भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

यो गाइजात्रा हो कि भेँडा जात्रा ?

सम्प्रेषक : खांट्टी कुरा Monday, August 11, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
दिवाकर मैनाली। हेटौडा,मकवानपुर 


राजा प्रताप मल्लले शोकमा डुबेकी आफ्नी रानीलाई खुशी बनाउने उद्धेश्य अनुरुप जनता भेला गरी निकालिएको गाइजात्रा बिस्तारै बिस्तारै सिँगो मुलुकमा नै एक पर्वको रुप दिएर मनाउन थालियो । जनै पूर्णीमाको ठिक भोलि पल्ट निकालीने यस गाइजात्रा पर्वले सारा जनतामा खुशी, उमंग र हाँस्न हसाऊन सफल भयो ।

गाइजात्रा हिन्दू धर्म भीत्र पनि नेवार जातीहरूले विशेष महत्वका साथ मनाउने गर्दछन् । गाइजात्राको दिन पारेर आफ्ना पितृहरूको नाममा दान दक्षीणा वा सत्कर्म गर्नाले पितृहरूले मुक्ति पाउने जनबीस्वास नेवार जातीमा छ । त्यसैले नेवार जातीहरूले यसलाई छुट्टै महत्व दिने गरेका छन् ।

अर्को तर्फ हेर्ने हो भने वर्षाको खेती को अन्त भएको दिन अर्थात जतिपनि वर्षे खेतीहरू छन् ती सबै यो पर्वभन्दा अगाडिनै सकिइ सक्ने भएको हुनाले वर्षे खेतीमा गरिएका दुखलाई बिर्सन सबैजना आफ्ना र आफन्त एक ठाउमा जम्मा भई रमाइलो गर्ने मिठो मसीनो पक्वान बनाएर खाने र खुशीका साथ हास्ने र हसाउने अवशर को रुपमा पनि यो पर्वले निरन्तरता पाएको हो भन्ने भनाइ छ ।

गाइजात्रा पर्वले एक महत्व राखे पनि हाल भने गाइजात्रा पनि लोकतान्त्रिक ब्यापार भएको छ । बिभिन्न कलाकारले एउटा कमाउने अवसर को रुपमा पनि यस्को प्रयोग गर्ने गरिन्छ । कलाकारहरूले होडबाजीमा अरुको नक्कल (क्यारिकेचर) गर्ने, अरुले गरेका काम कर्तव्यलाई गीज्याउने वा खिज्याउने र आफूलाई हाँस्य कलाकार साबित गरेर पैसा कमाउने पर्वको रुपमा पनि मनाउदै आइरहेका छन ।
२५ वर्ष देखि निरन्तर चल्दै आएको गाइजात्रे देशमा अब कलाकारले जे जति नै गर्दा पनि हासीदीने जनता नभय पछि कलाकारहरूको यो पेशा पनि धरापमा पर्न थालेको छ । जनता कलाकारले गरेको अरुको नक्कलभन्दा पनि नया नया ब्यवस्था हुदै पलाएका र प्रसिद्ध भयका बिभिन्न राजनीतिक दलहरूले बनाएको देशको को स्थिति पनि गाइजात्राभन्दा कम छैन ।

सिँगो देशमा नै दैनिक मौलाएको गाइजात्राले जनता वाक्क भैरहेकै बेलामा पर्वको रुपमा मनाइने एक महत्वपूर्ण चाड पर्व नै धरापमा परिरहेको छ । अगाडि बढ्नु पर्ने मुलुक पछाडि धकालेका छन, देशमा अराजकता दिन प्रतिदीन मौलाएकै छ । न कानून छ न कुनै नियम अनि जसको शक्ति उसैको भक्ति भनेझैँ एउटा समुह अराजक फैलाउछ अर्को समुह बन्द हडताल, नारा जुलुस गर्दछ । यो कार्य पालै पालो श्रीँखला बद्ध चलिरहेको छ ।

जनताले एकदिन पर्वको रुपमा गाइ निकालेर मनाइने पर्व भएको हुनाले यो पर्वको नाम गाईजात्रा भएको हो तर राजनीतिक दलहरूले जनता निकालेर दिन दिनै अर्थात दैनिक गर्ने जात्रालाई अब के भन्ने त ? त्यसैले नेताले जनतालाई भेडा बनाइसकेको हुँदा तसर्थ यो पर्वको नाम पनि परिमार्जन गरी लोकतान्त्रिक नाम भेडा जात्रा राख्ने हो कि ?


.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com