भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

धर्मको बद्ख्वाई किन ?

सम्प्रेषक : खांट्टी कुरा Sunday, January 11, 2015
खांट्टी कुरा
----
बिषयक्रम :

तिन दिन अगाडी अर्थात 2015/1/7 तारिखको दिन फ्रान्सको राजधानी पेरिसबाट प्रकाशित हुने 'शार्ली एब्ड़ो' पत्रिकाको कार्यालयमा बन्दुकधारीहरु बाट हमला भयो । उक्त हमलामा उक्त पत्रिकाको मालिक तथा प्रख्यात कार्टुनिस्ट सहित १२ जनाको ज्यान गयो ।
हमलाबर अरु कोहि नभएर अल्जेरियाबाट आएर फ्रान्समा बसोबास गरेका इस्लाम धर्म मान्ने नागरिक थिए । हमला गर्नुको अरु मुख्य कारण अन्य केहि नभएर 'शार्ली एब्ड़ो' पत्रिकाले ईस्लाम धर्मको व्यङ्ग्य चित्र (कार्टुन) मार्फत पैगम्बर मुहम्मदको हुर्मत लियो भन्ने भनाई रहेको छ ।
तस्विर साभार: BBC Hindi.com बाट
ईस्लाम धर्मको यो पटक मात्र हैन यो भन्दा पहिला पनि पटक व्यङ्ग्य चित्र (कार्टुन) मार्फत प्रहार भएकै हो तर जो सच्चा धर्मको हिमायती छ त्यस्ता ब्यक्तिहरुलाई यस्ता कुरा सही हुन सक्दैन चाहे जुनसुकै धर्म मान्ने किन नहोस ।
पत्रिकाको कार्यालयमा हमला भयो १२ जना व्यक्तिले ज्यान गुमाए । सारा संसारले हमलावरको कडा निन्दा गरे । ईस्लाम धर्म मान्नेहरुले पनि बिरोध गरे र भने यो कदम सहि हैन तर बाहिर जे जस्तो बयान दिएता पनि भित्रिमनले सहि हो ठिक गरेछ भन्नेहरु धेरै नै छन उदाहरणको लागी पाकिस्तानबाट प्रकासित हुने पत्रिकाहरुको भनाई नै काफी छ ।
'ईश' भनेको छोटकरीमा 'ईश्वर' र 'निन्दा' भनेको अपमान हो । ईस्लामिक रास्ट्रहरुमा 'ईश निन्दा' गर्न पाईदैन र 'ईश निन्दा' गर्ने जुनसुकै धर्मालम्बीको किन नहुन त्यस्ता ब्यक्तिहरुलाई कडा भन्दा कडा कारबाही गर्ने चलन छ र त्यस्ता कारबाहीमा मृत्युदण्ड समेत हुन सक्छ । 'ईश निन्दा' गर्यो भनेर जेल परेका ब्यक्ति जेलबाट छुटेर घर आउना साथ बन्दुकधारीहरुले हत्या गरेको घटना पाकिस्तानमा पटक पटक हुने गरेको छ र आज भन्दा २ दिन अगाडी पनि यस्तै घटना घटेको थियो ।
'कट्टरपन्थ' राम्रो हैन र पंक्तिकारले समर्थन पनि गर्दैन तर कुनै पनि धर्मको बद्ख्वाई गर्नु हुन्न भन्ने मान्यता पनि राख्ने गरेको छ । पस्चिमाहरु हेपाहा हुन । आफ्नो धर्म बाहेक अरु सबै धर्मलाई 'सैतान' देख्छन । 
भगवान गौतम बुद्धलाई 'एसियाको तारा' भनेर भन्ने गरिन्छ तर तिनै भगवान बुद्धको तस्विरलाई जुत्ता देखि भित्रि वस्त्र समेतमा छापेर अपमान गर्ने पनि पश्चिमाहरूनै हैनन ? ईस्लाम धर्मको दुत 'पैगम्बर मुहम्मद' को पटक पटक आपात्तिजनक व्यङ्ग्य चित्र (कार्टुन) बनाउने पनि पश्चिमाहरू नै हैनन ? किन गरिन्छ यस्तो आपत्तिजनक तथा अपमानजक कार्य ? व्यङ्ग्य चित्र बनाउनुनै छ भने अन्य बिषयहरु थुप्रै छ नि ।
नेपालको छिमेकी हिन्दुस्थान भनिने भारत पनि धर्मको अपमान गर्नमा अग्र पंक्तिमा पर्दछन । फ्रान्सको पत्रिकाले धर्मको अपमान गरेर व्यङ्ग्य चित्र प्रकाशित गर्नुको मुख्य कारण भनेको आफ्नो पत्रिकाको ब्यापार थियो भने यहि तौर तरिकामा भारतको सिने जगत पनि लागेका छन ।
भन्नलाई कलाकारको कुनै जात र धर्म हुन्न भन्छन । जात नहोला, धर्म नहोला तर जात र धर्ममा टिकेको यो संसारलाई कलाकारले बदल्छु भन्दैमा बदल्न सक्छन ? अभिनयको बिषय अन्य हज्जारौ होलान तर करोडौ, अर्बौको भावनामा ठेस पुर्याउनु त्यो जायज हुन सक्दैन ।
बिगत केहि बर्ष देखि हिन्दुस्थान भन्ने भारतमा सिनेमाको व्यापारमा करोड नघाउने प्रतियोगिता सुरु भएको छ । करोड नघाउने होडबाजीमा भारतीय सिने जगतका नामुद निर्माता बिधु बिनोद कपडा, निर्देशक राज कुमार हिरानी र अभिनेता आमिर खान मिलेर 'पिके' नामको चलचित्र निर्माण गरे ।
हिन्दु भनेको गँवार हो, हिन्दुहरु असभ्य हुन्छन, देउता भगवान देखि असाध्य डर मान्छन, खाना भन्दा बढ्ता पान सुपारी खान्छन, देउताको मुर्ति देखि तस्बिर बेचेर खान्छन र हिन्दु भनेको चोर हो । पिके नामको चलचित्रको कथाको मुख्य सारबस्तु यिनै हुन ।
तस्विर साभार: BBC Hindi बाट
बुद्ध धर्म भनेको सान्तिको प्रतिक हो भन्छन तर श्री लंका देखि बर्मामा त बहु सङ्ख्यक बुद्ध धर्मालम्बीहरुनै बस्छन भने ति देशहरुमा पटक पटक साम्प्रदायिक दंगा फसाद किन भयो ?के रहर लागेर यस्ता काम कार्यहरु गरिन्छ ?

धर्म भनेको आस्था हो र सबै धर्ममा केहि कट्टरपन्थी छन । केहिले धर्मलाई ब्यापार बनाएको छन । जो कट्टरपन्थी छन र ब्यापारी छन तिनैलाई आधार बनाएर कथा निर्माण गर्न सकिन्छ कि सकिदैन ? देउता देखि व्यक्तिको जिबनिमा सयौ चलचित्र बनि सकेको छ भने 'हिन्दु' धर्मलाई मात्र केन्द्रमा राखेर 'पिके' चलचित्र बनाईनु भनेको त्यो करोड नघाउने व्यापारको खुराक मात्र हो भनेर बुझ्ने कि नबुझ्ने ?
व्यापारको लागि जब धर्मलाई समेत बाकि राख्दैनन र जो आफ्ना धर्मलाई अत्यन्त श्रद्धा गर्छन हो त्यस्ताले आहत भएर हतियार उठाउन बेर लाउदैनन भन्ने घटना फ्रान्समा देखिएको हो । यस्ता घटना छिमेकी भारतमा पनि पटक पटक देखि सकिएको छ त्यसैले पैसा कमाउने अन्य थुप्रै बिषय बस्तु हरु हुँदाहुँदै पनि धर्मको अपमान गरेर व्यङ्ग्य चित्र बनाउनु होस या चलचित्र निर्माण त्यो सहि हैन त्यसैले अप्रिय घटना घट्नु भन्दा पहिलानै सम्बन्धितहरुले सचेत हुनु जरुरि छ ।

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com