भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

बिदेसीको हुक्केहरू फेरी सल्बलाउदै छन !

सम्प्रेषक : खांट्टी कुरा Sunday, March 23, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
बि.स.२०७० चैत्र १५ झापा गर भू.पु.घामे काम्रेट राज कुमार लेखीले थारुहरूलाई सबै ठाउँमा भाग चाहियो भनेछन ! हैन थारुहरूलाई भाग चाहियो भनेको के हो ? थारुलाई नेपाली नागरिक हैन भनेर कसैले भनेका छन ? नेपालको संविधान बनाउन थारुले बहस गर्न पाउदैन भनेको छ ?

नेपालको नीति निर्माता हो सक्छौ भने यो आरक्षण भने मन बिष खारेज गर ! यो आरक्षण नामको मन्द विषले जसरी हिन्दूस्थान भन्ने भारतलाई बर्वाद बनाको छ नेपाललाई पनि त्यस्तै बनाउछ एक दिन !

यी गोरा र कुइरे भन्ने जात संसारमा मुन्छी लडाउने खेलाडी हुन ! हज्जारौ साल देखि यी अल्छीका भकारी गोरा र कुईरेले संसारमा यस्तै गरी मुन्छी लडाउने खेल खेल्दै आइरहेका छन ! जुन अहिलेसम्म पनि नियमित नै छ !
तिनैले हिन्दूस्थानमा घोलेको यो आरक्षण नाउको मन्द बिषको प्रभाव अब नेपालमा पनि पर्न थालिसकेको छ ! पढ्ने बेलामा पार्टीको झन्डा बोकेर सरकारी सम्पति तोडफोड गर्ने अनि जाँचको बेलामा आलु खाने ! जब पाउने र खाने ठाउँमा जाति र सम्प्रदायको नाउँमा आरक्षण खोज्ने ?

मन लागएर पढ्नेलाई फेल गर्न सक्छन मास्टरले ? लोक सेवा लड्नलाई जात जाति र सम्प्रदायले रोकेको छ ? सेना पुलिसमा भर्ति हुन पाइदैन भनेको छ ? बिदेशिको तलुवा चटुवाले उचाल्देको भरमा अब जो जसले आन्दोलन र बिरोध गर्छन तिनलाई सिधै लाइन लगाएर गोलि हाने पनि केही फरक पर्दैन !

जसको शक्ति उसको भक्ति भन्ने खेल फेरि विश्वमा देखि सकिएको छ ! नपत्याय स्वतन्त्र युक्रेनको एउटा हिस्सा क्रिमियालाई आज रुसले बिना रक्तपात रस्मलाई जस्तो क्वाप्प खाइ दियो ! महाशक्ति भनेर फुइ अम्रिका देखि युरोप सम्मले केही लछारोपाटो लाउन सकेको छैन ! अरु बाँकी भाग बचाउने तर्फ यु.एन मिसनको शान्ति सेना युक्रेन पठाउदैछन !

यस्तै स्थिति नेपालमा पनि दोहरिन सक्छ ! एक मदेश भन्दै पहिला क्वाप्प पारेसी कुन माइकालाल बोल्न सक्छन ? ती राजकुमार लेखि पनि पश्चिमा हुक्के हुन ! डलरको खेती गर्छन र तिनले अहिले कुर्लेको पनि त्यै डलरको तापले हो !

होस् गरौ है नेपाली जनता हो ? पंचायत किन फ्याँके ? भाको प्रजातन्त्र किन हटाइयो ? गणतन्त्र किन ल्याए र चोरले झैँ रातको १२ बजे सुटुक्क धर्म निरपेक्ष किन घोषणा गर्न लगाए ? अहिले टनकपुर कसरी भारतको भयो ? यी सबै कुरालाई मनन गरौ ! २४ वर्षमा कुन व्यवस्था र प्रणाली फाप र अफाप रैछ खुट्याउन सिकौ !
'जय राष्ट्रबाद'


.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com