भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

'जब उप्परवाले देता हे तो छप्पर फाड्के देताहे' !

सम्प्रेषक : खांट्टी कुरा Thursday, July 17, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
घाम पार्टीको उखाने काम्रेट वलीजीको लागि यो पाली ह्याप्पी ह्याप्पी रच्च ! जेम्राजलाई पटक पटक हराम्नु पनि चानचुन कुरो हैन ! उखाने काम्रेटले अस्ति मान्नेमा त्यस पछि मान्नेको मइनटर भन्ने संसदीय नेता समेत जितेर देखाई दिनुभो ! त्यो भन्दानि अग्र छलांग मार्दै पार्टीको ठुलो टाउके पदमा नै सानदार विजयी हासिल गर्नु भो ! दक्षिणी छिमेकी माईबाप्को भाखा यसलाई 'जब उप्परवाले देता हे तो छप्पर फाड्के देताहे' भंच्च क्यार !
तर,
उखाने काम्रेटको केही आसेपासे काम्रेटहरू 'बिजुली चम्क्या जस्तरी चम्केर' गर्जिन्छन ! त्यसरी गर्जिने र नचम्कीदे हुन्थ्यो ! गर्जनाको साथको चट्यांग भन्ने जिनिसत त्यो गोराको भाखा भन्ने छ नि 'डेन्जर' भन्ने जस्तै हुन्छ ! त्यसले त भेट्यो भने ज्यान माफी दिन्न ! ठामको ठाम सुईय्या पार्दिन्च्च ! हाक्काहाकी हामी त भारतीय हौ भन्ने अंगुलीमाल भुतपूर्व मन्त्री राजेन्द्र महतोको सक्कल बमोजिम नक्कल गरेर बोल्छन ! बुझ्नु भएन ? अम्लो ठड्याएर क्या ! यस्तो काम 'धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ' भने झैँ हुन्छ !
हाम्रो युवा नेता हाईकु काम्रेट पोख्रेलले अस्ति मान्नेमा अनि अहिले पदाधिकारीमा नराम्रोसित चुनौ हार्नु भो ! भौवान किन रिसाए हाईकु काम्रेटसित त्यो चैँ बुझ्न सकिन ! कम्निस्टले देउता मान्दैनन भन्ने भ्रम भर हो कि ? यदि त्यसो हो भने उखाने काम्रेटले चैँ कसरी ड्याम कि ड्याम छक्का र चौका बर्साउनु भो ?

अर्थोक त त्यस्तै हो हिजाट भकुण्डो र भोलियाट घामको चुनौ माकुने काम्रेटको भाका भनिने 'बकबक' सुन्नु नपर्ने भो ! यो गरिबको बच्चो गोर्खे माईलोको झन्डै कान नै जचाम्नु पर्ने बेला भै सक्याथ्योके गाँठे ! रिंगीट महँगो छ हजुर अहिले त यताको १ को उता नेपालको तिस पर्च्च ! गोर्खे माईलोको कान जचाम्नु परेन सन्तोक त्यसैमा छ !
लास्टा भन्ने अन्तिममा सबै जितालुलाई बधाई अनि हरूवाहरूलाई चैँ सानु भूति प्रदान गर्च्चु ! बरिस्ट सरिस्ट भन्ने पद पार्टीमा काम छैन ! त्यस्तो पद भुलेरनि स्थापना नगर्नु होला ! कत्ति हाड घोटिया जस्तरी घोटिनु बेकारा ! बाउराम डाक्टरसापले बाख्रा पाल्च्चु भनेर गफ दिनु भो तपाई हरूवा टोलीहरूले साँच्चिकै गोठालो गएर देखाइदिनुस ! चोरेर, ढांटेर पो खानु हुन्न, काम गरेर खान के को लाज ? किनभने अस्तिनै देउपा सरकारको कांग्रेसी मन्त्रीले भकारो सोरेको पनि देखिएकै हो क्यार !
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com