भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

मलेस्या आउदै हुनुहुन्छ ?

सम्प्रेषक : खांट्टी कुरा Tuesday, October 21, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
सप्पै लाउरे भाको देखेर यो ज्यानलाई पनि लाउरे बन्ने भूतले समातेको हुँदा हुँदो खाँदोको सलाम लिने दिने जागिरलाई अल बिदा गरेर औरेजी तारिख भन्ने सन २००४ को डिसेम्बर ९ तारिखा बंगाली बोन्धुहरूको देश हुँदै मलेसिया छिरेपछिको घटना आज हजुरहरूलाई सुनाउदैछु !

दृश्य: १
मलेसियाको राजधानीको मुख्य हवाई अड्डाको भित्र अध्यागमनमा हामीहरू १८ जनाको डफ्फा पुग्नु र इन्डोनेसियाको हुल आई पुग्नु एकै साथ पर्यो ! लस्करै अध्यागमनको जाँचपास काउन्टर ! हामीलाई लिन कम्पनीबाट प्रतिनीधि आई पुगेका थिएनन भने अरु देशबाट आउने कामदारहरूको पनि स्थिति त्यही नै थियो !
दृश्य: २
बिस्कुटको जस्तै चारपाटे मुख नथुनिएको कार्टुन त्यो भित्र काउब्वाई जिनको पाइन्ट १ थान, १ थान टिसर्ट, सेतो रंगको स्त्रीले छातीमा लाउने चेस्मा, कट्टु आदि छेउमै राखेर टुक्रुक्क बसेका इण्डोनेसियन भर्खरका देखि अर्ध बैंसका युवतीहरू र ती सबै मै जस्तरी ठुला तथा रंगिन सपना देख्दै पसिना बेच्न आएका हुन भन्ने मेरो बुझाइ किनभने त्यो बेला म मलेसियाको भाषा बुझ्दिन थिए !
दृश्य: ३
कम्पनीबाट प्रतिनीधिहरू हामीलाई पनि र तिनीहरूलाई अनि अध्यागमनबाट छुटाउन आईपगेको जनाउ पाइयो ! बिदेशी कामदारहरू आफू खुसी अध्यागमन पास गर्ने चलन रैनछ ! अध्यागमनको प्रकृया सकेर लागियो हामीहरू आफ्नो गन्तव्यतिर तिनीहरू उनीहरूको गन्तव्यतिर त्यस पछि आजसम्म ती अनुहार देखिएको छैन !
दृश्य: ४
पाले अर्थात सेक्युरिटी गार्डको जागिर कहिले पनि एकै स्थानमा हुन्न ! यो कम्पनीबाट आर्को कम्पनी यस्तै गरी सुरक्षाको काम गर्नु पर्ने तर मेरो हकमा त्यो भएन मेरो एकै स्थानमा रात्रि सेवा दिनु पर्ने भयो जुन आजको मितिसम्म कायमै छ तर फरक के भने तीन वर्ष पहिला सुरुको सेक्युरिटी गार्ड सप्लाई गर्नेको मातहतमा बसेर काम गरियो भने त्यसपश्चात आफ्नै जिम्मा जमानीमा आएर काम गरियो !
दृश्य: ५
सुरुको कम्पनी अर्थात सन २००५ देखि २००७सम्म रात्रि एकै स्थानमा डिउटी गरिएता पनि दिउसो ओभर टाईम गर्न गइन्थ्यो ! म प्राय औधोगिक क्षेत्रको एरियामा पर्थे ! नगर पालिकाको जस्तो गरी ढाट तान्ने खोल्ने र औधोगिक क्षेत्र भित्र आउने सवारी चेक जांच देखि दर्तासम्म गर्नु पर्ने ! म अलि फराकिलो मिजासको भएकोले गर्दा मेरो वरी परि नेपाली देखि बंगालीहरू खुब झुम्मिन आउथे ! म चुट्किला सुनाएर हल्का फुल्का मनोरंजन गरी दिन्थे यी सबै प्राय आईतवार हुन्थ्यो किनभने यता आइतबार छुट्टी हुन्थ्यो !
दृश्य: ६
सेतो लेडिज टिसर्ट लाकी अन्दाजी ३५ काटेकी मोटी मोटी पछाडि झोला भिरेकी हेर्दा झ्वाट्ट तामांगनि जस्तै देखिने २ जना आईमाई मेरो छेउमा आई ! एउटीले बोली अप्ठ्यारो पारेर 'नोमस्ते दाइ' भनी ! बोली नेपाली हैन तर नेपाली बोलेको देख्दा म छक्क परे तर मैले सोध्न नपाउदै उसैले भनी म इण्डोनेसियन हो तर मेरो लोग्ने चैँ नेपाली ! नाम भिम बादुर तामांग घर भोजपुर !
अनि मैले सोधे खै त लोग्ने ?
जवाफ दिइन ऊ त नेपाल गयो ! अब आउदैन भनेर अन्वार अमिलो पारेर खिसिक्क हास्दै भनी जान्छु है दाइ नोमस्ते ! मैले हस भने तर जिल्ल परेर हेर्नुभन्दा अरु के नै थियो र !
दृश्य: ७
एक दिन डिउटी बदल्न ढिला आयो ! झमक्क साँझ पर्दै थियो ! मैले डिउटी लिएको अगाडि झाडी जस्तै ठाउँ थियो ! टन्नै नेपाली तथा बंगालीहरू जोडी भएर गफ गर्दै थिए ! सुँक्क सुँक्कबाट रुवाबासिको आवाज आयो ! अगाडि बाटो हिड्दै गरेको एक जना पूर्वतिरको भाइलाई सोधे के भाको हो भनेर ! ती भाइले हास्दै जवाफ दिए यस्तै हो दाइ यता ! भोलि फिनिस जान लागेका हुल हो त्यही भएर रुवाबासी मच्चेको तर यो सबै नक्कली हो ! हाम्रा नेपाली र बंगाली गयेसी आर्को खोज्छन ! पैसा हो दाइ सबै !
दृश्य: ८
सायांग साया हारी जाडी सुडा साम्पाई (प्रिय मेरो जन्म दिन आई पुग्यो) केटीले लाडे पल्टिदै भन्छे ! यस्तो जन्म दिन उसको वर्षको ३/४ चोटि आउछ रे ! जन्मदिनको माग औठी देखि सिक्रीसम्म हुन्छ भन्थे !
नेपालबाट आको २/३ महिनासम्म मात्र हो नेपाली गाई जस्तो सिधा ! ३ देखि चार महिनामा सयकडा पाँच काढेर आको ऋण तिर्छन ! त्यस अछी त्यो बिचमा भाषामा पारङ्गत ! काम गर्ने फ्याक्ट्रीमा कुममा कुम जोडेर बस्ने हो भन्छन !

हाम्रो गाउँको १ जना भाइ मलेस्या आको धेरै वर्षसम्म फर्केनछ ! म छुट्टी गाको बेलामा बुढी आमै मलाई भेटन आई सायद छोरासँगै हो कि भन्ने आसले ! सबै कुरा बुझेपछि मैले भने आमै एउटा सजिलो उपाय सिकाई दिन्छु है ! आमैले भन्नुभो हस बाबु ! मैले भने तपाईको ब्वारीलाई फुन गर्न लाउनु र भन्नु 'आमाको मुख हेर्ने भए तुरुन्त आउनु अर्जेन्ट' ! छोरा आयेसी छोराको पासपोट आगामा हाल्दिनुस त्योभन्दा आर्को उपाय छैन !
बुढीमाउले त्यस्तै गर्नु भएछ ! छोरो आई पुग्यो अहिले गाउँमै छ तर पासपोट आमैले जलाई दिइन ! फेरि फर्केर जाने हिम्मत गरेन र मैले माथि उल्लेख गरे झैँ ऊ पनि आर्को भिम बादुर भो !
नेपाली मात्र हैन बंगाली सम्मका कामदारहरू इण्डोनेसिया, फिलिपिन्स, भियतनामी, कम्बोडिया अनि यतैको स्थानीय मले, चाइनिज र दक्षिण भारतीय केटी देखि आईमाईहरूसँग लागेर आफ्नो महिनाभरिको कमाई स्वाहा गर्ने असंख्य छन !

कोही कसैको मान मर्दन गर्न भनेर यो लेख लेखिएको हैन तर हिजो जे सोचेर मुग्लान पसिएको हो त्यो एकफेर सोच्ने हो भने दुख: गरेर कमाएको पुंजी नेपाल भित्रिन्थ्यो र आफ्नो परिवार देखि देशको अर्थतन्त्र सम्ममा टेवा पुग्लाकि भन्न मात्र खोजिएको हो !
यता मलेसिया आउदै हुनुहुन्छ भने चार कुराको ख्याल गर्नु भो भने राम्रो हुनेछ त्यो हो केटी, रक्सी, टोटो भन्ने चिट्ठा जस्तै जुवा र चुरोट !
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com