भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

देस र जनताको सुरक्षा लिएका गृहमन्त्री कसरि दोषी भए ?

सम्प्रेषक : खांट्टी कुरा Thursday, December 18, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
-जनकमान डंगोल
रा.प्र.पा नेता कमल थापा
कुनै पनि देसको सासन ब्यबस्था सुचारुरुपले संचालन गर्नको लागी रास्ट्र तथा सरकार प्रमुखको जरुरि पर्दछ । सरकार प्रमुखको मातहतमा रहन गरि बिभिन्न मन्त्रालयहरु र उक्त मन्त्रालयको काम काज रेखदेख तथा सुचारुरुपले संचालन गर्न मन्त्रिहरु तोकिएको हुन्छन ।
देसको आन्तरिक सुरक्षा हेर्ने निकाय भनेको गृहमन्त्री मातहतको गृह मन्त्रालय हो । गृहमन्त्रीले रास्ट्र तथा सरकार प्रमुख र कहिलेकाही स्वयम आफ्नै तजबिजीमा समेत देसको सान्तिसुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका निभाएको हुन्छ भने गृहमन्त्रीको आदेस तथा निर्देशन सुरक्षा तथा प्रसासन हेर्ने अधिकारीहरुले अक्षरस: पालना गर्नु पर्ने हुन्छ र गरि रहेका पनि छन ।
२०६२/६३ सालमा नेपालमा पुन: परिवर्तनको लागी भनेर आन्दोलन भयो र उक्त आन्दोलन नेपालको प्रतिबन्धित पार्टी 'नेपाल कम्युनिस्ट पार्टी माओबादी'ले चर्काएका थिए भने उक्त आन्दोलनलाई नेपालको कांग्रेस तथा अन्य कम्युनिस्ट पार्टीहरुले पनि प्रत्यक्षरुपमा साथ दिएका थिए ।
आन्दोलन तथा हुल हुज्जतबाट सरकारी तथा व्यक्तिको सम्पति जोगाउनु सरकारको पहिलो कर्तब्य हो र सरकारले बन्द तथा आन्दोलनहरु गर्दा सान्तिपूर्णरुपमा गर्नु पर्छ भनेर अपिल समेत गरेको हुन्छ । २०६२/६३ सालको आन्दोलनलाई हिंस्रकरुपमा गर्नु पर्छ भनेर त्यो बेलाका नेपाली कांग्रेसका नेता तथा पुर्व प्रधानमन्त्रि गिरिजा प्रसाद कोईरालाले माओबादीका नेता क.प्रचण्ड भनिने पुष्पकमल दाहाललाई अनुरोध गरेका रैछन जुन कुरा भर्खरै उक्त पार्टीका नेता प्रभाकरले खुलासा गरेको देखियो त्यो पनि संबिधान सभाको बैठकमा ।
यसै बिषयलाई लिएर माननीय कमल थापाले सामाजिक संजाल twitter मा twitt गर्नु भएको रैछ । हेर्नुस मा.कमल थापाले गर्नु भएको twitt को प्रतिलिपि ।
साभार:मा.कमल थापाको फेसबुक बाट
२०६२/६३ सालको आन्दोलनमा कमल थापा गृहमन्त्रि हुनुहुन्थ्यो र गृहमन्त्रीको काम र कर्तब्यको बारेमा माथि नै उल्लेख गरि सकिएको छ ।
स्व.गिरिजा प्रसाद कोईराला २०४६ सालको प्रजातन्त्र पस्चात नेपालको पटक पटक प्रधानमन्त्रि पदमा पुग्न सफल भएका ब्यक्ति हुन । पटक पटक देसको सरकार प्रमुख भएको व्यक्तिले देस र जनताको भलाई तथा सार्बजनि सम्पतिको सुरक्षा गर्न भूमिका खेल्नु पर्नेमा त्यसो नगरी  त्यो बेलाको प्रतिबन्धित पार्टीलाई हिंसात्मक गतिबिधि गर्न याचना गर्नु देस, जनता र स्वयम कांग्रेस पार्टीको बफादार तथा आस्थावान कार्यकर्ताहरुको लागी हितमा भयो कि अहितमा भयो त्यो ब्यक्त गर्नु पर्ला र ?
हिजो २०५१ सालमा माओबादीले थालेको तथाकथित जनयुद्धमा सबै भन्दा धेरै आक्रमण कांग्रेस कार्यकर्ताहरु माथि भएको हो कि हैन ? आफ्नै पार्टीका कार्यकर्ताहरुको हत्या, अंगभंग, अपहरण देखि धनमाल समेत लुटिएको तथ्यलाई आँखा चिम्लेर आफ्नो व्यक्तिगत फाईदाको लागी आतंककारी गतिविधिमा सम्मितिलित भएको समुहको नाईके संग कुममा कुम जोडेर देसको अस्मितामा धावा बोल्ने अधिकार कांग्रेस पार्टीको सभापति गिरिजा प्रसाद कोईरालालाई कसले दियो र गिरिजा प्रसादले देस र जनता तथा आफ्नै पार्टीको अहितमा भई रहेको यस्ता अलोकप्रिय कदम माथि पार्टीका अन्य नेताहरुले किन हस्तक्षेप गरेनन ?
जब प्रतिबन्धित आतंककारीहरुलाई देस र जनताको सार्बजनिक सम्पति माथि हिंसात्मक कार्य गर्न उक्साउदै पटक पटक सरकार प्रमुख भएका व्यक्तिले निमन्त्रणा दिन्छन भने सरकारी तथा व्यक्तिको सम्पतिको रक्षाको लागि खटिएको गृह मन्त्रीले मुक दर्सक भएर बस्न मिल्छ ? मिल्दैन भने तत्कालिन गृहमन्त्रीले त्यो बेला उठाएको काम र कदमलाई लिएर सामाजिक संजालको भित्तामा कांग्रेस तथा कम्युनिस्ट पार्टीहरुमा आस्था राख्ने ब्यक्तिहरुले अहिले सम्म किन बिरोध गर्दैछन ? जो जसले अहिले सम्म बिरोध गर्दै छन त्यो बेला तिनै ब्यक्ति गृहमन्त्री भएको भए ति व्यक्तिले आफ्नो पद अनुसारको दायित्व निर्वाह गर्थे कि गर्थेनन ? यदि आफ्नो पद अनुसारको दायित्व निर्वाह गर्थे भने २०६३/६४ को आन्दोलनको समयमा तैनाथ रहेका तत्कालिन गृहमन्त्री माननीय कमल थापाको बिरोध गर्नुको कुनै तुक छ र ?
प्रजातन्त्र देखि लोकतन्त्र भनेको आफु र आफ्नो पार्टी तथा आफ्नो पार्टीले चलाएको सरकार ठिक अरु बेठिक हो भने यस्ता भ्रम पाल्ने पार्टी र ति पार्टीका आस्थावानहरु देस र जनताको लागि कत्तिको घातक हुने रैछ पंचायतको पतन पछिको २५ बर्षमा नेपाली जनताहरुले प्रत्यक्ष देखि र भोगी सके पछी पनि अझै पनि यस्ता पार्टीका नेताहरुको गुलिया र चिप्ला कुरामा लागेर समर्थन गर्नु भनेको आफु र आफ्नो सन्तानको भविष्य माथि खेलबाड गर्नु हो कि हैन ? त्यसैले बन्द भएको आँखा अझै पनि चिम्लेर बस्ने कि देस र जनताको अहितमा लाग्ने यस्ता पार्टीका नेताहरुलाई बहिष्कार गर्ने त्यो निर्णय गर्ने बेला भएन र ? 

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com