भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

किन हुन्छ सवारी दुर्घटना !

सम्प्रेषक : खांट्टी कुरा Sunday, November 9, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
makwanpur bas durghtanaa
मकवानपुर बस दुर्घटना ,तस्बिर साभार-गुगल सर्च
यो कार्तिकको महिना नेपाल अधिराज्यभर धेरै स्थानमा ठुला साना सवारी साधनहरु दुर्घटनामा परे ! यात्रु बाहक बस हुन या मालबाहाक ट्रक यी सबैमा यात्रुहरु आफ्ना राजि खुसीले यात्रा गर्छन ! मालबाहक ट्रकमा प्राय तराईबासी नेपालीहरु यात्रा गर्न रुचाउछन किन भने बसमा भन्दा ट्रकमा भाडा कम पर्ने भएर होला !
यो महिनाको सवारी दुर्घटनाको चर्चा गर्दा एकै हप्तामा मकवानपुर जिल्लाको दुई स्थानमा यात्रुबाहक बस तथा मालबाहक ट्रक दुर्घटना भएको देखियो ! यात्रुबाहाक बस मकवानपुर जिल्लाको बसामाडीमा दुर्घटना हुँदा होस् या मकवानपुर तथा बारा जिल्लाको सिमानामा पर्ने चुरियामाईमा भएको भारि १० चक्के ईंटा ढुवानी गर्ने ट्रक यी दुबैमा अत्याधिक मात्रामा जनधनको क्षेती भएको देखियो !
4
मकवानपुर बस दुर्घटना, तस्बिर साभार-गुगल सर्च
नेपालको पहिलो राजमार्ग भनेर पर्सा जिल्लामा पर्ने नेपाल भारत सिमामा रहेको मितेरी पुल देखि काठमान्डौको थानकोट सम्मको त्रिभ्वन राजपथलाई भनिन्छ ! २०१३ सालमा निर्माण सुरु भएको उक्त राजमार्गको चौडाई १ लेनको रहेको छ र हाल समथर स्थानमा २ लेन कायम गरिएको छ !
स्व.राजा महेन्द्रको परिकल्पना अनुसार २०२२ सालमा निर्माण सुरु गरिएको यो राजमार्गले सुदुर पूर्वमा पर्ने मेचि अंचलको झापा जिल्लामा रहेको नेपाल भारत सिमाना काकडभित्ता देखि सुदुर पश्चिममा रहेको नेपाल भारत सिमा कन्चनपुर् जिल्लाको गड्डा चौकि सम्म रहेको छ ! यो राजमार्ग पनि प्राय सबै स्थानमा १ लेनको नै रहेको छ !
नेपालमा २०४६ सालको प्रजातन्त्र पश्चात अत्याधिक मात्रामा ठुला साना सबै सवारी भित्रिएको देखिन्छ तर नेपालको भू-बनावट अनुसार भारबह्न क्षमतालाई पूर्ण नजर अन्दाज गरेको देखिन्छ ! पंचायती सासनकालमा राजमार्गको अधिंकास स्थानहरुमा रहेको पुल प्राय बेली ब्रिज भनिने स्टिलको धातुको हुन्थ्यो र पुल प्रबेस गर्नु भन्दा १० मिटर अगाडी नै १ पटकमा १ मात्र सवारी साधन र पुलको भारबह्न क्षमता ९ टन लेखिएको हुन्थ्यो ! पछी उक्त पुलहरु बिस्थापित गर्दै सो स्थानमा सिमेन्टको पक्कि पुल स्थापना गरियो !
3
दस चक्के भनेर प्रख्यात यो ट्रकले ३० हजार किलोग्राम माल सामान ढुवानी गर्ने क्षमता राख्दछ ! मकवानपुर चुरेमा भएको ट्रक दुर्घटना ! तस्बिर साभार-गुगल सर्च

पंचायती सासनमा नेपालमा भारि सवारी साधनलाई १२ टन अर्थात १२ हज्जार किलो भन्दा सामान ढुवानी गर्ने अनुमति थिएन ! मालबाहक सवारी पनि नेपालको भू बनावट अनुसार १६ देखि १८ फुट लम्बाई भन्दा बढीको हुन्थेन तर अहिले ६ चक्काको स्थानमा १० देखि १२ चक्के अत्यन्त भारि सवारी साधन भित्रेको देखिन्छ ! त्यस्ता भारि सवारी साधनले ३० हज्जार किलोग्राम सम्मको सामान सजिलै सम्म ढुवानी गर्न सक्छ !
२००७ साल पछिको प्रजातन्त्र देखि पंचायती सासनमा स्थापना गरिएको राजमार्ग हिजो जस्तो थियो आज पनि त्यस्तै छ ! सडकको लम्बाई उही हो तर चौडाई बढाईयन ! मकवानपुर जिल्लाको बसामाडीमा भएको दुर्घटनामा पश्चिम तर्फ बाट आउने बस चालकको लापरबाही होला तर पुर्ब तिर बाट गएको चालकको बयानले के पुस्टि गर्छ भने राजमार्गको चौडाई बढेको भए सायद त्यो भयाबह दुर्घटना पक्कै पनि हुन्थेन ! १ लेनको राजमार्ग बस्ति बस्तीमा राजमार्गको कतै दायाँ कतै बायाँ राखिएको प्रतिक्षालय यो पनि दुर्घटनाको कारण हो र मकवानपुरको बसामाडी दुर्घटनाको मुख्य कारण नै यहि हो !
हिजो पंचायती सासनमा राजमार्ग निर्माण गर्दा सम्बन्धित बिज्ञले नेपालको भू बनोटलाई हेरी जांची त्यस पछी मात्र माल बाहक सवारीलाई १२ हज्जार किलोग्राम सम्म ढुवानी गर्न दिने भनेर तोकेको भएर नै सवारीको दर्ता किताबमा ढुवानी क्षमता १२ हज्जार किलोग्राम भनेर उल्लेख गरिएको हैन भनेर कसैले भन्न सक्छ ?
नेपालको भू-बनोट अनुसार नेपालको पाहाडी राजमार्गले १२ हजार किलो ग्राम भन्दा बढी धान्न सक्दैन भन्ने तथ्य थाहा हुँदाहुँदै प्रजातन्त्र देखि लोकतन्त्रे सरकारले १० देखि १२ चक्का भएको ३० हज्जार किलोग्राम भारबहन क्षमता भएको सवारी साधनको निकासीको अनुमति किन दिइयो ? नेपालको चुरे क्षेत्रबाट भारत तर्फ ढुंगा,गीटी, बालुवा ढुवानी गर्ने सबै ट्रक १० देखि १२ चक्के हुन र ति ट्रकमा १२ हज्जार किलो ग्राम मात्र ढुवानी हुन्छ भनेर कोहि कसैले पनि पत्याउन सक्दैन ! १२ हज्जार किलोग्राम भारबहन क्षमता भएको नेपालको राजमार्गमा दोब्बर मात्र नभएर तेब्बरको दरले सामान ढुवानी गरिन्छ भने त्यो राजमार्गको पिचले के कसरि धान्छ ? तराइमा रहेको सम्पूर्ण सडकलाई तहस नहस पार्नुमा यस्ता सवारी साधनहरुको अत्यन्त ठुलो देन छ !
सवारी दुर्घटना हुना साथ प्राय सबैले ट्राफिक प्रहरीलाई सजिलो तरिकाले चोर अम्लो देखाइएको हुन्छ ! ट्राफिकले किन हेरेन ? ट्राफिकले घुस खाएर पास दियो, ट्राफिकको गोजा २/५ सय हाल्देसी कुरा खत्तम ! यी आरोप पूर्णतया झुठो हो भनेर भन्न सकिन्न !
tata-sumo-se-44
खरिद देखि संचालमा ल्याउँदा यस्ता साना सवारीको साधारण देखि सुबिधा सम्पन्न सम्मको मुल्य ३२ देखि ५० लाख सम्म तिर्नु पर्ने बाध्यता छ ! तस्विर साभार गुगल सर्च !
पहाडी बाटोमा चर्चित रहेको १० सित क्षमता भएको टाटा सुमो भन्ने सवारीको दाम कर समेत ३० देखि ३१ लाख र हवारी दर्ता, सिण्डिकेट दर्ता, ईन्सुरेन्स र सिंगारपटार गर्दा त्यो सवारीको मुल्य ३३ लाख सम्म पुगेको हुन्छ भने त्यस्ता सवारीले सरकारले तोकी दिएको सिट अनुसारको यात्रु बोक्दा सवारी धनिले आफ्नो लगानी उठाउन सक्छ ?
नेपालमा संचालन हुने टाटा बसको चेसिस मुल्य देखि राजमार्गमा गुडाउडा त्यो बसमा बनोट अनुसार ३० देखि ५० लाख सम्म खर्च भै सकेको हुन्छ भने सरकारले तोकीदिएको ३० देखि ५० जनाको यात्रु बोक्दा सवारी धनीले लगानी उठाउन सक्छ कि सक्दैन ?
tata-LPT-3723
यस्ता बढी भारबहन क्षमता भएको सवारी भित्र्याउन अनुमति दिने सरकारको निती ठिक कि बेठिक ? तस्विर साभार गुगल सर्च !
नया भित्रिएको सवारीको चुरी फुरी भनेको २ देखि ३ बर्ष सम्म हो र त्यहि बिचमा सवारी मालिकले आफ्नो लगानी कुनै पनि हालतमा उठाई सकेको हुनु पर्छ ! अस्वस्थ प्रतिस्पर्धा त छदैछ त्यहि माथि तिन बर्ष पछी सवारीको प्राय सबै क्लेम भनिने बिमा समेत समाप्त हुने हुनाले नियम कानून मिचेर भए पनि सिजनको बेलामा यात्री नबोके त्यो सवारीको मालिक सिधै हरि कंगाल हुने स्थितिमा पुग्छ देखिएको तितो सत्य यो हो भने नेपालमा सवारीमा भन्सार दरबन्दी कति लागु भएको छ त्यो त अर्थ मन्त्रालयले बार्षिक बजेट भाषणमा दिने मन्तब्य बाट नै छर्लंग हुन्छ ! उदाहरणको लागी भारतमा ६ लाख पनि नपर्ने टाटा म्याजिक भन्ने ८ जना यात्रु क्षमता भएको हल्का सवारीलाई लाई नेपालको राजमार्गमा गुदाउन्दा त्यो सवारीको मुल्य १४ लाख पुगेको हुन्छ भने अब अनुमान पाठक स्वयमले गर्नु होला !
nepalese-double-decker-bus-kathmandu
तस्विर आफै बोलेको छ नि ! यसरि यात्रा गर्दा दुर्घटना पर्दा दोषी को सरकार, चालक कि ट्राफिक प्रहरी ? तास्विर साभार: गुगल सर्च !
ठुला १० देखि १२ चक्के सवारीलाई एक पल्ट सर्बिसिंग गराउंदा ३५ देखि चालिस हजार खर्चिनु पर्छ भने सरकारले तोकेको १२ हज्जार किलोग्राम सामान ढुवानी गर्दा सवारी धनिको अबस्था के कस्तो हुन्छ बिचार गर्नुस त ?
यातायात दुर्घटना हुनुमा मुख्य दोषी भनेको प्रथमत: नेपाल सरकार हो ! पहाडी भू भागमा ट्रयाक खोल्न पाको छैन यातायात संचालन हुन्छ ! त्यसरी संचालन हुने सवारीले अनुमति लिएको हुन्न ! बिसौ बर्ष अगाडी देखि निर्माण सुरु गरिएको बि.पी राजमार्ग त अहिले सम्म पूर्ण संचालनमा आई सकेको छैन भने राजनीतिक पार्टीको आस्थाको आधारमा जे गरे पनि हुन्छ भन्ने मनोभावना र सरकारको अदूरदर्शी नीति कायम रहे सम्म सवारी दुर्घटना कुनै हालतमा रोकिदैन यो कुरा पंक्तिकारले दाबीको साथ भन्न सक्छ भने क्षमता भन्दा यात्रु बोकेको सवारीमा चढ्दा दुर्घटना भएर मृत्युको मुखमा पुगिन्छ भन्ने तथ्य थाहा हुँदाहुँदै पनि जोखिम मोलेर यात्रा गर्ने अनि दोष जति ट्राफिक प्रहरीलाई दिएर हुन्छ ? राजमार्गको चौडाई बढाई दिने देखि नयाँ सवारी लाई अनुमति पत्र दिने काम ट्राफिक प्रहरीको हो कि सरकारको हो ?
..
(आलेख तपाईहरुको साईटमा प्रकाशित गर्नु हुन्छ भने ‘साभार’ लेख्न नभुल्नु होला, प्रतिलिपि गर्नु राम्रो हैन)

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com