-जनकमान डंगोल/janakdangol@gmail.com
स्थानीय बोलीचालीको भाषामा आपत
परेको बेलामा आफ्नै श्रोत साधनलाई बल बुद्धि लगाएर समस्याको समाधान गरिने काम
कार्यलाई 'जुगाड' लगाउनु भनिन्छ । सार्बजनिक सवारीको चालक तथा सह-चालकहरुले समेत
यो भाषा दैनिकरुपमा प्रयोग गर्दछन र यो सब्द उनीहरुको जिबनको एउटा अभिन्न अंगझैँ भै
सकेको छ ।
पंचायती सासनकालमा सवारीको
नयाँ दर्ता देखि जांच पास हुँदै सवारी चालक अनुमति पत्रको नयाँ तथा पुरानो नबिकरण
समेत सबै काम कारबाहीहरु अंचल प्रहरी कार्यालयहरु बाट हुने गर्दथ्यो । सवारी दर्ता
तथा जांच पास २०४६ सालको प्रजातन्त्र स्थापना पछी यातायात कार्यालयमा हस्तान्तरण
भएता पनि सवारी चालक अनुमती पत्र वितरण कार्य २०५८ साल सम्म तत्कालीन क्षेत्रीय
प्रहरी ईकाई कार्यालयहरुबाट हुँदै आएको थियो ।
पंचायतीकालमा नयाँ सवारी
चालक अनुमति पत्र बितरण गर्नु भन्दा अगाडी लीईने परिक्षाहरुमा केहि मौखिक प्रश्न
यस्ता पनि हुन्थे जुन त्यो बेला समय सान्दर्भिक थियो होला र अहिले पनि हुन सक्ला
वा नसक्ला त्यो व्यक्तिको सोचाईमा भर पर्ने कुरा हो । त्यस्तै एउटा प्रश्नोत्तर
हेर्नुस ।
प्रश्न: तपाईले चलाउनु भएको सवारी जंगल वा कुनै एकलासको स्थानमा
पुग्दा टायर पड्कियो र तपाई संग जगेडा टायर छैन भने त्यो बेलामा के गर्नु हुन्छ ?
उत्तर: म त्यो टायर खोल्छु र त्यो टायर को ट्युब काटेर त्यो
भित्र भुष, पराल, स्याउला आदि पाए सम्मको स्थानीय साधन त्यसमा भरेर गाडीलाई हल्का
संग चलाएर मर्मत गर्ने स्थान सम्म पुर्याउने कोसिस गर्छु ।
यो भन्नुको तात्पर्य हो
गाडीलाई 'जुगाड' लगाउनु अर्थात आफ्नो बुद्धिमताको परिचय दिनु । हुन पनि हो एकलासको
निर्जन स्थानमा आफ्नो सवारीलाई अलपत्र पर्न दिनु भन्दा त आफ्नै बलबुद्धिको प्रयोग
गर्नु राम्रो पनि हो ।
२०४६ साल भन्दा अगाडी सम्म
नेपालमा अहिले जस्तो सवारी साधनहरु बाक्लो चल्दैनथ्यो । मर्मत गर्ने स्थान नजिकै
उपलब्ध नहुने भएकोले त्यो बेलाका सवारी चालक तथा सह-चालकहरु सम्पूर्ण काम कार्यमा
निपूर्ण हुनु पर्थ्यो भने आफुले चलाउने सवारी साधनमा जगेडा पार्टपुर्जा बोकेर
हिड्नु जरुरि नै हुन्थ्यो । जो यस्ता काम कार्यमा निपूर्ण हुन्थेन त्यस्तालाई
सवारी लाईनमा होच्याईन्थ्यो र घृणाको दृस्टीले समेत हेर्ने चलन थियो ।
लामो दुरीको सवारीमा बसमा
होस या ट्रकमा चालक नै सर्बेसर्बा हुन्थ्यो भने चालकको अनुमति बेगर हेल्पर हुन या
कण्डकटरले कुरा काट्ने सम्म हिम्मत गर्दैन थिए र जेष्ठ चालकको त फुर्ति नै भिन्दै
हुन्थ्यो नहोस पनि कसरि किनभने त्यो बेलाको चालक हरेक कुरामा दक्ष र निपूर्ण
हुन्थे ।
अहिले बस हुन या ट्रकमा
चालकको कुनै मुल्य नै छैन । मुल्यको अर्थ ईज्जत आमाद हुन्छ । त्यसो हुनुको पनि
कारण छ त्यो हो नेपालमा अत्याधिक मात्रामा सवारी साधनहरु भित्रिनु । दूई चार महिना
गाडीमा हल्लियो अनि आफु सरहको चालकलाई खुसि पार्यो 'हात सफाई भन्छ यातायातको
भाषामा' अर्थात सवारी चलाउन जान्ने हुना साथ अनेक उपाय लगाएर लाईसेन्स लिएर सके
आफ्नै नसके साहुको गाडी चलाउन सुरु गर्छन अर्थात घर बाट निस्केको २/३ महिनामै भारि
सवारी चालक बन्ने परिपाटी दिन प्रतिदिन बढ्दै छ । छोटो समयमा अब त्यस्ता चालकले
त्यत्रो भारि सवारीको ज्ञान सिप के कति हासिल गरेको हुन्छ त्यो अनुमान गर्नुस र
सवारी हाक्दा मेसिनरिको गडबडी आउँदा त्यो बेला त्यो चालकले दिमाग लगाउछ कि सिधै
दुर्घटना गराउछ यसको जवाफ दिनु पर्ला र ?
२०४६ साल पछी जति पनि सरकार
बन्यो ति सरकारहरुले राजस्व वृद्धि भन्दै अन्धाधुन्ध सवारी भित्र्याउन अनुमति त
दिए तर सवारीको सुरुको लागत देखि मर्मतमा प्रयोग हुने मेसिनरी पाटपुर्जामा लाग्ने
भंसार महसुल तथा करमा ध्यान नदिंदा सवारीको सुरुको कम्पनीले दिने क्लेमको समाप्ति
पछी मर्मत सम्भारमा नक्कली पाटपुर्जा देखि कवाड खानामा बेचिएको थोत्रा पुर्जा जडेर
सवारी चलाउने गरेका छन । बिस्वास लाग्दैन भने सवारी मर्मत हुने ग्यारेज नजिकै
खोलिएका कवाड खानामा गएर हेर्नुस त्याहा सवारीको मर्मतमा लाग्ने महत्वपूर्ण
पार्टको सेकेन्ड ह्याण्ड सामान हरु बिक्रीमा राखियको हुन्छ त्यस्तोमा बल,बेरिंग,
क्राउन, एक्सल, स्प्रिंग पत्ता, टायर, त्यसमा लाग्ने लंगौटि, ट्युब, ड्रम रिंग आदि
हुन्छन ।
एक पटक प्रयोग भै सकेको
सामान दोश्रो पटक प्रयोग गर्नु हुन्न भनेर बिषेशज्ञहरु बताउछन तर ति सबै थाहा
पाउँदा पाउँदै पनि त्यस्ता कबाडी सामान जस्लाई 'जुगाड' पाटपुर्जा भनिन्छ र त्यस्ता
पाट पुर्जा प्रयोग गर्नु सवारी धनिको बिबसता हो किनभने नयाँ पार्ट्स किन्न सक्ने
हुत्ति र क्षमता पनि त हुनु पर्यो नि ।
नेपालमा दैनिक सवारी
दुर्घटना हुन्छ तर त्यो सवारी साधनहरु किन र कसरि दुर्घटना भयो भनेर आज सम्म
गहिरिएर कोहि कसैले अध्ययन गरेको पाईदैन किनभने यो पंक्तिकारले कुनै समयमा भारि
सवारी (ट्रक) मा हेल्परको काम देखि आफैले किनेको ट्रक मालिकको भोगाईबाट थाहा भएर
नै यो तितो लेख्न बाध्य भएको हो ।
सरकारले तोकी दिएको कोटा १२
टन ढुवानी गर्ने ट्रकले १२ टन सामान मात्र ढुवानी त्यो पनि एकतर्फी गर्दा त्यो
ट्रक धनीले आफ्नो सवारीको लागत उठाउन सक्दैन किनभने ढुवानी भाडाको अनुपातमा
नेपालको बिग्रेको राजमार्गमा गाडी कुदाउदा आउने टुटफुट मर्मत देखि ईन्धन आदिमै
उसको आम्दानिको लागतको आधा भन्दा बढ्ता सकी सकेको हुन्छ । त्यस्तै बाटोमा पर्ने
बिभिन्न किसिमका कर दस्तुरी देखि चालक तथा सह चालकको दैनिक खुराकी भत्तामा समेत
खर्च गर्दा उसको एक तर्फिको आम्दानीले कुनै बेला अझ नधान्ने स्थिति समेत आउछ भने
त्यो सवारी धनीले बाध्यता भएर १२ को ठाउँमा १४ टन सामान ढुवानी गर्नु पर्ने
बाध्यता पर्यो कि परेन ? सवारी मर्मत गर्दा नयाँको ठाउँमा जुगाड पाटपुर्जा लगाउनु
त्यो उसको बाध्यता हो भनेर बुझ्ने कि नबुझ्ने ?
त्यस्तै सार्बजनिक साना
ठुला यात्रुबाहक बसहरुमा पनि संधै एकै नासको सिट भरिने गरि यात्रु पाईदैन । यात्रु
पाएको बेलामा क्षमता भन्दा बढी यात्रु बोक्नु त्यो सवारी मालिकको बाध्यता हो भने
चालक तथा कन्डकटरहरुले पनि निमकको सोझो गर्नकै लागी भए पनि सरकारी नियम मिच्नु
पर्ने बाध्यता छ ।
त्यसैले सरकारको नीति
निर्माताहरुले सवारी दुर्घटनाको न्यूनीकरण गर्ने हो भने अबको केहि बर्ष सम्मलाई
नयाँ सवारी निर्यातमा पूर्ण रोक लगाउनु पर्दछ र पुराना सवारी साधन जति विस्थापन
हुन्छन त्यसैको अनुपातमा नयाँ सवारी भित्र्याउने अनुमति दिनु पर्छ ।
अहिलेको सवारी आयातमा
लगाईदै आएको कर तथा भन्सार नियम संगत छैन किनभने जति सवारीको लागत तथा मर्मत बढ्छ
त्यतिनै मार सवारी धनिलाई पर्छ र सवारी धनिले बाध्य भएर यातायात हड्ताल देखि अन्य
हथकण्डा अपनाएर भए पनि यात्रु तथा ढुवानी भाडा बढाउन दबाब दीन्छन जसको प्रत्यक्ष
मार पर्ने भनेको उपभोक्ता अर्थात जनतालाई हो ।
सवारीको ईन्जिन देखि अन्य पार्टपुर्जा ठिक र सहि हालतमा छैन भने चालकले
त्यसलाई कसरि नियन्त्रण गर्न सक्छ ? त्यसैले सवारीको नयाँ निर्यात देखि मेसिनरी
पार्ट पुर्जामा सहुलियत भन्सार, कर लगाउनु पर्छ र पुराना प्रयोग भै सकेको
पार्टपुर्जा जडानमा निरुत्साहित नपारे सम्म सवारी दुर्घटना न्यूनीकरण गर्न सकिंदैन
।
त्यस्तै सवारी चालक अनुमति
पत्र दिंदा भारि सवारी चालकको हकमा सम्बन्धित काममा कम्तिमा पनि ३ बर्षको अनुभव र
उमेर २३ देखि माथि हुनु पर्ने र सम्बन्धित काम कार्यमा निपूर्ण छ छैन भनेर हेरी
जांची मात्र सवारी चालक अनुमति पत्र दिने ब्यबस्था कडाईका साथ लागु गर्नु पर्छ ।
हाम्रो देसमा बाटोको नयाँ ट्रयाक
खन्नासाथ सार्बजनिक यातायात संचालन गर्ने जुन परिपाटी छ त्यसलाई पूर्ण निरुत्साहित
गर्नु अत्यन्त जरुरि छ किनभने पानि परेको बेलामा जुन बाटोमा ग्राभेल सम्म
बिछ्याइएको हुन्न त्यस्तो बाटोमा चिप्लो माटोको कारणले समेत दुर्घटना भएको देखिन्छ
। जब सम्म बाटो पूर्ण रुपमा संचालन योग्य हुन्न त्यस्तो बाटोमा सार्बजनिक सवारी
चलाउन बन्देज गर्नु पर्छ ।
यति कुराहरुमा ध्यान दिने
हो भने सवारी दुर्घटनामा केहि हद सम्म भए पनि न्यूनीकरण गर्न सकिन्छ भन्ने यो
पंक्तिकारको ठम्याई हो ।