भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

कानेखुसी गर्दाको घातक परिणाम !

सम्प्रेषक : खांट्टी कुरा Saturday, November 22, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
-जनक मान डंगोल
कानमा खासखुस गर्नेलाई नेपालीमा 'कानेखुसी' भन्छन भने छिमेकी हिन्दुस्थान भनिने भारतमा 'मन्त्रणा' भन्छ ।
मन्त्रणा अर्थात कानेखुसीत हाम्रो देसमा गुरुहरुले बटुकहरुलाई गायत्री मन्त्रको ज्ञान दिने बेलामा मात्र गर्छन ।
छिमेकी हिन्दुस्थानमा कानेखुसी अर्थात 'मन्त्रणा' लाई भारतीय रास्ट्रपिता भनिने 'बापू' अर्थात महात्मा गान्धीले भित्र्याका हुन ।
अंग्रेजको ईसारामा धर्म निरपेक्षको ठेकेदार कांग्रेसी नेता स्व.पण्डित जवाहरलाल नेहरु संग खुसुक्क कानेखुसी गरेर महात्मा गान्धीले भारतलाई हिन्दुको लागी भारत र मुस्लिमको लागी पाकिस्थान बनाएकै हुन।
नाथुराम गोड्सेले गान्धीको हत्या गर्दाको बेलामा खिचिएको तस्बिर साभार गुगल सर्च
बिसाल देस टुक्र्याको सहन नसकेर नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गरेका हुन भनेर भारतको ईतिहासले भन्छ ।
देखावटीरुपमा गान्धीलाई मान्छन तर सच्चा हृदयले भारतीय जनता पार्टीले महात्मा गान्धीलाई मान्दैनन भन्ने भनाई पनि छ ।
छिमेकी भारतमा जे जे गर्यो नेपालमा पनि त्यहि त्यहि गर्ने चलन छ । २०४६ साल पछी नेपालमा पनि 'कानेखुसी' गर्ने चलन उल्का संग बढेको छ ।
कानेखुसीकै भरमा स्व. गिरिजाले आफ्नै बहुमतको सर्खारलाई ढाले मानौ त्यतिखेर उनि नेपालको नभएर जापानी प्रधानमन्त्री हुन किनभने जापानमा आफ्नो सक्ति देखाउन आफ्नै बहुमतको सर्खार हुँदाहुँदै पनि संसद भंग गरेर मध्यावधि चुनाव गराउने चलन छ । हिजो भर्खर जापानी प्रधानमन्त्रीले संसद बिघटन गरेर देखाका छन ।
कानेखुसी गरेकै भरमा देसमा 'प्रजातन्त्र' फालेर 'लोकतन्त्र' ल्याए र बिना जनमत देसमा धर्म निरपेक्ष लागु गरेर सदियौ पुराना राजतन्त्रलाई निलम्बनमा पारेर देखाए ।
भन्नलाई 'पुर्व राजा' र 'पुर्ब राजतन्त्र' भनेर भन्छन तर राजतन्त्र पूर्ण रुपमा बिघटन गरेको भन्ने के आधार र प्रमाण छ । संबिधान सभाको दुवै चुनावले पनि लोकतन्त्र स्थापनाको लागि यो संबिधान सभाको निर्वाचन गराइएको भनेर भन्छ ।
जब सम्म संबिधान सभाको पूर्ण बहुमतले स्थाही संबिधान बनाएर राजतन्त्र हटाएको लिखित घोषणा गर्दैन तब सम्म पुर्ब हैन निलम्बित राजतन्त्र र राजा भनेर सम्बोधन गर्नु पर्छ ।
कोठे बैठक
यस्तै कोठे बैठक गरेर बाबुराम भटराई प्रधान मन्त्रि बनेका हुन तस्विर साभार गुगल सर्च
लोकलाई देखाउन अझै पनि कांग्रेस, एमाले र माओबादी नामका तिन थाने लोकतन्त्रका कथित भरियाहरु गाँड कोराकोर गर्छन, एकले आर्काको सत्तो सराप देखि लिएर न्वारान देखिको बल निकालेर गालि बेईज्जति गर्न समेत पछी हट्दैनन तर आज आठ बर्ष हुन लाग्यो यिनीहरुको 'कानेखुसी' भनिने भारतीय 'मन्त्रणा' आजको मिति सम्ममा जारिनै छ । यिनीहरुको 'कानेखुसी' ले कुन दिन नेपाललाई 'सिक्किम' जस्तो बनाउने हो त्यसको कुनै टुंगो छैन किनभने हेर्दा यीनिहरू नेपाली नागरिकताधारी हुन तर सक्कली नेपाली नभएर यी सबै बिटुली सकेका छन । सक्कली नेपाली राजनेताहरु लाई देस र जनता दुख्छ । आज २५ बर्ष भयो यी प्रजातन्त्र देखि लोकतन्त्रका ठेकेदारहरुले नेपालमा प्रजातन्त्र देखि कथित लोकतन्त्र लादेका, अब भन्नुस देस र जनताले पायो चैँ के ?

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com