जस्तो कि ! इटालीका Florence Nightingale लाइ ‘Lady with the Lamp’ भनेर कसले नचिन्ला र ? त्यस्तै ब्राजिलका फुटबल खेलका माहा हस्ती Edison Arantes do Nascimento लाइ ‘Pele’ (पेले) भनेर नचिन्ने खेलकुद जगतमा सायद कोहि नहोला ! साहित्यकार वासुदेव लुइँटेलको उप नाम ‘भूतको भेनाजु' , तिलविक्रम नेम्वाङ लाइ ‘बैरागी काँइला’ आदि सबै लाइ नाम ले होइन उप नामले हामी माझ चिनायो ! त्यो उप नाम पाउने काम त आ-आफ्नो ठाउमा छदै छ ! मान्छे मात्र होइन देशहरु पनि उप नामले गर्दा नै चिनिएका छन जस्तो अष्ट्रेलियालाई Kangaroo को देश भनेर चिन्छ भने अफ्रिकाको Botswana देश लाइ हातिको देश भनेर चिन्छ !
ए गाठे ! उप नाम जोडिएपछी आफ्नो नाम चल्छ भने ! आफु मात्र किन पछी पर्ने ! यो सोच मेरो मानषपटलमा वाल्य कालमै आएको थियो अनि काम नगरे नि माम खादै दाम र नाम कमाउनेको रोगले ग्रस्त भए ! उसै त उबेला मेरो उप नाम एक मात्र कहाँ हो र कति हो कति ! पला घरे काइलाले पनि ‘कस्तो गोक्ते रहेछ ’ भनेर ‘गोक्ते' भन्ने एउटा उपमा दिएको थियो ! आफ्नै दाइले त झनै हेपेर भन्दिने भन्या ‘यो हाब्रे ले कुनै प्रगती गरेन' अनि अर्को ‘हाब्रे’ उपमा ! ‘आपे’ भनेर त पुरै साथीहरुले स्कुल भरि/ गाउ भरि जिस्काउने ! उ बेला मेरा पनि प्रख्यात व्यक्तिहरुका जस्तै प्रख्यात उप नामहरु रहेका थिए अनि परि चर्चा पनि कम थिएन -देश भरि प्रदेश भरि भने झैँ - गोठाला भरि, स्कुल भरि, गाउ भरि, बजार भरि सबै तिर मलाइ देख्यो कि मेरो नाम होइन (नाम त सबै लाइ कहाँ थाहा थियो र !) उप नामको बखान हुन्थ्यो ! घरि घरि त पुरै रिस पनि उठ्थ्यो त कतै कतै सरम पनि लाग्थ्यो ! रिसाउनु पनि कति सँग हो - सबै ले मेरो उपनाम नै प्यारो ठान्दथे ! खै ति सबै मेरो शत्रु थिए कि मित्र -त्यो केहि थाहा थिएन ! तर जति रिस देखायो उति उप नाम लिन गरिन्थ्यो तर मतलव नै गरिन भने - त्यो क्रम अलिक कम हुन्थ्यो ! तर स्कुलमा सरले नेपालको पहिलो शहिद भनेर लखन थापा लाइ चिनिन्छ ! उनलाइ नाम ले भन्दा पनि नेपालको प्रथम शहिद भनेर चिनिन्छ भन्दा मेरो पनि नाक लौका जत्रो हुन्थ्यो ! अनि लाग्थ्यो - मेरो त उप नाम यत्रो धेरै छ त्यो -पनि निकै चल्तीको ! अनि कसो मेरो उपमाको कुरा चाही यो इतिहासमा नहोला भनेर !!! अझ काले, सिगाने, लुइरे आदि आदिको त कुरा गर्ने बाकि छ ! कुनै कुनै अवस्तामा त उपनाम पनि कस्तो भन्दा यी माथि उल्लेखित भन्दा अलग लाग्ने - मलाइ मेरा संगीहरुको नामले पो सम्बोधन हुने भन्या ! हुन् त भन्ने लाइ कसले नै रोक्न सक्छ त्यो पनि उपनाम कुरा आउछ भने मलाई किन चासो ! त्यो उसै त राम्रो भन्दछन !
अंग्रेजीमा भाषामा प्रखर भनि हाल्न चाही नमिल्ने -मलाइ एक पटक दी (दिदी) ले मेरो नाम अंग्रेजीमा लेख्न सिकाउनु भयो Bednath Pulami भनेर अनि सट कटमा B.P पनि लेख्न सकिन्छ भन्नु भा'थीयो ! मैले एक पटक स्कुलमा एक्जाम दिदा मेरो पुरा नाम अंग्रेजीमा लेख्न कति कोसिस गरे पनि सकिन ! दी'ले सिकाउनु भएको कुरा नै याद भएन ! बरु घर छेउको भुन्टी सँग जिस्किएको सम्झे, काले ले मलाइ ‘आपे' भनेर जिस्काएको सम्झे अनि ममीले पकाएको खिर सम्झे तर मरे नि मेरो नाम लेख्न कुन कुन अंग्रेजी शब्दको समायोजन गर्नु पर्छ - भन्ने कुरा सम्झिन सकिन ! अनि जे पर्ला पर्ला भनेर लेखिदिए सट फममै (उवेला त्यो सट फम भन्ने कुरा पनि बुझेको थिन ) B.P यानी वि.पि. मलाइ के थाहा यो वि.पि भन्ने विशेश्वार प्रसादको छोटो नाम हो भनेर - म त उही वेलै स्वर्गीय पो भएको रहेछु ! हाहाह …….(हेर नाम कमाउने भुतले के गर्यो ….)
यो उपनामको हावाले कसलाई पो नछोएको होला र ? नामको अघि या पछी होस् कहिले कोहि ‘विद्रोही' भए त कोहि ‘कवि' भए , ‘झापाली' , ‘काली'', ‘अभिलाषी', आदि आदि - चाहे प्रचण्ड हुन् या गिरिजा बाबु, या चादनी ‘शा' ! यहाँ मानिसहरु नामका लागि शताब्दीऔ सम्म लडे - चाहे अलेक्जेन्डर हुन् या हिटलर ! यो मान्छेको जिवनमा काम र आचरण भन्दा नाम भनौ या उपनामको प्रसंग मात्र हावी भएको वेला मलाइ भूतको भेनाजुको कुरा याद आयो ‘के चाहन्छौ ‘ भन्दै उनि यसो भन्दथे :-
“काम चाहन्छौ, गधा भएर मर्छौ !
नाम चाहन्छौ, गाई बनेर दुहिन्छौ ।
माम चाहन्छौ, कुकुर बनेर जुत्ता चाट्छौ !
राम चाहन्छौ, रोई रोई मर्छौ !
अब भन तिमी के चाहन्छौ ?”
(यो प्रश्नले मलाइ सधै जिस्काइ रहन्छ ….. तर जवाफ छैन …)

मेरो देशलाई नेपालीको कुनै नाम रामे,श्यामे, बहादुर, बुद्धको देश भन अथवा Chomolungma - त्यो उचित छ ! बरु मेरो उपनाम आपे, हाब्रे, गोक्ते हुन् सक्छ तर मेरो देशलाई Mount Everest को देश अहिल्यै नभन ! त्यो मेरो देशको उपनाम हुनै सक्दैन !