पन्चे चोर, निरंकुस सासन, बोल्न दिएनन, मण्डलेको नाईके, राजतन्त्र मुर्दाबाद २०४६ भन्दा अगाडी सम्म लाग्ने नाराहरु यस्तै थिए र यी नाराहरु लगाउने पनि अहिलेका कांग्रेस र कम्युनिस्टहरुनै हुन २०४६ सालमा माग अनुसारको प्रजातन्त्र आयो ! त्यतिले पनि नपुगेर भने गणतन्त्र कायम गर, लोकतन्त्र चाहिन्छ !
अहिले पन्चेत छैन, पन्चेत नभयेसी मण्डले हुने कुरै भएन ! राजा पनि छैनन राजा नभयेसी राजतन्त्र हुनेत झन कुरै भएन त्यसैले राजतन्त्र मुर्दाबाद देखि पन्चेत मण्डले सम्मलाई मुर्दाबाद भन्न परेन !
एउटा पुरानो प्रसंग !
२०४४ सालमा असार/साउनको मध्य बर्षामा जनकपुर ईलाकामा ठुलो बाढी आयो ! जनकपुरको मुटु शिब चोकमा एउटा बनियाले ६० पैसा किलोको ‘आयो नुन’ ४ रुप्पेमा बेचेको छ भन्ने कुरा कता बाट पुलिसले थाहा पाएर त्यो बनियाँलाई पक्राउ गरेर लग्यो ! गोर्खे धुलाईको साथ जिल्ला प्रशासन चलान भो ! २५ रूप्पे जरिवाना पश्चात बनियाँत छुटे तर पन्चेतकाल भरि ति बनियाँले कालाबजारी गर्ने हिम्मत गरेनन !
‘कहिले काही सिंगमांगमा राखेको घ्यु निकाल्न अम्लो बंग्याउनु पर्छ’ किनभने सिधा अम्लोले घ्यु निस्किदैन त्यसैले पुलिस गाई परानी बन्ने हो भने समाजमा शान्ति सुरक्षा कहिले पनि हुन सक्दैन यो कुरा सबैले बुझ्नु जरुरि छ ! १ लबटो बजौदैमा मानव अधिकार हनन हुन्छ भनेर कुर्लिनेहरु पुल बनाएर हस्तान्तरण नहुँदै गर्लम्म ढल्ने, पिच गरेको २ दिनमै उप्किने, बन स्वाहा, गीटि बालुवाको उत्खननले पुल धस्सिनु र त्यस बाट हुने कहालीलाग्दो घटनाले हुने जन धनको नोक्सानीचैँ मानवाधिकारको हननमा पर्छ कि पर्दैन ?
महेन्द्र राजमार्ग न बहुदले सरकारले बनाको हो न गणतन्त्रे सरकारले बनाको हो तर त्यो राजमार्ग ईलाकाको पुल मुनि उत्खनन गर्नु हुन्न ! व्यापारिक फाईदाको लागि उत्खनन गर्दा पुल धसिन्छ भन्ने कुरा कांग्रेस देखि कम्युनिस्टको सरकारलाई थाहा छ कि छैन ? छ भने महोत्तरी जिल्लाको खण्डमा पर्ने देशकै मुख्य राजमार्गको पुल किन र के कसरि भास्सियो ?
हिजो राजा र पन्चले बिदेस भ्रमण गर्न जाँदा पहिला सिना तानेर ‘नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस’ भनेर भन्थे अनि बाध्यताले लाज पचाएर मित्र रास्ट्रहरुबाट सहयोग नामको भिख थापेर बनाको तमाम उधोग धन्दा कल कारखाना २५ बर्षमा बेचेर खाने पनि त अहिलेकै कांग्रेस देखि कम्युनिस्टहरु नै हुन कि हैनन ? देसमा उधोग धन्दा थप्दै लगेको भए कोरिया जानलाई ज्यान माया मारेर घन्टौ लाईन बस्नु पर्थ्यो ?
कालाबजारी देखि भ्रस्टाचारी सम्मलाई कडा भन्दा कडा कारबाही गरेको भए पुल भासीन्थ्यो ? हावाले उडाउथ्यो ? खोलाले बगाउथ्यो ?
महेन्द्र राजमार्गको महोत्तरी जिल्लाको खण्डमा पर्ने रातु पुल ! तस्बिर साभार: फेसबुक बाट |
सडक बिभाग भन्ने सरकारी संथा पनि छ तर त्यो संस्थालाई अपांग बनाएर नयाँ बाटो खोल्ने ठेक्का सेनालाई किन दिईन्छ ? सेनाले बाटो घाटो बनाउने देखि बिकास निर्माणको काम गर्ने हो भने यातायात मंत्रालय र त्यो अन्तर्गतको बिभाग किन चाहियो ?
हिजो पन्चेत्को पालामा बिकास निर्माणको काम गर्ने भनेर NCCN अर्थात नेसनल कन्ट्रटक्सन कम्पनि अफ नेपाल भन्ने थियो तर त्यसलाई बिघटन किन गरियो ?
पन्चेत्को पालामा पुलिसको आइ जी पी देखि सेनाको कर्नेल मन्त्रि देखि माननीय सम्मलाई हत्कडी लाएर जेलमा लैजान सक्ने खुबी भाको संस्थाहरु थियो तर त्यो सबै किन बिघटन गरियो ?
मण्डले भनेर धारे हात लाउन जानेको छन, पन्चेतको नाम लिएर अहिले पनि ३० बर्षे भनेर सदनमा घोच्न जानेको छन तर पन्चेतले जत्ति पनि बिकास गर्न नसक्नेले यस्तो उस्तो भन्दै धारे हात लाएर सराप्न मिल्छ ?
त्यसैले आज अपराधी देखि भ्रस्टाचारि, कालाबाजारी देखि आतंककारी सम्म जन्माउने अहिलेका ठुला पार्टीका नेताहरुलाई हिजो तन, मन धन देखि ज्यु ज्यान सम्म सुम्पिने पनि यिनै काँठ देखि सहर बजार सम्मका जनताहरु हुन तर यिनै जनताहरुलाई आज आएर घात गर्ने यी राजनीतिक पार्टीको नेताहरुको गुलियो कुरामा अझै पनि मक्ख पर्ने नेपाली जनताहरुको चेत कहिले पलाउछ ?
त्यसैले छातीमा हात राखेर भन त ए नेपाली जनताहरु हो ‘हामीहरुले साँपलाई दुध खुवाएर के पायौं ?