पौराणिक कथाको पात्र जसलाई हामी मिथक कथा पनि
भन्छौ अर्थात काल्पनिक कथा ! काल्पनिक भनेको कल्पना गरिने चिज हो ! भगवान आज सम्म
कसैले पनि देखेका छैनन तर आस्था राख्छन र राखिन्छ्न भने आस्था राख्नेहरुको आस्थामा
ठेस पुर्याउनु त्यो मानवता बिरुद्धको अपराध हो !
मिथक कथा कसैले रचे ! कथाकारले रचेको प्रत्येक
सब्दलाई केलाएर पढ्नु पर्छ र यदि लेखिएको कथा बस्तु समाजको हित बिरुद्ध छन भने
त्यस्ता कथालाई ग्रहण गर्नु पर्छ भने कुनै जरुरि छैन !
माहाभारतकै कथाको भित्रि पाटो हो 'गिताको सार'
! भगवान श्रीकृष्णको चरित्रलाई टाढा राख्ने हो भने महाभारत कथा पूर्ण हुन सक्दैन
थियो यो ठोकुवाको साथ भन्न सकिन्छ र जिबनको बारेमा यथार्थ चित्र बर्णन गरिएको छ
महाभारतमा ! काम, क्रोध, लोभ र मोह नै जीवनको एउटा पाटो हो !
भगवान श्रीकृष्णको बारेमा धेरै कथा, कहानी
देखि उपन्यास सम्म रचिएका होलान ! सबै कथामा लेखाई भिन्न भिन्न भएता पनि कथाको मूल
सार त एकै हैन र ?
भगवान श्रीकृष्ण प्रति गोकुल धामको १६०० गोपिनी
आसक्त थिए ! कथाले यहि भन्छ ! आसक्त भन्ना साथ त्यसलाई काम बासनामा जोडेर हेर्न
सकिदैन ! आसक्तकै कुरा गर्ने हो भने राजनीति प्रतिको झुकाव बढ्दै गए पछी पछी राजनीति
पार्टी बिना बाच्न नसकिने हुन्छ भने त्यो आसक्त हो ! नेपालको हालको राजनैतिक
पार्टीको निष्ठावान कार्यकताहरुलाई उदाहरणको रुपमा लिन सकिन्छ ! यदि राजनीतिक
पार्टी प्रति आसक्त नभाको भए के तिनीहरु ज्यानै फालेर लाग्थे ?
१६ सय गोपिनीले भगवान श्रीकृष्णलाई पुजा गर्थे,
श्रद्दा
गर्थे हरदम भगवानको भक्तिमा लाग्थे र भगवानले पनि आफ्नो भक्तिनीहरुलाई अत्यन्त माया
र प्रेम गर्नु हुन्थ्यो ! माया प्रेम भन्दैमा त्यसलाई कामबासनालाई हेरेर जोडन कदापी
मिल्दैन !
नेपालमा २०६३ साल पछी हिन्दु धर्ममा उग्र
प्रहार गर्नेमा बाहिरिया नभएर हिन्दु धर्मकै पालनकर्ताका सन्तानहरु अग्र पंक्तिमा
पर्छन ! लेख्न छुट, बोल्न छुट र खान पिउन छुट भन्दैमा पिता पुर्खा
देखि मान्दै आएको संस्कृति, चलन र परम्परालाई लात हानेर अत्यन्त
घटिया तरिकाले अस्लिल सब्द प्रयोग गर्न सिकाउनेमा बाहुन भन्ने ब्राम्हणहरुनै अग्र
पंक्तिमा पर्दछन र तिनले जे जे सिकाए अरु जातिले त्यहि त्यहि टिपेका मात्र हुन !
पुर्ब एमाले नेता तथा हाल जन जाति पार्टीका
नेता आंगकाजि सेर्पाले हिन्दु धर्मको बिरुद्धमा तथानाम भन्यो भनेर अहिले आएर दुख:
मनाउ गर्नु पर्ने कुनै कारण छैन किनभने हिजो तिनलाई जात, धर्म देखि संस्कृति
र चलन बिरुद्द उक्साउने पनि बाहुन नेताहरु नै हैन र ? नेपालको सबै ठुला
पार्टीमा पहिले देखिने ब्राम्हण नेताहरुको नै हाली मुहाली चल्दै आएको छ र हिजो
तिनले आफ्ना कार्यकर्ताहरुलाई जे जस्तो शिक्षा दीक्षा दिए आज त्यसैलाई ब्यबहारमा
लागु गराएर देखायेका मात्र हुन !
युवा पिढी हौ भनेर कुर्लिने केहि जमाते छन !
जातिले तागाधारी हुन तर आफ्नै बंश, कुल देखि मान्दै आएको धर्म र परम्परालाई
लात हान्दै सामाजिक संजालहरुमा आफ्नै पिता पुर्खाले मानेको धर्मको खिल्ली उडाउने
गरेको देख्दा तिनका अभिभावकहरुले आफ्ना सन्तानहरुलाई सानै देखि गतिलै नैतिक शिक्षा
प्रदान गरेको रैछ जस्तो लाग्छ ! जन्मेका सन्तान काँचो माटो र अभिभावक कुम्हाले हुन
भने कुम्हालेले बनाको भाँडाकुँडानै खोट भएसी कस्को के लाग्छ !
हिन्दु धर्म बाहेकका अन्य धर्ममा चैँ के खोटनै
नभएको हो त ? अरु धर्मालम्बीहरुले आफ्नो धर्म र संस्कृतिको
लागि प्राण न्यौछावर गर्न समेत पछी पर्दैनन भने नेपालमा चैँ कहिँ नभाको जात्रा किन
देखाउछन ? हिन्दु धर्ममा के छ खराबी ? यदि हिन्दु धर्ममा खराबी थियो भने
पस्चिमा ईसाई विद्वानहरुले हिन्दु धर्म माथि पटक पटक किन सोध गरे ? के
आज सम्म ति विद्वानहरुले हिन्दु धर्म बेठिक हो भनेर भन्न सकेका छन ?
हिजो सत्ता र भत्ता नपाउन्जेल हिन्दु धर्म देखि
ब्यबस्था बिरुद्धमा धावा बोल्नेहरुनै आज एक नम्बरको धर्मान्धकारी भाको छन कि छैनन ?
कम्युनिस्टले
धर्म मान्दैन भनेर सिकाको हो कि हैन ? जब धर्म नै नमान्नेले ग्रह शान्ति
भन्दै भैसी पुजा गर्छन ? बाउ आमाको साथ तिर्थ घुम्न निस्क्छ्न ?
भने
अझै पनि हिजोको कुरालाई दिमागमा राखेर त्यसबाट बाहिर निस्किन नसक्नेहरु भनेका ति
मालिकको बफादार दास प्रबितीका हरुमात्र हुन !
आफ्नै धर्मको खोईरो खन्नु भन्दा पहिला धर्म
भित्रको सकारात्मक कुरा हरु के के छन र नकारात्मक के के छन त्यसलाई जाँचेर मात्र
बिरोध गर्ने गर्नुस ! हावाको तालमा अर्बौ हिन्दुहरुको आस्थामा ठेस पुग्ने गरि गोरा
र कुइरेको भाषा प्रयोग गरेर भगवान श्रीकृष्णलाई Play Boy भन्ने अधिकार
तपाईलाई छैन !
भगवान श्रीकृष्ण जन्मास्ट्मीको पावन अबसरमा
भगवानले चेतनाहिन हरुको चेतना पलाउन सद्बुद्धि प्रदान गरुन र सबैमा शुभकामना !
'जय श्री कृष्ण'