‘भरेर खाने र गनेर सुत्ने’ पुलिसलाई के थाहा चाडबाड कुन चरीको नाउँ हो । ठुला साबको सासन, साना साबदेखि हल्दार साप सम्मले दिने आदेश नामको भाषण त्यही गर्लान भनेर जनताको तिरोबाट उठाएर जम्मा गरेको ढुकुटीबाट सर्खारले दिने रासन जुन दिनबाट पुलिसको भुडीमा पस्यो त्यो दिन देखि ‘जन समुदायको सेवा गर्ने यही प्रतिज्ञा लिई मनमा’ भन्दै के झरी, के भदौरे घाम, के असिना, के माघको जाडो बस ‘जय नेपाल सर, हस हजुर, हुन्छ हजुर’ भनेर घोटिने रिमोट जस्तै आदेशको बर्खिलाप गर्न नजान्ने बर्दिधारी पुत्लाको नाम हो नेपाल प्रहरी ।
लुट्यो, कुट्यो, पिट्यो, चुट्यो, हत्या गर्यो, अपहरण गर्यो, बलात्कार गर्यो, तस्करी, कालाबजारी गर्यो आदि नामको उत्कृस्ट क्रियाकलाप गर्ने आधुनिक ‘रत्नाकरहरू’लाई पक्रेको १० मिनेट नपुग्दै माथिबाट रत्नाकरको आधुनिक रावणरुपी भगवान रामले दिएको आदेश पालन गर्ने आदेश पालकहरूलाई पुलिस भन्छ ।
मान्छे समातेन, आँखा चिम्लियो, जाहेरी दरखास्त लिन मान्दैन, हाम्रो मान्छे किन थुनिस ? पुलिस मुर्दाबाद, मुर्दाबादको नारा पछि क्रमस: थपिदै जाने अनेक थरिको धारे हात लार सरापिने आसिष पनि हासी हासी पचाउने खुबी भाकोलाई पनि पुलिस नै भन्छन ।
तपाईंले फलाना नामको अपराध गर्नुभएकोले अपिसा हाकिम साबले बोलाउनु भाको छ हजुर त्यसैले एक पल्ट अपिसा पाउ कस्ट गर्नु पर्यो भनेर ‘मुस्कान सेवा’ दिन सक्ने खुबी बन्नुपर्ने जिनिसको नाम पनि नेपाल पुलिस नै हो भने ‘मुस्कान सेवा दिने आदेशपालकले आदेशको पालनाभन्दा अरु गर्न जान्दैन भन्ने कुरा पनि सितल महलदेखि सानेपा, बल्खुदेखि प्यारिस डांडाहरूमा रहेको रोयल प्यालेसलाई पनि कण्ठ नभाको पक्कै पनि हैन होला भने ती रोयल प्यालेसहरूमा बस्न जाऊ भनेर हुकुम प्रमांगी दिने पनि पौने तीन करोड नेपाली हैनन ?
उडी हिड्ने चरीको पखेटा काटिदियो भने त्यो चरीले उडान भर्न सक्दैन । २०४६ सालपछि नेपाल पुलिस नामको चरीको पखेटा सुरुको बेसिक तालिममा जस्तै गरी काटिने ताप्के कट कपालझैँ ठुटो पार्ने पनि प्रजातान्त्रिकदेखि लोकतान्त्रिक सरकार हो भन्ने कुरा पनि धेर थोर सबैलाई ज्ञात भएकै हुनुपर्छ ।
यी सबै कुराहरू मुखाग्र हुँदाहुँदा हुँदै पनि थाहा नपाको जस्तरी धारे हात लार सराप्नेदेखि ढुंगा मुडा, बन्द,चक्काजाम हुँदै सडकको रेलिंग भाच्न समेत पछि नपर्ने नेपालीहरूले वीर गोर्खालीको पहिचान दिएको देख्दा कान्तिपुरमा बस्ने गोरा देखि कुईरे हुँदै काला पाहुना सम्मले बडो स्वाद मानेर हेर्ने गर्छन भन्ने कुरा पनि थाहा होलानि हैन ?
बाल्वाटारको हुकुम प्रमांगीदेखि शिंहदर्बारको शिंहको आदेश बेगर पाईला सार्ने नगरेको २५ वर्ष हुन लागि सक्यो नेपालको पुलिस नामको जिनिसले ।शिंहले थुन भने थुन्छन, छोड भने छोड्छन भने पुलिसलाई धारे हात लाएर सराप्नेहरूले एक पटक ‘ठण्डा ठण्डा कुल कुल’ भएर सोच्नु नेपालको पुलिस पल्टना नेपालको गोर्खाली पल्टन भर्ना हुन्छन कि बाहिरबाट आएको कोर्काली ?
त्यसैले हे पौने तीन करोड वीर गोर्खालीहरू हो निस्पक्ष न्याय निसापको आसा गर्ने हो भने पुलिसनामी चरीको पखेटा काट्न छोड्नु पर्छ । हिजो पन्चेतको आहान झैँ परि आएको खण्डमा ‘बाउलाई काट्छु आमालाई बाध्छुं’ भन्ने खालको पुलिस चाहने हो भने नेताहरूलाई स्व.गिर्जाऊ स्टाईला चोट अम्लो आकासतिर हैन नेतातिर ठड्याउदै ‘खबरदार’ भन्नदेखि गर्न सक्नुपर्छ त्यसैले अब जनताले हे नेपाले नेताहरू हो अब तिमीहरूले ‘रत्नाकर उत्पादन गर्न बन्द गर्छौ कि आन्दोलन गरेर तोरीको फुल देखाई दिउँ’ भनेर भन्ने कि नभन्ने ?