भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

ब्लग चौतारी

'उडायो सपना सबै हुरीले'

ब्लग सम्प्रेषक : खांट्टी कुरा
तस्विर साभार: गुगल सर्च
--जनकमान डङ्गोल
अभिनेता, संगीतकार तथा गायक 'काली' लाई चिन्नु हुन्छ ?
को काली ? भन्नु होला फेरी ।
काली अर्थात 'मुरलीधर' ज्युको अलिकति परिचय माथि दिई सकेको छु । सुमधुर स्वरका धनी मुरलीधरले गाउनु भएको 'उडायो सपना सबै हुरीले' भन्ने गीतको मलाई आज उल्का संग झल्को आएको छ ।

नेपालको राजनीति पनि उल्का र अचम्मको छ । यहाँ जे सोचिन्छ त्यो हुन्न र जे सोचिदैन त्यो चैँ हुन्छ । नपत्याय दोश्रो संबिधान सभाको चुनाव पछी कांग्रेस र एमालेले महिनौ लगाएर गरेको सत्ता गठबन्धनमा माघ ८ गते संबिधान दिने र त्यस पछी प्रधान मन्त्रिको कुर्चिमा एमालेको अध्यक्ष के.पी वलीलाई विराजमान गराउने ।
भयो त सपना पुरा ?
तस्विर साभार: गुगल सर्च

के खाएर हुन्थ्यो सपना पुरा । नेपालको राजनीतिमा २०४६ साल देखि आजको मिति सम्ममा हिसाव किताव गर्ने हो भने जातले ठुलो भूमिका खेलेको छ भन्दा कुनै फरक नपर्ला । २०४६ सालको आन्दोलन सफल भयो ।

नेवारको बच्चो स्व.गणेशमान राजनीतिमा हिरा बनेर चम्के । आफु संगै राजनीतिमा ज्यु ज्यान अर्पेका स्व.कृष्ण प्रसाद भटराईलाइ सत्ता चलाउन दिए तर आफ्नै पार्टीका तेश्रो बरियताका नेता स्व.गिरिजाले पहिला स्व.गणेशमान अनि त्यस पछी स्व. भटराईलाई राजनीतिबाट सन्यास लिन बाध्य बनाई दिए तर यो सबैको योजनाकार अहिलेको प्रधान मन्त्रि सुसिल कोईराला हुन भनेर कांग्रेसीहरु भन्छन ।
कामरेड वली अर्थात एमालेको अध्यक्ष । खरो बोलि र रास्ट्रबादी भावना भएका यी व्यक्तिलाई माघ ९ गते अर्थात आजको दिनमा प्रधान मन्त्रीको कुर्चि सुम्पिन्छु भनेर प्रधानमन्त्री सुसिल कोईरालाले गरेको बाचा आज किन फेल खायो ?

हिजो संसदमा माइक भाच्ने, कुर्चि तोडफोड गरेर हङ्गामा मच्चाउन एमाले अग्रपंक्तिमा थियो । एमालेको साम्सद गोल्छे सार्कीले कांग्रेसको साम्सद रामचन्द्र पौडेललाई गालामा बजाएको त्यो चड्कन कांग्रेसीले पक्कै भुलेका छैनन भने जुत्ता हान्ने देखि अस्लिल सब्द प्रहार गर्न पनि एमालेका माननीयहरु माहिर थिए ।
हिजो एमालेले गरेको कर्तुत आज एमाओबादीहरुले गरेर देखाई दिए । सुसिल कोईराला देखि रामचन्द्र पौडेलहरु सम्म यो घटनाले दुखि हैन प्रफुल्ल छन भन्ने मेरो बुझाई हो किनभने ईख भनेको सर्पको जस्तै हुन्छ भन्ने भनाई छ ।

अहिलेको यो समयमा कांग्रेसीहरुले मनमनै एमाओबादीको जय भनेको छन । नभनुन पनि कसरि सत्ता लम्बेको छ र यो सत्ता लम्बिनुमा सबै भन्दा फाईदा कांग्रेसलाई भएको छ भने सस्तो थुतुनो चलाएको नतिजा एमाले तथा एमाओबादीले अब भोग्नु पर्ने देखिन्छ भने साठी हजार भोट आउने मदेसी पार्टीहरु प्रत्येक बैठकमा सहभागी हुन पाउने तर रा.प्र.पा नेपाल, नेपाल मजदुर किसान पार्टी देखि स.जनमोर्चा सम्मलाई अछुतको ब्यबहार गरेको नतिजा हो अहिलेको घटना ।

पत्याउनुस नपत्याउनुस देखिएको सत्य घटना यहि हो । सासन र सत्ता निर्दयी हुन्छ । सत्ताले आफ्नै त भन्दैन भने मुखारी गरेको बाचा भनेको पानिको फोका हो त्यसैले उखाने काम्रेड ज्यु अब कालीको गीत 'उडायो सपना सबै हुरीले' भन्दै बस्नुस ।

ब्लग चौतारी

पराले खुट्टाहरु (व्यङ्ग्य)

ब्लग सम्प्रेषक : खांट्टी कुरा
-जनकमान डंगोल
 क्राईम चेक साप्ताहिकको मिति २०७१/०९/२३ गते बिहिबारको अंकमा प्रकाशित नेपाला छयालीस साले बौदलले दोश्रो पटक डेमोकेरसी घोषणा गराउन लाए । के कसरि लाय के बयान गराई भो । बौदलको भनेको धेरै दल भनेर अर्थाम्च्च्न कुरा सोरै आना जायज हो र बौद्ला सप्पैलाई राच्च्नितिक पार्टी खोल्न देखि धित मरुन्जेल सराप्न गालि गर्न फिरीच्च । यसरि सराप्ने देखि गालि गर्ने समेतको कार्जेलाई स्वतन्त्रताको उपभोग गरेका हम भन्दा रैच्च्न ।
छयालीस साल भन्दा अगाडी नेपाला एकदले सासनथ्यो । एकदले सासनलाई निरंकुस भन्दारैच्च्न । नेपालको उत्तरा चिनियाँहरु बस्ने चैना भन्ने देस पर्च्च । चैना भनेको हाम्रा प्रचण्ड कामरेड देखि बैद्यबा हुँदै भर्खरका भुरा विप्लब हरु सम्मको मामाघर पनि भंच्चन । भुराभारीहरलाई आफ्नो भन्दा मामाघर उल्का रमाइलो लाग्च्चरे त्यहि भएर मावलीको सम्झना पार्टीको नामनै माउबादी लेखेर डामेकाच्च्न ।
अरु कम्निस्टहरुले पनि चैनालाई मामाघर जस्तै सम्झिन्च्न त्यहि भएर मामाहरले बेलाबेला भान्जा भान्जिहरलाई गिरेटवाल भन्ने पर्खाल देखाम्न बोलाम्च्चन र फर्किने बेला कोसेलीपात दान दक्षिणा समेत दिन्च्चनरे भने उता हाम्रो तराईको मदेसी पार्टी देखि कौरेसले चैं उता हिन्दुस्थानलाई पनि मामाघरनै सम्झेका छन । उबेला नेपालको पन्चेत्को सरकार निरंकुस हो भनेर बाख्रा पाठापाठी जस्तरी कुर्लिने नेपालको कौरेस देखि कम्निस्टहरले परान भुतुक्क भे पनि ‘निरंकुस चैनिज, बिस्तारबादी भारत’ भनेर भन्न सक्दैनन । कसरि भन्नु मामाघर जो परे ।
स्व.गिर्जाउहरुको छयालीस साले डेमोक्रेसीमा पन्चेतको पन्चेहरुलेनि पार्टी खोलेका थिए । सुदुर पूर्वको मुगाली काजिले गाई र सुदुर पस्सिउंको चन्द बाउसाप्पले हलो चुनाउ चिन्ह डामेर रास्ट्रे पर्जातंत्र पार्टी भनेर खोले तर पहिलो पटकको चुनाउ त्याँ माथि ३० बर्ख एक्लैले दाम काम सबै मेरो उखाना चल्या पार्टी भे र ३/४ थान सिटा चुमुर्क्याथे ।
स्व.गिर्जाउको कृपाले छत्तीसे र चौहत्तरे कौरेस बन्ना साथ पन्चे पार्टीको दिन फिरेकै हो क्या र ठुला पार्टी भन्ने कौरेस र एमालेलाई टुप्पी रिंगार पालै पालो कहिले मुगाली बाउसाप त कहिले चन्द बाउसापले अलकापुरीको राज गर्न पाए । कसैले सोचेका थे निरंकुस पन्चेहरु ६ बर्ष नपुग्दै धुर्बे तारा बंच्चन भनेर ? तर राच्च्निती हो जे पनि हुन सक्छ भन्थे चाणक्यका सन्तानहरले हो रैच्च ।
लोकतन्त्र आसी ओरालो लाग्या पन्चेकाजिहरको पार्टी एक बाट ३ थान भो । हिजो पन्चेतको पालाको एक आर्काको ज्यानी दुस्मन सूर्यमान, चन्द्रमान र श्री ३ का नाती जर्नेल मिलेर लोकतन्त्रा एक बनेर पार्टी एकीकरण गरे तर ति एकीकरण गर्याहरको हलो पार्टी भन्दा मकान्पुरे थापा काजीको गाई पार्टीले अहिले नेपाला चमत्कार देखाम्दै छ ।
नेपाला जय मसि चम्किनु भनेको गाई पार्टीलाई चिट्ठा पर्नु जस्तै भाच्च अहिले येतिखेर । आफ्नो कुलको धर्म छोडेर लाल्बादमा लागेका मुन्च्चिहरुले हिजो धर्मकर्म मान्दैनथे । स्याल घोर्ले हुने बैंसा मात्र हो भंच्चन त्यस्तै मुंच्चिहरुको चुरीफुरी पनि चालिस देखि पैतालिस सम्म हो क्यारे । नारि छाम्न खप्पिस मकानपुरे थापा काजिले पाको मौका किन छोड्थे । नेपाल जोड्या बडामहाराजधिराज पृथ्बी नारान शाह सर्खारको बडेमानको फुटा र हिन्दुहरुको माता गाईको समेत फुटो राखेर ‘धर्मो रक्षति: रक्षत’ भन्दै हिन्दुस्थानी भाजपा स्टाईला रथयात्रा निकाल्न सुरु गरे ।
नेपाले राच्निती पार्टीहरमा उखान टुक्का भनेर जन्तालाई मनोरन्जन दिन हाम्रा घाम पार्टीको अध्यक्ष वली कमरेड खल्ली हुनुहुन्च्च । उखाना उहाँलाई जित्न कुनै मईकालालले सक्दैन भन्ने धेरैलाई भरम छ तर यो पाली भ्रम तोडिया हो कि जस्ती देखियो गाँठे ।
यो पुषको मैनानि गाई पार्टीले मेचि माकाली रथ यात्रा गरे । मेचि बाट सुरु गरेका रथ यात्रा माकाली पुगेर त्यांट फनक्क घुमेर बटौली निस्केर पोखरा हुँदै राजधानी कान्तिपुरा आर आम सभाको साथ कार्जेक्रमको दि-एण्ड गरे । कार्जेक्रम समाप्त गर्नु भन्दा अगाडी हज्जारौ हज्जारको जन सभामा भासन दिने करममा गाई पार्टीको सह अध्यक्ष केसर बहादुर बिस्टले ‘हाम्रो पार्टीले भोलि सर्खार बनायो ३ थान बे गर्नेहरलाई झ्यालखाना कोच्च्म’ भनेर भन्दिए त्यो पनि सिना तानेर । समय समयको खेल हो क्या हिजो ५१ साले तथाकथित जनयुद्ध भन्ने धनयुद्धको बेला कौरेस देखि एमाले हुँदै हलो गाईका बथानहरु डरले थुर्रर हुँदै कट्टुमा सुसू गर्थे अहिले तिनैले थर्काउन थाले । त्यति मात्र हो र अझ अहिले ‘कांग्रेस देखि कम्निस्ट पार्टी भनेका पराले त्यान्द्राको खुट्टोभा पार्टीहरु हो‘ समेत भनेर भन्दे गाँठे । जिन्नगीमा गाई पार्टीकाले पनि सुपर हिट उखान भन्लान भनेर मुइलेटा सपनानि सोच्या थिन ।
बिस्ट काजिले ठिकै भनेका हुन । नेपालका अहिलेका पार्टीहरुको खुट्टो हिमाल स्टिल जस्तो दरो भै दिएका भे अंग्रेज राच्दुतले हाक्काहाकी धर्मको बिसेमा बोल्न पाउथे ? हाम्रा कौरेस कम्निस्ट पार्टीका ठुला नेताहरुको खुट्टा अग्राखा काठ जस्तो दरो भाका भे बिदेसीका चम्चेहरुले एक मदेसका राग अलाप्न सक्थे ? सिके राउत, सरिता गिरि जस्ता रास्ट्रघातीहरुले देस टुक्र्याउछु भन्दै हिड्न सक्थे ? हाम्रा ठुला नेताहरुको खुट्टो हुलासको स्टिल जस्तो दरो भै दिएको भे भ्रस्टहरुले खेल्ने मौका पाउथे ? नागरिक समाज देखि मानवाधिकारको खेतिवालहरुले जातजातिलाई भड्काउने काम गर्न सक्थ्यो ? बज्र जस्तो खुट्टा भै देको भे ‘क्षेत्री बाहुन काटिन्छ आलो रगत चाटिन्छ’ भनेर आंग काजि शेर्पाले खुलेआम भन्न सक्थे ?
त्यहि खुट्टा दरो टेक्न नसक्ने अर्थात पराले खुट्टा त्याँ माथि मामा देखि पस्सिमा गोरा र कुइरेको खुट्टामा उभिएर हिड्ने गरेको कारणले गर्दा देसको आजको यो स्थिति भाको हो क्यार । जस्तो देखे त्यस्तै डाम्देको छु र त्यसैले म पनि सहि थाप्छु हो हाम्रा सबै नेताहरुको खुट्टा पराले त्यान्द्रोका हुन र यस्ता पराले त्यान्द्रा खुट्टा र हुत्ति नभाका नेताहरुको पार्टीहरुले देस र जनताको अ, आ, ई भलो गर्न सक्दैन । अ, आ, ई भनेको बुझ्नु भएन ? एक, दुई तिन अर्थात वान, टु थिरी भन्या क्या ।
क्राईम चेक साप्ताहिकको मिति २०७१/०९/२३ गते बिहिबारको अंकमा प्रकाशित
ब्लग चौतारी

खित्खिते र फत्फते !

ब्लग सम्प्रेषक : खांट्टी कुरा


जनक मान डंगोल janakdangol@gmail.com

कुनै पनि शब्द्मा एक्लक्के लगाउनु भनेको सम्बन्धित व्यक्तिको अपमान गर्नु हो भनेर भनिन्च्च ! उदाहरणको लागि पंक्तिकारको नाम जनकलाई एक्लक्के लार ‘जनके’ भनेर सम्बोधन गरिनु भनेको सम्बोधनकर्ताले पंक्तिकारको मानमर्दन अर्थात अपमान गरेको हो भनेर बुझ्नु पर्छ !

विजय कुमार पांडे नेपाली लेखनमा नौलो नाम हैन ! नेपाल टेलिभिजनको प्रथम प्रसारण ‘८ बजे’ नामको कार्यक्रम मार्फत नेपाली दर्शकमा स्थापित भैसकेका यी पांडेकाजी लेखक, पत्रकार हुन र पत्रकार भैसकेपछि पुरुष देखि महापुरुषसम्मको अन्तर्वातासम्म नलिने भन्ने त प्रश्ननै उठ्दैन भने तिनी अन्तर्वार्ताकार पनि हुन ! पांडेकाजी बोल्न थालेसी पूराणबाचक पण्डित पोखरेल बन्धुहरूलाई पनि मात गर्छन ! प्रश्न सोधेर जवाफकर्ताले उत्तर दिन नभ्याउदै आर्को प्रश्न डामि हाल्छन ! यिनका यही बानी देखेर छिमेकी भारतका महानायक अमिताभ बच्चनले एकपल्ट झ्याको झारेको पनि तिनले पक्कै पनि बिर्सेका छैनन !

साभार: दिपक राज गिरीको फेसबुकबाट !

पांडेकाजी पत्रकार देखि अन्तरवार्ताकार हुँदै आफ्नै जीवनी लेख्ने जीवनिकार बन्न भ्याए त्यो पनि आर्काको लगानीमा आफ्नै जीवनिकार बनेका तिनले नेपालको हास्यकलाकारहरूलाई आफ्नो जीवनी पुराना ‘खित्खिते’ भनेर के डामेका थिए तिनका भाकाका ‘खित्खिते’ मध्येका १ थान ‘खित्खिते’ बादशा ‘रामविलास’ रिसार उल्का भएर ती पांडेकाजीले के कुन कसरी को आधारा हामीहरूलाई ‘खित्खिते’ भनेर तिनका पुस्तका डामे ? यदि हामीहरू ‘खित्खिते’ हम भने ती पांडेकाजीहरू ‘फत्फते’ हुन कि हैनन भनेर उल्टै प्रश्नबाचकको पुरस्कार देका छन !

कुरो सोरै आना ठिक कहनु भे को छ हाम्रो ‘धनिया’ के ‘राम विलास’ भैयाने ! हमी त दुसरा पगरी पनि भिराई दिन्छ यी पत्रुकारके ! यी सब फत्फते से लेकर बकबके जो हुन ! दुसराके दाममे हरहमेसा तोता मैनाके तरह बकबक बकबक जो गरी लिन्छ रामविलास भैया ! नेपालके आजके दिनमे जो हालत भई लिएको छ सबमे यी बकबके लोगनको बहुत हात छे भैया !

२५ वर्ष भो नेपालको राजनीति पार्टीका नेताहरूले नेपाली जनताहरूलाई दुख:भन्दा अरु केही दिएका छैननं र यस्तो दुख:को बेलामा देश देखि बिदेशा समेत गएर पांडेकाजीले आफ्नो पुस्तका डामेका खित्खिते अर्थात हास्यकलाकारहरूले आफ्नो गला देखि कला देखाएर केही समयको लागि भए पनि हसाएर मनोरंजन प्रदान गरेका छन ! नेता र तिनका पार्टीले देको दुख र त्यो माथि तिन्का आरती र भजनमा बकबक गर्ने रामविलासको ‘फत्फते’भन्दा त यो पंक्तिकारलाई बरु पांडेकाजीले डामेको ‘खित्खिते’ नै प्यारो लाग्छ ! त्यसैले नेपालीयाँ एक थान उखान छ पांडेकाजी ….

हुलमुला बिउ जोगाम्नु
अनिकाला बिउ जोगाम्नु
कि मुतुनो जोगाम्नु
कि थुतुनो जोगाम्नु

आज तपाईंले न्वारान गरेका ‘खित्खिते मध्येका १ थान खित्खिते दिपक राज गिरि रिसार बिरोधमा उत्रिए ! यस्तै गरी भोलि राता मकै देखि ‘मह’सम्म जागे भने क्यार्चाउ ? होस गरम है होस गरम ! आर्काको मानमर्दन गर्दा आफै खुलित्ता परिएला !
ब्लग चौतारी

मासु पुरान !

ब्लग सम्प्रेषक : खांट्टी कुरा

जनक मान डंगोल
खसी मार हान्दै ! तस्बिर साभार गुगल सर्च
खसी, बोका, बाख्री राँगा भैसी, हुर्रा, विकासे सुँगुर, बुंगुर देखि पुर्पुरो बल्या बेला तराई देखि भित्रि मदेसा पासो थापेर पारिने बँदेल, चित्तल, घोरल, मृग आदि जीवजन्तुलाई माथि जेम्राजका हाजिर लाम्न पठायेसी प्राप्त हुने त्यस्ता जीवजन्तुको सरिरलाई ठेट गोर्खाली देखि कोर्काली, काँठे देखि देहाती सम्मले सबै प्रकारको जीव जन्तुको मासुलाई सिकार भन्ने चलन छ तर सहर बजारा चैँ हिजाज गोरा र कुईरेको भाका मिट भनेर भन्दा रैच्चन !
नेपाला काटमार निषेध भाको माता लक्ष्मीको सन्तान गाई गोरुलाई बिफ, जेम्राज्को सवारीलाई बफ, बाख्रा बाख्रीको सन्तानलाइ मटन, हुर्रा देखि विकासे सुँगुर बुंगुरको सन्तानलाई पोर्क हुँदै घडी चरोको सन्तानलाई चिकेन भनेर भन्दा रैछन ! खसीको मासु भनेर लामो लेघ्रो तान्नु भन्दा ‘मटन’ सुँगुर बुंगुरको मासु भन्नु भन्दा ‘पोर्क’ राँगा भैसीको मासु भन्नु भन्दा ‘बफ’ अनि कुखुराको मासु भन्नु भन्दा ‘चिकेन’ भन्ने सजिलो भाका रे !
तस्बिर साभार गुगल सर्च !
पोलेर बनाको जिनिसलाइ छोईला, काँचै नुन खुर्सानी मर मसला मोलेकोलाई कचिला, परपर तेला भुट्या भुटुवा, झोल्वाला, मिसमास, नेवारी भोजा जमाएर बनाईने तख्ला, ह्याकुला फ्राई, भेजा भन्ने गिदी फ्राई, अहिलेका भुरा भुरीको प्रिय जिनिस मम्चा, देखि बरिस्ट नागरिकले मन पराम्ने सुरुवा, ट्वाँकेहरुलाई मन पर्ने गोडी भन्ने खुट्टी फ्राई आदि आदि ईत्यादी बन्नलाई रेटेर, सेरेर, कुटेर, पिटेर, चुटेर, छ्प्क्यायेर, भालाले घोपेर, पासोमा पारेर तड्पाएर, ईस्लामिक धर्मालम्बी भाकाको हलाल गरेर वा काना हेडफुन ला जस्तरी इलेक्ट्रिक सट भन्ने करेंटो लार अथवा जे जस्तो गरेर भए पनि परान नलिए सम्म मासुको थरि थरिको जिनिस बन्ने हैन !
जन्मजात नेपाली तर बानि ब्योराचैँ अनेपाली भाको नेपाली भन्दा गोरा र कुईरेको भाका मन पराम्ने अल्छिका भकारीहरु जो आफुलाई ‘एनिमल ह्युमन राईट’ भन्न मन पराम्नेहरुले ब्यानको बिरेकफास्ट देखि मध्यान्हको लन्च, साँझको स्न्याक्स देखि रातिको डिनर सम्ममा बर्षौ बर्ष सम्म बरफा जमाएर राख्या बिफ, बफ, चिकेन, मटनको परिकार चट मगनी पट ब्याको स्टाईला पाट्टपुट्ट पारेर दिनहुँ हसुर्छ्न ! जब हिन्दुहरुको चाडपर्वको बेला आउछ अनि बिक्रम ट्याम्पुको भाका ‘पशु, पंक्षीको अधिकार बहाली गर, पशु पन्छी मार्न पाईदैन, भनेर घाटीमा अनेक थरिको गोरा र कुईरे भाका लेखेको जिनिस झुन्ड्याउदै पशु पंक्षीको जीवन रक्षाको ग्यारेण्टी गर’ भनेर स्वयम्भु देखि पस्पति हुँदै बनकालीको बाँदर जस्तरी बुर्लुक्क बुर्लुक्क कुर्लिन्छन,
ईस्लाम धर्मालम्बीहरुको कुर्बानी ! तस्बिर साभार गुगल सर्च !
तर,
ईसाई देखी ईस्लामहरुको चाडमा पनि पशु बलि दिने चलन छ भन्ने व्यहोरा थाहा हुँदाहुँदै पनि हिन्दुहरुको चाडबाडमा मात्र त्यसरी कुर्लिने एनिमले ह्युमनेहरु भनेका समाजबादी देखि बामपन्थी सम्मको बिल्ला भिर्ने तर हाम्पन्थी चरित्रका तुलाधर देखि संग्रौला, भट्टचन देखि राई,शेर्पा हुँदै लेखि महतो, राउत, ठाकुरे चरित्रका पिपलपातेहरु हुन ! डलर देखि युरो पाउण्ड हुँदै घटीमा कम्पनि पैसा सम्ममा आफुले आफैलाई निलाम गरि सकेकाहरुलाइ धर्म, संस्कृति, चाडपर्व भनेको के थाहा नभएको हो र ? यदि थाहा छ र थियो भने ईसाई देखि ईस्लामको चाडपर्वमा दीईने पशुबलिको बिरोध यी कथित जनावरे ह्युमनेहरुले किन गर्दैनन र लाज सरम नमानिकन भन्न सक्छन यिनीहरुले गोरा र कुईरेको भाका ‘ऊई आर भेजीटेरिन’ ?
ब्लग चौतारी

भदौरे बुढाले पूर्वको दुई जिल्ला क्याप्चर गरेरे !

ब्लग सम्प्रेषक : खांट्टी कुरा
पदम सुन्दर लावती
रा.प्र.पा बरिस्ट नेता पदम सुन्दर लावती
माथि थाप्ला लेख्या शिर्षक बुझ्नु भएन ? 
हाम्रो गाम्घर तिर ऋतु, ठाम, जिनिस, आदि बाट बोलाईने नाम अनुसार 'भदौरे बुढा' भनेको पुर्ब मन्त्रि श्री पदम सुन्दर लावती ज्यु को गाम्घर तिरको बोलाम्ने नाम रैच्च ! संबिधान सभाको भाग २ को चुनौको बेला एकताका उतैको मुन्च्चिले यो नाम एकपल्ट फेसबुकको भित्ता डामेका थिए त्यै भर मैलेनि भदौरे बुढा भनेर आफ्नो 'चुस्स' मा डामे ! असुविधा पर्न गएछ भने अग्रिम माफी चहान्छु !
संगति भनेको उमेर अनुसारको सित गर्नु पर्च्च भन्थे बुढापाकाले ! गोरु बुढो भसी भिर खोज्च्च मुन्च्ची बुढो भसी निम खोच्च पनि भन्थे हो कि जस्तो लाग्दैच्च हैन हो रैच्चके !
गाई पार्टी भन्ने पूव पंच्याहरको बाहुल्यभा पार्टी हो ! आच्कलको ठुला पार्टीहम भन्ने कौरेस देखि एमाले, माउबादीहरले गाई पार्टीलाई उहिलेको ठुला जातिले साना जातिलाई गर्ने अछुत झैँ को बेबार गर्च्चन ! ३० बर्षेको पालाको पैँचो लेकाहम भनेर कौरेस देखि कम्निस्टहर्ले हाक्काहाकी भंच्चन ! नभनुन पनि कसरि उ बेला कौरेस देखि कम्निस्टहरलाई 'अ.त' भन्ने अरास्ट्रेतत्वको तक्मा भिराकै हुन ! बोलि देखि लिएर गोलि सम्मले मकै जसरि भुटेकै हुन ! भुट्ने बहादुरहरु माहापन्च बाट खाँटी गणतन्त्रबादी बने तर धान खाने मुसो चोट पाउने भ्यागुता चैँ गाई पार्टी भाको छ ! देख्या कुरा भन्देको हुम क्यार ! कोहि रिसाम्च्च्न भनेनी के को ट्यास ट्यास !
गाई पार्टीको अध्यक्ष कमल थापा हुन ! अस्ति संबिधान सभा भाग २ को मान्नेको चुनौमा बाठा मकानपुरे थापा काजीले चुनौ लडेनन ! पार्टी अध्यक्षको पोज देखार जोईलाई उठाए ! मान्ने कमल थापा भनेसी हुरुक्क हुने तिनका क्षेत्रका मुन्च्चिहरु रिसार गाईको भोट जति स्वात्तै रुखा डामे ठेक्दार बानियालाई चिट्ठा पर्यो ! उता भदौरे जेठाले पनि चुनाउ त लडे तर जनताले भदौरे जेठालाई लडेको ठामबाट ठामको ठाममै लडाई दिए ! समय अन्सारको खेल हो यो !
रा.प्र.पा अध्यक्ष मा.कमल थापा !
हिजाज पार्टी अध्यक्ष भन्ने त्यो पद भनेको दुवै हातको लड्डु जस्तै हो ! 'जसको हाता हत्यार उही सुब्दार' भन्ने बराज्युको पालाको दमदार उखान छ ! समानुपातिक भन्ने लाई आधार मानेर पार्टीको अध्यक्ष आफै मान्ने देखि ताल परेको खण्डमा प्रधानमन्त्री समेत बन्ने फेसन कुनै नयाँ र नौलो भन ! मकान्पुरे थापा काजिनि के को कम, चुनौमा जोईलाई उठाए जोई हारिनता के भो तर समानुपातिक बाट चैँ आफु मान्ने बने ! उता भदौरे बुढानि के को कम चुनौमा आफुले हारे ता पनि आफुले मान्ने हुन नमिल्ने भर ब्वारीलाई मान्ने बनाए !
कुरो यतिकैमा किन सकिन्थ्यो र ! पार्टीको अध्यक्ष को बन्ने भनेर चुनाउ भो त्यो चुनौमा पनि मकान्पुरे थापा काजीले बाजी मारे बरा भदौरे बुढा पार्टीको अध्यक्ष मानि सेंटीफ्ल्याट ! भौवान दाहिने नभसी कसको के लाउच्च र !
गोरा र कुईरेको भाका हिजाज सप्पैले आफ्नो देसको भाका मिसार बोल्च्चन ! आफुले भनेको नभसी के जाति त्यो 'ईगो' पलाम्च्चरे ! हाम्रो गोर्खालीमा ईगो भन्ने भाकालाई 'अहं' भंच्च ! उमेरले लावती बुढा जेठा हुन भने थापा कान्छा ! बरिस्टको अगाडी कनिस्ट मान्ने देखि अध्यक्ष सम्म हुँदा मुटुमा भक्कानो त छुट्ने नै भो क्यार ! अहँ क्या अहं भन्ने जिनिसले गर्दा महाभारतको १८ दिने लडाई भा भनेर मिथक कथा उल्लेख छ ! यस्तै अहं भन्ने ईगोले गर्दा 'रामायण' पनि जन्मेको हो क्यार !
'के निम पाम कनिका बुकाम' भन्ने उखान सम्झेच्चन क्यार ! भदौरे बुढाले सुपरहिट आरोप लाई दिदै भने "यो गाई पार्टी कमल थापाको निजि क्लब हैन" भन्दै खोप्लांगे काम्रेट डा.बाउराम भट्राईको सक्कल बमोजिम नक्कल गर्दै सम्पर्क अपिस खोल्दै हिनेच्चन र त्यसैको नतिजा हो आफ्नो गृह अंचल देखि जिल्ला ताप्लेजुंग र पांचथरा भाको गाई पार्टीको अपिस क्याप्चर गरेका तर बुढाले यो चैँ बिर्सेछन हिन्दीको सुपर हिट उखान "अपने गल्लिमे कुत्ता भी शेर होता हे" भन्ने !
स्पस्टिकरण:
लेख्दै जाँदा कहिलेकाही देसी बिदेसी उखान टुक्का निस्किन्छ भने जोडिएको उखान टुक्कालाई गलत अर्थ नलगाईयोस ! कुनै पनि राजनैतीक पार्टी भनेको कुनै ब्यक्ति विशेषको पेवा हुन्न त्यसैले 'भाई फुटे गवाँर लुटे' नहुन भन्ने मनसायले यो व्यंग्यात्मक भाका आलेख लेखिएको हो र यस्तो आलेखलाई यो पंक्तिकारले 'चुस्स' भनेर न्वारन गरेको छ !
मन पर्छ भने www.facebook.com/khattikuro लाई LIKE गर्नुहोस !
ब्लग चौतारी

डाम्नारु !

ब्लग सम्प्रेषक : खांट्टी कुरा

जनक मान डंगोल
व्यङ्ग्य स्यंग्य लेख्न आम्दैन हजुर मुलाईता तर मैले लेख्ने भनेकोचैं 'च्वास्स र चुस्स' हो ! च्वास्स भनेको बिझाउने र चुस्स भनेको चैँ घोच्ने हो ! अब को को लाई बिझाउने हो र घोच्ने हो यदि बिझायो र घोचिएको रच्च भने अग्रिम माफी मागेहै !

यो चुस्सको माथि खप्परे निधारा मुईले 'डाम्नारु' भनेर लेखे ! 'डाम्ना' भनेको कुनै धातुलाई पोलेर सजिब तथा निर्जीव जिनिसमा छाप हान्ने जसलाई काँठे भाका डाम्ने भंच्च भने त्यस्तो डाम्ने काम गर्ने मुन्च्चिलाई 'डाम्ना' भंच्चन र एक बाट दूई अर्थात बहुबचन भसी 'हरु' लाग्च्च त्यहि भर छोटो मिठो चिटिक्का डाम्नामा 'रु' जोडेर 'डाम्नारु' भनिएको हो ! 

हिन्दु धर्म मान्नेहरु एक थरीले गाई माताको पुत्र बहरलाई भौवान भोलेनाथ्को अचुक अस्त्र त्रिशुल पोलेर रातो पारेर बरा बहरको पुठोमा डामेर छोडेसी पछी त्यो त्रिसुलले डामेको बहरलाई लोकले 'साँढे' भनेर नाम दिने चलन छ ! बहर मात्रै भाको भे लिदी फर्किने गरि हलीले जोत्थ्यो तर डामेको काइदाले भाको फाईदा नै साढे हुनुहो र साँढेलाई जोताउनु हुन्न जोतायो भने पाप लाग्च्च भन्ने भनाई छ ! 

भगवान भोलेनाथको बाहन पनि साँढे हो जस्लाई नन्दीमाराज पनि भन्ने चलन छ ! यी नन्दी माराजलाई सय खत माफी छ ! किसानले दुख गरेर रोपेको बालीनालीमा मज्जाले जलपान देखि कन्ये देखि थारी गौमाता सम्म यिनले फिरियाँ हकभोग गर्च्चन ! यिनका अगाडी अरु कुन मईकालाल बहरको जोड चल्छ ! बिना काम धन्दा फिरियाँ जलपान देखि भोजन गरेसी सुमो पहलमान नहुने ता कुरै भन ! 

डाम्ने भनेको छाप्ने हुन्च्च ! कागजा छाप्नेपनि डाम्नुनै हो क्यार ! बिजुलीले डाम्ने त्यस्तो जिनिस चलाउने देखि तयार पार्नेहरु चैँ 'डाम्नारु' भए ! हिजाज खबर कागजा मात्रै 'डाम्नारु' ले डाम्दैनन ! बिधुतिय पत्रिका भन्ने अनलाईन देखि सामाजिक संजाल भन्ने फेसबुक देखि ट्वीटर फुईटर समेतमा निर्धक्क संग डाम्च्चन ! त्यै भर को पत्रकार को अलपत्रकार खुट्याम्नुनै गारो !

नेपाला २५ बर्ष देखि भौवान भोलेनाथको प्रिय नन्दीमाराज जस्तै का 'डाम्नारु' छन ! यी 'डाम्नारु' ले डामेसी सुल्टोलाई उल्टो देखि उल्टोलाई सुल्टो पार्न सम्म कुनै रोकटोक छैन ! अकबर बादसा भन्दानी डेन्जर माथिको खतरा हुन यी 'डाम्नारु' ! अस्टबक्रे भनेको आठ ठाम्मा बांगेको जिनिस ! यस्तो जिनिस देखार अक्बर माराज्ले भाई भारदारलाई हेर त कस्तो सिधा रुख भनेर सोध्थेरे ! चाचुचका फौजले आहा कस्तो सिधा रच्च माराज भनेर भन्थेरे तर त्याहा 'बादसा आँखा फुट्या हो कि मेरो गर्धन चिलाको हो म त सिधै देख्छु' भन्नेमा एक जना बीरबल भन्ने काजि पनि थियेरे ! त्यस्तो भनेको बापता ति बीरबल काजी देस निकाला पर्थे त्यो भो सुनेको कुरा !

तर अहिले नेपाला अकबरे बादसाहरको राज छ र अकबरे बादसाको राजमा अस्टबक्रे रुखलाई सिधा भन्ने 'डाम्नारु'को जमाते गन्दे झार सरि उल्कासित मौलाछ ! नपत्याए सक्कली उदाहरण हेर्नुस ! 

परार साल निलम्बित माराज ज्ञानेन्द्र आफ्ना दलबलको साथ पस्सिउ भ्रमणा निस्किनुभो ! भैरवाको नाम चलेका होटेला मुकामको बेला रातो झोल खानु भो ! स्याउको झोल देखि ब्रान्डीको झोलको रंग एकै हुन्छ भने सोफीको तीनपानेमा पानी हालेसी कागतीको झोल झैँ हुन्च्च ! गोराको भाका अंगुरको सेतो झोललाई व्हाईट वाईन भंच्च, रातो झोललाई रेड वाईन भंच्च ! त्यो भनेको अंगुरको जांड हो ! फाल्फुलको सर्बतलाई गोराको भाका जुस भंच्च ! राजाले जुस खानु भो की रौसि खानु भो कि जांड तर नेपालको खाल्डो कान्तिपुरा बसेर संसार देख्ने नेपालको १ नम्बरे अनलाईन भन्नेले 'पुर्ब राजाले जांड खायो' भनेर तिनका अन्लाईना डामीहाल्यो !
अपराधको दुनियामा एकक्षत्र राज गर्ने अपराधीको नाईकेलाई गोराको भाखा डन भंच्च ! २०४६ साल पछी पार्टी देखि संगठन हुँदै ठाम ठाममा अपराधीको नाईके देखि भाई नाईके सम्मको बोलबाला छ ! तिनै अपराधीहरु मध्येको एउटा प्यादा अस्ति पुलिसको कारबाईमा परान के गाथ्यो 'डाम्नारु' ले डनको तक्माले विभूषित गरेर महिनौ दिन सम्म जनता जनार्दनलाई वाक्क ब्याक्क बनाए ! रेडियो देखि टिपी, खबर कागज देखि अनालाईना समेत यिनै 'डाम्नारु' को बोलबाला छ ! बाध्य भएर हेर्ने, सुन्ने देखि पढ्नु पर्ने ! प्रजातन्त्र देखिको लोकतन्त्र यिनी 'डाम्नारु' को लागी ह्याप्पी ह्याप्पी चाँदी कटाई भाको छ !

महिनाको लाख देखि दूई पाँच हजारा गुजारा चलाम्ने यी डाम्नारु को कथा ब्यथा लेखि साध्य छैन ! माईबापको आदेसा धर्म, संस्कृति देखि ब्यबस्था सम्मको बिरुद्धमा हिजो आँखा चिम्लेर डाम्ने यी डाम्नारुहरु आजकल धर्म र संस्कृति देखि जाति सम्मको बिरुद्दमा बिखण्डनकारिको भरिया आंगकाजीहरु जस्ताले जातीयता र क्षेत्रीयताको बिरुद्धमा बोल्नासाथा अरिंगालको गोला जस्तरी खनिएको देख्दा यो 'चुस्सकर' तिन छक्क पर्दै आज भन्दा ७/८ वर्ष अगाडी यी डाम्नारु यस्तै गरि एकजुट किन भएन भनेर मनमनै गम्दैछ !
..
मन पर्छ भने https://www.facebook.com/khattikuro लाई लाईक गर्नुहोस !

ब्लग चौतारी

खुस्बु पुराण (व्यङ्ग्य) !

ब्लग सम्प्रेषक : खांट्टी कुरा
तस्बिर साभार: गुगल सर्च !
साउनको मैना भनेको हिन्दू धर्म मान्ने मुन्च्चिहरूको लागि बिसेष महत्वको मैनाहो ! यो महिंना जति धेरै दुख: कस्ट सहेर धर्म गर्यो त्यस्को दोब्बर, तेब्बर देखि चौबरसम्म फाईदा हुन्च्च भनेर पण्डित बाजे देखि पण्डितबाहरू सम्मले भनूहुन्च्च ! हुन त भौवान भन्ने जिनिस हुन कि परानी आजसम्म कुनै माईकालालले देख्या छैनन तर आस्थाको कुरा हो मान्नै पर्च्च भन्ने जरुरि छैन, मान्नेले मान्च्चन नमान्नेले मान्दैन !

साउना मुइना धर्मको त बर्णन भो तर यो धार्मिक मैनामा मरण हुनेको पनि सिधै स्वर्गा बास नहुने त कुरै भएन ! कोही कालगतिले मोर्चन भने कोही अकाला मर्च्चन तर सबैलाई धेरै लामो समय बाच्नुं पाए हुन्थ्यो भन्ने लोभले नछुने त नहुने कुरै भएन ! भाग्यमानी रच्चन यो महिना मोर्ने मुन्च्चिहरू ! 

यो पालाको साउना नयाँ लोक्तन्त्रे नेपाला २ थान मोरेका मुन्च्चिहर्ले उल्कासँग चर्चा पाए ! नेपाली फिलिम्मा हिरो भन्ने नायक श्रीकृष्ण श्रेष्ठ बे गरेर हनिमुन मनाउन पारीको देशा गा बेला बिरामी परेछन ओखती गर्दा गर्दै बिते ! बरा हिरो भनेर क्यार्नु सारै सोझो गाई परानी ! त्यत्रो बर्ख नेपाली फिलिम्मा खेले, कोही कसैसित झैँ झगडा गरेनन, प्रोपोगण्डा भन्ने अफवाहता नेपाली हिरो हिरा देखि अन्य ऐरे गैरेसम्मको चर्चा आउने मेलो हो भंच्चन त्यस्ता कहिलेनी फसेनन ! तिन्का लास नेपाल ल्यार दाह संस्कार गर्ने बेला लाखौको अपार जनलहर ओर्लियो ! नेपाले राजधानी कान्तिपुरा यस्तो घटना बिरलै देख्न पाइन्छ भने मरण भनेको यस्तो पो त !

श्रेष्ठसँगै १/२ दिनको फरका 'नायक' हैन 'खलनायक' भन्ने भिलेनको पुलिस कारबाहीमा मारियो ! आसेपासे २/४ थान बाहेक कठै भन्ने कोही भएन ! हप्तौ हप्ता लास हस्पताला डुंगडुंगति कुहाए तर तिनका आफन्तले लास बुझ्न मानेनन ! 

धादिंग घर भाका नाम दिनेस अधिकारी उप-नाम 'चरी' घाम पार्टीको आडा सधै गर्थे मनपरी ! भन्ने मनुवालाई पुलिसले नाजायज तरिकाले बे-कसुरा गोलि हानेको हुनाले त्यो दोहोरो भिडन्त नभर 'हत्या' हो भनेर साइसूई गाईगूई हुन् थाल्यो ! बल्या आगां प्याटुल हाल्न हाम्रा खबरी देखि नेता उप-नेतारु खल्ली छन ! 

अपराध गर्नेलाई अपराधी भन्नु पर्ने हुन्छ तर त्यसो गर्दा व्यक्ति मानहानी हुन्छरेभन्दा रैच्चन ! गोजाको आदेशले जे पनि हुने नयाँ नेपाला हिजाज जस्तोसुकै ठुला अपराधीहरूलाई पनि पार्टी अनुसारको 'जय नेपाल', 'लाल सलाम','जय मदेश' 'लिम्बुवान, खुम्बुवान, मगरात सग्रात देखि थारुवान हुँदै हजुर, काम्रेट देखि जीसम्म भनेर भन्नु पर्छ ! जो जसले यस्ता भाका बोल्न जान्दैनन सरकारी कर्मचारी हुन भने कार्बाहियाँ पर्छन भने सर्ब साधारणले ताल परेको खण्डमा 'सफाया' भनिने जेम्राज्को काज फिर्तीको पुर्जी धरी बुझ्न बेर लाम्दैनन ! 

पारिको देशा उबेला गोराहरू बेपार गर्न आकारे ! बेपार गर्दा गर्दै बिस्तारै देशनै रसबरी जस्तरी कप्लक्क खाई दिए ! त्यो बेला बिहारतिर पर्ने झांसी भन्ने त्यो बेलाको देशा राजपुतानी 'लक्ष्मीबाई' नामकी रानीले काखे बच्चा पिठ्युमा बोकेर हाता यांमानको लामो तरबार भिरेर घोडा चढेर एक्लै गोरासँग भीडीन ! एक्लो आइमेले अदम्य साहस देखा भएर अहिलेसम्म पनि उता नि यतानी 'लक्ष्मी बाई' जस्तरी बहादुर भएस है भनेर भुरिहरलाई आसिख दिने चलन छ ! 

संसारा जाहानी बौमतको कदर हुन्च्च भन्छन ! तीन तिराट घेरेको भएर नेपालको धेरैले हिन्दूस्थानी भाखा सर्लक्क बुझ्छन भने मास्तिरको खम्पे (भोटको) भाखा चैँ सयमा उनान्न्सेले बुझ्दैनन ! पारीको भाखा 'खुस्बु' भनेको गोर्खालीको भाकाचै 'बास्ना' हुन्छ भनेर गोर्खालीको सब्द्कोषा लेखिएको छ !
हवेलीयाँ बसेर हड्डीको जस्तै थाल भन्ने डिनर पिलीटाँ थाला चम्चा, काँटाले खानेहरूमा भालेहरलाई बौसाप, राजा साप देखि काजिसाप भनेर अदपको साथ भन्नुपर्च्च भने पोथीहरलाई रानीसाप, कजिनीसाप देखि मुइसापसम्म भन्नु पर्च्च र छोटकरीयाँभन्दा बे नगरेको केटीहरूलाई 'मुइस्सा' भन्न सजिलो हुन्छ !

'चरी काम्रेट पुलिसको भिडन्तमा के मारिएको थियो खुस्बु मुइस्साले ठ्याक्कै झांसीको रानीको सक्कल बमोजिम नक्कल देखाम्न थालिन फरक त्यति हो ती झांसीकि लक्ष्मीबाई रानी घोडा चढेर लडाइँमा निस्केका थिइन भने हाम्री खुस्बु मुइस्सा आधुनिक चार पांग्रे फलामे घोडा चढेर निस्किन !
मेरो परान पियारा स्विट हार्टलाई अनाहकमा गोलि ठोक्ने ? कानूनी राज्यको खिल्ली उडामने भन्दै टीपी खिच्ने, बेतारा सम्चार फुक्ने, खबरकागजा लेख्ने हुँदै डिजिटल मिडिया भन्ने समेतलाई लाईब भन्ने प्रत्यक्ष प्रसारण दिएर धेरै दिनसम्म राज्यको चौथो अंगको घरा चुलो बाल्देकोमा अरुले त त्यस्तै हो च्याउ सरि उम्रेका चौथो अंगले चैँ हृदय देखिनै खुस्बु मुइस्सालाई ह्याप्पी ह्याप्पी थ्यान्कु चैँ पक्कै भनेको हुनुपर्छ,

तर,
खुस्बु मुइस्सा नेपालको मोडेल भन्ने कलाकार पनि हुन ! तपाईको परान पियारालाई पुलिसले 'डन' गुण्डा भन्दै समाजको धमिरा भन्ने पद देर गोलि ठोक्यो तर खै त तपाईको आँखा एक थोपो आँसुनि देखिन्नत ! हांसी हांसी खबरेहरलाई इन्टरभ्यु दिन कसरी सक्नु हुन्च्च भनेर खबरेहरूले सोध्दा मैले डाँको छोडेर रुँदैमा मेरो 'चरी'लाई जेम्राजले फिर्ता दिनु हुन्च्च ? भनेर के भन्देकी थिइन सब चुप्प ! बिरांगानाको परिचय भंच्च्न रे यस्तो काम कुरोलाई ! अभिनेत खुस्बु मुइस्साले उत्कृस्ट दाम्मिको गरिन तर बिना निर्देशकको ! डाइलग भन्ने सम्वाद एकोहोरो रुपा फुक्दै गइन ! त्यतिले नि नपुगेर अहिले त पुलिस प्रसासन सप्पैलाई बिपक्षी बनाम्दै चरीको दाइसित मिलेर मुद्दा हालेकी छिनरे !
खुस्बु मुइस्साको परान पियारा घाम पार्टीको सदस्से भसी 'काम्रेट' भन्ने दर्जा त उबेलाको राणाको गर्भे सन्तानकै स्टाईला त्यसैनी पाइने भै हाल्यो ! अहिले नेपाला सरकारको मुख्य मन्त्रालयमा घाम पार्टीको बर्चस्व कायम छ ! पुलिसलाई अम्लोमा नचाम्ने मन्त्रालय अंशबण्डा गर्दा घाम पार्टीको भागा परेको हुनाले घाम पार्टीको उपाध्यक्ष तथा गृह मन्त्रिज्युले चलिरहेको संसद बैठका आएर सगौरबको साथ सिना तानेर मान्नेहरूले सोधेको प्रश्ना पुलिसको दोहोरो भिडन्तमा 'गुण्डा नाईके' मोरेको हो भनेर फुकीदिनु भो ! गुण्डालाई गुण्डा नभनेर सज्जन भन्ने कुरानी भन क्यार ! वाह: गृह मन्त्री भनेको त यस्तो पो हुनु पर्च्चता ! त्यसैले जन्ताको तर्फाट ह्याप्पी ह्याप्पी थ्यांक्यु भनिन्च्च मान्ने गृह मन्त्रिज्युलाई ! 

गोर्खालीको देशा एक थान आहान भन्ने उखाननि छ ! नेता र पुलिससित 'न त दुस्मनी राम्रो न न त दोस्तिनै' ! आफ्नै पार्टीको बहादुर सिपाहीलाई पुलिसले ठोक्दे ! आफ्नै पार्टीको अध्यक्ष काम्रेट देखि स्व.चरीको गृह जिल्लाको सप्पै मान्नेहरले उल्कासित बिरोध जनाए र जनाउँने कार्य अँझै पनि रोकिएको छैन ! मान्ने गृह मन्त्रिज्युले चलिरहेको संसद बैठका आएर सगौरब पुलिसको दोहोरो भिडन्तमा 'गुण्डा नाईके' मोरेको हो भनेर फुकीदिनु भो तर आफ्नै पार्टीको बहादुर सिपाहीलाई 'काम्रेट' दिनेस अधिकारी भनेर किन सम्बोधन गरेनन यो कुरा ठण्डा ठण्डा कुल कुल भएर खुस्बु मुइस्साले सोचेमा घाटा पक्कै हुन्न, रह्यो कुरा नियाँ र निसाफको !

धेरै पटक सम्मानित अदालतले 'फलाना ज्यानमारा हो त्यसैले पक्राउ गरेर झ्यालखाना जाक्नु' भनेर देको आदेशलाई त चुरुसको धुँवा उडा जस्तरी हावामा उडाइदिने नयाँ लोकतान्त्रिक नेपाला हाम्रै ठुला नेताहरूको चारैतिर गुण्डा, बदमास, हत्यारा, चोर, फटाहा, तस्करी, कालाबजारी, जालसाजी देखि लागुओखती हुँदै चेली बेच्नेसम्म बहादुर बफादार पार्टीका सदस्यरुपी मुन्छिहरू गोमन साँपझैँ चारैतिर मडारिएर बसेको छन भने अब नियाँ निसाप पाइन्छ पाइन्न त्यो मैले बर्णन गर्नु पर्ला र ?
कानूनको बर्खिलाप गरेर हिड्नेलाई अदालती भाखा अभियुक्त भन्छ र यस्ता अभियुक्त चैँ राजनीतिक पार्टीको लागि 'काम छउन्जेल भाँडो र काम सकेसी ठाँडो' हो भन्छन ! खुस्बु मुइस्साले पनि पैला नै दुई जना आसिक आवारालाई 'काम सकेसी ठाँडो' बनाकै हो क्यार भनेर खबरेहरूले भंगेरे अक्षरा छापेका छापेई छन अब यो कुरा हो हैन साक्षी किनाराकै फड्के सदर भने नियाँ निसाप भनेको त्यस्तै हो, बरु यो खुस्बु पूराण कस्तो लाग्यो तल प्रतिक्रिया बाक्सा ट्याक्क पार्नु भएमा लेखकले प्रिय पाठकज्युहरूलाई ह्याप्पी ह्याप्पी थ्यान्कु भंच्च !

जनक मान डंगोल &
ब्लग चौतारी

पखेटा काटेको चरीले उडान भर्न सक्छ ? (व्यङ्ग्य)

ब्लग सम्प्रेषक : खांट्टी कुरा
नयाँ प्रजातान्त्रिक हुँदै लोकतान्त्रिक ‘नेपाले पुलिस’लाई भोक लाग्दैन, भोक नलागेसी थकाई लाग्दैन, थकाई नलागेसी निद्रा लाग्ने त कुरै भएन । भोक, थकाइ, निद्रा नलागेसी पुलिस मान्छे नै हैनन । मान्छे नभएसी पुलिस भन्ने जिनिस कि ढुङ्गोको हुन्छ कि धातुको हुन्छ । ढुङ्गो अथवा धातुको जिनिस भएसी पुलिसको हृदय हुन्न र हृदय नभायेसी दया माया घर परिवार केही पनि हुन्न ऊ खाली पुलिस मात्र हुन्छ ।

‘भरेर खाने र गनेर सुत्ने’ पुलिसलाई के थाहा चाडबाड कुन चरीको नाउँ हो । ठुला साबको सासन, साना साबदेखि हल्दार साप सम्मले दिने आदेश नामको भाषण त्यही गर्लान भनेर जनताको तिरोबाट उठाएर जम्मा गरेको ढुकुटीबाट सर्खारले दिने रासन जुन दिनबाट पुलिसको भुडीमा पस्यो त्यो दिन देखि ‘जन समुदायको सेवा गर्ने यही प्रतिज्ञा लिई मनमा’ भन्दै के झरी, के भदौरे घाम, के असिना, के माघको जाडो बस ‘जय नेपाल सर, हस हजुर, हुन्छ हजुर’ भनेर घोटिने रिमोट जस्तै आदेशको बर्खिलाप गर्न नजान्ने बर्दिधारी पुत्लाको नाम हो नेपाल प्रहरी ।

लुट्यो, कुट्यो, पिट्यो, चुट्यो, हत्या गर्यो, अपहरण गर्यो, बलात्कार गर्यो, तस्करी, कालाबजारी गर्यो आदि नामको उत्कृस्ट क्रियाकलाप गर्ने आधुनिक ‘रत्नाकरहरू’लाई पक्रेको १० मिनेट नपुग्दै माथिबाट रत्नाकरको आधुनिक रावणरुपी भगवान रामले दिएको आदेश पालन गर्ने आदेश पालकहरूलाई पुलिस भन्छ ।
मान्छे समातेन, आँखा चिम्लियो, जाहेरी दरखास्त लिन मान्दैन, हाम्रो मान्छे किन थुनिस ? पुलिस मुर्दाबाद, मुर्दाबादको नारा पछि क्रमस: थपिदै जाने अनेक थरिको धारे हात लार सरापिने आसिष पनि हासी हासी पचाउने खुबी भाकोलाई पनि पुलिस नै भन्छन ।

तपाईंले फलाना नामको अपराध गर्नुभएकोले अपिसा हाकिम साबले बोलाउनु भाको छ हजुर त्यसैले एक पल्ट अपिसा पाउ कस्ट गर्नु पर्यो भनेर ‘मुस्कान सेवा’ दिन सक्ने खुबी बन्नुपर्ने जिनिसको नाम पनि नेपाल पुलिस नै हो भने ‘मुस्कान सेवा दिने आदेशपालकले आदेशको पालनाभन्दा अरु गर्न जान्दैन भन्ने कुरा पनि सितल महलदेखि सानेपा, बल्खुदेखि प्यारिस डांडाहरूमा रहेको रोयल प्यालेसलाई पनि कण्ठ नभाको पक्कै पनि हैन होला भने ती रोयल प्यालेसहरूमा बस्न जाऊ भनेर हुकुम प्रमांगी दिने पनि पौने तीन करोड नेपाली हैनन ?

उडी हिड्ने चरीको पखेटा काटिदियो भने त्यो चरीले उडान भर्न सक्दैन । २०४६ सालपछि नेपाल पुलिस नामको चरीको पखेटा सुरुको बेसिक तालिममा जस्तै गरी काटिने ताप्के कट कपालझैँ ठुटो पार्ने पनि प्रजातान्त्रिकदेखि लोकतान्त्रिक सरकार हो भन्ने कुरा पनि धेर थोर सबैलाई ज्ञात भएकै हुनुपर्छ ।

यी सबै कुराहरू मुखाग्र हुँदाहुँदा हुँदै पनि थाहा नपाको जस्तरी धारे हात लार सराप्नेदेखि ढुंगा मुडा, बन्द,चक्काजाम हुँदै सडकको रेलिंग भाच्न समेत पछि नपर्ने नेपालीहरूले वीर गोर्खालीको पहिचान दिएको देख्दा कान्तिपुरमा बस्ने गोरा देखि कुईरे हुँदै काला पाहुना सम्मले बडो स्वाद मानेर हेर्ने गर्छन भन्ने कुरा पनि थाहा होलानि हैन ?

बाल्वाटारको हुकुम प्रमांगीदेखि शिंहदर्बारको शिंहको आदेश बेगर पाईला सार्ने नगरेको २५ वर्ष हुन लागि सक्यो नेपालको पुलिस नामको जिनिसले ।शिंहले थुन भने थुन्छन, छोड भने छोड्छन भने पुलिसलाई धारे हात लाएर सराप्नेहरूले एक पटक ‘ठण्डा ठण्डा कुल कुल’ भएर सोच्नु नेपालको पुलिस पल्टना नेपालको गोर्खाली पल्टन भर्ना हुन्छन कि बाहिरबाट आएको कोर्काली ?

त्यसैले हे पौने तीन करोड वीर गोर्खालीहरू हो निस्पक्ष न्याय निसापको आसा गर्ने हो भने पुलिसनामी चरीको पखेटा काट्न छोड्नु पर्छ । हिजो पन्चेतको आहान झैँ परि आएको खण्डमा ‘बाउलाई काट्छु आमालाई बाध्छुं’ भन्ने खालको पुलिस चाहने हो भने नेताहरूलाई स्व.गिर्जाऊ स्टाईला चोट अम्लो आकासतिर हैन नेतातिर ठड्याउदै ‘खबरदार’ भन्नदेखि गर्न सक्नुपर्छ त्यसैले अब जनताले हे नेपाले नेताहरू हो अब तिमीहरूले ‘रत्नाकर उत्पादन गर्न बन्द गर्छौ कि आन्दोलन गरेर तोरीको फुल देखाई दिउँ’ भनेर भन्ने कि नभन्ने ?
ब्लग चौतारी

छउन्जेल भाँडो सकेसी ठाँडो !

ब्लग सम्प्रेषक : खांट्टी कुरा
ऋषिमुनि देखि सिसिमुनि अल्लाहू देखि जय मसिसम्म बस्ने हाम्रो नेपाला एकथान सुपर डुपर हिट उखान छ जस्लाई 'काम छौन्जेल भाँडो, काम सकेसी ठाँडो' भनेर भन्ने अर्च्चन ! राजा देखि रंक पण्डित देखि पादरी मुल्ला देखि भिखारी सम्मले यो 'काम छौन्जेल भाँडो, काम सकेसी ठाँडो' भन्ने जिनिसलाई बडो मया र पिरिमले प्रयोग गर्छन !

अल्छीका भकारी, छिट्टै धनी हुने सपना बोकेकाहरू पहिला भुरा अप्राध गर्छन ! अप्राध गरेसी देख्ने र जान्नेले बेलैमा गाला चडकाई दिने देखि हनुमान धुलाई गर्नेहो भविष्यमा धमिराको उत्पति हुन्थेन ! धमिरा भन्ने जिनिस त बडो डेन्जर माथिको नि खत्रा हुन्छन ! बाहिर हेर्दा सग्लो र चिटिक्क देखेर क्यार्नु भित्रभित्र चिलिम च्वांट पार्दीने खुबी बोक्या हुन्छ ! धमिरा देख्ना साथ धुप धुंवार देखि ओखती मुलो गर्ने हो भने धमिराले जिनिस नस्ट गर्नु पाम्दैन !

तर,
राच्चनीति भन्ने कुनीति पनि धमिरे औतार कै एक रुप हो ! मोदीभाइ के देशा एउटा सुपरहिट कहावत छ 'चोर चोर मौसेरा भाइ' भन्ने अर्थात धमिरा धमिरा एकै भुँडीका सन्तान भनेका हुन क्यारे किनभने चोर पनि अप्राधीनै हो भने चोर पनि धमिराकै सन्ताना पर्छ !

गाम्घरा राम्रो काम गर्नेलाई हिजाज नयाँ लोकतन्त्रे नेपाला मुन पराम्दैनन ! 'सतिले सरापेको देश' भन्छन ! राम्रो काम गर्यो भने धमिरा लाग्न पाउदैन ! धमिरा नसल्केसम्म पार्टी चम्किन्न ! राच्च्नीति पार्टी चम्काउने 'ब्रासो' रुपी जिनिस नै धमिरा हो !

धमिराको पनि विभिन्न रुप देखि पदसम्म हुन्च्च ! साना धमिरा चोर, पाकेटमाराबाट क्रमस: बढुवा हुँदै गुण्डा बन्छन ! गुण्डाभन्दा एक तह माथि नाईके भन्ने हुन्छ जस्लाई गोरा र कुईर्या भाखा डन (DON) भन्छन भने डनभन्दा माथि चैँ नेता देखि माहानेतासम्म हुन्छन ! यिनै विभिन्न नामरुपी धमिराको भरमा बिगत २५ वर्ष देखि नेपालको राच्च्नीति फस्टाउदै फुल्दैच्च ! धमिराको फौज छ भने अल्कापुरीको राज अर्न पाइन्छ धमिराको फौज छैन भने के को सत्ता के भत्ता ! नपत्याए लोकतन्त्रेपछिको गाई देखि चित्रेबा, मादलेबाको फ़ौज्लाई हेर्नुस !

घडी चरो भन्ने कुखुरो पनि दुई किसिमको हुन्छ ! लोकल र विकासे त्यस्तै नेपाला धमिरा पाल्ने कृषक पनि दुई थरिका छन ! लोकल कृषकले स्थानीय जातका धमिरा पाल्छन भने विकासे कृषकले त्यही लोकललाई अनेक थरिको युरो, डलर, पाउण्ड जस्ता रसान मिलार बनाको भ्याक्सिन दिएर बिदेशी आदेश मान्ने धमिरा उत्पन्न गर्छन !

लोकल धमिरा भनेका राधे, चरी, कुण्डले, मण्डले देखु झुण्डले सम्मका हुन्छन भने भाक्सिन लार तयार पारेको धमिरा भनेको भटचन, सेर्पा, संग्रौला देखि सिके भन्ने कथित बिद्द्वान देखि गाइने, नाटके हुँदै तारे बेतारे सम्मका खबरिलालहरू पर्छन !

काम लासी ज्याला दिनु पर्छ भनेर सबैलाई मुखारी कण्ठ छ ! ज्याला दिने तरिका पनि उल्का र अचम्मको छ ! गाम्घरको लोकल घडी चरोलाई चारा दिनु पर्दैन ! आफै खोजेर, लुटेर, चोरेर देखि खोसेरसम्म खान्छन भने विकासेलाई चैँ क्रमस: श्रेणी अनुसारको दाना,पानी देखि भ्याक्सिन ओखतीसम्म दिनु पर्छ ! जे जसरी जे गरी पालेर हुर्काए बढाए पनि धमिरा भनेको धमिरै हो क्या र !

धमिरा हुर्काउने तरिका चैँ लोकल देखि विकासेसम्मको मिल्न मिल्न खोज्छ ! सर्खारी सिकारीले ग्याँसगन देखि १ नाले दुई नाले गनले भस्म नगरुन भनेर भगवान इन्द्रले सुतपुत्र कर्णको जीवन रक्षाको लागि कवच देकै स्टाईला राच्च्नीति पार्टीको सदस्यरुपी लेपनलाई देशी धमिरे फौजहरलाई कुन माईकालालले छुने ?
तर यति हुँदाहुँदै कहिलेकाहीं टिओमा पर्छन ! गोरा र कुइरेको भाखा T भनेको टार्गेट (target) र O भनेको बाहिर (out) हो ! जब मालिकको आदेशको बर्खिलाप गर्छन जस्लाई बैद्यबाको भाखा 'बिद्रोह' भनिन्छ र त्यस्तो बिद्रोहीलाई टिओ गर्ने चलन छ ! धमिरा हैनन तर पार्टीको टाउकेहरको बिरोध गर्च्चन भने पार्टीबाट एन्फाको टाउके गणेस थापाले गोल हानेको जसरी गोल पोस्टबाट गोल भन्दै बाहिर हुत्यइन्छ भने धमिरा रैच्चन भने चरी झैँ फरर्र बनाइन्छ ! बुझ्नु भएन चरी फरर्र भनेको ? हाम्रो घाम पार्टीको बास्ना मैयाँ (खुस्बु बली) कि परान पियारा क्या !

त्यसैले यी लोकल देखि बिदेशी गोरा देखि काला धमिरा भनेको देशी देखि बिदेशीहरूसम्मको लागि 'काम छौन्जेल भाँडो, काम सकेसी ठाँडो' हो त्यसैले देश हितको लागि भलाई चाहनुहुन्छ र राष्ट्रको माया र राष्ट्रियता बचाउनुहुन्छ भने कोही कसैले पनि धमिरा बन्नु र बन्न दिनु हुन्न ! बनेका छन भने मायाले सम्झाउनुस मान्दैनन भने चरी फरर्र गरेनी मुम्बैया भाखा बाल मतलब !
ब्लग चौतारी

'जब उप्परवाले देता हे तो छप्पर फाड्के देताहे' !

ब्लग सम्प्रेषक : खांट्टी कुरा
घाम पार्टीको उखाने काम्रेट वलीजीको लागि यो पाली ह्याप्पी ह्याप्पी रच्च ! जेम्राजलाई पटक पटक हराम्नु पनि चानचुन कुरो हैन ! उखाने काम्रेटले अस्ति मान्नेमा त्यस पछि मान्नेको मइनटर भन्ने संसदीय नेता समेत जितेर देखाई दिनुभो ! त्यो भन्दानि अग्र छलांग मार्दै पार्टीको ठुलो टाउके पदमा नै सानदार विजयी हासिल गर्नु भो ! दक्षिणी छिमेकी माईबाप्को भाखा यसलाई 'जब उप्परवाले देता हे तो छप्पर फाड्के देताहे' भंच्च क्यार !
तर,
उखाने काम्रेटको केही आसेपासे काम्रेटहरू 'बिजुली चम्क्या जस्तरी चम्केर' गर्जिन्छन ! त्यसरी गर्जिने र नचम्कीदे हुन्थ्यो ! गर्जनाको साथको चट्यांग भन्ने जिनिसत त्यो गोराको भाखा भन्ने छ नि 'डेन्जर' भन्ने जस्तै हुन्छ ! त्यसले त भेट्यो भने ज्यान माफी दिन्न ! ठामको ठाम सुईय्या पार्दिन्च्च ! हाक्काहाकी हामी त भारतीय हौ भन्ने अंगुलीमाल भुतपूर्व मन्त्री राजेन्द्र महतोको सक्कल बमोजिम नक्कल गरेर बोल्छन ! बुझ्नु भएन ? अम्लो ठड्याएर क्या ! यस्तो काम 'धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ' भने झैँ हुन्छ !
हाम्रो युवा नेता हाईकु काम्रेट पोख्रेलले अस्ति मान्नेमा अनि अहिले पदाधिकारीमा नराम्रोसित चुनौ हार्नु भो ! भौवान किन रिसाए हाईकु काम्रेटसित त्यो चैँ बुझ्न सकिन ! कम्निस्टले देउता मान्दैनन भन्ने भ्रम भर हो कि ? यदि त्यसो हो भने उखाने काम्रेटले चैँ कसरी ड्याम कि ड्याम छक्का र चौका बर्साउनु भो ?

अर्थोक त त्यस्तै हो हिजाट भकुण्डो र भोलियाट घामको चुनौ माकुने काम्रेटको भाका भनिने 'बकबक' सुन्नु नपर्ने भो ! यो गरिबको बच्चो गोर्खे माईलोको झन्डै कान नै जचाम्नु पर्ने बेला भै सक्याथ्योके गाँठे ! रिंगीट महँगो छ हजुर अहिले त यताको १ को उता नेपालको तिस पर्च्च ! गोर्खे माईलोको कान जचाम्नु परेन सन्तोक त्यसैमा छ !
लास्टा भन्ने अन्तिममा सबै जितालुलाई बधाई अनि हरूवाहरूलाई चैँ सानु भूति प्रदान गर्च्चु ! बरिस्ट सरिस्ट भन्ने पद पार्टीमा काम छैन ! त्यस्तो पद भुलेरनि स्थापना नगर्नु होला ! कत्ति हाड घोटिया जस्तरी घोटिनु बेकारा ! बाउराम डाक्टरसापले बाख्रा पाल्च्चु भनेर गफ दिनु भो तपाई हरूवा टोलीहरूले साँच्चिकै गोठालो गएर देखाइदिनुस ! चोरेर, ढांटेर पो खानु हुन्न, काम गरेर खान के को लाज ? किनभने अस्तिनै देउपा सरकारको कांग्रेसी मन्त्रीले भकारो सोरेको पनि देखिएकै हो क्यार !
ब्लग चौतारी

काउँरेस र कम्लिसलाई बेलैमा चेतना भया !

ब्लग सम्प्रेषक : खांट्टी कुरा
संखुवासभाको गवैया गुरुङले एकताका ‘वारि जमुना पारी जमुना’ भनेर गीतको भाखा हाल्दा नेपाली देखि बिदेसीले समेत कम्मर मर्काइ-मर्काइ नाच्या पनि हिजैजस्तो लाग्च ! नेपाले गोर्खेले त भाषा जानेको थियो र ताल टिपेर कम्बर हल्लायो तर बिदेसिलाई के थाहा ? तैपनि सक्कल बमोजिम नक्कल गरे ! नाच्दातालको ठाउँमा बेताल भो !
कम्पनी देस हिन्दुस्थाना पनि हिजो सम्म पश्चिमाको ताला नाच्ने केजरिवाल भन्ने मुन्चीले जब प्राबिधिक विधालाई लात हानेर समाज सेवा भन्ने हात्तीदन्ते विधाको दोकान थापे ! बिज्ञापन बिना हिजाज जस्तै सुकै अस्सली माल पनि बिक्न गारो हुने यो जमानामा समाज सेवामा राच्निती भन्ने विधा मिसाएर घनघोरसित बिज्ञापन गरे !
तिनका एकजना गुरु पनि छन्, उ जमानामा सेनाको मटर हाक्ने दर्जा चैँ हल्दारी चालक ! महात्मा गान्धीको भुतले समातेको भएर खिसिक्क हुनासाथ ‘अनसन’ नामकोभोक हड्तालको अस्त्र फालिहाल्ने ! काहाँको गुजराती बापू गान्धी अनि काहंकोमराठी मानुष हजारे ! तर पनि अनसनको दोकान नामको सिरियल बनाए ! सुपर हिट पनिभयो किन भने सिरियल बनाउँदा चाहिने ‘टेक्निसियन’ भन्ने प्राबिधिकहरुमा एकसे एक डलरे खेतिवाल केजरिवालहरु देखि कालाकोटेहरका फौज सम्म थिए !
चिनि धेरै खायो भने तितो हुन्छ ! आच्कलको चिनीले ता झन् जिन्दगीभर निकोनहुने रोग ‘डाइबेटिक’ कि के जाती पनि पो निम्त्याई दिन्छ ! झाडु लाएर भ्रस्टाचार बढार्न सुरु गरेका केजरिवाललाई कल्युगे ‘गान्धी’ हजारेले न तसमर्थन दिए न त आसिख ! कांग्रेसको शासनले वाक्क भाका युवा देखि बुढा सम्मकोफौजले होस्टेमा हैसे गर्नासाथ राजधानी दिल्लीको बिधान सभामा धेरै सिट २८ को जितालु बनेर देखाई दिए तर बहुमत ल्याम्न चैँ सकेनन् ! सत्तासिन कौरेसको गठबन्धन पार्टीले सरकार चलाउनु भनेर लिखितमको साथ समर्थन दिए, सरकार पनि हाँके तर घमण्डले फुलेको भ्यागुता बन्दा न सर्खार चलाउन सके न भर्खरैको चुनावमा सोचे अनुसार बिजयी बन्न सके !
नेपाली सुपर हिट उखान छ ‘कि थुतुनो जोगाम्नु कि मुतुनो जोगाम्नु’ भन्ने ! बिना आधार, बिना साक्षी र प्रमाण बिना ‘भाजपाको ठुला नेता नितिन गडकरी त भ्रस्टाचारी हो’ भनेर जनतादेखि मिडियाको अगाडी के कुर्लेका थिए आज त्यहि खोकाइले झ्यालखाना गए ! दिमाखा गिदी भाको मुन्च्चिले पहिले सबुद र प्रमाण अनि साक्षीको साथ जुटाएर अदालतदेखि जनता सम्मलाई देखाउथे तर त्यसो गर्नसकेनन ! झाडु लिएर दिल्ली देखि देसै भरिको भ्रस्टाचाररुपी कसिंगर बढार्न निस्क्या मुन्च्चि आज आफै झ्यालखानाँ सक्कली धुलो कसिंगर बढार्न पुगे !यस्तोलाई भनिन्छ उतैको भाखा ‘अनाडी’ अर्थात गिदी नभाको मुन्च्चि !
राच्च्निती भनेको जान्नेको लागी श्रीखण्ड हो भने नजान्नेको लागीखुर्पाको बिंड ! भर्खरै सम्पन्न भएको भारतको लोकसभाको चुनावमा भारतीय जनतापार्टी र उसको गठबन्धनले अत्याधिक बहुमत ल्यायो, ल्याम्न त ल्यायो तर किन र कसरि ल्यायो त ?
जुन देसको युवा जागरुक हुन्छ त्यो देसमा जे पनि सम्भव हुन्छ ! ‘हर हरमोदी, घर घर मोदी’ भन्ने नारालाई ब्यापक रुपमा तल्लो तह गाउँ टोल समाज देखि सहरसम्म पुर्याए ! सामाजिक संजाललाई पूराका पुरा उपभोग गरे ! जताततै कमलको फुल र मोदीमय बनाए ! माथिनै उल्लेख गरिएको छ, अहिलेको समय भनेको बिज्ञापनकोसमय हो ! जसरि आम आदमी पार्टीको केजरिवाललाई रातारात चर्चित बनायो त्योभन्दा दोब्बर तेब्बर चर्चित बनायो भाजपा र मोदीलाई बिज्ञापनले ! अन्तिममा नतिजा बिश्वले राम्रै संग देखे !
‘मेरो बाजेले घ्यु खाए नपत्याय मेरो हात सुंघ’ भन्ने तौर तरिकामा बसेको भारतीय कांग्रेसले यो पाली सुपर फ्लप खानुको कारण पनि यहि नै हो ! समयकोमाग अनुसार जो चल्न जान्दैनन त्यस्ताको हविगत यस्तै हुन्छ ! राच्च्नितीमा साम, दाम, दण्ड र भेद अर्थात चार नीतिको सख्त जरुरी हुन्छ ! जो यी चारकलामा पारंगत हुदैनन् त्यस्ताले राच्च्नीती गर्नुको कुनै तुक छैन ! दाम देखाएर बहुमत आउने भए उत्तर भारतका बिहार देखी उत्तर प्रदेस सम्मको ‘मैंहुँ’ भन्ने ठुला क्षेत्रीय पार्टीहरु पाहा भ्यागुता पछारिएको जस्तै गरी अबस्य पनि पछारिदैन थिए !
यता हाम्रो देसा पनि जनताले माया गरेर एक, दुई, तिन बनाको पार्टीहरु  हिजाज जनता प्रति अनुत्तरदायी हुँदै छन ! जनघाती देखि रास्ट्र बिरोधि काममाअब्बल हुँदै जान थालेको छ ! जनतालाई शुसासन दिनुको बदला उल्टो सर्खाराट बाहिरिन्छु भनेर धम्कीपो दिन्छन गाँठे ! काला गए गोरा आम्च्चन सुसिलदा ‘हुत्ति नभए छोडे हुन्छ सर्खार’ ! जसरि छिमेका अहिले ‘मोदिमय’ भाको’थ्योअस्ति नेपालाँ नि जनताले ‘रुख’ देखि ‘घाममय’ बनाइदेको’थ्यो ! बरु ‘नामर्दकोजोई हुनु भन्दा मर्दाको कमारो हुनु जाति’ भन्चन जनताले, त्यसैले यस्तै पारा देखाउदै गो भने जसरी दक्षिणी छिमेकाँ त्याहाँका जनताले कांग्रेस र कम्निस्टलाई ‘तोरीको फुल’ जस्तरी कमलको फुल देखाउदै केजरिवाल्को झाडु खोसेर बढारे ! सक्कल बमोजिम नक्कल गर्ने बानी जो परेको छ यता पनि ! त्यस्तै गरि नेपालानि त्यो दिन नआउला भन्न सकिन्न ! जनता यिनै हुन र पार्टी यिनै हुन ! नत्रपछी फेरी .. “अगी … जानीन, पछी … मानिन, बाघ लाग्यो घिच्याउन, … लाग्योचिच्याउन” होला ! बेलैमा चेतना भया !
~janakdangol@gmail.com
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com