(जनक मान डंगोल) |
जाति धर्म संस्कृति देखि संस्कार सम्म
नमान्नेहरुलाई 'सर्वहारा' भन्छन भनेर सानैमा कुनै कम्युनिस्ट नेताले भनेको सुनेको
थिए । कुरा सोरै आना सत्य हो किनभने सक्कली कम्युनिस्ट चरित्र बोकेकाहरुको लागी
गाउँ समाजको जनताहरुले मान्दै आएको पुर्ख्यौली धर्म संस्कार देखि जातिपाति र
संस्कृति सम्ले कुनै अर्थ राख्दैन ।
जुन ब्यक्ति कम्युनिस्ट बन्छु भनेर कम्युनिस्ट
पार्टीको सदस्यता लिन्छन त्यस्ता व्यक्तिलाई कम्युनिस्ट प्रशिक्षकले सुरुमै दिईने
ज्ञान र विधा भनेको पंतिकारले माथि उल्लेख गरेका हरफहरु हुन ।
नेपालमा कम्युनिस्ट गतिविधि सुरु गर्ने प्रथम
श्रेय बर्मा बाट नेपालमा बसाई सरि आएको व्यापारीका छोरीहरु साधना तथा साहना प्रधान
दिदि बैनीहरु देखि नरबहादुर कर्माचार्यहरुलाई जान्छ । यिनै ब्यक्तिहरुले जहानियाँ
राणा सासनको पालामा नेपालमा कम्युनिस्ट पार्टी खोल्ने आँट र हिम्मत गर्न नसकेर
भारतको कलकत्तामा गएर २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको जग राखेका थिए भने
त्यसलाई तल्ला थप्ने काम २००७ सालको क्रान्तिले नेपालमा प्रजातन्त्र आए पछी
नेपालमा सुरु गरेका थिये ।
कम्युनिस्ट भनेको एक हुन्छ भनेर भन्छन तर २००६
सालमा कलकत्तामा जन्माई नामको अगाडी नेपाल राखेर बनाईएको कम्युनिस्ट पार्टी आज एक
वाट तिन दर्जन भै सकेको छ । नेपालको कम्युनिस्ट पार्टी देख्दा पंक्तिकारलाई २०४६
साल पछी नेपालमा निजि क्षेत्रमा खोलिएको पहिलो कुरियर सेवा 'एक्सप्रेस डेलिभरी
सर्भिस सेवा'को नारा 'भनाई र गराईमा मिल्छ हाम्रो बोलि, आजको सामान पुर्याई दिन्छौ
भोलि' जस्तै लाग्छ किनभने काठमाण्डौ बाट प्रेषित गरिएको चिठिपत्र देखि अन्य पार्सल
समेत काठमाण्डौको सिमा जोडिएको जिल्ला सदरमुकाममा पुग्न छिटोमा ३ दिन लाग्थ्यो भने
सरकारी हुलाकको त के कुरा गराई भो । नारा लाउँदैमा र लेखिदैमा त्यो सहि र सत्य
हुन्न भन्ने कुराको प्रमाण त्यो कुरियर सेवा र नेपालको कम्युनिस्ट पार्टीहरु यो टुक्रे
चरित्र पनि हो ।
नेपालको सबै जिल्ला देखि ग्रामिण भेगहरुमा समेत
कम्युनिस्ट पार्टीहरुको राम्रो पकड छ र कम्युनिस्टको जत्तिको जालो (संगठन) अरु
राजनीतिक पार्टीहरुले फैलाउन सकेको छैनन । कम्युनिस्टहरुको पकड र राम्रो संगठन भएको
जिल्लाहरु मध्ये मकवानपुर जिल्ला नेपालको अग्रणी जिल्लाहरुमा पर्दछ किनभने
मकवानपुर जिल्ला नेपालको पहिलो औधोगिक जिल्ला समेत हो । औधोगिक जिल्ला भए पछी
मजदुरको कमि हुने त कुरै भएन भने नेपालको राजनीतिक पार्टीहरुलाई राजनीति गर्न सबै
भन्दा सजिलो र बलियो अचुक अस्त्र पनि मजदुरहरु नै हुन ।
कम्युनिस्टले धर्म संस्कृति आदि केहि पनि
मान्दैनन भनेर पंक्तिकारले सुरुमै लेखि सकेको छ । धर्म र संस्कृति नमान्ने हये पछी
टिका, माला र फुल पर्सादी देखि चाड पर्वले समेत कुनै अर्थ राख्दैन ।
बिश्वकर्मा भनेको हिन्दुहरुको देवहरु मध्येको एक
हो भने मजदुरहरुको त रक्षक र रखवालामा बिश्वकर्मा देवता पर्दछन । हरेक साल औधोगिक
मजदुरहरुले धुमधामको साथ बिश्वकर्मा पुजा गर्छन । एक किसिमले भन्ने हो भने
बिश्वकर्मा पुजा भनेको मजदुरहरुको दशैँ हो र दशैँको परिभाषा र बर्णन विश्वको
एकमात्र हिन्दु रास्ट्रको नागरिकहरु लाई गर्नु नपर्ला ।
पंक्तिकारको घर मकवानपुर जिल्लाको औधोगिक नगरिकै
छेउमा पर्छ । औधोगिक नगरी र पंक्तिकारको वतन एकै वडामा पर्दछ । मकवानपुर जिल्ला
कम्युनिस्टहरुको गढ पनि हो र कम्युनिस्टको परिभाषा सुरुमै बर्णन गरि सकेको छु तर
मकवानपुर जिल्लाको सयमा सय कम्युनिस्टहरुले आज सम्म धार्मिक कार्यक्रमको बहिष्कार
गरेको पंक्तिकारले देखेको छैन ।
कम्युनिस्टहरुमा पनि उग्र बामपन्थी स्वभाव भएकोमा
माओबादी पार्टीलाई जान्छ । पंक्तिकार हाल रोजगारको लागी मलेसियामा कार्यरत छ र
प्रत्येक दुई बर्षमा नेपाल छुट्टीमा जाने गरेको छ । पंक्तिकारले छुट्टी मनाउने
बेलामा ठुलो नभए पनि सानो दसैँ अर्थात चैते दसैँको बेला परेको हुन्छ । केहि बर्ष
अगाडीको एउटा सानो प्रसंग कोट्याउन चहान्छु । संगै वडाका माओबादीमा आस्था राख्ने
क्षेत्री थरिका मित्र चैते दसैँको दिन एका बिहानै निधारभरी रातो अक्षेताको टिका र
फुल पर्सादीको साथ जम्काभेट भो सायद मन्दिरमा भाले पुजा गरेर आएका थिए क्यारे ।
पंक्तिकारले मनमा कुरा राख्न सकेन र फ्याट्टै
भनिदियो हैन मित्र तपाई कम्युनिस्ट त्याहाँ माथि पनि उग्र बामपन्थी स्वभाव भएको
एमाओबादीको स्थानीय नेता हैन ? मित्रले जवाफ दिए अबस्य हो । कम्युनिस्टले के के
मान्छ र के के मान्दैन भन्ने पनि थाहा होलानी हैन ? मित्रले जवाफ दिए थाहा छ ।
जनयुद्धमा मन्दिरमा पुजाआजा गर्न देखि चाडपर्व जात्रामात्रा पनि निषेध थियोनी ।
बल्ल मित्रले कुरोको चुरो बुझेछन र भने त्यो हिजोको कुरा हो अनि हिजो र आजमा धेरै
परिवर्तन भै सक्यो । मैले मुखै फोरेर भने कम्युनिस्टले धर्म मान्छ कि मान्दैन ?
मित्रले जवाफ दिएनन वा दिनै चाहेनन ।
नेपालको कम्युनिस्टहरु सक्कली कम्युनिस्ट हैनन ।
बर्ग संघर्ष देखि अन्य विभिन्न थरिका नयाँ र नौलो नौलो नाम दिएर जनता, मजदुर,
किसान जस्ता सोझासिधाहरुको दिमाग भुटेर आफ्नो भनाई लादेर आफ्नो भुडी भर्ने जमातेको
नाम नै 'कम्युनिस्ट' हो र मेरो बुझाईले त्यस्तै भन्छ ।
क्रान्ति गर्नु पर्छ भन्दै गाउँ गाउँ टोल टोलमा
संगठन बनाउदै हिड्ने र संगठन बनाई सकेपछी पार्टी संचालनको लागि भन्दै लेबीको
नाउँमा शुल्क उठाएर आफ्नो जिबिका चलाउने यी कम्युनिस्ट पार्टीका नेताहरु देखि
तिनका नजिकका कार्यकर्ताहरु र ईसाई धर्मका प्रचारकहरु पंक्तिकारलाई एकै लाग्छ
किनभने इसाई धर्ममा लागि सके पछी आम्दानीको ८ देखि १२% प्रतिसत धार्मिक कर
अनिवार्य दिनु पर्ने चलन छ । धर्मकर्म पनि नछोड्ने अनि कम्युनिस्ट हौ भन्न पनि लाज
सरम नमान्नेहरु कसरि सच्चा कम्युनिस्ट भए भनेर अब प्रश्न किन नगर्ने ? कम्युनिस्ट
भनेको त सर्बहारा हो भनेर अझै अनि भन्दैछन ।