भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

खित्खिते र फत्फते !

सम्प्रेषक : खांट्टी कुरा Monday, October 6, 2014
खांट्टी कुरा
----
बिषयक्रम :


जनक मान डंगोल janakdangol@gmail.com

कुनै पनि शब्द्मा एक्लक्के लगाउनु भनेको सम्बन्धित व्यक्तिको अपमान गर्नु हो भनेर भनिन्च्च ! उदाहरणको लागि पंक्तिकारको नाम जनकलाई एक्लक्के लार ‘जनके’ भनेर सम्बोधन गरिनु भनेको सम्बोधनकर्ताले पंक्तिकारको मानमर्दन अर्थात अपमान गरेको हो भनेर बुझ्नु पर्छ !

विजय कुमार पांडे नेपाली लेखनमा नौलो नाम हैन ! नेपाल टेलिभिजनको प्रथम प्रसारण ‘८ बजे’ नामको कार्यक्रम मार्फत नेपाली दर्शकमा स्थापित भैसकेका यी पांडेकाजी लेखक, पत्रकार हुन र पत्रकार भैसकेपछि पुरुष देखि महापुरुषसम्मको अन्तर्वातासम्म नलिने भन्ने त प्रश्ननै उठ्दैन भने तिनी अन्तर्वार्ताकार पनि हुन ! पांडेकाजी बोल्न थालेसी पूराणबाचक पण्डित पोखरेल बन्धुहरूलाई पनि मात गर्छन ! प्रश्न सोधेर जवाफकर्ताले उत्तर दिन नभ्याउदै आर्को प्रश्न डामि हाल्छन ! यिनका यही बानी देखेर छिमेकी भारतका महानायक अमिताभ बच्चनले एकपल्ट झ्याको झारेको पनि तिनले पक्कै पनि बिर्सेका छैनन !

साभार: दिपक राज गिरीको फेसबुकबाट !

पांडेकाजी पत्रकार देखि अन्तरवार्ताकार हुँदै आफ्नै जीवनी लेख्ने जीवनिकार बन्न भ्याए त्यो पनि आर्काको लगानीमा आफ्नै जीवनिकार बनेका तिनले नेपालको हास्यकलाकारहरूलाई आफ्नो जीवनी पुराना ‘खित्खिते’ भनेर के डामेका थिए तिनका भाकाका ‘खित्खिते’ मध्येका १ थान ‘खित्खिते’ बादशा ‘रामविलास’ रिसार उल्का भएर ती पांडेकाजीले के कुन कसरी को आधारा हामीहरूलाई ‘खित्खिते’ भनेर तिनका पुस्तका डामे ? यदि हामीहरू ‘खित्खिते’ हम भने ती पांडेकाजीहरू ‘फत्फते’ हुन कि हैनन भनेर उल्टै प्रश्नबाचकको पुरस्कार देका छन !

कुरो सोरै आना ठिक कहनु भे को छ हाम्रो ‘धनिया’ के ‘राम विलास’ भैयाने ! हमी त दुसरा पगरी पनि भिराई दिन्छ यी पत्रुकारके ! यी सब फत्फते से लेकर बकबके जो हुन ! दुसराके दाममे हरहमेसा तोता मैनाके तरह बकबक बकबक जो गरी लिन्छ रामविलास भैया ! नेपालके आजके दिनमे जो हालत भई लिएको छ सबमे यी बकबके लोगनको बहुत हात छे भैया !

२५ वर्ष भो नेपालको राजनीति पार्टीका नेताहरूले नेपाली जनताहरूलाई दुख:भन्दा अरु केही दिएका छैननं र यस्तो दुख:को बेलामा देश देखि बिदेशा समेत गएर पांडेकाजीले आफ्नो पुस्तका डामेका खित्खिते अर्थात हास्यकलाकारहरूले आफ्नो गला देखि कला देखाएर केही समयको लागि भए पनि हसाएर मनोरंजन प्रदान गरेका छन ! नेता र तिनका पार्टीले देको दुख र त्यो माथि तिन्का आरती र भजनमा बकबक गर्ने रामविलासको ‘फत्फते’भन्दा त यो पंक्तिकारलाई बरु पांडेकाजीले डामेको ‘खित्खिते’ नै प्यारो लाग्छ ! त्यसैले नेपालीयाँ एक थान उखान छ पांडेकाजी ….

हुलमुला बिउ जोगाम्नु
अनिकाला बिउ जोगाम्नु
कि मुतुनो जोगाम्नु
कि थुतुनो जोगाम्नु

आज तपाईंले न्वारान गरेका ‘खित्खिते मध्येका १ थान खित्खिते दिपक राज गिरि रिसार बिरोधमा उत्रिए ! यस्तै गरी भोलि राता मकै देखि ‘मह’सम्म जागे भने क्यार्चाउ ? होस गरम है होस गरम ! आर्काको मानमर्दन गर्दा आफै खुलित्ता परिएला !
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com