भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

बढ्दो अस्तव्यस्त सवारी नियन्त्रण गर !

सम्प्रेषक : खांट्टी कुरा Sunday, March 9, 2014
खांट्टी कुरा
----
बिषयक्रम :


दुइ दिन अगाडी हेटौडामा ट्रकको ठक्कर बाट कलेज पढ्ने केटिको मृत्यु भाको खबर समाचारमा पढ्दा मनै खिन्न भयो र सोधखोज गर्दा उक्त मृत्यु हुने केटि मेरै गाउँको छोरी चेली रैछिन ! नेपालको पहिलो राजमार्ग 'त्रिभुवन राजपथ' यहि हेटौडा बजार भएर जान्छ ! देशकै सबै भन्दा लामो 'महेन्द्र राजमार्गको नारायणघाट खण्ड' पनि हेटौडामा नै पर्छ भने काठमाण्डौ जाने दोस्रो निर्माणाधीन 'कान्तिराजपथ' पनि  हेटौडा बजार भएर नै जान्छ ! 
हेटौडा बजार सानो तर ट्राफिक अस्तव्यस्त छ ! हेर्दा सडक फराकिलो भएर के गर्नु अथाधिक मात्रामा बढेको जनसंख्या र सोहि अनुपातको चौगुन्ना सवारी देख्दा उकुसमुकुस भएर आउछ !
२०२८ सालमा हामि बसाइ सरेर आको हेटौडामा ! त्यो बेलाको सडक र अहिलेको सडकमा कुनै भिन्नता देख्दिन म ! सवारी थप गर्दै जाने तर त्यो सवारी गुड्न लाइ चाहिने बाटो कति हो त्यो तर्फको हेक्का किन राखिएन ? पन्चायेतको पालामा खडा गरिएको राजमार्गको दुवै तर्फ जुन युद्धस्तरमा मिचेर घर बनाउने पसल थाप्ने गरिएको छ त्यसलाई हटाउने र रोक्ने काम कारबाही किन गरिएन ? समयमै नियन्त्रण गरेको भए अहिले समस्या निम्तिन्थ्यो ?
हरेक काम र कुरालाई जुन राजनीतिक पार्टीको आँखाले हेर्ने चलन छ त्यसले एकदिन भयावह स्थिति निम्त्याउछ भन्ने कुरा योजनाकार देखि बिद्द्वान राजनीतिज्ञ हरुलाई पक्कै पनि थाहा हुनु पर्छ किनभने मकवानपुर जिल्लाले बैदेसिक देखि आन्तरिक सम्मको विद्वान उत्पादन गरेको छ भने यो 'अन्धेर नगरीको चौपट राजा' वाला किस्सा भयो कि भएन ?
नगरपालिका छ मनग्य कर उठाउन जानेको छ तर फुटपाथ हटाउन जान्दैन ! नगरबासीको करले नगर प्रहरी भन्ने पनि खडा गरेको छ तर त्यो नगर प्रहरीको काम र कर्तब्य के हो त ? न त्यो नगर पालीका लाइ थाहा छ न नगरबासी लाइ ! फुटपाथ नियन्त्रण र नगर क्षेत्र भित्र तिब्र गतिमा सवारी हाक्न पाइदैन, ध्वनी प्रदुष्ण गर्न हुन्न भनेर जन चेतना त जगाउन सक्थ्यो होलानि ? फुटपाथ लेन भनेको पनि त थाहा हुनु पर्ने होला भने त्यसो नगरेको परिणाम अकालमा पैदल यात्रुले ज्यान गुमाउनु पर्दा त्यसको क्षतिपूर्तिको भर्पाइ गर्ने को ? कल्कलाउँदो उमेरमा सन्तान गुमाउनेको अभिभावकलाई केहि नगदले दिएको राहतले त्यो पीडाको घाउ भरिन्छ ?
स्मारक र भ्यु टावर देखाएर नगरको गौरब सधै बढ्दैन ! जसरि जनताबाट आँखा चिम्लेर कर लिएको छ त्यसै गरि त्यो करको पैसाले बिकास निर्माण पनि गरेर देखाउन सक्नु पर्छ ! बिरोध गर्लान भनेर भन्नु भन्दा पनि कडाइको साथ फुटपाथ अतिक्रमण रोक्न सक्नु पर्छ ! राजमार्गमा निर्माण सामाग्री राख्ने देखि लिएर अत्तिक्रमण गरेर पसल थाप्नेहरु अनि अनियन्त्रित सवारी दर्ता माथि जब सम्म कारबाही गर्न र रोक लगाउन सक्दैन तब सम्म अकालमा पैदल यात्रुको ज्यान संधै खतरामा नै हुन्छ भने कुरा सम्बन्धित सबैले बुझुन !


.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com