भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

नेपालको कम्युनिस्ट पार्टीमा लाग्नेहरु मान्छेनै हैनन

सम्प्रेषक : खांट्टी कुरा Wednesday, October 8, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
साभार: सेतोपाटी बाट

कम्युनिस्टहरु मान्छे नै हैनन भनेको १/२ जना साथी त्यो पनि मै जस्तो लाउरेहरुलाई मार्का परेछ ! म मेरो अडानमा १ रौँ पनि पछी हटेको छूईन ! रिसाउनुस, खुसाउनुस त्यो संग पनि मतलब भएन ! नेपालको कम्युनिस्ट पार्टीमा लाग्ने र लाग्न उक्साउन देखि जानेर नजानेर कम्युनिस्ट बन्नेहरु सबै साउन भदौमा आँखा फुटेको गोरु जस्तै हुन !
अब भन्नुस किन ?
प्रश्न तपाईहरुको यहि हुन्छ ! मनमनै लाख गालि पनि दिनु भाको होला ! गालि दिनुस ताली तिनुस केहि फरक पर्दैन किनभने बाईरोडको बाटो अर्थात त्रिभुवन राजपथलाई म कहिले पनि पृथ्बी राजमार्ग जस्तो सिधा भनेर भन्न सक्दिन !
पन्चेत ब्यबस्था निरंकुस हो ! बोल्न देनन, अभिव्यक्तिको स्वतन्त्रता देखि मानव अधिकारको हनन भयो ! मुख्य यिनै तिन कुरालाई उचालेर २०४६ मा पन्चेत फालेको आजको मिति सम्मको गणना गर्दा २५ बर्ष हुन् लाग्यो ! पन्चेतले जम्मा ३० बर्ष सासन गर्यो ! निरंकुस राजतन्त्र भनेर एकदम थोरै बिदेसी सहायता पाउने त्यो पंचायतले जोडेको कलकारखाना निजीकरणको नाउँमा बेचेर खाने प्रजातन्त्र कसरि उत्कृस्ट भयो ?
चलि राखेको कल कारखाना बन्द हड्ताल गर्नेमा नेपालको कम्युनिस्टहरु अग्र पंक्तिमा पर्छन ! कारखाना स्वाहा भएर आफु बेरोजगार भए, हात गोडामा शक्ति हुन्जेल जिन्दाबाद र मुर्दाबाद देखि लाल सलाम भन्ने ति हातहरु जब कुँजो भो तिनका सन्तान खाडी मलेस्या जानु बाध्य पर्योकी परेन ?
मानव अधिकार कत्तिको हनन भो त्यो २५ बर्षको मानवाधिकारका खेतालाहरुले बनाएको ग्राफको ठेली थुक लगाई लगाई पल्टाएर हेर्नुस तस्बिर आफै बोल्छ ! आँखा अगाडी भएको प्रत्यक्ष घटना देख्दा देख्दै, भोग्दा भोग्दै अझै पनि हात मुठो पारेर आकास तिर फर्काउदै 'लाल सलाम' भन्नेहरुलाई साउन भदौमा आँखा फुटेको गोरु भनेर किन नभन्ने ?
भन्नु होला कांग्रेस नि ?
कांग्रेसीहरु त नेपाली नै हैनन ति भारत माटाका ठिमाहा हुन ! सत्तामा आउना साथ मातालाई नदीनाला भेट चढाउने कसरि सच्चा नेपालि हुन्छ ?
त्यसैले कुरा यिनै हुन यस्तै हुन ! बिकास भो कि बिनास भो भर्खरै सेतो पाटी भन्ने डिजिटल पत्रिकामा प्रकाशित यो ग्राफ हेर्नुस ! ऐना जस्तै छर्लंग हुन्छ ! खाँटी मान्छेको खाँटी कुरा !
 जनक मान डंगोल।janakdangol@gmail.com

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com