भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

के हो त ‘हुदहुद’ भनेको ?

सम्प्रेषक : खांट्टी कुरा Wednesday, October 15, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
जनक मान डंगोल।janakdangol@gmail.com

हिजो आज ‘हुदहुद’ भन्ने नामले निकै चर्चा पाइरहेको छ तर धेरै पाठकहरूलाई यो ‘हुदहुद’ को विषयमा जानकारी नहुन पनि सक्छ ! खाँटी कुराको प्रिय पाठकहरूलाई जानकारी होस भन्ने अभिप्रायले खोजखाज पारेर यो आलेख तयार पारेको छु !
समुद्रले छोएको देशहरू मिलेर भविष्यमा आउने आंधी तुफानको नाम अगाडिनै राख्ने चलन छ त्यसैले नेपालको दक्षिणी मित्र राष्ट्र भारतमा भर्खरै आएको आंधीको नाम ‘हुदहुद’ भनेर आजभन्दा अगाडिनै खाडी राष्ट्र ओमानले राखेको हो !

‘हुदहुद’ वास्तवमा चराको नाम हो र यो ‘हुदहुद’ नाम गरेको पंक्षीले ईज्राइलको राष्ट्रिय पंक्षीको रुपमा मान्यता पाएको चैँ इस्वी सम्बत २००८मा हो ! तत्कालीन ईजराईली राष्ट्रपति सिमोन पेरेजले एक लाख पचपन्न हजार जनताको बिचमा गराईएको जनमत सर्बेक्षणपश्चात ‘हुदहुद’ पंक्षिलाई ईजराईलको राष्ट्रिय पंक्षी भनेर घोषणा गरिएको हो !
‘हुदहुद’ पंक्षीको विषयमा निकै रोचक कथा पनिरहेको छ ! ईतिहास तथा धार्मिक ग्रन्थ ‘कुरान’मा बादशाह हज़रत सुलेमानको पनि चर्चा छ ! यी तिनै बादशाह हुन जसको आदेश हावा, पशु पन्छी देखि जलचर जीव माछाले समेत पालना गर्थे भनेर लेखिएको छ !

कथा अनुसार एक दिन बादशाह हजरते सुलेमान आफ्नो बाहन बाजमा सवार भएर आकास मार्ग हुँदै कतै जाँदैथे ! प्रचण्ड गर्मी र घामले गर्दा बादशाहको अवस्था थकित गलित भइसकेको थियो त्यही बेलामा आकास मार्गमा ‘हुदहुद’ चराको झुण्डले बादशाहको हालत देखेर बादशाहभन्दा माथि आफ्ना दुवै पखेटालाई स्थिर राख्दै बादशाहलाई सितल होस भनेर उडान भरेछ्न !
बादशाहले पंक्षीहरूले त्यस्तो राम्रो गरेको देखेर अत्यन्त प्रसन्न भएर बर माग्नु भनेछन ! धेरै दिन पछि ‘हुदहुद’ पंक्षीको नाईकेले हामी सबै पंक्षीहरूको शिरमा सुनको मुकुट होस भनेर मागेछन ! तिनीहरूको माग सुनेर बादशाहले गम्भीर हुँदै भनेछन ‘तिमीहरूले गतोलो माग मानेनौ अब तिमीहरूलाई सिकारीहरूले सुनको लोभले गर्दा बाँकी राख्दैनन भनेछन तर पनि बाचा हारिसकेको बादशाहले सबै ‘हुदहुद’ पंक्षीको शिरमा सुनको मुकुट होस् भनेर बरदान दियेछ्न !

बादशाहको भनाई नभन्दै सत्य ठहरियो ! ‘हुदहुद’ पंक्षीहरूलाई सिकारीहरूले खोजी खोजी मार्न थाले ! बिस्तारै बिस्तारै गर्दा बंसनास हुने देखेर एकदिन ‘हुदहुद’ पंक्षीको नाईकेले बादशाहलाई गएर गुनासो गरेछन र बादशाहले सुनको मुकुटको सट्टामा तिमीहरूको शिरमा ‘कल्की’ मात्र होस भनेर बरदान दिएछन र त्यो दिनबाट आजको मिति सम्ममा ‘हुदहुद’ पंक्षीको शिरमा ‘कल्की’ देखिएको हो भन्ने किम्बदन्ती छ ! तस्वीर प्रस्तुत गरेको छु शिरमा कल्की भएको ‘हुदहुद’ पंक्षीलाई तस्बिरमा हेर्नुहोला !

‘हुदहुद’ पंक्षी जासुस पंक्षी पनि हो र दुतको काम पनि गर्थ्यो भन्ने भनाई पनि छ ! बादशाहको रानी आजको यमन भन्ने देशको हुनरे ! रानीले सूर्य भगवानको पूजा गर्छिन भनेर ‘हुदहुद’ पंक्षीले नै बादशाहलाई जानकारी दिएको रैछ ! त्यो जानकारीपश्चात बादशाहले रानीलाई डाक्न पठायर सोधपुछ समेत गरेका हुन भन्ने कथन पनि छ भने ‘हुदहुद’ पंक्षिले बादशाह र यहुदीहरूको बिचमा दुतको समेत काम गर्थ्यो भन्ने कथन पनि रैछ !
यी सबै मिथक कथा हुन ! हुन त सबै धर्म मिथक कथाहरूमा नै आधारित छ ! ‘खाँटीकुरो’ को प्रिय पाठकहरूलाई ‘हुदहुद’ भनेको के रैछ भन्ने बारेमा जानकारी होस भन्ने हेतुले यो मिथक कथा सहितको आलेख बनाएर प्रस्तुत गरेको हु र जानकारी एवम यो मिथक कथाको श्रोत मिर्ज़ा एबी बेग बीबीसी उर्दू, दिल्लीमा आधारित छ !
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com