-जनकमान डंगोल।janakdangol@gmail.com
२०४६ सालको प्रजातन्त्रको आगमन पस्चात मकवानपुरबाट राजनीति गर्ने धेरै
नेताहरुले हेटौडा-काठमाण्डौ सुरुंग मार्गको चर्चा गरे । ने.क.पा.एमालेको
केन्द्रिय नेता बिरोध खतिवडाले चुनाव जित्ना साथ सुरुंग मार्ग बनाएर
देखाउछु भनेर बाचा गरे किरिया समेत खाए, २ पटक चुनाव जिते । जसरि आज सम्म
सुरुंग मार्गको कुनै अत्तोपत्तो छैन त्यस्तै गरि एमाले नेता बिरोध खतिवडाको
राजनीतिको पनि कुनै अत्तोपत्तो छैन तरपनि आज २५ बर्ष भै सक्यो सुरंग
मार्गको चर्चा बेला बखतमा उठ्छ अनि हराउछ । ड्यास माओबादीका नेता कामरेड
मोहन बैधको भनाई ‘चियाको तुफान’ जस्तै भाको छ हेटौडा-काठमाण्डौ सुरुंग मार्ग ।
सुरुंग मार्गको चर्चा संगै आर्को चर्चा जन्मियो त्यो हो द्रुत मार्ग । निजगढ अर्थात तराई मदेस बाट काठमाण्डौ जोडने ७१ किलो मिटरको उक्त मार्गलाई ‘द्रुत मार्ग’ भनेर नामाकरण गरेर रास्ट्रिय गौरबको योजना भन्दै नेपाली सेनालाई बजेट बिनियोजन गराएर ट्रयाक खोल्ने काम सम्म गरियो त्यस पछी उक्त ‘द्रुत मार्ग’ पनि ‘चियाको तुफान’ जस्तै भएर अहिले सेलाएको छ ।
बारा जिल्ला भएर त्रिभुवन राजपथ जान्छ । त्रिभुवन राजपथ अर्थात नेपालको पहिलो पक्कि राजमार्ग । बारा जिल्ला भएर जाने त्रिभुवन राजपथ खण्डमा सिमरा भन्ने स्थान पर्छ र उक्त सिमरा भन्ने स्थानमा घरेलु विमानस्थल पनि छ । उक्त विमानस्थल बाट राजधानी काठमाण्डौ सम्मको हवाई यात्रा जम्मा २० मिनेटको हो ।
बारा जिल्लाको पथलैया भएर देसको ठुलो राजमार्ग महेन्द्र राजमार्ग जान्छ र सोहि महेन्द्र राजमार्गमा बारा जिल्लाको उत्तरी भेगको निजगढ भन्ने स्थान पनि पर्दछ भने सिमरा देखि निजगढको सडक दुरी जम्मा ३८ किलोमिटर मात्र रहेको छ ।
२०६४ सालमा नेपालमा लोकतन्त्र स्थापना भए पस्चात तराई बाट काठमाण्डौ जोड्ने द्रुत मार्ग निर्माण गर्ने भनेर चर्चा उठ्यो र सो चर्चालाई बाबुराम भटराईको सरकारले द्रुत मार्गको डोब खनेर पुरा गरे र संगै निजगढमा दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर योजना समेत पारित गरियो ।
नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर चर्चा गर्न सुरु गरेको २०३३ साल देखि हो र त्यसको लागी पर्यटकीय नगरी पोखरालाई पहिलो प्राथमिकतामा राखेर जग्गा समेत अधिग्रहण गरिएको थियो । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भनेर तर्खर पनि गरेर देखाएको जस्तो गरियो तर चियाको तुफान जस्तै बनेर हरायो तर त्यति चर्चामा नरहेको भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम कार्यचैँ अहिले युद्धस्तरमा सुरु हुँदैछ ।
सिमरामा विमानस्थल हुँदाहुँदै नजिकैको निजगढमा विमानस्थल बनाउनु पर्ने जरुरि किन रह्यो ? नयाँ पूर्वाधार बनाउनु र पुरानोलाई बिस्तार गर्दा समय र धनको हुने खर्चलाई राजनेता देखि सरकारी योजनाकारहरुले बिष्लेष्ण किन गरेनन ? यदि गरेको भए सिमरा विमानस्थललाई बिस्तार गर्न किन सकिदैन थियो । सिमरा देखि पथलैया सम्मको उत्तरमा आठ किलोमिटरको लम्बाई अर्थात दुरी छ । दक्षिणमा पनि चाहिए अनुसार जग्गा बिस्तार गर्न सकिन्छ भने तराइको समथर फाँटमा जग्गा बिस्तार गर्नु कुनै समस्या हुने पनि हैन तर यस्ता सजिला उपाय हुँदाहुँदै पनि निजगढ नै रोजाईमा पर्नु बुझी नसक्नुको कुरा हो ।
जसरि सिमरामा घरेलु विमानस्थल हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय विमानस्थलको लागी निजगढ छानियो त्यस्तै काठमान्डौ बाट हेटौडाको ५८ किलोमिटरको सजिलो सुरुंग मार्ग हुँदाहुँदै ७१ किलोमिटरको द्रुत मार्गको तयारि गर्नु पनि बुझी नसक्नुको कुरा छ । सुरुंग मार्ग बनाउने भनेर निजि कम्पनिलाई स्वीकृति दिएको बर्षौ बर्ष भै सक्यो तर आजको मिति सम्ममा उक्त सुरुंग मार्गको डोब धरी खनिएको छैन भने द्रुत मार्ग पनि सेनाले ट्रयाक खोले पछी त्यतिकै अलपत्र परेको छ ।
पंक्तिकारले खास नबुझेको कुरा चैँ के हो भने बिस्तार गर्न सकिने हवाई अड्डा हुँदाहुँदै नयाँ हवाई अड्डा बनाउन खोज्नु र स्वीकृति पाई सकेको छोटो सुरुंग मार्ग हुँदाहुँदै पनि नयाँ द्रुत मार्ग खोल्नुको आबस्यकता किन पर्यो ? त्यस्तै सुरुंग मार्ग भन्दा पहिला द्रुत मार्ग बन्ने हो भने खर्बौको लगानी गरेर सुरुंग मार्ग बनि सके पछी त्यो सुरुंग मार्गको के नै औचित्य रहन्छ र किनभने काठमाण्डौबाट ७१ किलोमिटरको दुरी तय गरेर सिधै तराई मदेस निस्किनु र सुरंग मार्ग बाट हेटौडा हुँदै पथलैया निस्केर निजगढ निस्किनु भनेको ४५ किलोमिटर बढी यात्रा गर्नु हो ।
अब प्रस्न उठ्छ द्रुत मार्ग बनाउने योजना हुँदाहुँदा पनि निजि क्षेत्रलाई सुरुंग मार्ग बनाउने योजनाको स्वीकृति दीईयो अथवा नजिकैको सिमरा विमानस्थल हुँदाहुँदै निजगढमा अन्तर्राष्ट्रिय बिमानस्थल र त्यो संगै द्रुत मार्गको योजना किन बनाईयो ? लोकतन्त्रको नाउँमा यस्ता योजनाहरुमा पानि सरि पैसा बगाएर कतै देशलाई असफल बनाउन खोजेका त हैनन ? किनभने २५ बर्षमा नेपालको प्रजातन्त्र देखि लोकतन्त्र भन्दै देस हाक्नेहरुले बिस्वासयोग्य कुनै काम गरेर आजको मिति सम्म देखाएको छैनन भने अहिलेका पार्टीका नेताहरुलाई बिस्वास मान्ने आधार पनि के नै छ र ?
‘हेटौडा टुडेको २०७१ माघ २० गते मंगलवारको अंकमा प्रकाशित’
‘हेटौडा टुडेको २०७१ माघ २० गते मंगलवारको अंकमा प्रकाशित’ |