१. मलेसियन ईस्लाम बाहिर हेर्दा स्वतन्त्र देखिए पनि आफ्नो धर्मको मामिलामा अत्यन्त कठोर छन ! उपबासको बेलामा ब्रत तोडेको देख्यो र थाहा मात्र पायो भने सिधै काराबासको संजाय हुन्छ ! कहिलेकाही कुरा बुझ्नको लागी मैले लामो समय सम्म संगत गरेको साथीलाई घुमाएर होच्याएर उसको धर्मको बारेमा बोल्दा उसले ईस्लाम धर्मको बिरुद्ध बोलेको थाहा पाउना साथ तुरुन्तै कडा प्रतिबाद गर्छ ! दैनिक भ्याए सम्म प्राथना गर्न छोडदैन ! यता चाईनिजले नयाँकारखाना खोल्यो भने महिला र पुरुषको लागी छुट्टाछुट्टै प्राथना कोठा अनिवार्य रुपमा बनाई दिनु पर्छ !
३. दक्षिण भारतीय जसलाई यताको भाषामा ‘ईण्डिया’ र पन्जाबी जसलाई यताको भाषामा ‘शिंह’ भन्छन उनीहरु पनि आ-आफ्नो मन्दिर गुरुद्वारामा नियमित पुजा पाठ भजन किर्तन गर्छन ! दिपावली धुमधामले मनाउछन ! हाम्रो नेपालमा जिब्रो छेड्ने जात्रा जस्तै यता पनि ‘थाईपुसम’ भन्ने जात्रा लाग्छ र त्यो दीन सरकारी क्यालेन्डरमै बिदा लेखिएको हुन्छ !
बिदेसी नयाँ देख्ना साथ कुन देसको भनेर सोध्छन ! उदाहरणको लागी म नेपाली भन्ना साथ झोलाबाट नेपाली भाषाको बाइबलको किताब हातमा थमाएर उनीहरुले भनेको हो नभने सम्म ज्यान गए पनि छोडदैनन यो म आफै स्वयंले भोगेको प्रत्यक्ष घटना हो !
बिदेसी कामदार ईसाई हो भन्ने थाहा पाउना साथ कम्पनि कम्पनीमा आइतवार भ्यान पठाएर चर्चमा ल्याउने र लैजाने गर्छन ! परार साल अत्ति भए पछी राजधानी कुवालालामपुरको चर्च यताको लोकल बासिन्दाले तोडफोड गरेको सम्म देखियो ! सियो बनेर पस्ने फाली बनेर निस्किने यी ईसाई मिसनरी नफैलिएको देस कुन चैँहोला र !
उदाहरणको लागी माओबादीको नेताहरु त्यो मध्येमा सबैभन्दा बढी शिक्षित देखि बुद्धिजिबी डाक्टर बाबुराम भटराई लाई लिन सकिन्छ ! हिजो जनयुद्धमा संस्कृत भाषा देखि हिन्दु धर्मको घोर बिरोधिहरु आज सब्द,सब्दमा संस्कृत सब्द उचारण गर्दै रामायण, माहाभारत देखि गीताको वाक्यांसलाई टुक्कामा बदलेर प्रयोग गरेको देखिन्छ !
बाबुराम भटराई जातिले ब्राम्हण पण्डितका सन्तान हुन र मुखले जतिसुकै कपट भाषा बोले पनि बाबुराम भटराईले आफ्नो पुर्खा देखि मान्दै आएको धर्म र संस्कृति कदापी भुल्न सक्दैनन ! कम्युनिस्ट चरित्र देखाउनलाई कुरा घुमाउन खोजेता पनि देखाएता पनि बाबुराम भटराई मात्र नभएर नेपालको सबै पार्टीका ब्राम्हण देखि अन्य जातिका नेताहरुले आफ्नो कुल धर्म देखि संस्कृति न छोडन सक्छन न भुल्न सक्छन !
जवानीमा त स्याल पनि घोर्ले हुन्छ भन्छन ! मान्छे चम्किने भनेको उमेरले ३० देखि ४० सम्म हो ! जब उमेर ढल्किदै जान्छ त्यस पछी मान्छेलाइ आफ्नो जात, धर्म, कुल, परम्परा देखि संस्कृति सम्मको याद आउछ र त्यो पालना गर्न कम्मर कसेर लाग्छन ,लागेका छन र देखिएको पनि छ !
सच्चा कम्युनिस्ट हरुले धर्म मान्दैनन भनेर जति सुकै फ़ूई लाए पनि जिबनको अन्तिममा आएर मान्न कर लाग्छ ! कमरेड माओले पनि जिबनको अन्तिम अबस्थामा आएर बौद्ध गुरु संग दीक्षा लिएकाथे भन्ने कथन छ !