भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

माओबादी नेताहरुको पनि कोमल हृदय हुन्छ र ?

सम्प्रेषक : खांट्टी कुरा Wednesday, December 17, 2014
खांट्टी कुरा
----
बिषयक्रम :

~जनकमान डंगोल,janakdangol@gmail.com
डाक्टर बाबुराम भटराई अर्थात माओबादीका ठुला नेता । उहाँको योग्यता र पद देखि काम कार्यको बयान गरेर साध्य छैन तर छोटकरीमा लेख्दा बाबुराम भटराई प्राबिधिकमा PHD गरेका विद्वान, पुर्ब अर्थ देखि प्रधानमन्त्री सम्म भै सकेका ब्यक्ति हुन भने उनका पार्टीका सर्बोच्च नेता क.प्रचण्डको मन पग्लेको खण्डमा आर्को साल अर्थात बि.स. २०७१ सालमा पार्टी अध्यक्ष पनि बन्लान ।

माओबादी अर्थात १२ बर्ष नेपालमा हत्या र हिंसा गरेर नेपालको राजनीतिक सक्तिमा उदाएको पार्टी । नेपालीमा एउटा उखान छ 'हरामको अगाडी राम पनि डराउछ' अर्थात हतियारको अगाडी निर्धो डराउछ । माओबादीले १२ बर्ष हतियार देखाएर नेपालमा समानान्तर सासन चलायो भने १२ बर्षे कथित जनयुद्धमा माओबादी पार्टीले देखाएको ताण्डब नृत्यमा निर्दोष जनता देखि सरकारी कर्मचारी, शिक्षक, सुरक्षाकर्मी हुँदै पत्रकार सम्मलाई यातना दिएर हत्या सम्म गरेकै हुन ।

सुदुर पश्चिमको एक जना गरिब अबोध बालिका 'पुजा बोहोरा' को बलात्कार भयो दुई बर्ष अगाडी । बलात्कारीले संजाय पायो तर त्यहि बलात्कारीलाई प्रजातन्त्रको मसिहा भन्ने कांग्रेस र लोकतन्त्रको कट्टर हिमायेती एमाले सम्मिलित सरकारले बाईज्जत थुनामुक्त गरिदियो ।

'डा.भटराईको फेसबुक स्टाटस'
अन्याय पर्दा चित्त दुख्छ, मुटु भक्कानिन्छ भने पिडितले बाध्य भएर सार्बजनिक अपिल गर्दा पिडितको पत्र लेखन सैली देखेर महान क्रान्तिकारी विद्वान नेता बाबुराम भटराईले मुटु भक्कानियर जिबनमा पहिलो पल्ट डाँको छोडेर रोय भनेर सामाजिक संजालमा स्टाटस पोस्ट गरेको देखियो । हेर्नुहोस डाक्टर भ्त्रैले पोस्ट गरेको फेसबुक स्टाटस

हिजो अर्थात सन २००४ डिसेम्बर १६ तारिखको दिन  पाकिस्थानमा तालिबान नामको आतंककारीले सरकारी सैनिक स्कुलमा आक्रमण गर्दा सय भन्दा बढी बालबालिकाहरुको ज्यान गयो । उक्त घटना घटाउने तहरीक-ए-तालिबान को  प्रमुख मुल्ला फ़जलुल्लाहलाई तपईहरुको संगठनले किन यस्तो हर्कत गरेको भनेर पत्रकारले सोध्दा 'हाम्रो बालबालिका तथा युवा युवतीको सरकारी फौजले दैनिक हत्या गर्दा हामीहरुलाई जति पिडा हुन्छ हो त्यस्तै पिडा सरकारी कर्मचारीहरुले पनि महसुस गरुन भनेर यो घटना घटाईएको हो भनेर पत्रकार लाई जवाफ दिए । समाचार पढनको लागी यहाँ थिच्नुहोस

हिजो १२ बर्ष माओबादी पार्टीले पनि नेपालमा हत्या र हिँसाको राजनीति गर्दा हज्जारौ हज्जार निर्दोष नेपाली नागरिकको ज्यु ज्यान अकारण गयो त्यो बेला माओबादी नेता डाक्टर बाबुराम भटराईको हृदय छियाछिया भयो कि भएन ? माओबादी लडाकुहरुले पत्रकार डेकेन्द्रलाई ज्युदै खाल्डोमा गाडेको देखि निर्दोष मास्टरहरुको हातखुट्टा भाँचेर जिउंदै रुखमा झुन्ड्याएको घटना पनि डाक्टर भटराईलाई ज्ञात नहुने कुरै भएन भने त्यो बेला डाक्टर भटराई के आज जस्तै गरि भक्कानियर रोय ? यो प्रश्न अब हिजोको पिडितहरुले गर्ने कि नगर्ने ? 

युद्धमा कि जित हुन्छ कि हार हुन्छ तर युद्दको समयमा पक्राउ परिएको निहत्था जवानको ज्यूमा सकेट बम बाँधेर बिस्फोट गराई हत्या गर्दा त्यो पक्कै पनि बहादुरीको कार्य हुन्न यस्ता सयौ घटना छन जुन ब्यक्त गरेर साध्य पनि हुन्न । युद्धको बेलामा सरकारी फौजबाट पनि गल्ति भएको छैन भन्न सकिन्न तर प्रजातान्त्रिक पद्धति अनुसार माग जायज भए शान्तिपूर्णरुपमा आन्दोलन गर्नु पर्नेमा हत्या र हिंसाको सहारा लिन्छन भने सरकारी निमक खाएका सुरक्षाकर्मिहरुले सरकारी आदेसको पालना अबस्य पनि गर्छन भने हिजो आफ्ना लडाकुहरुलाई हत्या र हिंसाको कठोर आदेस दिने  माओबादीको नेता डाक्टर भटराईको आज किन र कसरि हृदय परिवर्तन भयो ?

डाक्टर साप तपाई आज पनि सक्तिसाली पदमा हुनुहुन्छ र यदि तपाइँ सित संच्चिक्कै कोमल हृदय छ भने पीडितलाई न्याय दिलाउन कडा पहल गरेर देखाउनुस ? पीडितलाई न्याय दिलाउन कम्बर कसेर लाग्नु होस र तपाईले राम्रो काम गरेर देखाउनु भयो भने जनताले हिजोको घटना बिर्सेर माफ पनि देलान न्याय दिलाउछु भन्नु भो तर भोलि दुई चार दिन पछी घटना सेलाई हाल्छ भनेर सोच्नु भयो अनि फेरी आर्को घटना घटना साथ  सामाजिक संजालमा रुन्चे स्टाटस पोस्ट गरेर जनताको मन जित्न खोज्नु भनेको त्यो तपाईको केट्यौली बुद्दी भन्दा अरु केहिहुने  हैन भन्ने यो पंक्तिकारको ठम्याई हो किनभने बिगत केहि महिना देखि तपाइले सामाजिक संजाल देखि पत्र पत्रिकाहरुमा प्रकाशित गराउनु भएको लेख रचना हेर्दा त्यस्तै देखिन्छ

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com