भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

यहाँ दलितको दुश्मन दलित नै छन

सम्प्रेषक : खांट्टी कुरा Thursday, December 5, 2013
खांट्टी कुरा
----
बिषयक्रम : ,
~ जनकमान डङ्गोल, janakdangol@gmail.com

सामाजिक संजाल फेस्बुकको भित्तामा ठेगाना बिरगंज लेखियेता पनि पाल्पा तिर घर भएका कम्युनिस्ट त्यो पनि एमाले पार्टीको हुँ भन्ने कथित समाजसेवी दुर्गा परियार नाम गरेका एक जना बिद्द्वान मित्र हुनुहुन्छ ! सामाजिक सेवाको खेति गर्नु हुन्छ ! हिन्दु धर्मको उग्र बिरोधि जातिमा दलित तर आज सम्म कति जना दलितको सेवा गर्नु भो भनेर आज सम्म कसैले पनि सोधेका छैनन होला ! उनले जतिखेर पनि उठाउने माग भनेको नै 'नेपाल धर्म निरपेक्ष हुनु पर्छ,गाइ गोरु काटेर खान पाउनु पर्छ ! नेपाललाइ हिन्दु रास्ट्र घोषणा गर्न पाइदैन ! जातियता र संघियतामा राज्य गठन गरिनु पर्छ', तर जातियता र संघियता नेपालीको माग हैन त्यो बिदेसिले उठाई दिएको एजेन्डा हो !यो कुरा उनले बुझेर पनि बुझ पचाएको छन भन्ने कुरा हालको निर्वाचनले प्रस्ट पारेको छ !

सामाजिक सेवाको खेति गर्नलाई नेपालको सरकारले सुको दिंदैन ! सुको पाइने भनेको बिदेसिले दिने युरो तथा डलर हो ! नेपालीलाइ त्यो युरो तथा डलर माया गरेर किन दिन्थे ! हिन्दु धर्मको बिरोध गर र इसाई धर्ममा सक्दो मान्छे हुल यो नै इसाई मूल मन्त्र हो ! जो जसले आत्मा बेचेर यी कुकार्य गर्न तयार हुन्छन तिनलाई युरो/डलर/पाउन्डको असिना बर्षा हुन्छ ! नाम दलितको र ति दलितको नाउँमा काम गर्ने पनि प्राय दलित नै छन तर दलितको नाउँमा च्याउ सरि उम्रेको ति INGO/NGO को विकासे झोलेहरुले आज सम्म कति घर दलित परिवारको उद्धार गरे ? कोहि कसैले अभीलेख राखेको छ ?

महंगा येप्पल्को ट्याब्लेट/ल्यापटप र आइफोन किनेर चलाउने हुत्ति सयमा ९९% नेपालीको छैन ! लाखौ पर्ने यस्ता जिनिस आज धेरै बेरोजगारको हातमा सजिलै देख्न पाइन्छ ! घरा कोदाको ढिडो पाक्न धौ धौ तर जिनिस महंगा बोक्नेको नियत सजिलै देख्न र बुझ्न सकिन्छ ! यस्तै गरि आत्मा नबेचेको भए आज बिदेसिले आएर नेपालको छात्तिमा परेड खेल्दैनथे !

रा.प्र.पा नेपालले बाध्य भएर हिन्दु धर्मको लागि अवाज उठायो तर रा.प्र.पा नेपालले नउठाएको भए हिन्दु धर्मलाई माया गर्ने अर्को कुनै पार्टी वा दल उठेर आवाज चैँ पक्कै उठ्यौथ्यो तर त्यसरी आवाज उठाको देख्दा पेटमा लात पर्ने देखेर होला आज दुर्गा परियार जस्ता कथित समाजसेवीहरुले रास्ट्रबादी हरुलाई प्रतिगामी लगाएत अनेक थरिको उपमा दिंदै धारे हात लाएर सराप्दै छन तर झिंगाको सरापले डिगो मर्दैन ! होस गर बिदेशका दलाल हो कुन दिन तिमीहरुलाई तिनै दलितले कुटेर खेद्नेछन !

"भगवान पशुपतिनाथले यस्ता रास्ट्रघाती हरुलाई सद्बुद्धि प्रदान गरुन" जय भोलेनाथ !
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com