भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

जनजाती , दलीत र आफ्नो अधिकार !

सम्प्रेषक : खांट्टी कुरा Wednesday, August 20, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
परापूर्व काल देखीनै नेपालमा चली आएको आ-आफ्नो जात जाती सम्बन्धी हक र अधीकार को नाममा अचेल मुलुकभरी  निक्कै ठुलो चर्चा परिचर्चा हुने गरेको छ । चोक, टोलमा गाउँ समाज देखी लिएर राज्य को अभिन्न निकायमा समेत यसले निक्कै ठुलो स्थान पाएको छ ।

जात जाती सम्बन्धी जति नै वकालत र बहस गरिए पनि अन्त त ठुला र पुँजीवादीहरूको कमाइखाने भाँडोको रुपमा नया ब्यापार साबित भएको छ । जात जाती र धर्म सँस्कार जोगाउनुभन्दा पनि आफ्नो असली जातीत्व छुपाएर डलरको खेती गर्न पल्केका हरूका कारण राज्यमा बिचलन र बिकृतिले अनि अराजकताले दिन प्रतिदीन जरा गाड्दै गइरहेको अवस्था छ ।

जनजाती भनेको के हो र दलित वा गैर दलित भनेको के हो भन्ने वास्तबिक पिडकहरूलाई जानकार नै छैन । को हो त जनजाती ? जन भनेको जनता र जाती भने को जात । जनताको जात अर्थात जनता जनार्दन नै जनजाती हुन ।

नेपाल को तराइ पहाड र हिमालको पूर्व मेची देखी पश्चीम महाकालीसम्म जतिपनि छरिएर बसोबास गरेका नेपालीहरू छन, ती सबै जनजाती हुन् । श्री५ पृथ्वीनारायण शाहले चारजात छत्तीस बर्ण को साझा फुलबारी को उपनाम दिनु भएको हो । नेपाल भित्र जति जाती बसे पनि सबैको समान हक अधिकार छ भनेर उहाँको दिब्योपदेश मानै उल्लेखित छ । फरक यति मात्र हो बिभिन्न काम र कर्तव्य अनुसारनै नेपालीहरू आ-आफ्नो जात को पहिचान कायम गरी बसेका हुन, तर हाल नेपालमा पुँजि पति बर्गले ठाउँ पाउनाले धमीलो पानीमा माछा मार्ने मौका पाएका हुन ।

हीजोका शोसक सामन्तीहरूले समय अनुसार रँग बदलिएर गरीव र निमुखाहरूलाई उक्साएर आफ्नो क्षेत्र बलियो बनाउन सफल भैरहेका छन् । यस्ता सामन्तीहरूबाट भएका जात जाती र धर्म सम्बन्धी विभेद र छुवाछुत को कथित व्यवहारहरू कै कारण तिनै जनताहरू बिभिन्न जात जाती को रुपमा बर्गिकरण भयका हुन् । पुँजीपति को हुक्के चिलीमे र तिनीहरूसँग नजिकिएकाहरू ठुला जाती र बाहिरि काम जस्तै कुटो कोदालो खेती पाती गर्ने जति साना जाती भए ।

ती सामन्तबादिहरूको असली व्यवहारको समयमै सही पहिचान गर्न नसक्दा आज नेपाल भित्र छुवा छुत र जात जाती बीच ठुलो भ्रम खडा गरिदिएको छ । अँझै पनि ठाउँ ठाउँबाट तिनै सामन्तीहरूले जात जाती को लगाम आफूले नियन्त्रणमा राखी डलर को खेती गर्न सफल भैरहेका छन् । हामी सर्वसाधाणले यो कहिल्यै पनि बुझ्न सकेनौ र त्यस्ता व्यक्ति को हामी सधैनै दासी मात्र बनिरह्यौँ । माओवादीको कथित दश वर्षे जनयुद्ध को बखत त्यस भित्र रहेका अवसरवादीहरूले गरिब जनाताहरूमा पु:न जात र धर्मको बिज रोपि सत्ता हाँसील गर्ने खेल को शृजना गरे ।

गरिब, शोषित पिडीतको उनमुक्तिको भ्रम फैलाएर आफ्नो सत्तासम्म पुख्ने साँघु तयार गर्न तिनै शोषक र सामन्तीहरू नै सफल भय । राजा ज्ञानेन्द्र र राजनीतिक दल बिच चिसीयको सम्बन्ध को मौका छोपि कथित माओवादीहरू र अरु राजनीतिक दलले सम्युक्त आन्दोलन 62/63 को घोषणा गरे । बिभिन्न प्रलोभन देखाइ जालमा फसाएका गरिब जनता को घोडा चढी अन्त: त राजतन्त्र व्यवस्थाको अन्त गरियो । जुनै जोगी आएपनि कानै चिरिएको भने झैँ गरिब जनता गरिब को गरिबै र बाठा टाठाहरू फेरि पनि उम्कन सफल भए । राजनीतिक अस्थिरताको मौका छोपी बिदेशी शक्तिको आडमा पु:न जातियताको र धर्मबिरुद्धको बिज रोप्ने फेरि सुरु भयो । पहाडी क्षेत्र, हिमाली क्षेत्र र तराइ क्षेत्रका गरिब र पिडितहरूलाई लक्षित बनाई मनग्य सम्पत्ती आर्जन गर्ने सपना देखेका कथित राजनीतिक दलका स्वार्थीहरूले पटक पटक एक अर्का बिरुद्ध असमान र भेदभाव को भावना पैदा गरिदिए । महाकाली, हुम्ला जुम्लाका गरिब जनताको फोटो, भीडियो तयार गरेर उनीहरूको नाममा बिदेशी साम्भ्रान्त हरूसामु भिख मागेर बिलासी ता को जीवन बिताइरहेका सामन्तहरूको जालमा पटक पटक जनता परिरहे ।

कतै दलित, कतै जनजाती त कतै बादि र हलीयाको नाम दिएर पटक पटक तिनै सामन्तिहरू नै बलीया बनिरहेका छन् । दलित भनेको को हो त ? कुनै पनि क्षेत्र र बर्गबाट पिडित वा दलिएका हरूनै वास्तबिक दलितहरू हुन् । यसमा न कुनै जात छ न कुनै धर्म । यो त एक सामन्तिहरूबाट गरिएको भेदभाव मात्र हो । गरिबीको कारण दैनिक ज्याला मजदुरी गरेर फुर्सद नहुँदा आफ्नो स्वास्थ र जीवनशैलीमा समेत ध्यान दिन नसकेर गरिब धुला मैला भएका हुन् । यस्ता धुला मैला लागेका गरिब जनताहरूलाई धनी र पुँजीपतीहरूले अन्त:त छुवाछुत को नाम दिएका हुन् । उनीहरूलाई शिक्षाको र चेतना को कमि थियो । उनीहरूलाई शिक्षा र चेतना दिनुको साटो भेदभाव को दृष्टिकोणले हेरिन थाल्यो र "दलित" को नामबाट राज्यमा चिनारी गरियो ।

वास्तबमा छुवाछुत त त्यसलाई गर्नु पर्छ जो गरिबको रगत चुसेर मोटाएका छन् र गरिबलाइनै छुवाछुत को नजरले देख्दछन । आज पनि धनी बर्ग जो हिजोको शोषक हरूनै जात जाती र छुवाछुत सम्बन्धी ओकालत राज्यमा गरिरहेका छन् । तिनीहरूलाई के थाहा कि छुवाछुत को भेदभावका कारण गरिबले कति पीडा भोग्नु परेको छ । तिनीहरूबाट गरिब जनताले उन्मुक्ति कुनै हालतमा पनि पाउन सक्दैनन् ।

गरिबी र छुवाछुत को अन्त तब हुन्छ जब वास्तबिक पिडक नै शसक्त भयर आफ्नो हक अधिकार को खोजी गर्न बुलन्द हुने छ । फेरि पनि तिनै धनी र पुँजीपति को पुच्छर समातेर आफ्नो हक अधीकार खोज्ने हो भने, न पिडकले न्याय पाउँछ न त राज्यमा शान्तिनै कायम हुन सक्दछ । यस्ता किसिमका हक अधिकारको शुनिश्चित गर्नको लागि गरिब र निमुखाहरूमा मुल:त शीक्षा र चेतना को बृद्धी गर्न जरुरी छ ।

यो बारेमा राज्यले कुनैपनी हालतमा सहयोग गर्ने छैन । किनकि यतिखेरको राज्य तिनै शोषक सामन्तीको हातमा छ । यो कुरा पनि हामीले बुझ्न जरुरी छ कि जात जाति र धर्म कुनैपनी हक अधीकार सम्बन्धी बाधक हुन सक्दैन् । तसर्थ हामीले आफ्नो जात र धर्मका कारण अधिकारबाट बन्देज भयका हौँ भन्ने मानशिकता जसले बनाउछ यथार्थमा ऊ एकदमै कमजोर ठहरिन्छ । त्यसैले अरुको बहकाउमा र प्रलोभनमा परी धर्म र जात परिवर्तन नगरौँ आफ्नो पहिचान राज्यसँग हैन आफै भित्र खोजौँ ।


.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com