भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

होस गर गुलाम र दक्ष प्रजापतिका सन्तानहरु !

सम्प्रेषक : खांट्टी कुरा Thursday, March 20, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
अंग्रेजले रोपिदिएको कलहको बिउ जातीयता र आरक्षणले आज भारत २९ राज्य भो अँझै कति टुक्रा हुनेहो थाहा छैन !

टाउकोमा गिदी भाको तर त्यो मनुष्यकै हो कि अन्य जीवको हो अहिलेसम्म मैले खुट्याउन नसकेको मुन्छी नामको प्राणीमा 'मेरा भारत महान' भन्ने हिन्दूस्थानीहरू पनि पर्दछन !

दिमाख छैन भनु भने संसारका कुनाकुनामा पुगिसकेका छन ! व्यापार व्यवसाय देखि कबाडी धरी बाँकी राखेका छैनन ! यी जत्तिका मिहेनती प्राणि संसारमा अरु कुनै छैनन तर यिनले मिहेनत आफ्नो लागि नभएर संधै अर्काको लागि गर्दछन !

उदाहरणको लागि हेर्नुस पहिला अंग्रेजको लागि पसिना बगाए अहिले कुनै एक जमानामा तिनै अंग्रेजको दास अमेरिकीको लागि पसिना खेर फाल्दैछन !
तिनै देशा बनेको एउटा बिज्ञापन छ "जमुरी खेल देखा .. साम्नेके बाबुजीनि क्या पेहेनाहे ... बाबुजिने सेरा गन्जी पहना हुवाहे" भन्ने ! 'सेरा' गन्जीको बिज्ञापन हो यो !
जमुरी भनेर नचाउने नटुवा अमेरिका हो अनि को त्यै नटुवाको ताला नाच्ने जमुरीचैँ भारत हो ! जमुरीले सेरा गन्जी देखेको झैँ छिमेकीको सीमाना र पिल्लर देख्छ उसले तर हिजो यी दुवै अंग्रेजको गुलाम हुन भन्ने कुराचैँ अहिले आएर बिर्सेको छन वा बिर्सेको अभिनय गर्दैछन !

गुलामको पनि गुलामी गर्ने गिदिनै नभाको प्राणी चैँ भगवान भोलेनाथको देशा बस्छन ! स्वस्थानीको पात्र दक्ष प्रजापतिकै खलक हुन भन्ने भान गरी आफ्नो निजि स्वार्थ्य्को लागि वर्षौ वर्ष देखि गुलामहरूको ताबेदारी गर्दैछन !
ताबेदारी गर्दा गर्दै ६३ वर्षमा नदीनाला देखि सीमाना धरी बुझाइसके अब देश नै बुझाउने जमर्को गर्दैछन ! हिजो अंग्रेजले जसरी जात को जाति बिष हिन्दूस्थानी समाजमा घोलेर असान्ती र कलह मच्चाई दियो र आजसम्म त्यसबाट मुक्त हुन सकेको छैन तर आज त्यही उपाय छिमेकी माथि प्रयोग गर्दैछन र सफल पनि हुँदै गाको छन !
नहुन पनि कसरी ३३ कोटी देउताको देशा दक्षप्रजापतिका सन्तानहरू बग्रेल्ती जन्मेपछि योभन्दा ठुलो आस अरु के नै गर्न सकिन्छ र ! यिनका क्रियाकलाप देखेर देउता को पनि माहा देउता भगवान पशुपतिनाथले हार खाइसकेको हो कि भन्ने भान हुँदैछ !
तर,
याद गर गुलाम र गुलामी अनि दक्षका सन्तानहरू हो नेपाल ‘रसमलाइ’ जस्तो मिठाइ हैन जुन तिमीहरूले चाहे झैँ कप्लक्क हाम्म गर्नलाई ! जनताहरू हेर्दैछन, गम्दैछन ! जुन दिन फेरि स्वतन्त्र नेपालको स्वतन्त्र जनता घरबाट वाहि सडका निस्किन्छन त्यो दिन तिमीहरूलाई 'इन्द्रको बाउ चन्द्रे'ले पनि बचाउन सक्दैनन भने गुलाम र गुलामेको ता के कुरा गराई भो ! टाउकोमा साच्चिक्कै मुन्छी नामका सर्वश्रेष्ठ प्राणीको गिदी हो भने गुलामहरूको ताबेदारी गर्न छोड ! यसैमा सबैको भलाई छ !
janakdangol@gmail.com


.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com