भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

नेपाली नम्बर प्लेट

सम्प्रेषक : अविरल यात्री Monday, April 23, 2012
अविरल यात्री
----
 
   सवारी साधनलाई यातायात सेवा  भनिन्छ!  र यही यातायातका साधनलाई  ब्यबस्थित गर्ने कार्यालय नै  यातायात व्यवस्था कार्यालय हो| सवारी साधनलाई यातायात कसरि भनियो भन्ने यकिन त मलाई नि थाहा छैन तर खलासिहरुले यात्रुहरुलाई यता यता भनेर तान्ने, कोहि ट्रान्सपोर्टमा सामानको लागि यता यता भनेर कराउने हुनाले यता यता भन्दा भन्दै यातायात भएको हुनसक्छ कि त यताका मान्छे उता उताको सामान यता सवारीले गर्ने हुनाले यता उता भन्दा भन्दै सजिलोको लागि यातायात भनौ न त भनेर भनिएको हुनुपर्छ भन्ने मेरो अनुमान छ|  र यही यातायातको साधनलाई नियम अनुसार चल्न निर्देशन दिने र आबस्यक ब्यबस्थापन गर्ने कार्यलयलाई यातायात ब्यबस्था कार्यालय भनिन्छ |  साथै  सवारीको नामाकारक समेत यहि कार्यालयले नै गरिदिन्छ|        

               जसरी मानिसहरुलाई चिन्नका लागि उसका आफन्तहरुले जोडका तोड, राम्रा भन्दा राम्रा नाम राखिदिन्छन त्यसरी नै सवारी साधनलाई पनि चिन्नका लागि यातायात व्यवस्था कार्यालयले सवारी नम्बर प्लेट दिएर न्वारन गरिदिन्छ| तर मान्छे र सवारी साधनमा राखिने नाममा राखिने नाममा अल्ली फरक छ| नेपाली समाजको नामाकरण हामीलाई थाहै छ! लाटाको नाम “आवाज”, वैराको नाम “कर्णदास”, अन्धाको नाम “त्रिलोचन”, कानाको नाम “नेत्रप्रसाद”, सुकुम्बासीका सन्तान “धन बहादुर”, मानसिक रोगीको नाम बुद्धिसागर”.........राखिन्छ जो हामीले देखे भोगेकै छौ| तर सवारीमा भने सवारी साधनको प्रकृति हेरेर एकैनासले गरिदिन्छ| हुन त यहाँहरुलाई लाग्ला नाम त उत्पादक कम्पनीले नै दिएको हुन्छ नि कुन कम्पनि हो सोहि अनुसार भन्ने तर ती त उसको थर हुन् जसले त्यसलाई पैदा गरे|

             नाम त हरेक देशले आफ्नै नियम कानून अनुसार फरक फरक किसिमले गरिदिन्छन| खैर जुन देशले जसरि गरोस तर नेपाल ले भने आफ्ना सवारीलाई उचित नम्बर प्लेट उपलब्ध गराएको छ यस्तो नम्बर प्लेट अरु देशले उपलब्ध गराउन सक्दैनन भन्ने मेरो जिकिर छ! अब हेर्नुस सवारीको नम्बर प्लेट कसरि निर्धारण गरिन्छ?

                   कुन अन्चलमा दर्ता गरेको छ  हो त्यहि अंचलको पहिलो अक्षर शुरुमा लेखिन्छ अनि त्यसपछी कुन सवारी कति औं नम्बरमा दर्ता छ भनेर अंकले जनाइन्छ! जुन प्रति दश हजार एकाइमा लेखिएको हुनुपर्छ! जस्तो १ देखि ९९९९ सम्म  बा. १, त्यसमाथि बा २ यसरि नै लेखिन्छ यदि बागमती अंचललाई उदाहरणको रुपमा लिने हो भन| त्यसपछी राखिने अक्षर जुन छ त्यसमा यौटा कहानी लुकेको छ जो सबैले बुझ्दैनन! आर्मी पुलिसको कोड भाषा झैँ यातायात व्यवस्था कार्यालयको कोड त्यसभित्र लुकेको हुन्छ|
      मलाई जस्तै कौतुहलता जागेको होला कि नम्बर प्लेटको माथिल्लो पट्टि अन्तिममा लेखिने अक्षरको अर्थ के हो र कसरी राखिन्छ बुझिराखौ!

       कम कर तिर्ने, कलंकित कम्पनि या कारखानाका सवारी छन् भने तिनीहरुलाई “क” ले जनाइने रहेछ! जस्तो: बा १ क...
      खोयाबिर्को खाने, खलासीले चलाउने र खोलातिर हाल्ने भाडाका सवारीलाई “ख” लेखिने रहेछ| जस्तो बा-१ ख..भाडाका बस ट्रक यसका उदाहरण हुन!

  गभर्मेन्ट का गोलि गठ्ठा बोक्ने र गभर्मेन्टका गुण्डाहरु चढ्ने सवारी साधनको अन्तिम अक्षर “ग” लेखिन्छ|आर्मी पुलिसका सवारी यसका उदाहरण हुन! जस्तो बा १ ग
  सर्वसाधारण जनतालाई घात गर्ने घातक संघ संस्था र घुसखोरीले घायल भैसकेका कम्पनीको सवारी साधनको नम्बर “घ” राखिन्छ! जस्तो बा १ घ

   चुतिया चाकरीबाज चढेर चारै तिर घुम्ने तर इमान्दार पेसेन्जर चढाउने अनुमति नदिएका चारपांग्रे सवारीलाई अन्तिम अक्षर “च’दिइन्छ| त्यसैले कार को नम्बर प्लेट बा १ च हुनेरहेछ|
    जहाँपनी  रोक्ने, जसलाई पनि जाक्ने तथा जथाभावी भाडा उठाउने तर जाँचबुझ भएपनि जरिवाना नतिर्ने सवारीलाई नम्बर प्लेटमा “ज” राखिन्छ| जस्तो माइक्रो बस, ट्याक्सीका नम्बर बा १ ज हुन्छ|
  झुटो मात्रै बोल्ने, झ्याप भएर हिड्ने र झिना मसिना कुरामा झगडा गर्ने नेताहरु चढ्ने सवारीको नम्बर प्लेटमा  “झ” राखिन्छ|

पैसो नभएका पाखेले समेत चढ्ने, प्रहरीले नियम परिवर्तन गरिरहने पछाडी चढ्न नपाइने, पुलिसले पासो थापेर पैसो लिइरहने र पिण्ड चाडै खान मन गरेकाहरुको सवारीमा “प” राखिन्छ| जस्तो मोटरसाइकल
हावा प्रदुषण धेरै गर्ने हाम्रो हैसियत अनुसारको हरामी सवारी साधनलाई  नम्बर प्लेटमा “ह” अक्षर दिईन्छ! जस्तो बा १ ह, विक्रम टेम्पु यसको उदाहरण हो|

यस्तो उचित नम्बर प्लेट कुनै पनि देशले लागु गर्न सक्दैन भन्ने मेरो ठहर छ|

प्रतिकृयाको लागि                                                                                                                
अविरल यात्री  
adhikariabiral@gmail.com
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com