भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

एक तीरले दस सिकार !

सम्प्रेषक : खांट्टी कुरा Monday, August 4, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
एक तिरले एक सिकार गर्न सकिन्छ तर भारतीय प्रधान मन्त्रि मोदीले त नेपालको संसदा आएर एकै तीरले देसी देखि बिदेसी सम्मलाई कर्म काण्ड पुग्नेगरी भेदन गरे त्यो पनि सारा संसारले प्रत्यक्ष देख्ने गरि !

भाषण सुनेर तालि बजाए हाम्रा सयमा ९०% नेताहरुले तर जो बुझक्कड थिए तिनले चाहेर पनि तालि बजाउन सकेनन !

क.प्रचण्ड देखि उपेन्द्र यादब हुँदै कमल थापा सम्मका नेताहरुले कांग्रेस एमालेको नेताहरुले झैँ जोस्सिएर तालि बजाको देख्नु भयो ? कसरि घुमाई घुमाई हुर्मत लिए मोदीले माओबादी देखि मदेसबादी हुँदै गाई पार्टी सम्मको !
नेपाल मात्रै हैन आफ्नै देसका आफ्नै पार्टीका पुराना खुंखार नेता आडबाणी होस या अन्य रास्ट्रिय देखि क्षेत्रीय पार्टीका नेताहरु सम्म किन नहुन ति सबैलाई घुमाउरो तरिकाले 'मोदी कमाल' देखाउन सफल भए !

त्यो भन्दानि अझ १ खुडकिलो उक्लिदै चाइनालाइ समेत घुमाएर भनेका छन त्यो हो 'मन्दिरमा पुजा गर्ने पुजारी यताको उता उताको यता, गुर्खा पल्टनले भारतमा देखाएको बहादुरी देखि 'नेपाल सार्बभौम रास्ट्र हो' हामि हस्तक्षेप गर्दैनौ ! उता (चाईना)को भन्दा यता (भारत)को साईनो हाम्रो जुगौ पुरानो छ !

यसरि एक तिरले दस सिकार गर्ने नेता प्राय संसारमा बिरलै होलान ! मोदी प्रबचन सुनेर हाम्रो नेताहरुको घैंटोमा घाम लाग्यो कि लागेन त्यो समयले बताउला ! बुद्ध जन्मेको देसको  बीर नेपाली भनेर पाहुनाले आफ्नै धर्तीमा आएर बीर नेपालीहरुको बखान त गरे तर बीर नेपालीले सत्ता र भत्ताको लागी देसै दाउमा थापेर 'चचाचु' गर्दैनन यो कुरा पनि बुझेमा सुनमा सुगन्ध हुने थियो !

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com