुल नभएर जनता आफैले बनाएको बाँसको कच्चि फक्लेटो बाट आवत जावत गर्दा के तपाइको मन कटक्क खादैन र ? तपाई त येतिखेर पार्टीको शिर्ष तहको नेता हुनुहुन्छ र पटक पटक मन्त्रि पनि भै सकेको मान्छे हुनुहुन्छ ! के गर्नु भयो त आफ्नो निर्वाचन क्षेत्रको जनताहरुको लागी ?

जनताको सुबिधाको लागि एउटा पुल सम्म बनाइ दिन नसक्नेले जनताको सुख दुखमा साथ दिन्छ्म, आफ्नो निर्वाचन क्षेत्रमा बिकास गर्छ्म भन्नु कोरा कुरा मात्र हुन भनेर अब जनताले बुझ्ने कि नबुझ्ने ? सधै भरि क्रान्तिको डम्फु मात्र बजाएर देशमा आमुल परिवर्तन हुदैन कामरेड ! तपाइको एउटा आग्रह र अनुरोध हुने हो भने उक्त स्थानमा पक्कि पुल बन्न सक्छ र त्यस भेगका जनताले ज्यान जोखिममा मोलेर नदि तर्नु पर्दैन ! यस्ता कुराहरुमा ध्यान पुगेपो बल्ल जनताको सच्चा पार्टी रैछ भनेर बुझ्थे ! खोक्रा भाषण र  उग्र रास्ट्रबादले जनाको जीवनस्तर माथि उक्सिदैन कामरेड !


.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com