भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

हचुवाको भरमा समचार सम्प्रेष्ण गर्ने नगरौ !

सम्प्रेषक : खांट्टी कुरा Friday, March 7, 2014
खांट्टी कुरा
----
बिषयक्रम :

कुनै पनि संगठन जन्माउनुभन्दा पहिला ऐन कानूनको दरकार पर्छ ! ऐन कानून बनाएर संगठन खडा गरिएको भएर नेपाल प्रहरी आधिकारिक रुपमा जन्म बि.स २०१२ सालमा हो ! हुन त त्योभन्दा नि पैला नेपालमा प्रहरी चैँ नभाको भने हैन !

(तस्बिर साभार: नेपाल प्रहरीको वेबसाइट बाट)
नेपालको प्रहरी ऐन २०१२ तथा नया संसोधित प्रहरी नियमावलीमा संगठन प्रमुख प्रहरी महानिरीक्षक देखि तल्लो दर्जा प्रहरी परिचरसम्मको काम र कर्तव्य तोकिएको छ !

नेपालको सेना हुन या प्रहरी यी निकायहरू भनेको ससस्त्र संगठन हो ! ससस्त्र संगठन भए पछि ‘ब्यारेक सिस्टम’ भनेर बुझ्नु पर्छ भने अन्य निकाएकोभन्दा अनुसासन अलि कडाई नै हुन्छ !
हाम्रो देशको राज्यको चौथो अंग भनिने पत्रकारज्युहरूले लेख्नुभएको समाचार पढ्दा अरु चैँ के कस्तो हुन्छन त्यो थाहा भएन तर म चैँ अलि अच्चम्भित हुने गरेको छु ! समाचार हरेकको बन्छ र बन्नु पनि पर्छ तर त्यसरी समाचार बनाउँदा त्यो समाचारले खेल्ने भूमिका माथि पक्कै पनि बिचार गरिन्छ होला !
तर,
बिगतका केही वर्षहरू देखि नेपालको संचार जगत अलि उत्ताउलो हुँदै गएको आभास हुँदैछ ! समाचार बनाउने भन्दैमा हचुवाको तालमा जे मन लाग्यो त्यही शिर्षक राखेर समाचार प्रकाशित गर्दा त्यो समाचारले समाजमा के कस्तो सन्देश दिन्छ त्यो तर्फ बिचार गरेको देखिदैन ! जस्तो एउटा उदाहरण हेर्नुस ... कन्या क्याम्पसमा भन्टा भेटियो, प्रचण्डले बाढी पिडितको निरिक्षण गर्न जाँदा पूर्व राजाले २५ लाख सहयोग गरे ! यो भयो पोहोरको घटना भने भर्खरैको नागरिक पत्रिका र आमाघरको विषयमा छापिएको ‘यौन दुराचार’ नामको समाचारको शिर्षकलाई कसैले पनि भुलेको छैन होला ! जुन समाचारले अहिले यतिखेर नेपाल मात्र नभएर पुरै जगत तातेको छ !

भर्खरै केही अनलाइन पत्रिकामा काठमाण्डौ जिल्लाको प्रहरी प्रमुख प्र.ब.उ. रमेस प्रसाद खरेलज्यू को विषयमा लेखिएको समाचार पढ्दा अलि अमिल्दो लाग्यो ! मैले माथिनै उल्लेख गरेको छु नेपाल प्रहरीको प्रहरी महानिरीक्षक देखि प्रहरी परिचरसम्मको काम र कर्तव्य नियमावली देखी ऐनमा उल्लेख छ भनेर !
मातहत भन्नाले दुइटा अर्थ लाग्छ ! मातहत भन्नाले एक तह मुनि भनेर बुझ्नु पर्छ ! उदाहरणको लागि मातहतको प्रहरी निकाय भन्नाले जिल्ला प्रहरी कार्यालयभन्दा मुनिको इलाका वा वडा प्रहरी कार्यालय भनेर बुझ्नु पर्छ ! त्यस्तै मातहतको कर्मचारी भन्नाले कमाण्ड गर्नेभन्दा मुनिको सकल दर्जालाई बुझ्नु पर्दछ !

काठमाण्डौको प्रहरी प्रमुख प्र.ब.उ रमेस खरेल ज्युको विषयमा लेखिएको जुन समाचार छ त्यो समचार लेख्नुभन्दा पहिला किन जानकारी दिन मान्नु भएन भनेर केलाउनु वा बुझ्नु पर्छ कि पर्दैन ? समाचार वा जानकारी दिने काम भनेको व्यक्ति व्यक्तिको हैन त्यो त तोकिएको प्रबक्ताको हो भनेर संगठनले पटक पटक सम्पूर्णलाई जानकारी गराएको पनि त स्मरण होलानी !

प्रहरी प्रमुखको पुरानो तस्वीर अपलोड गरेर नानाभाती मन गढ़ंते कपोकल्पित समचार बनाउनुभन्दा पहिला त्यो समाचारलाई केलाउने प्रयास किन गरिदैन ? समाचार ताजा र सनसनी बनाउने भन्दैमा हचुवाको तालले समचार लेख्दा र पस्किदा त्यो समाचारले व्यक्ति र समाजमा पर्न जाने हानिको पनि ख्याल गर्ने कि ? प्रहरी ऐन तथा नियमले व्यक्ति वा निकायलाई समाचार वा जानकारी दिनुभन्दा पहिला माथिल्लो निकाएको आदेश लिनु पर्नेछ भनेर ऐन तथा प्रहरी नियमावलीमा स्पष्टरुपमा लेखिएको हुँदा थाहा नहुने पत्रकारबन्धुहरूले त्यो ऐन तथा नियम एक पल्ट हेर्नु हुनेछ !
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com