विनोद न्यौपाने |
संघीयता भनेको एन्टिबायोटिक हो निको भइहाल्छ भनेर ल्यायो । राजनीतिक दलका शीर्ष नेताहरूलाई त नभनौ कतिलाई त ज्ञान नै छैन । भएपनि पूर्ण ज्ञान छैन अपूर्ण ज्ञान हुँदा झनझन कुरो मिल्दैन । संघीयताको आधारभूत कुरा राम्रोसँग बुझिदिएको भए आजको यो परिस्थिति आउने थिएन । संघीयता मन लागि बाँडने होइन संघीयता भनेको कुनै पनि ठाउँको स्पेसको स्रोत के छ ? साधन के छ ? जनसङख्या के छ ? संस्कृति के छ ? संघीयता स्थानीयले निर्धारण गर्ने कुरा हो । कर तिरेर उसले कति प्रतिनीधि पाल्न सक्छ ? उसको दैनिक आम्दानी कति छ ? खर्च गर्न सक्छ ? यो आधारभूत डाटा हो । यसको आधारमा तथ्यमा रहेर गर्ने हो भने एक घण्टामा संघीयताको बाँडफाँड हुन्छ । स्पेस नम्स भ्यालुज, एपिच्युट, पपुलेन्सन, कल्चर, कस्टम र रिच्योल भएपछि जसले पनि संघीयताको बाँडफाँड गर्न सक्छ । संघीयता भनेको त तपाई हाम्रो विकास गर्न चाहिएको हो । यो आधारभूत कुरामै टेकेर राजनीतिक दलका नेताहरूले वास्तवमै संघीयता चाहेको भए व्यवहारमा गर्न सक्नु पर्दथ्यो त्यो गर्न सकेनन । एक त यिनीहरूले स्थानीय निकायको निर्वाचन नै गराएनन् । पार्टीहरू मिलेर खाने कुरामा सहमति जनाउँदै आएका छन् । संसदलाई दिएको एक करोड रुपैयाँ संघीयताको एउटा सानो नशा हो । यो एक करोड पनि कसरी बाँडफाँड गरेर सिध्याएका छन् त्यो देखिएकै कुरा हो । संघीयताको विषयमा कांग्रेस, एमाले र एमाओवादीसँग जावाफ नै छैन ।
यहाँ त के छ भने कति राज्य बाडने र आफूले आफ्नो स्वार्थ अनुकूल बाँडेर राज्य गर्ने । आफ्नो स्वार्थ अनुसारको स्वार्थ छ । संघीयताको विषयमा राजनीतिक दलहरूले संघीयता सम्बन्धी विज्ञ राखेर एक वर्ष अध्ययन गर्नु दिनुपर्छ । संघीयताको विषयमा यिनीहरूले जिआइएस गर्ने सिस्टम छ त्यही अनुसार नेपालको नक्सा टेबुलमा राखेर चिरफार गर्छन । संघीयताको कुरा उठाउने वित्तिकै कांग्रेस, साझा पहिचान, एमाले बहुपहिचान, एमाओवादीले जातजाति सहितको पहिचान भनेर मनलाग्दी रुपमा प्रदेशको निर्धारण गरेका छन् । प्रदेश निर्माण गर्ने आधार अहिलेसम्म नेताहरूले खै त प्रस्तुत गरेको ? एमालेले ल्याएको चार प्रदेशको आधार के ? नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई नै सोधौ, सात प्रदेशको आधार के ? प्रचण्डलाई सोधौ,१० प्रदेश के हो ?
जनसंख्यामा कुरा गर्ने हो भने अहिले तीन जना कुसुण्डाहरू क्षेत्रीसँग विवाह गरेका छैन । कुसुण्डा भाषाको विकास गर्न धेरै मानिसले अनुसन्धान गरेका छन् । कुसुण्डालाई कुन राज्य दिने उसको पनि पहिचान दिनु पर्यो नि त ? संघीयता त सभासद्लाई पत्तो नै छैन संघीयताको विषयबस्तु र परिभाषा नै थाहा छैन यी राजनीतिक दलका नेताहरूलाई । ६०१ मध्ये अधिकाश सभासद्लाई संघीयता स्पेसको आधारमा हुन्छ भन्ने कुरा थाहा छैन । संघीयताको वेसिक भनेको स्पेस हो । हाम्रो नेताहरू के गर्दा फाइदा हुन्छ त्यतारि लागेका छन् । संविधान जारी भएपछि नेपाली जनतालाई के दिने भन्ने कुराभन्दा पनि कसले सरकार बनाउने भन्ने विषयमा बहस हुन थालेपछि पनि हुन्छ ? १५ दिन युरोपमा गएर बस्दैमा एउटा सासदले संघीयता बुझ्छ भन्या ? संघीताको कुरा गर्दा सिंगो देश बुझ्नु पर्यो । सबै जातजायि बुझ्नु पर्यो । सबै भाषाभाषिलाई बुझ्नु पर्यो नि त ? नेपाल जान्नु पर्यो । संघीयता दिने । स्रोत र साधन बाडफाँड गरेर डा. हर्क गुरुङले उत्तरदेखि दक्षिणसम्म काटेर वैज्ञानिक ढंगले विभाजन गरेको कुरालाई दिनसक्नु पर्यो नि ? संघीयताको विषयमा विज्ञ नराखिकन छलफल नै नगरीकन स्थानीय स्पेसको स्रोत साधनलाई अध्ययन नगरी गर्न सकिदैन । हावाको भरमा यति प्रदेश र उति प्रदेश भन्छौ । के हो त आधारभन्दा नेताहरूसँग यसको स्पष्ट जवाफ छैन । हाम्रो कमजोरी यही नै हो ।
तथ्यविनाको संघीयता दलहरूबीच सहमति फुस्रो गफ पहिलो कुरा त नेताहरू संघीयताको विषयमा आफूहरू नै स्पष्ट छैनन जसको कारणले सहमति कायम हुन नसकेको हो । यो राष्ट्र हाम्रो हो । यसलाई बनाउनु हामी सबैको दायित्व र कर्तव्य हो । अधिकारबाट बञ्चित भएकाहरूलाई कसरी अधिकार दिन सकिन्छ । स्वास्थ्य मन्त्रालयले चेपाङको बच्चालाई एमविविएसको कोटा छुट्टयाएको छ । पहिला त सरकारले प्राथमिक तहमा पो गर्नुपर्छ त ? यस्ता कुराहरू छन् । भाषाको विकास हामीले गर्न सकनौ । नेपाली भाषाको विकास नै भएन । नेपालमा नेपाली भाषामा पिएचडी नै गर्न पाइदैन । हामीले १४० वटै भाषाको विकास गर्न सकेनौ । भाषाको अनुसन्धान गर्नु पर्यो ।
मौखिक संघीयता कति दिन टिक्ला ?
पहिचान भन्ने बडा गाह्रो छ । कसरी दिने पहिचान ? पहिचान भनेको शिक्षामा झल्किन्छ । अर्को ल्यान्डमा झल्किन्छ । जातीय पहिचान के हो ? पहिचानमै कम्फुजन छ । नाम राखेर मात्र हुन्छ । हामीलाई उल्टो डोहोर्याउँदै छन । ग्लोबलाइजेसनलाई रोक्ने सामर्थ्य यी पार्टीहरूमा छ र ? संविधानमा संघीयतालाई थाति नै राखेर जाने कुरा पनि अहिले आएको छ । देश नै विकास गर्न हो । जनतालाई सेवा सुविधा दिन नै हो भने संघीयताका प्रिन्सिपल राम्रो छ । नेताहरूले मौखिक ढंगले बनाएको संघीयता नेपालमा कति टिक्ला ? यिनीहरूको बुद्धि । स्पेसलाई आधार नै लिदैनद । स्रोत र साधानको कुरालाई आधार नै लिदैनन । एक चोटी टुप्पा–टुप्पाको कुराहरू छन । यति प्रदेश र उति प्रदेश भन्ने कुरा गर्छ । संघीयताको कन्सेप्टमा यिनीहरू ९० प्रतिशत गलत छन् । ग्लोवजाइजेसनको प्रिन्सिपल भनेको फुटाउ र राज गर भन्ने हो । धेरै जादैन भन्छन,डेबिड हावेर्ट । अहिले भेगेको संक्रमणकाल स्वभाविक नै हो ।
नेपालमा आदिवासी नै छैनन !
नेपालमा आदिवासी नै छैनन । मैले पढेको पेपर अनुसार अहिलेसम्म भएका अध्ययन अनुसन्धान गरेको पेपरलाई हेर्ने हो भने नेपालमा आदिवासी छैनन् । यो कुनै हावादारी कुरा होइन तथ्यले पुष्टि गरेको छ । फ्रान्सेली साइन्टिसहरूले तामाङ, मगर राई लिम्बुहरूको विषयमा अध्ययन भएका छन् । राई लिम्बुको विषयमा स्वर्गीय इमानसिंह च्याम्जोङले स्पष्ट लेखिदिएका छन, पश्चिम बंगालबाट आएको हो भनेर हिमालय रिर्सचले भाषाको विषयमा अध्ययन गरेको छ । नपाली कम्युनिटी कसरी बनेको छ । हामी बेबिलियो पर्सियाबाट भाग्दै–भाग्दै खसहरू बर्मा भारत हुँदै नेपाल आएको देखिन्छ । हामी मुसलमानहरूको डरले भाग्दै भाग्दै आएका हौ । खसहरूसँगै किराँतीहरू पनि नेपाल आएका हुन् । बाँच्नको लागि संघर्ष गर्दै लडाइँको डरले भागेर र शिकार खेल्न पसेर बनेको देश हो । अनुसन्धानलाई आधार मान्ने हो आदिवासी कोही पनि छैन । आफ्ना कुर्सीका लागि पैसा कमाउ राजनीतिक पावरमा कसरी पुगौ भन्ने उदेश्य राखेर भनिएको जस्तो देखिन्छ । जातजातिको विषयमा हाम्रो देशमा समस्या छ । इण्डीया बंगलादेश र नेपालमा छ । जात हराउँदै गएको छ । जातलाई अहिले उल्टो ढंगबाट उचाल्दै छन । दलित र बाहुन भनेर कत्रो बार लगाइदिएको छ ?
राज्यले दिने थोरै सुविधा ।
संघीयता भनेको ठूलो भिजन राखेर बनाइने चिज हो । संघीयताको लागि हावामा गुडाएर हुँदैन सडकमा कुदाउनु पर्छ अब समय लागोस । स्पेसमा भएका स्रोत र साधान सबै बाहिर ल्याउनु पर्छ । हामी कुन कुर्सीमा बसेका छौ, कुर्सीको स्पेस कति लिएको छ सामार्थ्य कति छ ? सघीयताको गाडि त हावामा कुदाउँदै छन । हाम्रो नेपाली समाजमा बोक्सी भनेर परालको मुठो बाल्छौ । हाम्रो मिडियाले दिशा गरेपछि हात धुनुपर्छ भनेर सिकाउँछौ । हामीले अहिलेसम्म दिशा धुनै जानेका रहेनछौ । खानको त कुरै छाडिदिनुहोस । फोहोर हो भन्ने कुरा बुझेकै रहेछनौ । हाम्रो स्पेस । हामी कति जातजाति छौ ? तिनीहरूलाई कति पावर दिन सक्छौ । आफ्नो मूल्याङ गर्नु पर्यो । जुन पावर हो लोकल मानिसहरूले आफ्नो स्रोत साधान खर्च आम्दानी कति हुन्छ भनेर विस्तृत अनुसन्धान गरोस । केपी ओली, प्रचण्ड, सुशील कोइराला, बाबुराम भट्टराई राजनीति गर्न जान्दछ । त्यो उनीहरूले गर्ने काम हो । जान्दै नजान्ने विषयमा हात हालेर कसरी सकिन्छ ? सबै धामी सबै झाँक्रीकोस्थिति छ । बाहिर मूलुकहरूमा संघीयताको विषयमा राजनीतिक दलका नेताहरू कक्षा लिन आउँछन । हाम्रो विज्ञ भनिनेहरू मेरो जागिरेको प्रोमोसन गरिदेऊ भनेर धाउने गरेका छन् । कति लाजमर्दो कुरा होभन्दा अरु के हुन सक्छ ? यो देशमा सुनको टुक्रो भयो भने सबैको होइन र भन्या । पार्टीका मान्छे राखेर टोली गठन गरेको थिए । धुलिखेल जिआइएस गरेर कता कतिा टेलुलमा नक्सा राखेरर स्रोत र साधनको अध्ययन नै नगरी हावादारी ढंगले बुझाएको प्रतिवेदनले संघीयताको बाँडफाँड हुन सक्दैन ।
यसरी जन्मियो संघीयता
संघीयता जन्म युरोपमा दोस्रो विश्वयुद्धमा भयङकर रक्तपात भएर धेरै ठूलो क्षति भएपछि त्यहाँका स्थानीयहरूको सक्रियामा जन्मिभएको हो । संघीयता कसैले जन्माएको प्रिन्सिपल होइन । संघीयता एक आपसमा स्थानीयले जन्माएको हो । दोस्रो विश्वयुद्ध पछि ठूलो रक्तपात पनि युरोपका देशहरूमा हाम्रो विकास गर्नको लागि एक हुनुपर्छ भन्ने कन्सेप्टमा संघीयता जन्मियो हो । सबैले मान्ने नम्स भ्यालुजलाई वेसिक आधार बनाएर फ्रेडेसन र इन्च्युट गर्ने कुरामा जन्मिएको हो संघीयता ।
–कुराकानीमा आधारित
नेपाली हेड लाइन्सबाट साभार !