भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

ब्लग चौतारी

चुनाव गराउने भन्छन तर कानून बनाएर चै किन नदिएका ?

ब्लग सम्प्रेषक : खांट्टी कुरा
जनकमान डंगोल
जनकमान डंगोल

कानून नबनाएसम्म चुनाव हुन सक्दैन,चुनाव हुन्छ भनेर कसरि भन्न सकेका होलान ?

सरकारले केही दिनमा नै चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेको समाचार आईरहेको बेला प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले सबै तहको निर्वाचन गराउन आयोग तयार रहेको भएपनि अहिलेसम्म सरकारले कानुन दिन नसकेको हुँदा कानून नभए सम्म चुनावको मिति घोषणा गर्न नसकिने बताएको छ ।

सरकारले कानुन दिए फास्ट ट्रयाकबाट ९० दिनमा चुनाव गर्न सकिने र चुनावका लागि चाहिने १३० दिन नै हो ’ नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै प्रमुख आयुक्त यादवले भने, ‘दलहरु तयार छन् भने हामी सबै कुरामा फास्ट ट्रयाकबाट ९० दिनमा चुनाव गराउन सक्छौ । उनले पहिला कुनको चुानाव गर्ने हो त्यो पनि प्रष्ट पार्नुपर्ने बताए ।  उनले भने,‘निर्वाचनको मिति घोषणा गरेरमात्रै हुँदैन, त्यसको लागि ऐन, कानून र स्रोत साधन चाहिन्छ ।’

राष्ट्रलाई निकास दिनकोलागि निर्वाचन आयोग सँधै तयार रहेको उल्लेख गर्दै यादवले भने,‘अहिले देशव्यापी रुपमा निर्वाचनको ठूलो माग छ, म आँफै मधेश, पहाड र हिमालका धेरै ठाउँमा जाँदा त्यहाँका जनताहरुको चुनाव हुनुपर्छ भन्ने माग छ, आयोग यसमा गम्भिर छ ।’

यादवले यदि स्थानीय तहको निर्वाचन गर्ने हो भने त्यसका लागि चाहिने मतदाता नामावली ऐन, राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचन कसुर तथा सजाय ऐन, स्थानीय तह कार्यविधि ऐन तथा स्थानीय तह निर्वाचन कार्यविधि ऐन पारित भए र स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन उपलब्ध गराउनुपर्ने बताए ।
यादवले आगामी २०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता भएकोले त्यसको लागि सबै मिलेर अघि बढ्नुको विकल्प नभएको बताए,
तर,
देसको ठुला पार्टी नेपाली कांग्रेस देखि तेस्रो पार्टी माओबादी केन्द्रका केहि नेताहरु अब बैशाखमा चुनाव हुन्छ त्यसैले सबै तयारि भएर बस्नु भनेर हुकुमी आदेस गिराउदै हिंडेका छन ।

चुनाव गराउन ऐन कानून चाहिन्छ । बिना कानून के कसरि चुनाव हुन्छ ?

त्यसैले प्रचण्ड देखि देउवाहरूले चुनाव हुन्छ, हामीले तोकिएको समयमै चुनाव गराउन कम्बर कसेर लागेका छौ तर बिरोधि एमालेले संसद चल्न दिएका छैनन् । संसद नचले पछी कानून बन्दैन र कानून नबने सम्म चुनाव कसारी हुन्छ भनेर अबको केहि दिन पछी देउवा तथा प्रचण्डले कुनै सभामा भने भने त्यसलाई अनुठो नमाने हुन्छ ।

ब्लग चौतारी

'सरकारी कर्मचारी भएर पार्टीका कार्यकर्ता बन्नु अपराध हो'

ब्लग सम्प्रेषक : खांट्टी कुरा


नेपालमा २०४६ साल भन्दा अगाडी सम्म सरकारी कर्मचारिहरुलाई राजनीतिक पार्टीको कार्यकर्ता बनेर गतिबिधि संचालन गर्न तत्कालिन पंचायती सरकारले प्रतिबन्ध लगाएको थियो ।

सरकारी कर्मचारीको विभिन्न पदमा नियुक्ति हुनु भन्दा अगाडिनै लोक सेवा आयोगको माग अनुसार प्रहरीले बुझेर पठाउने 'चालचलन तथा गतिबिधि' नामको प्रमाण पत्रमा 'कुनै पनि राजनीतिक गतिविधिमा भाग नलिएको, हिंसात्मक गतिविधिमा नलागेको, कुनै पनि फौजदारी अभियोगमा संजाय नपाएको र हाल सम्मको चालचलन तथा गतिबिधि राम्रो रहेको' भनेर उल्लेख हुनु पर्थ्यो ।

यस्तो चलन नेपालमा मात्र नभएर प्राय सबै देसमा चली आएको छ । सरकारी कर्मचारी भनेको रास्ट्रको सेवक हुने भएको हुँदा रास्ट्र सेवक जहिले पनि 'स्वच्छ, ईमान्दार, अनुसासित र स्वतन्त्र' छबी भएको ब्यक्ति हुनु पर्दछ भन्ने मान्यता भएर नै सरकारी सेवामा नियुक्ति लिनु भन्दा पहिलानै 'चालचलन तथा गतिबिधि' बुझ्ने गरिएको हो ।

रास्ट्र सेवक कर्मचारी भए पछि देस र नागरिकको सेवामा तन मन र ध्यान दिएर लाग्दैन भने त्यस्तो रास्ट्रको कहिले पनि उन्नति र भलो हुन्न ।

परिवर्तन नभए सम्म देसको विकास हुन्न । यहि मूल मन्त्र देखाउंदै नेपालका कांग्रेस देखि कम्युनिस्ट पार्टीहरुले देसका सबै तह र तप्काकालाई आफ्नो हक र अधिकारको लागी लड्नु पर्छ भनेर सिकाए, दीक्षित गरे । त्यसैको फलस्वरूप २०४६ साल पछी नेपालमा राजनीतिक पार्टी पिच्छेको संगठन गठन गर्ने होडबाजी चल्यो जुन आजको मिति सम्म पनि यथावतै रहेको छ ।

हाम्रा राजनीतिक पार्टीहरुले आफुहरु प्रतिबन्धित अबस्थामा रहेको बेलामा सासन सत्ता आफ्नो नियन्त्रणमा लिनलाई सबै भन्दा ठुलो अस्त्रको रुपमा निजामति कर्मचारी, वकिल, डाक्टर, शिक्षक, मजदुर देखि बिधार्थीहरु सम्मलाई देखे र सोहि अनुसार प्रयोग पनि गरे । २०४५ सालको पंचायत हटाउ आन्दोलनमा निजामति कर्मचारी, शिक्षक, वकिल, डाक्टर, मजदुर देखि बिधार्थीहरु सडकमा ओर्लेर आन्दोलन नगरेको भए नेपालमा आजको मिति सम्ममा पनि एकतन्त्रीय सासन 'पंचायती ब्यबस्था' नै कायम रहन्थ्यो होला ।

२०४६ साल भन्दा अगाडी हाम्रा राजनीतिक पार्टीका नेताहरुले जे जे सिकाय आज आएर त्यो सिकाईले बिकरालरुपमा नकारात्मक गतिबिधि गर्न ठुलो नैतिक बल मिलाई दिएको छ । बन्द र हड्ताल सामान्य जस्तै भै सक्यो । बन्द र हडतालको परिणामले गर्दा देस आज गरिब तथा पिछडिएका रास्ट्रमा गणना भै सक्यो भनेर समय समयमा आंकडा निकालेर देखाउने पनि हाम्रै सरकारी कर्मचारीहरु हुन ।

बिधार्थी भनेका कुमालेले प्रयोग गर्ने काँचो माटो जस्तै हुन । जसरि कुम्हालेले काँचो माटोलाई कुटेर, मुछेर विभिन्न सुन्दर कलात्मक सामाग्रीहरुको उत्पादन गर्छन त्यस्तै हाम्रा स्कुल कलेजमा पढाउने गुरु वर्गहरु पनि कुम्हाले जस्तै हुन ।

बिधार्थी रुपी काँचो माटोलाई के कसरि अनुसासितरुपमा राखेर उत्कृस्ट शिक्षा दिनु पर्दछ भन्ने जिम्मेवारी हाम्रो गुरुवर्गको हो र त्यसको ज्याला स्वरूप सरकारले तलव भत्ता पनि प्रदान गरेको छ ।
दुख:को साथ भन्नु पर्दा २०४६ साल भन्दा अगाडी देखिनै हाम्रा गुरु तथा गुरुआमाहरु कांग्रेस देखि विभिन्न नामधारी कम्युनिस्ट पार्टीमा लाग्दै आफ्नो नैतिकता पार्टीमा बन्दकी राखेर आफ्ना शिष्यहरुलाई राजनीतिक पार्टीको गतिविधिमा लाग्न प्रेणना दिने गरेको देखियो ।

'जस्तो गुरु त्यस्तै चेला' भन्ने नेपाली लोकोक्ति त्यसै बनेको हैन । हाम्रो गुरु तथा गुरुआमाहरुले परापुर्बकालकै जस्तो गरि कडा अनुसासनमा राखेर नैतिक शिक्षाको साथ उत्कृस्ट शिक्षा प्रदान गरेको भए देसले आज यस्तो दुर्दिन देख्नु र भोग्नु पर्दैनथ्यो ।

हामीलाई शिक्षा दीक्षा प्रदान गर्ने गुरु तथा गुरुआमाहरुनै राजनैतिक पार्टीका हल्कारा बन्दै  राजनैतिक पार्टीका नेताहरुको कठपुतली बन्छन भने त्यस्ता गुरु तथा गुरुआमाहरुले प्रदान गरेको शिक्षाले अनुसासित, नैतिकवान रास्ट्र सेवकहरुको उत्पादन हुन्छ भनेर भन्न सकिन्छ र ?

हिजो सामाजिक संजालको बिकास नहुँदा कुन मान्छे के कस्ता चरित्रका हुन भनेर चिन्न अलि कठिनै हुन्थ्यो । जुन दिन फेसबुक तथा ट्वीटर जस्ता सामाजिक संजालहरु चल्तीमा आयो त्यो दिन देखि कुन व्यक्ति के कस्ता चारित्रका हुन चिन्न र बुझ्न कठिन नहुने रैछ ।
जनताले तिरेको कर देखि अन्य बाह्य श्रोतबाट नेपालको सबै तह र तप्काका कर्मचारीहरुले तलब भत्ता देखि अन्य सुबिधा पाउने गरेका छन जसलाई ठेट भाषामा 'सरकारी निमक खाका' भनेर भन्ने चलन छ ।

सरकारी निमक खाने रास्ट्र सेवकहरु भनेको आफ्नो पदमा बहाल रहुन्जेल सम्म देस र जनता प्रति निष्ठावान र उत्तरदायी हुनु पर्दछ भनेर भनिएको छ र सपथ पनि यस्तै तरिकाले लिने गर्छन ।
लेखाईमा त्यस्तो भएता पनि हिजो आज सबै तह र तप्काका रास्ट्र सेवकहरुले निर्धक्क संग छाती फुलाएर आफुलाई नियुक्ति दिन सघाउ पुर्याउने पार्टी र सो पार्टीका नेताहरुको भजन गाउने गरेको देखिन्छ । तिनीहरुले सामाजिक संजालमा प्रेषित गर्ने स्टाटस, तस्विर देखि पत्रिका प्रकाशन हुने लेख हुँदै रेडियो तथा टेलिभिजनमा हेर्ने र देखिने त्यस्ताहरुलाई रास्ट्र सेवक कर्मचारी भन्न मिल्छ ? विभिन्न राजनीतिक पार्टीमा लाग्नेहरु कसरि रास्ट्रको सेवक भए ?

यी तिनै रास्ट्र सेवकहरु हुन जसलाई रास्ट्र र जनताको सेवा भन्दा आफ्नो भबिस्य प्यारो छ । आफ्नो फाईदाको लागी पार्टी र नेताहरु समाएर जस्तो सुकै नीचता प्रदर्शन गर्न पछी पर्दैनन । सुरुको नियुक्ति लिने बेलाको सपथ र आफ्नो काम र कर्तब्यलाई भुलेर पार्टी तथा नेताको चाकरीमा ब्यस्त हुन्छन ।

कतिपय उच्च पदस्तका कर्मचारीहरु पनि छन जुन कर्मचारीहरु सरकारी निमक खाएर बिदेसिको ईसारामा खोलिएको विभिन्न नामधारी गैर सरकारी संगठनहरु संचालन गरेर बसेका छन, सरकारी अस्पतालमा सेवा दिनु पर्ने डाक्टर दखि सरकारी स्कुल कलेजमा पढाउने गुरुबर्गहरुलाई निजि क्लिनिक तथा कलेजहरुमा पढाउन भ्याई नभ्याई समेत छ ।

जब सम्म रास्ट्र सेवकहरुले आफ्नो पदीय जिम्मेवारी बुझ्दैनन र हाम्रा गुरु तथा गुरुआमाहरुले आफ्नो नैतिकता र ईमान्दारितालाई बिभिन्न राजनीतिक पार्टीमा समर्पण गर्छन तब सम्म देस र जनताको बिकास हुन्छ भनेर सोच्नु कोरा सपना मात्र हुन ।

हाम्रा राजनीतिक पार्टीका नेताहरुले हिजो आफु सत्तामा जानलाई जे जस्तो गलत हथकण्डा अपनाय त्यसलाई बेलैमा सच्याउनु ठुलो जरुरि छ । कर्मचारीहरु लाई कडा नसिहद दिएर अनुसासनमा राख्ने जिम्मा भनेको सरकारको हो तर त्यसो गर्नलाई सरकारी कर्मचारीहरुलाई राजनैतिक पार्टीको झोले कार्यकर्ता बनाउन कडाईका साथ रोक्नु पर्छ । सरकारी निमक खाएर जो जसलाई राजनीति गर्न सोख छ उसले जागिर बाट सन्यास लिएर जानुनै उत्तम हुन्छ भन्ने यो पंक्तिकारको ठम्याई हो ।

के हाम्रा विभिन्न राजनीतिक पार्टीका नेताहरुले यस्तो कडा कदम लागु गराउन सक्लान ? सक्छन भने पौने तिन करोड नेपालीहरुले ताली बजाएर स्वागत गर्नेछन, यदि सक्दैनन भने देसलाई सिंगापुर देखि स्विजरल्याण्ड बनाउछु भनेर सपना देखाउनु कोरा बकबास मात्र हो ।

जनक मान डंगोल/janakdangol@gmail.com
ई-जनता डटकममा प्रकाशित
ब्लग चौतारी

'देउताको डर कस्लाई पो हुन्न र'

ब्लग सम्प्रेषक : खांट्टी कुरा

देशकै एकमात्र ठुलो औधोगिक नगरी नारायणी अन्चल, मकवानपुर जिल्लाको हेटौडा उप-महानगर पालीका वार्ड नम्बर ८ कमानेमा पर्दछ । देशकै सबै भन्दा ठुलो हेटौडा सिमेन्ट उधोग र युनी लिभर बाहेक अन्य सम्पूर्ण उधोग तथा कलकारखाना हरु वार्ड नम्बर ८ मा रहेको हेटौडा औधोगिक क्षेत्रमा पर्दछन ।
 
मकवानपुर जिल्ला भनेको कम्युनिस्टको गढ भनेर भन्छन र हो पनि । २०४८ साल देखि हाल सम्मको ठुला निर्वाचनहरुमा हेटौडा एरियामा ऐले सम्म कम्युनिस्टहरु बाहेक अरुले विजय प्राप्त गर्न सकेका छैनन ।

कम्युनिस्ट भनेको नास्तिक हुन्छन र कम्युनिस्टहरुले जातपात देखि धर्मकर्म समेत मान्दैनन भनेर पन्चेतीकालमा सोझा सिधा जनताहरुलाई सुगा जस्तै 'गोपी कृष्ण कहो' भन्ने तौर तरिकाले रटाईएको थियो, घोकाईएको थियो ।

कम्युनिस्टहरु मध्ये पनि माओको चेलाहरु कस्ता हुन्छन भनेर १२ बर्षे तथाकथित जनयुद्धमा राम्रै संग नेपाली जनताहरुले देख्न र भोग्न समेत पाईएको हो भने त्यो बेलाको बयान गरेर के साध्य र फाईदा पनि छैन ।

देउताको डर कस्लाई पो हुन्न र । बैंसा स्याल पनि घोर्ले हुन्छ भन्ने नेपाली लोकोत्ति पनि छ । जुन दिन बाट नेपालमा कथित लोकतन्त्र लागु भयो त्यो दिन बाट सबै भन्दा धर्मभिरु हुनेमा यो पंक्तिकारले नेपाल कम्युनिस्टहरुलाई देखेको छ कतै हिजो आफुहरुले गरेको पाप पखाल्नलाई त हैन ?

चाडबाड आयो भने निधारमा रातो अक्षता लाउनेमा कम्युनिस्टहरुनै अगाडी देखिएको छ भने धार्मिक कार्यहरुमा पनि रामनामी वस्त्र पहिरिएर को भन्दा को कम भन्दै दान पुण्यमा यिनै कम्युनिस्टहरु तछाडमछाड गर्दै अगी बढेको देख्दा हिजो पन्चेती कालमा सोझा सिधा जनताहरुलाई भ्रम फैलाएको पाप पखाल्न त हैन भनेर अब सोच्ने कि नसोच्ने ? 

खैर जे सुकै होस नेपाल भनेको विश्वको एकमात्र हिन्दु रास्ट्र हो भनेर सारा जगतले स्वीकारेकै हो । नजिकको तिर्थ हेला भनेर वास्ता नगर्ने नेपाले कम्युनिस्टहरु अहिले आएर आफ्नै पुर्ख्यौली धर्ममा फर्केको देख्दा यो पंक्तिकारले शुख:को स्वास फेर्दै पाथी भात खाएको अनुभूति गरेको छ ।
'जय हिन्दु रास्ट्र नेपाल'
ब्लग चौतारी

कहिले सम्म मनमा ईख पालेर बस्नु हुन्छ नेताज्यूहरु ?

ब्लग सम्प्रेषक : खांट्टी कुरा


-जनक मान डंगोल
व्यक्तिहरुको समुह मिलेर गठन भएको संस्था हुन वा राजनीतिक पार्टी यी सबैमा चरम गुटबन्दी हुने गरेको कुरा नयाँ र नौलो हैन । नेपालमा १०४ बर्षे जहानिया राणा सासनको पतन पश्चात मात्र राजनीतिक पार्टी गठन भएको हो भने राजनीतिक पार्टी गठन हुना साथ गुटबन्दीको कारणले गर्दा धेरै राजनीतिक पार्टीहरुको नराम्रो संग पतन भएर ईतिहासको पन्नामा मात्र सिमित भएको छ । 
भर्खरै नेपालको प्रमुख छापाहरुमा 'कमरेड के.पी वलीले गुण्डाहरुलाई संरक्षण गरे' भनेर कमरेड माकुनेको भनाईलाई जस्ताको तस्तै छापेको देखियो ।  कामरेड माधब कुमार नेपाल नेपालको सबै भन्दा ठुलो कम्युनिस्ट पार्टी एकिकृत मार्क्सवादी लेनिनबादीको पुर्ब अध्यक्ष देखि पुर्व प्रधानमन्त्री समेत बनि सक्नु भएको नेता हुनुहुन्छ । कमरेड माकुने ज्यु हाल ने.क.पा एमालेको बरिस्ठ तथा प्रभावसाली नेतामा समेत गनिनु हुन्छ भने नेपालमा गणतन्त्र स्थापना गर्नमा उहाँको समेत ठुलो देन रहेको कुरालाई समेत नकार्न सकिदैन ।
२०४६ साल भन्दा अगाडी अर्थात भूमिगत कालमा नेपालको सबै राजनीति पार्टीहरुमा भित्र भित्रै गुटबन्दी नभएको हैन तर नेपालको कम्युनिस्ट पार्टीहरु एकजुट हुन जानेको भए भूमिगतकालमा पनि एक ढिक्का भएर पंचायती ब्यबस्था बिरुद्ध आन्दोलन गर्थे होलान । एक आपसमा अविस्वास तथा आफ्नो कुरा तल पर्ना साथ आफ्ना हितैषी तथा आसेपासेहरुलाई लिएर गुटबन्दी गर्दै पार्टी फुटाउन समेत पछी नपरेका कयौ उदाहरण नेपालको कम्युनिस्ट राजनीतिमा देख्न सकिन्छ ।
कामरेड माकुने अघिल्लो कार्यकालमा पार्टीको अध्यक्ष हुनुहुन्थ्यो । कार्यकालको समाप्ति पछी पुन: पार्टी अध्यक्ष पदको लागी उम्मेदवारी दिनु भयो । पार्टीमा राम्रो गर्नु भएको भए अथवा सबैलाई मिलाएर लैजानु भएको उहाँले पार्टी अध्यक्षको पदमा पराजित हुनु पर्दैन थियो । निर्वाचनमा पराजित भै सके पछी हर स्वीकार गरेर पार्टीलाई एक ढिक्का बनाउनु पर्नेमा पार्टी अध्यक्ष बिरुद्ध गुटबन्दी गर्दै आफ्नो पार्टी अध्यक्ष बिरुद्ध नकारात्मक टिप्पणी गर्नु त्यो जायज हो र ?
कामरेड माकुने एदी सच्चा कम्युनिस्ट पार्टीको सिपाही देखि देस लाई माया गर्ने सच्चा रास्ट्रबादी नेता हुनु भएको भए देसको हित र उन्नति देखि पार्टीको भलाईको लागि समेत ज्यु ज्यान दिएर खट्नु हुन्थ्यो होला तर २०४६ साल पछी बिस्तारै उदाउदै महान नेता स्व.क.मदन भण्डारीको रहस्यमय मृत्यु पश्चात चर्चाको सिखरमा पुग्न सफल हुनु भएको क.माकुनेज्यु को २०४६ सालको प्रजातन्त्र स्थापना देखि हालको मिति सम्म उहाँले निभाउनु भयको राजनीति भूमिकाले देस र जनता देखि आफनै पार्टीले समेत के पायो भनेर अब प्रश्न गर्ने बेला भयो कि भएन ?
कमरेड माकुने मात्र हैन नेपालको ठुला पार्टी भनेर कहलिएको नेपाली कांग्रेस देखि अन्य सबै पार्टीहरुमा समेत गुटबन्दी राम्रै संग मौलाएको देखिन्छ । गुटबन्दी नमौलाएको भए नेपाली कांग्रेस २ टुक्रा हुन्थेन । गुटबन्दी नमौलाएको भए देसमा १२ बर्ष हत्या र हिंसाको राजनीति गरेर उदाएको कम्युनिस्ट पार्टीको आर्को घटक माओबादी आज ५ टुक्रामा विभाजित हुन्थेन । गुटबन्दी नगरेको भए पुर्ब पन्चहरुले खोलेको पार्टी आज ३/४ टुक्रामा विभाजित हुन्थेन भने 'एक मदेस एक प्रदेस'को नारा लिएर मदेस भनिने तराईको भलाईको लागी भनेर खुलेको मदेसबादी दलहरु छिन्नभिन्न पक्कै हुन्थेनन ।
नेपालमा खुलेका सबै राजनीतिक पार्टीहरु पनि व्यापारिक प्रतिस्ठान जस्तै बनि सकेका छन । व्यापारिको काम भनेको सस्तो र कमसल माल ग्राहकलाई भिडाएर नाफा कमाउनु हो भने नेपालको राजनीतिक पार्टीहरुको काम र कर्तब्य पनि त्यस्तै हो । जसरि व्यापारीले आफ्नो कम गुणस्तरको माल बिकाउन ग्राहकलाई लट्ठ पर्ने गरि बिज्ञापन देखि भ्रामक भनाई पेस गर्छन भने नेपालको राजनीतिक पार्टीका नेताहरुले पनि आफ्ना मतदाता देखि जनताहरुलाई समेत दिउसै तारा देखाई दिने काम गर्न समेत पछी पर्दैनन ।
जब आफ्नै पार्टी प्रति बफादार बन्न नसकेर गुटबन्दी गर्दै आफ्नो राजनीतिको रोटि मात्र सेकाउँदै बस्ने नेपालको राजनीति पार्टीका नेताहरुले देसको उन्नति र बिकास गर्छन भनेर सोच्नु त्यो भन्दा ठुलो मुर्खता अरु के हुन्छ ? जब सम्म मनमा ईख पालेर एकले आर्कालाई सिध्याउने खेलमा लाग्ने नेपालको सबै पार्टीका ठुला देखि साना नेताहरु लागि बस्छन भने त्यो देसको उन्नति र भलाई कहिले पनि हुन्न भन्ने कुरा २०४६ सालको प्रजातन्त्र स्थापना देखि आजको मिति सम्म नेपालको जनताहरुले देखि भोगी सकेका हैनन र ?
'हेटौडा टुडे दैनिकको मिति २०७१ चैत्र १० गते मंगलवारको अंकमा प्रकाशित'


ब्लग चौतारी

'नेपालका बामपन्थी नक्कली कम्युनिस्ट'

ब्लग सम्प्रेषक : खांट्टी कुरा


(जनक मान डंगोल)
जाति धर्म संस्कृति देखि संस्कार सम्म नमान्नेहरुलाई 'सर्वहारा' भन्छन भनेर सानैमा कुनै कम्युनिस्ट नेताले भनेको सुनेको थिए । कुरा सोरै आना सत्य हो किनभने सक्कली कम्युनिस्ट चरित्र बोकेकाहरुको लागी गाउँ समाजको जनताहरुले मान्दै आएको पुर्ख्यौली धर्म संस्कार देखि जातिपाति र संस्कृति सम्ले कुनै अर्थ राख्दैन ।
जुन ब्यक्ति कम्युनिस्ट बन्छु भनेर कम्युनिस्ट पार्टीको सदस्यता लिन्छन त्यस्ता व्यक्तिलाई कम्युनिस्ट प्रशिक्षकले सुरुमै दिईने ज्ञान र विधा भनेको पंतिकारले माथि उल्लेख गरेका हरफहरु हुन ।
नेपालमा कम्युनिस्ट गतिविधि सुरु गर्ने प्रथम श्रेय बर्मा बाट नेपालमा बसाई सरि आएको व्यापारीका छोरीहरु साधना तथा साहना प्रधान दिदि बैनीहरु देखि नरबहादुर कर्माचार्यहरुलाई जान्छ । यिनै ब्यक्तिहरुले जहानियाँ राणा सासनको पालामा नेपालमा कम्युनिस्ट पार्टी खोल्ने आँट र हिम्मत गर्न नसकेर भारतको कलकत्तामा गएर २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको जग राखेका थिए भने त्यसलाई तल्ला थप्ने काम २००७ सालको क्रान्तिले नेपालमा प्रजातन्त्र आए पछी नेपालमा सुरु गरेका थिये ।
कम्युनिस्ट भनेको एक हुन्छ भनेर भन्छन तर २००६ सालमा कलकत्तामा जन्माई नामको अगाडी नेपाल राखेर बनाईएको कम्युनिस्ट पार्टी आज एक वाट तिन दर्जन भै सकेको छ । नेपालको कम्युनिस्ट पार्टी देख्दा पंक्तिकारलाई २०४६ साल पछी नेपालमा निजि क्षेत्रमा खोलिएको पहिलो कुरियर सेवा 'एक्सप्रेस डेलिभरी सर्भिस सेवा'को नारा 'भनाई र गराईमा मिल्छ हाम्रो बोलि, आजको सामान पुर्याई दिन्छौ भोलि' जस्तै लाग्छ किनभने काठमाण्डौ बाट प्रेषित गरिएको चिठिपत्र देखि अन्य पार्सल समेत काठमाण्डौको सिमा जोडिएको जिल्ला सदरमुकाममा पुग्न छिटोमा ३ दिन लाग्थ्यो भने सरकारी हुलाकको त के कुरा गराई भो । नारा लाउँदैमा र लेखिदैमा त्यो सहि र सत्य हुन्न भन्ने कुराको प्रमाण त्यो कुरियर सेवा र नेपालको कम्युनिस्ट पार्टीहरु यो टुक्रे चरित्र पनि हो ।
नेपालको सबै जिल्ला देखि ग्रामिण भेगहरुमा समेत कम्युनिस्ट पार्टीहरुको राम्रो पकड छ र कम्युनिस्टको जत्तिको जालो (संगठन) अरु राजनीतिक पार्टीहरुले फैलाउन सकेको छैनन । कम्युनिस्टहरुको पकड र राम्रो संगठन भएको जिल्लाहरु मध्ये मकवानपुर जिल्ला नेपालको अग्रणी जिल्लाहरुमा पर्दछ किनभने मकवानपुर जिल्ला नेपालको पहिलो औधोगिक जिल्ला समेत हो । औधोगिक जिल्ला भए पछी मजदुरको कमि हुने त कुरै भएन भने नेपालको राजनीतिक पार्टीहरुलाई राजनीति गर्न सबै भन्दा सजिलो र बलियो अचुक अस्त्र पनि मजदुरहरु नै हुन ।
कम्युनिस्टले धर्म संस्कृति आदि केहि पनि मान्दैनन भनेर पंक्तिकारले सुरुमै लेखि सकेको छ । धर्म र संस्कृति नमान्ने हये पछी टिका, माला र फुल पर्सादी देखि चाड पर्वले समेत कुनै अर्थ राख्दैन ।
बिश्वकर्मा भनेको हिन्दुहरुको देवहरु मध्येको एक हो भने मजदुरहरुको त रक्षक र रखवालामा बिश्वकर्मा देवता पर्दछन । हरेक साल औधोगिक मजदुरहरुले धुमधामको साथ बिश्वकर्मा पुजा गर्छन । एक किसिमले भन्ने हो भने बिश्वकर्मा पुजा भनेको मजदुरहरुको दशैँ हो र दशैँको परिभाषा र बर्णन विश्वको एकमात्र हिन्दु रास्ट्रको नागरिकहरु लाई गर्नु नपर्ला ।
पंक्तिकारको घर मकवानपुर जिल्लाको औधोगिक नगरिकै छेउमा पर्छ । औधोगिक नगरी र पंक्तिकारको वतन एकै वडामा पर्दछ । मकवानपुर जिल्ला कम्युनिस्टहरुको गढ पनि हो र कम्युनिस्टको परिभाषा सुरुमै बर्णन गरि सकेको छु तर मकवानपुर जिल्लाको सयमा सय कम्युनिस्टहरुले आज सम्म धार्मिक कार्यक्रमको बहिष्कार गरेको पंक्तिकारले देखेको छैन ।
कम्युनिस्टहरुमा पनि उग्र बामपन्थी स्वभाव भएकोमा माओबादी पार्टीलाई जान्छ । पंक्तिकार हाल रोजगारको लागी मलेसियामा कार्यरत छ र प्रत्येक दुई बर्षमा नेपाल छुट्टीमा जाने गरेको छ । पंक्तिकारले छुट्टी मनाउने बेलामा ठुलो नभए पनि सानो दसैँ अर्थात चैते दसैँको बेला परेको हुन्छ । केहि बर्ष अगाडीको एउटा सानो प्रसंग कोट्याउन चहान्छु । संगै वडाका माओबादीमा आस्था राख्ने क्षेत्री थरिका मित्र चैते दसैँको दिन एका बिहानै निधारभरी रातो अक्षेताको टिका र फुल पर्सादीको साथ जम्काभेट भो सायद मन्दिरमा भाले पुजा गरेर आएका थिए क्यारे ।
पंक्तिकारले मनमा कुरा राख्न सकेन र फ्याट्टै भनिदियो हैन मित्र तपाई कम्युनिस्ट त्याहाँ माथि पनि उग्र बामपन्थी स्वभाव भएको एमाओबादीको स्थानीय नेता हैन ? मित्रले जवाफ दिए अबस्य हो । कम्युनिस्टले के के मान्छ र के के मान्दैन भन्ने पनि थाहा होलानी हैन ? मित्रले जवाफ दिए थाहा छ । जनयुद्धमा मन्दिरमा पुजाआजा गर्न देखि चाडपर्व जात्रामात्रा पनि निषेध थियोनी । बल्ल मित्रले कुरोको चुरो बुझेछन र भने त्यो हिजोको कुरा हो अनि हिजो र आजमा धेरै परिवर्तन भै सक्यो । मैले मुखै फोरेर भने कम्युनिस्टले धर्म मान्छ कि मान्दैन ? मित्रले जवाफ दिएनन वा दिनै चाहेनन ।
नेपालको कम्युनिस्टहरु सक्कली कम्युनिस्ट हैनन । बर्ग संघर्ष देखि अन्य विभिन्न थरिका नयाँ र नौलो नौलो नाम दिएर जनता, मजदुर, किसान जस्ता सोझासिधाहरुको दिमाग भुटेर आफ्नो भनाई लादेर आफ्नो भुडी भर्ने जमातेको नाम नै 'कम्युनिस्ट' हो र मेरो बुझाईले त्यस्तै भन्छ ।
क्रान्ति गर्नु पर्छ भन्दै गाउँ गाउँ टोल टोलमा संगठन बनाउदै हिड्ने र संगठन बनाई सकेपछी पार्टी संचालनको लागि भन्दै लेबीको नाउँमा शुल्क उठाएर आफ्नो जिबिका चलाउने यी कम्युनिस्ट पार्टीका नेताहरु देखि तिनका नजिकका कार्यकर्ताहरु र ईसाई धर्मका प्रचारकहरु पंक्तिकारलाई एकै लाग्छ किनभने इसाई धर्ममा लागि सके पछी आम्दानीको ८ देखि १२% प्रतिसत धार्मिक कर अनिवार्य दिनु पर्ने चलन छ । धर्मकर्म पनि नछोड्ने अनि कम्युनिस्ट हौ भन्न पनि लाज सरम नमान्नेहरु कसरि सच्चा कम्युनिस्ट भए भनेर अब प्रश्न किन नगर्ने ? कम्युनिस्ट भनेको त सर्बहारा हो भनेर अझै अनि भन्दैछन ।

ब्लग चौतारी

द्रुत मार्ग कि सुरुंग मार्ग ?

ब्लग सम्प्रेषक : खांट्टी कुरा
-जनकमान डंगोल।janakdangol@gmail.com
'हेटौडा टुडेमा प्रकाशित.
‘हेटौडा टुडेको २०७१ माघ २० गते मंगलवारको अंकमा प्रकाशित’
२०४६ सालको प्रजातन्त्रको आगमन पस्चात मकवानपुरबाट राजनीति गर्ने धेरै नेताहरुले हेटौडा-काठमाण्डौ सुरुंग मार्गको चर्चा गरे । ने.क.पा.एमालेको केन्द्रिय नेता बिरोध खतिवडाले चुनाव जित्ना साथ सुरुंग मार्ग बनाएर देखाउछु भनेर बाचा गरे किरिया समेत खाए, २ पटक चुनाव जिते । जसरि आज सम्म सुरुंग मार्गको कुनै अत्तोपत्तो छैन त्यस्तै गरि एमाले नेता बिरोध खतिवडाको राजनीतिको पनि कुनै अत्तोपत्तो छैन तरपनि आज २५ बर्ष भै सक्यो सुरंग मार्गको चर्चा बेला बखतमा उठ्छ अनि हराउछ । ड्यास माओबादीका नेता कामरेड मोहन बैधको भनाई ‘चियाको तुफान’ जस्तै भाको छ हेटौडा-काठमाण्डौ सुरुंग मार्ग ।
सुरुंग मार्गको चर्चा संगै आर्को चर्चा जन्मियो त्यो हो द्रुत मार्ग । निजगढ अर्थात तराई मदेस बाट काठमाण्डौ जोडने ७१ किलो मिटरको उक्त मार्गलाई ‘द्रुत मार्ग’ भनेर नामाकरण गरेर रास्ट्रिय गौरबको योजना भन्दै नेपाली सेनालाई बजेट बिनियोजन गराएर ट्रयाक खोल्ने काम सम्म गरियो त्यस पछी उक्त ‘द्रुत मार्ग’ पनि ‘चियाको तुफान’ जस्तै भएर अहिले सेलाएको छ ।
बारा जिल्ला भएर त्रिभुवन राजपथ जान्छ । त्रिभुवन राजपथ अर्थात नेपालको पहिलो पक्कि राजमार्ग । बारा जिल्ला भएर जाने त्रिभुवन राजपथ खण्डमा सिमरा भन्ने स्थान पर्छ र उक्त सिमरा भन्ने स्थानमा घरेलु विमानस्थल पनि छ । उक्त विमानस्थल बाट राजधानी काठमाण्डौ सम्मको हवाई यात्रा जम्मा २० मिनेटको हो ।
बारा जिल्लाको पथलैया भएर देसको ठुलो राजमार्ग महेन्द्र राजमार्ग जान्छ र सोहि महेन्द्र राजमार्गमा बारा जिल्लाको उत्तरी भेगको निजगढ भन्ने स्थान पनि पर्दछ भने सिमरा देखि निजगढको सडक दुरी जम्मा ३८ किलोमिटर मात्र रहेको छ ।
२०६४ सालमा नेपालमा लोकतन्त्र स्थापना भए पस्चात तराई बाट काठमाण्डौ जोड्ने द्रुत मार्ग निर्माण गर्ने भनेर चर्चा उठ्यो र सो चर्चालाई बाबुराम भटराईको सरकारले द्रुत मार्गको डोब खनेर पुरा गरे र संगै निजगढमा दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर योजना समेत पारित गरियो ।
नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर चर्चा गर्न सुरु गरेको २०३३ साल देखि हो र त्यसको लागी पर्यटकीय नगरी पोखरालाई पहिलो प्राथमिकतामा राखेर जग्गा समेत अधिग्रहण गरिएको थियो । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भनेर तर्खर पनि गरेर देखाएको जस्तो गरियो तर चियाको तुफान जस्तै बनेर हरायो तर त्यति चर्चामा नरहेको भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम कार्यचैँ अहिले युद्धस्तरमा सुरु हुँदैछ ।
सिमरामा विमानस्थल हुँदाहुँदै नजिकैको निजगढमा विमानस्थल बनाउनु पर्ने जरुरि किन रह्यो ? नयाँ पूर्वाधार बनाउनु र पुरानोलाई बिस्तार गर्दा समय र धनको हुने खर्चलाई राजनेता देखि सरकारी योजनाकारहरुले बिष्लेष्ण किन गरेनन ? यदि गरेको भए सिमरा विमानस्थललाई बिस्तार गर्न किन सकिदैन थियो । सिमरा देखि पथलैया सम्मको उत्तरमा आठ किलोमिटरको लम्बाई अर्थात दुरी छ । दक्षिणमा पनि चाहिए अनुसार जग्गा बिस्तार गर्न सकिन्छ भने तराइको समथर फाँटमा जग्गा बिस्तार गर्नु कुनै समस्या हुने पनि हैन तर यस्ता सजिला उपाय हुँदाहुँदै पनि निजगढ नै रोजाईमा पर्नु बुझी नसक्नुको कुरा हो ।
जसरि सिमरामा घरेलु विमानस्थल हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय विमानस्थलको लागी निजगढ छानियो त्यस्तै काठमान्डौ बाट हेटौडाको ५८ किलोमिटरको सजिलो सुरुंग मार्ग हुँदाहुँदै ७१ किलोमिटरको द्रुत मार्गको तयारि गर्नु पनि बुझी नसक्नुको कुरा छ । सुरुंग मार्ग बनाउने भनेर निजि कम्पनिलाई स्वीकृति दिएको बर्षौ बर्ष भै सक्यो तर आजको मिति सम्ममा उक्त सुरुंग मार्गको डोब धरी खनिएको छैन भने द्रुत मार्ग पनि सेनाले ट्रयाक खोले पछी त्यतिकै अलपत्र परेको छ ।
पंक्तिकारले खास नबुझेको कुरा चैँ के हो भने बिस्तार गर्न सकिने हवाई अड्डा हुँदाहुँदै नयाँ हवाई अड्डा बनाउन खोज्नु र स्वीकृति पाई सकेको छोटो सुरुंग मार्ग हुँदाहुँदै पनि नयाँ द्रुत मार्ग खोल्नुको आबस्यकता किन पर्यो ? त्यस्तै सुरुंग मार्ग भन्दा पहिला द्रुत मार्ग बन्ने हो भने खर्बौको लगानी गरेर सुरुंग मार्ग बनि सके पछी त्यो सुरुंग मार्गको के नै औचित्य रहन्छ र किनभने काठमाण्डौबाट ७१ किलोमिटरको दुरी तय गरेर सिधै तराई मदेस निस्किनु र सुरंग मार्ग बाट हेटौडा हुँदै पथलैया निस्केर निजगढ निस्किनु भनेको ४५ किलोमिटर बढी यात्रा गर्नु हो ।
अब प्रस्न उठ्छ द्रुत मार्ग बनाउने योजना हुँदाहुँदा पनि निजि क्षेत्रलाई सुरुंग मार्ग बनाउने योजनाको स्वीकृति दीईयो अथवा नजिकैको सिमरा विमानस्थल हुँदाहुँदै निजगढमा अन्तर्राष्ट्रिय बिमानस्थल र त्यो संगै द्रुत मार्गको योजना किन बनाईयो ? लोकतन्त्रको नाउँमा यस्ता योजनाहरुमा पानि सरि पैसा बगाएर कतै देशलाई असफल बनाउन खोजेका त हैनन ? किनभने २५ बर्षमा नेपालको प्रजातन्त्र देखि लोकतन्त्र भन्दै देस हाक्नेहरुले बिस्वासयोग्य कुनै काम गरेर आजको मिति सम्म देखाएको छैनन भने अहिलेका पार्टीका नेताहरुलाई बिस्वास मान्ने आधार पनि के नै छ र ?
‘हेटौडा टुडेको २०७१ माघ २० गते मंगलवारको अंकमा प्रकाशित’
ब्लग चौतारी

चौथो हैन 'चुत्थो अंग' !

ब्लग सम्प्रेषक : खांट्टी कुरा

Aoj:yflksf, sfo{kflnsf / GofokflnsfnfO{ b]zsf] klxnf], bf];f] / t];|f] cË eg] h:t} kqsf/ jf ;~rf/ hutnfO{ cgf}krfl/s ?kdf b]zsf] rf}yf] cË elgG5 . ;/sf/ / ;dfhsf ljleGg ljs[lt x?sf] rL/kmf/ u/]/ :j:y ;dfhsf] lgdf{0f ug'{ kg]{df ;~rf/ If]q cfkm} ljs[t eO ;s]sf] 5 . To;}n] ca of] rf}yf] cË /x]g a? kltt / r'Tyf] cË alg;s]sf] 5 . :jtGq eP/ JolQm / ;dfhsf b'v / kL8fnfO{ pbfËf] kfg'{ kg]{df ;~rf/ If]q cfkm} /fhgLlts bn / g]tfx?sf] uf]6L alg;s]sf] 5 . kqklqsfdf ljleGg bnsf g]tfx?dfly x'g] lxnf] 5\ofkf 5\ofk To;}sf] gd'gf xf] .

hgcf:yfn] w]/}nfO{ lktkqsfl/tfsf] g/fd|/L lzsf/ agfPsf] 5 . glhssf] ;fyL ag]/ Ps csf{;Fu b'v;'v afF8bf jf s'/fsfgLsf] s|ddf atfOPsf] hfgsf/LnfO{ ;dfrf/ agfP/ 5flkG5 . kl5 /xFbfa:bf To} ;fyL;Fu s'/f gldn]/ dgd'6fj ePkl5 cfkm}n] a'em]/ n]v]sf] ;dfrf/df k|Zg p7fpb}+ ;DalGwt JolQmnfO{ em'6f] agfpg] k|of; ug'{ cfkm}df b'lg{ot xf] .
;dfrf/ 5flkPsf] klqsfsf ;DkfbsnfO{ Tof] t ;a} em'6f] /}5, kmnfgLn] xfdLnfO{ km;fO{ eg]/ eGbf Tolta]nf Tof] ;dfrf/ b'?:t n]Vg] / clxn] cfkm}n] n]v]sf] ;dfrf/ unt eGg] kqsf/sf] of]Uotfdfly k|Zg ug]{ ls gug]{ < cf/f]k nufO;s]kl5 cfkm' lgbf]{if xf] eGb} ;a} 36gfx?sf] l;nl;n]jf/ j0f{g u/]/ tYo / ;To;lxt ;Dkfbssf] JolQmut Od]ndf n]lvPsf] kqnfO{  cg'dlt g} glnO ;fj{hlgs ug'{ ck/fw xf] ls xf]Og < of] t dfgj clwsf/sf] ;/f;/ pNn3Fg klg xf] . csf]{ b'vsf] s'/f s] klg xf] eg] kqsf] cGtdf eGb} geg]sf] / gn]v]sf] s'/fnfO{ s;}n] lalGt ub}{ eg]sf] / p;n] d]/f] gfd ab\ln lbP/ pQm klqsfdf g5fk]df kq k7fpg]n] cfTdxTof  u5'{ eg]/ n]lvPsf] 5 . h'g ;/f;/ em'6f] / skf]nslNkt s'/f xf] . ;Dkfbs h:tf] dfG5]nfO{ JolQmut d]ndf cfPsf] kq jf hfgsf/L 5fKg x'b}+g eGg] x]Ssf 5}g eg] Tof] JolQmn] ;Dkfbs aGg ;'xfpF5 < klqsfsf] ;fj{hlgs Od]n yfxf eP/ klg ;DkfbsnfO{ dfq hfgsf/L lbg] dg;fon] n]v]sf] kqnfO{ {hgcf:yfÚ n] kq k7fpg] JolQmsf]  laZjf;df {hgf3ftÚ ub}{ tLgnfO{ >Liff sfsLsf] xljut ef]Ugsfnflu afWo kfg{ vf]Hof] t/ hgcf:yfsf]nflu s;}nfO{ >Liff sfsL{ agfpg vf]Hg' s'g} gf}nf] s'/f xf]Og . o;n] w]/}kN6 o:tf] b'Zk|of; ul/;s]sf] 5 . cfkm'nfO{ 3fp nfu]kl5 dfq a9L b'Vg] / rx/fpg] ub{5 . hgcf:yfn] lbPsf] rf]6n] kLl8tx? lgs} ddf{xt ePsf5g\ . kl/jf/ tjfju|:t ePsf] 5 .  t/ cf:yfnfO{ s] dtna < p;nfO{ t lktkqsfl/tf u/]/ k};f sdfpg' 5 . of] 36gf ePkl5 hltklg JolQm e]l6P, tL ;a}n] / ;~rf/ If]qsf ;fyLx?n] lszf]/ >]i7sf] sfd g}  xf] c?nfO{ Anofsd]n u/]/ k};f sdfpg] . >]i7 ck/fwL k|j[ltsf x'g\ / g]kfndf ;a}eGbf a9L d'4f v]Kg] ljjflbt ;Dkfbs klg pg} x'g\ eg]/ w]/}n] atfP .
@)%( ;fn c;f]hdf hgcf:yfdf 5flkPsf] cfkm\gf] gUg kmf]6f]sf sf/0f 7"nf] dfgl;s bafjsf sf/0fn] >Liff sfsL{n] cfTdxTof ul/g\ . >Liff sfsL{]n] h:t} cGo b'O{hgfn] klg hg cf:yfn] lbPsf] dfgl;s tgfj v]Kg g;s]/ cGtt: kl5 uP/ cfTdxTof u/]sf lyP . Pshgf /fhwfgLs} skg a:g] g]kfn  k|x/Lsf l8P;kL lyP eg] csf]{ Pshgf emfkfsf ;j{;fwf/0f lyP . To:t} hgcf:yfdf cfPsf] ;dfrf/sf sf/0fn] Pshgfsf] 3/;+;f/ phfl8Psf] 5 . k|jL0f pkfWofo gfdsf JolQm hf] @)^% ;fnlt/ hgs lzIffdf sfd ub{y] .  k|jL0fsf] af/]df hg cf:yfdf sfd ug]{ pgs} dfdfsf 5f]/fn] lg/fwf/ ;dfrf/ agfP/ 5fk]kl5 pgsL >LdtL ;bfsfnflu pgnfO{ 5f8]/ uPsL lttf] ;To k|jL0f cfkm}n] atfPsf 5g . k|jL0fn] hgcf:yfsf lj?4 d'4f xfn] . cbfntn] @ xhf/ ?k}+of hl/jfgf lt/fpg nufof] hgcf:yf;Fu . pgsf] kl/jf/ t 6\6\of] slxNo} gh'6\g] u/L . hgcf:yfsf ;Dkfbs lszf]/ >]i7dfly o:tf] ljkb cfOnfu] s] uy]{ xf]nfg < t/ hgcf:yfsf ;Dkfbs lszf]/ >]i7 / pgsf sfl/Gbfx? lbglbg} 5'6\6f ;Ff9] em}+ ePsf5g\ . ltgnfO{ lgod sfg'gsf] gs]ndf s;n]  afFWg] < Pdfn] / k|]; rf}tf/Lsf] ;b:o eP/ ;Dkfbs >]i7n] cfkm\gf] x/]s kfk kvfln/x]sf 5g\ . cem pgL s]kL zdf{ cf]nL h:tf g]tfsf cToGt lgs6 / cflzjf{b kfPsf lkt kqsf/ x'g h;nfO{ g]kfnsf] s'g} klg ;/sf/L lgsfon]  5'g ;Sb}g . k|]; sfplG;nsf ;b:o klg eO;s]sf >]i7 hxfF klg cfkm\gf] kx'Frsf e/df k'U5g\ / hf]luG5g\ . s]xL JolQmn] >]i7 / pgsf]  hgcf:yfnfO{ cd]l/sL bnfn eg]/ klg cf/f]k nufPsf 5g\ .
d+l;/ @% ut] ;fFem laDdL zdf{n] ;Dkfbssf] JolQmut Od]ndf k7fPsf] kqsf] uf]klgotf eË ub}{ k'if @ ut]sf] hgcf:yfdf {alxgL tFkfOsf] kq h:tfsf] t:t}Ú lzif{sdf 5flkof] . h;sf] af/]df dGqLkl/ifbsf k"j cWoIf lvn/fh /]UdLsf] af/]df 5flkPsf] Pp6f ;dfrf/ k9\g] s|ddf k'if #) ut] a'wjf/ /flt zdf{n] yfxf kfOg\ . k'if @ ut] g} hgcfyfsf Pshgf sfl/Gbf tyf gsnL dfcf]jfbL n] pgnfO{ O{d]n u/]/ {awfO{ 5Ú klg eg]sf lyP . Tof]a]nf s] sf] nflu awfO{ lbPsf] zdf{n] a'em\g ;lsgg\ . k'if @* ut] ;f]djf/ lkmr/ n]Vgsf]nflu PshgfnfO{ e]6\g zdf{ afuahf/ uPsL lyOg . ToxLF a;]sf]a]nf lbp;f] # ah] pgnfO{ (*$((#((@@ df]afOn gDa/af6 kmf]g cfof] .  pgn] {x}nf] sf] af]Ng' ePsf] eg]/ ;f]Wbf d hgcf:yfaf6 af]n]sf]Ú eg]/ s;}n] kmf]g sfl6lbof] .
o;/L hgcf:yfsf] dgf]dfgL slt~h]n ;xg] / cem} sltnfO{ >Liff sfsL{ agfpg] < s] o;sf] hjfkm g]kfn kqsf/ dxf;+3, ;"rgf ljefu, k|]; sfplG;n, ;~rf/ dGqfno / g]kfn ;/sf/;Fu 5 < s;}n] cfkm\gf] l/;OaL ;fWgsfnflu pgL;Fu abnf lnP . t/ o;sf lj?4 sf]xL r'OFSs af]n]g . Pp6f klqsf;Fu lsg olt 8/ < hgcf:yfs ;Dkfbs xTof/f x'g\ . pgsf] cg'xf/ zd;fg3f6df d'bf{ s'/]/ al;/x]sf] ...rf08fnÚ em}+ nfU5 . ;a} k5fl8 hgcf:yfsf ;DkfbsnfO{ wf/] xft nufpF5g\, ufnL u5{g t/ cufl8 sf]xL s]xL af]Nb}gg\ . lsgls pgLx?nfO{ zdf{ h:tf] jf >Liff sfsL{sf] h:tf] xljut ef]Ug' k/]sf] 5}g . hgcf:yfsf ;Dkfbs;Fu s;}n] s;/L xft ldnfp5g xf]nf < lsgls pgsf] xft t c?sf] xTof u/]sf] /utn] /lËPsf] 5 .   
laDdL zdf{n] cfkm' kqsf/ dxf;+3 k;f{sf] ;b:o ePsf]n] ;a}eGbf klxnf o;sf] hfgsf/L cWoIf Zofd a~hf/fnfO{ lbO{g\ . lszf]/ >]i7 clxn] ldl6Ëdf ePsf]n] pgL aflx/ cfpg] lalQs} kmf]g u5'{ tFkfO{nfOÚ{ eGg] cfZjf;g lbP/ 6fk s;]sf cWoIf a~hf/fn] cfkm\gf] cg'xf/ km]l/ b]vfPgg\ . clt eP/ tgfj v]Kg g;s]kl5 zdf{n] g]kfn kqsf/ dxf;+3sf s]lGb|o cWoIf
8f= dx]Gb| lji6sf] km];a's jfndf hgcf:yfn] kqsf] uf]klgotf eË ub}{ cfkm'nfO{ >Liff sfsL{ agfpg vf]h]sf] a]xf]/f sf] v'nf kq kf]i6 ul/g\ . To;kl5 s]lGb|o cWoIf lji6 tft] pgnfO{ To;f] gug{ / hg cf:yfnfO{ dfkmL dufpg . hgcf:yfsf ;Dkfbsn] pN6} 8f= lji6nfO{ zdf{n] pgnfO{ PskN6 kmf]g ug{ eg] . zdf{n] {ulNt hgcf:yfsf] xf] p;n] kmf]g u/f];\ d d/]klg kmf]g ul{b{gÚ eg]/ hjfkm kmsf{Pkl5 df3 ;ft ut]sf] hgcf:yfdf zdf{nfO{ pNn]v u/]/ unt sbd gp7fpg cfu|x ;lxtsf] ;dfrf/ 5fKof] . hgcf:yfsfnflu cfu|x / dfkmL zfob Pp6} xf] . cfu|x / dfkmLdf e]b 5'6\ofpg g;Sg] klqsfn] s] ;dfrf/ n]V5 xf]nf s'lGg <
oL ;a} 36gfx?sf] aLrdf kqsf/ dxf;+3 k;f{sf cWoIf Zofd a~hf/fsf] OHht gflËof] . s]xL geP h:tf] u/]/ r"krfk a;]sf a~hf/fnfO{ jL/u~hsf s]xL cu|h / lxt}ifL kqsf/n] pgsf] emfFsf] emf/]kl5 aNn lgb|faf6 Ao"FlemP . cfdfsf] la/fdLn] ubf{ ljut s]xL dlxgfb]lv sf7df08f}d}+ a:b} cfO/x]ls zdf{nfO{ ^ ut] duFnjf/ lbp;f] a~hf/fn] kmf]g u/]/ 7f8f] :j/df eg] {tFkfO g]kfnd} xf] ls aflx/ <Ú df3 ! ut] zdf{;Fu pgs} df]afOndf s'/f u/]sf a~hf/fn] df3 ^ ut] klg ToxL df]afOn gDa/df s'/f u/]sf lyP . g]kfnL gDa/df kmf]gaf6 s'/f ul/x]sf] dfG5] ljb]z uPsf] eP Tof] gDa/af6 s;/L s'/f ug{ ;S5 <  eGg] ;fwf/0f s'/f klg yfxf gkfpg] a~hf/f cWoIf aGg] nfos /}g5g eGg] k|dfl0ft ePsf] 5 .
;a}eGbf nfhdbf]{ s'/f t cWoIf a~hf/fn] To;a]nf u/] ha pgn] lszf]/ >]i7sf] tkm{af6 d dfkmL dfUb5' eg] . ta zdf{n] klg 7f8} elgg lszf]/ >]i7n] vfP/ tFkfO{sf] k]6 e5{ ls tFkfO{n] vfP/ lszf]/ >]i7sf] k]6 e5{, cxF lszf]/ >]i7n] g} dfkmL dfUg' kb{5 .Ú ta lgn{Hh a~hf/fn] {lszf]/ >]i7 dfG5] v/fa xf] eGg] hfGbf hfGb} klg tFkfOn] lsg ltgnfO{kq n]v]sf]Ú eg]/ cfkm\gf] ulNt 9fs5f]k ug{ vf]h] .
l5 ! g]kfnsf] kqsfl/tf t ;fx}{ cwd rl/qsf] kf] /x]5 . csf]{ lhNnfsf] dfG5]nfO{ cWoIf agfP/ lhtfpg'sf] kl/0ffd xf] of] . jL/u~hsf Aofkf/Lx?nfO{ ysf{P/ k};f sdfpg kNs]sfx?af6 /fd|f] s'/fsf] cfzf ug'{ g} a]sf/ xf] . ltg} Aofkf/Lx?nfO{ ysf{P/ k;f{sf cWoIfn] sf7df08f}+sf] hf]/kf6Ldf tLgtNn] 3/ agfO;s]sf 5g\ . k;]{nL kqsf/x?n] ca ;f]Rg} k5{ csf]{ lhNnfaf6 cfPsf] kqsf/nfO{ cfkm\gf] lhNnfdf 9lndnL ug{ lbg] ls glbg] . lszf]/ >]i7sf] rDrfeGbf a9Lsf] cf}sft g/fVg] JolQmnfO{ cWoIf agfpFbf k;f{sf] kqsfl/tf emg} tn em/]sf] 5 .
ljleGg bnsf] em08f af]s]/ ehglst{g ug]{ d08nLnfO{ kqsf/ eGg] ls kq'sf/ < ls ljleGg bnx?sf] h'7f]k'/f] vfFb} ulnt / kltt eO;s]sf] rf}yf] cËnfO{  {r'Tyf] cËÚ lsg geGg] < slxn];Dd hgcf:yfn] u/]sf] lkt kqsl/tfsf sf/0f d[To' j/0f ug{ k'u]sf / r/d dfgl;s tgfj ef]u]sfx?nfO{ gh/ cGbfh u/]/ ...dnfO{ x}g p;nfO{ dfq k/]sf] kL8f xf]Ú eg]/ klG5g] <
lsg ;a}hgf Psh'6 eP/ hgcf:yfnfO{ p;n] u/]sf] st'{tsf] lj/f]wdf kmf]g, Od]n / km];a'saf6 hgbafj ;[hgf ub}{ dfkmL dfUg afWo kfg]{ / eljiodf o:tf] sfo{ gug]{ k|lta4tf u/fpg] . ;s] of] klqsf g} aGb u/fpg nufpg' k5{ x}g eg] Pp6f lgodsf] clwgdf /fv]/ klqsf lgsfNgsf nflu ;/sf/ / ;DalGwt kIfnfO{ hufpg l9nf] eO;s]sf] 5 .
dfG5]sf] efjgf / z/L/sf] jln lng] of] klqsf hgxTof/f xf] . slxn];Dd klqsfsf] dfWodaf6 ;dfhdf u'08ftGq xfjL /xg ;S5 < ;a}nfO{ x]Ssf /xf];\ of] n]v 5flk;s]/ ;fj{hlg ePkl5 hgcf:yfn] n]Vg] / 5fKg]sf lj?4 ljifjdg ug{;S5 . jf km]l/ laDdL zdf{ jf c? s;}nfO{ >Liff sfsL{ agfpg vf]Hnf To;}n] g]kfn ;/sf/, ;~rf/ dGqfno, g]kfn k|x/L tyf g]kfn kqsf/ dxf;+3nfO{ clkn ul/G5 ls of] n]v k9]/ hgcf:yfn] olb s;}sf] x'd{t lng vf]h] elg To;sf] lhDd]jf/ hgcf:yfsf ;fy} pSt lgsfox? klg x'g]5g\ . ef]ln tndfly s]xL ePdf To;sfnflu klxn] g} ;'/Iffsf] aGbf]a:t ug{ / hgcf:yf nfO{ s8f eGbf s8f ;hfo lbgsfnflu hf]8bf/ kxn ug{ of] n]v k9\g] ;a} kf7sx? ;dIf ljgd| cg'/f]w ul/Psf] 5 . hgcf:yfn] cfkm'n] 5fk]sf ;dfrf/df cfkm\gf ;+jfbbftfsf] gfd hfgfhfg n]Vb}g, h'g kqsfl/tfsf] b[li6df ck/fw xf] . t/ oxfF hgcf:yfnfO{ pbfËf] kfg]{ n]vssf] gfd ;'/Iffsf sf/0fn] phfu/ gul/Psf] tkm{ ;r]t kf7ssf] Wofg cfs[i6 u/fpFb} o;sfnflu Ifdf dfluPsf] 5 .
ब्लग चौतारी

'गैर नेपालीहरुलाई नै चाहिएको रैछ जातीय राज्य'

ब्लग सम्प्रेषक : खांट्टी कुरा
-जनकमान डंगोल/janakdangol@gmail.com
डिसेम्बर ५ २०१४ को दिनमा 'नेपाल आदिबासी जनजाती माहासंघ यु.के' ले एउटा निर्णय पारित गरि नेपालमा जातीय राज्यको आन्दोलनमा सहयोग लागी पदम रत्न तुलाधरको नेतृत्वमा हुन् लागेको आन्दोलनलाई रकम संकलन गरेर पठाउने भन्ने निर्णय भयो ।
(हेर्नुहोस उक्त पत्रको मेल कपि जस्ताको तस्तै प्रस्तुत गरिएको छ)
(हेर्नुहोस उक्त पत्रको मेल कपि जस्ताको तस्तै प्रस्तुत गरिएको छ)
सोहि बिषयलाई लिएर पश्चिम पोखरा घर भै हाल बेलायतमा बसोबास गर्नु हुने भोजराज बराल(Boz Raj) ज्यु ले जनकमान डंगोलको सामाजिक संजाल फेसबुकमा दिनु भएको प्रतिक्रिया चैँ यस्तो रहेको थियो ।
Bozraj ko coment
बिदेसमा कार्यरत नेपालीहरुले संघ संगठन खोल्ने कुनै नयाँ र नौलो कुरा हैन । हिजो भारतमा श्रम गर्न जाने नेपालीहरुले प्रबासी भारत भनेर संघ संगठन खोल्थे र प्रबासी नेपालीहरुको दुख: पिर मर्कामा मल्हम लगाउने काम गर्थे ।
बिदेसमा संगठन त अहिले पनि खोलिएको छ प्रबासी नेपाली अर्थात अंग्रेजीमा NRN जस्को नेपालीमा अर्थ हुन्छ 'गैर आवासीय नेपाली' को नाम बाट ।
नेपालमा जातीय राज्यको माग उठेको धेरै भएको छैन । २०५१ सालमा माओबादी पार्टीले आफ्नो संगठन बिस्तार गर्नलाई सोझा सिधा जनजातिहरु लाई आफ्नो पक्षमा ल्याउन गुलिया र चिप्ला नारा दिएर भोलि हाम्रो हातमा सत्ता आयो भने जाति पिच्छेको राज्य दिन्छ्म भन्ने बाचा गरेका थिए ।
१२ बर्ष जनयुद्ध भनेर लडेकै हुन । सान्ति सम्झौता भनेर मेलमिलाप पनि गरेकै थिए । जनताले पत्याएर नेपालकै पहिलो ठुलो पार्टी पनि बनाई दिएको थियो । आजको मिति सम्ममा जनयुद्धका नाईकेहरु २ जना प्रधानमन्त्री र अन्य थुप्रै नेता भन्नेहरु  पनि मन्त्री पदमा पटक पटक पुगेकै हुन ।
सत्तामा हुन्जेल हिजो जनयुद्धको समयमा दिएको बाचा र प्रतिज्ञालाई भुलेर आफु र आफ्ना आसेपासेको आर्थिक स्थिति बलियो बनाउन के कस्ता तिकडम मच्चाए त्यो नेपाली जनताहरुले राम्रै संग देखेर नै दोश्रो पटकको संबिधान सभाको चुनावमा पहिलो बाट तेश्रो बनाई दिएको तथ्य पनि उजागर नै छ । हिजो जनयुद्धको समयमा एक भएर युद्ध लडेको माओबादी पार्टी आज फुट्दै फुट्दै ५ टुक्रा बनि सकेको छ भने ताल परेको खण्डमा अझै फुटेर ७ बन्न बेर छैन किनभने कम्युनिस्ट पार्टीहरु कतिखेर फुट्छन कोहि कसैलाई पत्तै हुन्न ।
विभिन्न कारणले गर्दा नेपाली जनताको छोरा, छोरीहरु बिदेसिनु पर्ने बाध्यता छ । रहर र करले कोहि पनि देस छोडेर बिदेसिने गर्दैनन । श्रम देखि सिक्षा आर्जन गएका नेपालीहरु मध्ये धेरैले बिदेसलाई नै आफ्नो कर्मभूमि बनाई सकेका छन । अमेरिका, युरोप, अस्ट्रेलिया देखि अन्य धेरै मुलुकहरुमा नेपालीहरु स्थाही बसोबास गरी बसी सकेका छन ।
बिदेसमा बसे पछी सबै नेपाली हौ भन्ने भावना राखेर बस्नु पर्नेमा नेपालको कुराजनितिको प्रभावले बिदेसमा बसेको नेपालीहरु लाई समेत छोएको देखियो जस्को नतिजा हो जनजाती माहा संघ यु,के को गठन ।
आफुहरु स्थाहीरुपमा बिदेसमा बस्ने भए पछी किन र के को लागी नेपालमा जातीय राज्य चाहियो ? जातीय राज्य गैर आबासीय नेपालीलाई चाहिएको हो कि स्थाईरुपमा बस्ने नेपालीहरुलाई चाहिएको हो ? नेपालमा १४० जातिका नेपालीहरु बस्छन र १४० जातिलाई राज्य भाग लाएर साध्य हुन्छ ? नेपालमा जातीय राज्यको स्थापना भन्दै बिदेसमा बस्ने गैर नेपालीहरुले अर्थ संकलन गरेर पठाउनु भनेको नेपालमा गृहयुद्ध मच्चाउनलाई रकम संकलन गरेर पठाएको हो भनेर अब बुझ्ने कि नबुझ्ने ?
भोलि नेपालमा गृहयुद्ध मच्चियो भने त्यसको लप्काले आफ्नै बन्धुबान्धवहरु समेत पर्छन भन्ने हेक्का छ कि छैन ? अहिले बिस्वमा धेरै देसमा मच्चिएको जातीय युद्दले पारेको प्रभाव ऐना सरि छर्लंग देख्दादेख्दै पनि नेपाल आदिबासी जनजाति महासंघ यु.के ले गरेको काम कारबाही नेपालको हितमा छैन र यस्ता काम कारबाही तत्काल बन्द गरिनु पर्छ भन्ने यो पंक्तिकारको ठम्याई हो ।
'२०७१ माघ १५ गते बिहिबार'
ब्लग चौतारी

मलेसियामा लेबी तिर्नु पर्दैन भनेको हैन सरकार ?

ब्लग सम्प्रेषक : खांट्टी कुरा
-जनकमान डंगोल/janakdangol@gmail.com

साभार गुगल सर्च, रिंगिट मलेसिया
मलेसियाको मौषमको कुनै टुंगो हुन्न । अस्ति लगातार १ हप्ता पानि पर्यो । पानि पर्दा पनि बिरामी भने अहिले पानि नपरेको फेरी १ हप्ता हुन लाग्यो । मान्छेहरु भटाभट बिरामी हुन थालेको छन । कारण के होला भनेर प्रश्न गर्नु होला । यताको मौषम बर्ष भरिको एकै हुन्छ र चारैतिर समुन्द्रले घेरिएको यो देसमा नेपालमा जस्तो ४ महिने मौषमी सिजन हुन्न । गर्मीले सबै खंगरङ्ग भाको बेलामा अकस्मात बर्षा भयो भने जमिनबाट निस्किएको तातो बाफको कारणले गर्दा नै हो मान्छे बिरामी हुनुको मुख्य कारण ।

नेपालमा जाडोले नाक बन्द हुन्छ भने मलेसियामा गर्मीले । ठ्याक्कै उल्टो छ । नाक बन्द भएर स्वास फेर्न गारो भएर आज फार्मेसीमा औषधि किन्न गएको थिए । फर्किंदा सपिंग मलमा पसेर तरकारी किन्ने सोच बनाएर मलेसियाको सबै भन्दा पुरानो सपिंग मल ‘The store’ मा पसे । तरकारी आफैले छानेर लिए पस्चात काउन्टरमा बिल काट्ने बेलामा छेउमै तिन जना मान्छेहरु नेपाली भाषामा कुरा गर्दै रैछन ।

आइमेलाई माईतिको ‘कुकुर’ पनि प्यारो हुन्छरे भने झैँ अकस्मात छेउमै नेपालीहरु देख्दा मन खुसि नहुने कुरै भएन । घर कता पर्यो साथि मैले प्रश्न गर्दा एकजानाले उत्तर दिए ‘धनगढी’ । मैले पुन: सोधे ‘चौधरी’ हो ? जवाफ दिए हैन ‘राना’ । चौधरी, राना सबै थारु हैनन ? जवाफ दिए हुन त हो तर ?

तलब कति छ त भाई ? अनि ओभरटाईम अन्य भत्ता के कस्तो छ ? मैले नेपालीहरु भेट्दा प्राय सोधिने प्रस्नहरु यस्तै हुन्छन किनभने यताको भोगाईलाई मैले लेख वा समाचार बनाएर पठाई दिंदा अरुले पनि मलेसिया के हो भनेर बुझ्ने मौका पाउछन त्यसैले प्रश्न गर्नुको उद्धेश्य पनि त्यहि नै हो ।

काम बिहान ८ बजे देखि मध्यान्ह ५ बजे सम्म हो दाज्यु । महिनामा १/२ पटक छुट्टी हुन्छ र महिनामा ३०/४० घण्टा भन्दा बढी ओभरटाईम हुन्न । अनि लेबी काट्छ कि काट्दैन भाई ? मैले प्रश्न गरे, जवाफ दिए किन नकाट्नु महिनाको १६०/- रिंगेट कटाउछ । लेबी काटेर महिनाको हजार पनि आउदैन र रासन पानि आदि गर्दा महिनामा ६००/- रिंगेट बचाउन धौ धौ हुन्छ दाज्यु । भागेर जानु पनि नमिल्ने । ईलिगल भएर पुलिसले समात्यो भने झन् आपत हुन्छ भनेर नभागेको । दुख सुख ३० महिना बिताईयो अब ६ महिना बाँकी छ ।
मलेसियाको राजधानी कुवालालाम्पुर बाट जोहर, सिंगापुर मुख्य राजमार्गमा पर्ने योंगपेंग भन्ने स्थानमा राहेको फर्निचर कम्पनीमा काम गर्ने नेपालीहरुको पिडा हो यो ।

मलेसियाबाट नेपालमा पैसा पठाउने विभिन्न रेमिटान्स कम्पनीहरु छ र त्यो मध्ये सबै भन्दा चल्तिको कम्पनि भनेको IME अर्थात ईन्टरनेसनल मनी एक्सप्रेस हो जसलाई नेपालमा ग्लोबल आई एम ई बैंक भनेर चिनिन्छ । म प्राय IME को साखा कार्यालय बातुपहातमा गई रहन्छु । मेरो कम्पनि बाट १० मिनेटको दुरीमा रहेको उक्त कम्पनीमा आईतबारको दिन नेपालीहरुको जमघट हुन्छ ।

अस्ति आइतवार पनि म IME मा गएको थिए । गोरी मंगोलियन अनुहारकी कुर्था सुरुवाल लाएकी अन्दाजी २५/३० बर्षको महिला देखे । पैसा नेपाल पठाउन आएकी रैछिन । घर कता पर्यो चेली ? मेरो प्रश्नको जवाफमा उत्तर दिईन ‘चितवन’ । मैले पुन: सोधे पुर्बी कि पश्चिम चितवन ? खै पुर्बी हो पश्चिम थाहा भएन लोथर साईड हो । तपाई मगर हो ? हैन तामांग ।

एउटा कुरा सोध्छु नरिसाउनुस है, मैले सोधे । किन रिसाउनु सोध्नुस न । तपाई कुन कम्पनीमा काम गर्नु हुन्छ ? जवाफ दिईन ‘पानासोनिक’ मा । पानासोनिक अर्थात रेडियो, टि.भी जस्ता घरायसी सामानहरु बनाउने कम्पनि । अनि पुन: सोधे लेबी काटछ त बैनी ? किन नकाट्नु महिनाको १७०/- रिंगेट काट्छ । नजिकैको आर्को एकजना पातलो सरिर भएको क्षेत्री बाहुन जस्तो अनुहार भएको दुब्लो पातलो भाईले भने ‘के को लेबी फ्री हुनु दाई मलेसियामा, हामो पनि महिनाको १६५/- काटछ’ ।

हाम्रा मेन पावर कम्पनीहरुले मलेसियामा ‘लेबी फ्री’ भनेर बिज्ञापन गर्छन । लागत शुल्क ६५ देखि ७० हजार भनेर भनेता पनि यता आउने सबैले डेढ देखि २ लाख तिरेको गुनासो गर्छन । माथिको चितवन लोथर घर हुने चेलीले “नेपालमा ७० हजार तिरेको दाई यता पनि ६ महिना सम्म महिनाको ३००/- रिंगेटको दरले पैसा काट्यो” भनेर गुनासो गरिन ।

म मलेसियामा २ पटक गरेर झन्डै १० बर्ष हुन लाग्यो श्रम गर्न थालेको । पहिला यताको कम्पनिहरुले सिधै नेपालको मेनपावर कम्पनिहरु संग सम्पर्क गरेर कामदार झिकाउने गर्दथे तर हिजो आज प्रत्येक सहरमा नेपाली एजेन्टहरु सक्रिय भएर नेपालबाट कामदार झिकाउने गरेको देखिन्छ जुन नेपालि कामदारहरुको लागी फाईदाको कुरा हैन । मेडिकल दिएन, लेबी काट्यो, भत्ता दिदैन, रुम चार्ज देखि बत्ति पानि सम्मको पैसा काट्छ । सुनिने गुनासाहरु यिनै हुन भने नेपालमा ६० देखि सत्तरी तिरेर आउनेले यता ६ महिना सम्मको पैसा काट्नु भनेको नेपाली एजेन्टहरुको मिलोमतोमा नेपालि कामदारहरुको पैसा काटेको हो भनेर किन नबुझ्ने ? हैन भने किन त्यसरी पैसा काटिन्छ ?

‘अभागी दुखियालाई जता गए पनि हण्डर र ठक्कर’ भन्ने उखान अहिले नेपाली कामदारहरुमा लागु भएको देखिन्छ भने ‘आईमेको दुश्मन आईमेनै हुन्छ’ भन्ने उखान पनि ठ्याक्कै नेपाली कामदारहरुमा लागु भएको पाईन्छ । यदि मलेसियाको कम्पनिहरुले यताको नेपाली एजेन्टहरु संग सम्पर्क नगरेर प्रक्रिया र बिधि पुर्याएर सिधै नेपाली मेनपावरहरु बाट कामदार झिकाउने ब्यबस्था गर्ने हो भने नेपाली कामदारहरुले ‘लेबी’ देखि अन्य फजुल खर्च तिर्नु पर्दैन भन्ने पंक्तिकारको ठम्याई हो ।

च्याउ जस्ता उम्रेका नेपालि मेनपावर कम्पनिहरु प्राय सबैले यताको नेपाली एजेन्ट समातेर कामदारको कन्ट्रयाक्ट लिने चलनलाई नेपाल सरकारले पूर्णरुपमा निरुत्साहित गर्नु पर्छ । मलेसियाको प्राय जसो सबै कम्पनीहरु भनेको चाईनिज मालिकको हुन्छन र रकम कलमको मामिलामा चाइनिज जस्तो चुईय्या मालिक पंक्तिकारले आज सम्म अरु देखेको छैन । मारबाडी भन्दा पनि डब्बल चुईय्या यी चाइनिज मालिकले आफ्नो फाईदाको लागि बैधानिक हुन या अबैधानिक जस्तो सुकै काम गर्न पनि पछी हट्दैनन भने हाम्रा नेपालीहरुले मलेसिया आउनु भन्दा पहिला यथार्थ बुझेर मात्र आउने सल्लाह दिन्छु र सरकारलाई पुन: प्रश्न गर्छु ‘मलेसियामा लेबी सित्तैमा’ भनेको हो कि हैन सरकार ? जवाफ चाहियो ।
ब्लग चौतारी

मलेसियामा ‘लेबी फ्री’ भनेको हैन ?

ब्लग सम्प्रेषक : खांट्टी कुरा
-जनकमान डंगोल
'हेटौडा टुडेको २०७१ माघ ७ गते बुधबारको अंकमा प्रकाशित '
'हेटौडा टुडेको २०७१ माघ ७ गते बुधबारको अंकमा प्रकाशित '
मलेसियामा वर्तमान प्रधान मन्त्रि सम्माननीय नजीव तुन रजाकको सरकार बने पस्चात नेपाल सरकारको बिसेष अनुरोधमा नेपाली कामदारहरुको 'लेबी फ्री' बनाईएको धेरै बर्ष भएको छैन भने सन २००४ को अनुपातमा अहिले तलब पनि झन्डै दुई गुणाको हाराहारीमा पुगी सकेको छ ।
अंग्रेजी भाषाको Lavy को नेपाली रुपान्तरण गर्दा 'दस्तुरी' हुन आउछ अर्थात सेवा गरे पस्चात प्राप्त हुने धनको केहि हिस्सा सरकारलाई बुझाउनु पर्ने भनेर बुझिन्छ । हाम्रो देसमा राजनीतिक पार्टी वृत्तमा यो 'लेबी' भन्ने सब्द २०४६ सालको प्रजातन्त्र पछी खुल्लारुपमा देखिएको हो तर राजनीतिक पार्टीलाई जिबन्त बनाई राख्न पार्टीका आस्थावान सदस्यहरुले आफुले कमाई गरेको केहि हिस्सा रकम पार्टीहरुलाई पार्टीहरु स्थापना भए देखिनै बुझाउने गरिन्थ्यो ।
मलेसियामा सरकारको आम्दानीको बिभिन्न श्रोतहरु मध्ये बिदेसबाट काम गर्ने आउने कामदारहरुको तलबबाट कट्टा गरि प्राप्त हुने लेबी देखि अध्यागमन शुल्क पनि प्रमुखरुपमा रही आएको छ । मैले सुरुकै हरफमा उल्लेख गरे अनुसार नेपाली कामदारहरुको तलबबाट काटिने गरेको लेबी तथा अन्य शुल्क मिन्हा माफी गरि कामदारहरुलाई राहत दिलाईयोस भनेर नेपाल सरकारको अनुरोधलाई मलेसिया सरकारले लेबी माफीको स्वीकृति पनि लिखितरुपमा दिएकै हो ।
मलेसियामा चाइनिज उधोगपतिहरुको दवदवा कायम छ । सरकारी आदेस पालना गर्नु उधोगपतिहरुको कर्तब्य हो तर यहाँको उधोगपतिहरुले सरकारी आदेसको बर्खिलाप के कसरि गर्छन एउटा सानो उदाहरण प्रस्तुत गर्दछु ।
पंक्तिकारले सन २००४ मा प्रथम पटक मलेसियामा श्रम गर्नको लागी पाईला टेकेको थियो र दुख: सुख: कटाएर सन २००७ मा स्वदेस फिर्ता भएको हो । पंक्तिकारको कामको मुल्यांकन तथा बफादारीको कदर गर्दै मलेसियामा पंक्तिकारले हाल काम गर्ने कम्पनीले सन २००८ फरबरी २६ बाट लागु हुने गरि निजि भिषा जसलाई पेपर भिषा भन्ने चलन छ पठाई दिए पस्चात सन २००८ देखि आजको मिति सम्ममा मलेसियामै कार्यरत छ ।
मलेसियन सरकारले नेपाल सरकारलाई दिएको आश्वासन स्वरूप कामदारले लेबी तिर्नु नपर्ने भन्ने घोषणा भएको दिन देखि आजको मिति सम्ममा पंक्तिकारको लेबी कट्टा भएको छैन र पंक्तिकारले तिर्नु पर्ने लेबी कम्पनि स्वयमले मलेसिया सरकारलाइ तिर्ने गरेको छ भने कामदारको बार्षिक बिमा देखि अन्य खर्च समेत स्वयम कम्पनिले नै भुक्तानी गर्ने गरेको छ ।
आज काम बिशेषको सिलसिलामा मध्यान्हको ३ बजे पंक्तिकार जोहोर राज्यको बातुपाहात गएको थियो । बातुपाहात भन्ने जिल्लाको नाम र सोहि नामको जिल्ला सदरमुकाम पनि हो । जालान रुग्याहा भन्ने स्थानमा रहेको 'पासार राया कु' नामको गार्मेन्ट पसलमा पंक्तिकारले सामान खरिद गर्ने गर्दथ्यो र आज पनि सामान खरिद गर्ने सिलसिलामा नयाँ नेपाली मुलको ब्यक्ति भेटने अबसर पायो ।
भलाकुसारी पस्चात पंक्तिकारले के छ तलब सुबिधा र दिनको काम कति घण्टा हो भन्ने प्रश्न गरेको थियो । रामेछाप खिम्ती घर बताउने उमेर २४ बर्ष पुगेको जातिले श्रेष्ठ थरिका ति व्यक्तिले दिनको १० घण्टा काम गर्नु पर्छ । बेसिक सेलरी ९००/०० रिंगेट हो र ओटी समेत जोड्दा महिनाको १२ सय जति हुन्छ । त्यो १२००/ बाट लेबी भनेर ३५०/ काट्छ र हातमा ८५०/०० रिंगेट पर्छ । त्यसमा रासन पानि अन्य सामान गर्दा महिनामा ५००/ भन्दा बच्दैन भन्ने जवाफ दिए । मैले भने मलेसियामा त 'लेबी' फ्री छ भाई भन्दा ति श्रेष्ठ भाईले हाम्रो कम्पनिमा हज्जार भन्दा बढी नेपालि होलान सबैको यस्तै गरि काट्ने गरेको छ भनेर जवाफ दिए ।
नेपालको मेनपावर कम्पनिहरुले अनेक जालझेल गरेर डेढ देखि २ लाख सम्म लिएर मलेसियामा कामदार पठाउने गरेको छ । मैले भलाकुसारी गरेको व्यक्तिले गार्मेन्टको सामाग्री बेच्ने पसलमा काम गर्ने भएको हुँदा कामको प्रकृति त्यति भारि नभएता पनि कामदारले तिर्नु नपर्ने लेबी सहितको दस्तुरी ३५०/०० तिर्दा डेढ देखि दुई लाख खर्च गरेर आउने कामदारको लागी फाईदा के नै भयो र ?
महंगी मलेसियामा बर्षको २ देखि तिन पटक बढ्ने गरेको छ । अब आउने अप्रिल देखि मलेसिया सरकारले सयकडा ६ प्रतिसत अतिरिक्त कर लगाउने भनेर घोषणा गरेको छ भनेर सुन्नमा पनि आएको छ । त्यो अतिरिक्त कर भनेको तपाईले १०० को सामान किन्नु भयो भने ६% सरकार लाई कर तिर्नु पर्छ अर्थात १०० को सामानको मुल्यमा हाल थपिएको अतिरिक्त कर समेत जोडेर  १०६ हुने भयो ।
यसरि तिर्नु पर्ने कर माथि तिर्नु नपर्ने लेबी लगाएतको अन्य दस्तुरी समेत नयाँ कामदारहरु सित असुल गर्नु भनेको त्यो सरासर गैर कानूनी र ठगि हो भने नयाँ कामदारले चाहेर पनि केहि पनि गर्न सक्दैन । नयाँ स्थान अनि भाषाको कठिनाई आदिले गर्दा नेपाली कामदारहरु यसरि ठगिन्छन भन्ने यो सानो उदाहरण हो ।
मैले प्रस्तुत गरेको कम्पनि मात्र नभएर बिदेसी कामदारहरुको श्रम देखि आर्थिक सोषन गर्ने यस्ता अन्य थुप्रै कम्पनीहरु छन तर हाम्रा आधिकारिक निकायहरुलाई यस्ता कुराहरु थाहा छन वा छैनन त्यो चैँ पंक्तिकारले बताउन सक्दैन ।
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com