भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

ल अब भन्नुस मित्र म कि तपाई पागल ?

सम्प्रेषक : खांट्टी कुरा Wednesday, July 23, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
कवि दिल निसानी मगर ! घर पस्चिम अर्थात धौलागिरी ईलाका ! परिचय भएको छैन तर फेसबुकमा मित्रता आदान प्रदान मात्र ! मित्रको कविता देखेर नै मैले मित्रताको हात बढाएको ! काम के गर्नुहुन्छ के गर्नु हुन्न, हिजो के गर्नु हुन्थ्यो के गर्नु हुन्थेन त्यो मेरो चासोको विषय पनि भएन किनभने आर्काको निजि जीवन माथि सल्यक्रिया गरिनु उचित पनि हैन र सोधखोज भएमा आदान प्रदान चैँ हुन सक्छ !

नेपालको राजनीतिक पार्टीलाई हेर्ने हो भने अहिले चर्चामा रहेको पूर्व राजा तथा पंचायत समर्थक बाहेक धेरै पार्टीहरू हत्या र हिँसाको राजनीति गरेर आएका हुन ! ससस्त्र संघर्ष देखि बम काण्डमा भाग लिएको नेपाली कांग्रेस अग्र पंक्तिमा पर्छ ! हालको एमालेहरू झापाको नक्सली काण्डले परिचित थिए ! व्यक्ति हत्या गर्नेमा यो पार्टी दोश्रो नम्बरमा पर्छ ! तेश्रोमा नेपाल मजदुर किसान पार्टी,जुन पार्टीका वर्तमान अध्यक्ष क.बिजुक्छेले २०४५ सालको भूकम्पको बेलामा भूकम्प पिडितलाई राहत बाँडन गएका तत्कालीन पंचायती माननीय कर्ण प्रसाद ह्याजुलाई जनता उठाएर कुटपिट र छाताले घोची घोची दिन दहाडै निर्मम यातना दिएर हत्या गरेका थिए भने त्यस पछिको माओवादी बितण्डा अनि शान्ति सम्झौता पछिको मदेश आन्दोलनको बयान त झन के गराई भो ! अँझै पनि राजनीतिक पार्टीको आडमा व्यक्ति हत्या गर्ने देखि धन सम्पति कब्जा र चन्दाको नाममा नगद लिने आतंक कार्य रोकिएको छैन ! हत्या र हिंसा अनि जातीयताको दुहाइ दिंदै जनता भड्काउने पार्टीहरूको राजनीति मलाई मन पर्दैन र त्यस्ता राजनीति गर्नेको म घोर बिरोधिमा पर्छु ! मैले त्यस्ता पार्टी र ती पार्टीका शिर्ष नेता देखि कार्यकर्ताहरूको बिरोध गर्ने कार्य अँझै अनि छोडेको छैन र जबसम्म तस्ता कार्य गर्न देखि उक्स्याउन छोड्दैनन तबसम्म मेरो बिरोध जारिनै रहन्छ भलै मलाई जे जुन सुकै नामले उपमा दिउन मलाई केही फरक पर्ने वाला छैन !

कुनै एक विषयमा टिप्पणी गर्ने समयमा मित्र कवि दिल निसानी मगरले मलाई ‘पागल’ को उपमा दिंदा मैले त्यसलाई ठट्टा गरेको होला भनेर ध्यान दिइन ! दोश्रो पटक पनि त्यस्तै गरी ‘पागल’ को उपमा दिंदा मैले कारण जान्न खोजे तर न जवाफ दिए न भन्न नै छोडे ! यस्ता मान्छेको संगत गर्नु ठिक छैन भनेर मैले मेरो फेसबुकको लिस्टबाट तिनलाई हटाउना साथ एक दिन माओवादी नेता अर्थात क.मोहन गोपाल बैद्य र सो पार्टीको बिरोध किन गरिस भन्ने आसयको जवाफ पाईयो तर पनि तिनले मलाई ‘पागल’ भन्न चैँ छोडेनन र अन्तिममा मैले तिनलाई मेरो वालमा निषेध नै गर्नु पर्यो !

एक दिन सामाजिक संजाल फेसबुकमा दिल निसानी मगरले पोस्ट गरेको कविता ‘बेस्या’ शिर्षक पोस्ट र सेयर भएको रहेछ ! केही मित्रको वालमा त्यो देख्ना साथ मैले ‘दिल निसानी मगर’को कविता उत्कृस्ट छ तर राजनीतिक सोच चैँ घटिया छ भनेर प्रतिक्रिया दिए ! तिनले जवाफ दिए दिएनन त्यो मलाई चासोको विषय पनि भएन किनभने जब मित्रता नै तोडेपछि के को वास्ता गराई भो र !

आज मिति २०७१ साल श्रावण ७ गते बुधबार नेपालको चर्चित अन लाइन पत्रिका सेतोपाटिमा कवि दिल निसानी मगरले ने.क.पा ड्यास माओवादी पार्टीका अध्यक्ष क.बैद्यलाई बडो आक्रामक तरिकाले प्रश्न सोध्नुभएको रहेछ ! हेर्नुहोस http://setopati.com/blog/14663/?fb_action_ids=628962443877791&fb_action_... सेतो पाटी ! उनलेसोधेको प्रश्नको मुनि मैले प्रतिक्रिया पनि दिएको छु ! अब प्रश्न गर्ने मेरो पालो कवि दिल निसानी मगरलाई ! २००७ सालभन्दा अगाडि देखिनै नेपालमा जुन ससस्त्र देखि निसस्त्र क्रान्ति भयो त्यो क्रान्तिले देश र जनतालाई के दियो ? कम्युनिस्टको रातो किताब घोक्न नेपालमा आधिकारिक रुपमा २००६ साल देखि सुरु भएको हो ! सुरुमा सहाना/साधना प्रधान देखि अन्य केही महानुभावहरूबाट जन्माईएको कम्युनिस्ट नामको राजनीतिक पार्टी आज किन र कसरी ३ दर्जनभन्दा बढी हुन पुग्यो ? २०५२ सालको कथित जनयुद्धमा तपाईले पनि भाग लिनु भएको रैछ त्यो कुरा तपाईको लेखाईबाट पुष्टि हुन्छ ! जनयुद्धको दौरानमा के के भयो के के भएन त्यो बेली बिस्तार गर्नु जरुरि छैन किनभने भोगाई र देखाई म जस्तै करोडौ करोड नेपालीले भोगिसकेको छ र अँझै पनि भोग्दैछन ! हिजो आफ्नै देशको सेना र प्रहरीलाई दुस्मनको बिल्ला भिराएर ज्यान लिन र दिन पछि नपरेको कुरा पनि के मैले बताउनु पर्ला र ? हिजो क. प्रचण्ड जति पुजनीयथ्यो शान्ति सम्झौता पछिको स्थितिपछि तिनै व्यक्ति कसरी दानब भए र बनाईए त्यो पनि आफ्नैहरूबाट ! जब क.प्रचण्डले गरेको देश, जनता र आफ्नैहरू माथिको धोका र षडयन्त्र बुझ्न नसक्नेलेपछि फेरि के पाउछौ र के दिन्छन भनेर क.बैद्यलाई समर्थन गर्नुभयो ?

भोको पेटले क्रान्ति गर्न सकिदैन ! त्यही बुझेर लाखौ नेपालीहरूको हुलमा परदेश भासिनेमा म जस्तै गरी तपाई पनि पर्नु हुँदो रैछ ! परदेशबाट छुट्टीमा घर तपाई जसरी जानुहुन्छ म पनि त्यस्तै गरी जान्छु ! अस्ति, हिजो र आजको त्यो दृश्य देख्न नसकेर आज तपाई आफ्नै जन्मदाता (तपाईले क.बैद्यलाई ड्याडी भन्नु हुन्थ्यो) प्रति आक्रामक हुन बाध्य हुनु भयो ल भन्नुस मित्र तपाईले मलाई दिनु भएको पटक पटकको ‘पागल’ को उपमा जायज रैछ कि नाजायज भने अवसरवादी, देश द्रोही निमकहराम नेताहरूको पछि लागेर आफ्नो जवानी र उर्जासिल समय बर्वाद गरेर अन्तिममा मुग्लान भासिन बाध्य हुने तपाई ‘पागल’ कि म ‘पागल’ जवाफ दिनु भए आभारी हुने थिए !

तपाईंले सेतोपाटीमा क.विप्लबको बारेमा जुन धारणा लेख्नु भाको छ त्यो अँझै पनि गलत छ किनभने विभिन्न सक्तिकेन्द्र धाउनेहरू राष्ट्रवादी नेता हुन सक्दैन र क.विप्लब स्वयमले एक दिन “हो मैले ‘र’ को नेतालाई भेटेको हो भनेर दिएको बयान नेपालको सबै पत्रिकामा कुनै दिन छापिएको थियो भने अँझै पनि जुन क्रान्तिको सपना देखाईएको छ त्यो सपना देखाउनेहरू भनेका आफू शक्तिमा पुग्नलाई पुन: दोश्रो क.प्रचण्ड बन्दैछन र तिनले देखाएको सपना देख्नेहरू भनेका चैँ माहापागलहरूको जमाते हुन ! देशले अब क्रान्ति धान्न सक्दैन र फेरि पनि क्रान्ति गर्नु भनेको देशमा गृहयुद्ध निम्त्याउनु हो भने यस्ता कुराहरू बुझ्ने र नबुझ्ने त्यो व्यक्तिको सोचाइमा भर पर्छ र पछि पुन: आलाप बिलाप भरिएको प्रसस्ती सुन्नुभन्दा बेलैमा होस् पुर्याएको राम्रो हैन र ? ..

-janakdangol@gmail.com

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com