भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

भाले जुधाई (Cock Fight) !

सम्प्रेषक : खांट्टी कुरा Monday, February 24, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
भाले भन्नासाथ दुइटा खुट्टा भाको तर हात नभाको उड्न नसकने तर पखेटा चैँ भाको भन्ने पशु हैन तर पन्छी भन्ने नामले चिनिएको प्राणीलाई बुझ्नु पर्छ भनेर उहिले स्कुला हाउलाई माड्साबले भन्नु भाकोथ्यो !

भुराको बेला माड्साबले भनेका कुरा हो भन्ने पर्थ्यो हैन भन्ने हुन्थेन क्यार नत्र स्कुलको चौरमा ती माडसाबले देखिस यस्तो हुन्छ भाले भनेर प्रमाण देखाई दिनु हुन्थ्यो ! ऊ बेला अर्थात त्यो बेला मतलब हाउले स्कुला पढ्या बेला देशा अहिलेकाले भन्ने गर्या निरंकुश पन्चेत्को शासनथ्यो ! पन्चेत भनेको एक दलीय निरंकुस शासन भनेरभन्दा रैछन अहिले ! उहिले त सकेपो भनून ! भन्यो कि अर्थात 'बोल्यो कि पोल्यो' भन्ने उखान त पक्कै सून्नु भाको होला !

अब कुरा चुरातिर जाम ! त्यो बेला भुराहरूले स्कुला राजनीतिक गर्न पाइदैनथ्यो मतलब २०३८ सालसम्म ! राच्च्नीति गर्नलाई कलेज पुग्नु पर्थ्यो तर त्यहा पुग्ने भनेको भुराहरू सयमा आधा पनि मुस्किलले ! कलेजा पुगेसी मास्टरको ठाउँमा प्राध्यापकहरूले पढाइको साथ साथ अचम्म अचम्मको विधा दान गर्थे जस्लाई त्यो बेलाको भाखा युनियन विधा भन्थे !

पन्चेत भनेको निरंकुस शासन हो ! त्यो शासन भनेको गरिबमारा, जनतामारा हो ! अब हाम्ले त्यो निरंकुस व्यवस्थालाई जरै देखि उखालेर फाल्नु पर्छ ! यस्तै यस्तै तह बाइ तह गरेर ज्ञान दिन्थे त्यो पनि भूमिगत स्टैला ! सुन्न र त्यो विधा ग्रहण गर्न मन लाग्नेहरू जान्थे ! अहिले जस्तो जबर्जस्ती छेक थुन थेन !

भाले बन्नु पाउनुको मज्जै बेग्लै हुन्छ तर त्यो बेला कलेजा भाले २ किसिमको हुन्थ्यो ! मात्तेको भाले र सत्ताइयेको दुख पा भाले अर्थात विकासे ब्वाइलर र साखिनी लोकल भाले ! विकासे भालेको लवाइ खवाई देखि फुर्तिसम्म बेग्लै हुन्थ्यो भने बरा लोकल साखिनी भालेको के कुरा गरे भो कुरो गर्यो कुराकै दुख ! विकासे भाले कलेजा फुर्ति लाम्थ्यो ! अन्याय गर्न खोथ्यो भने साखिनी भाले त्यो अन्यायको प्रतिकार !

पछि भाले बर्गिकरण भो ! विकासे भालेलाई मण्डले भाले भने ! लोकल भालेलाई बर्गिकरण गर्दा ती दुई फक्लेटो भर अखिले भाले र ने.बि.संघे भाले बने ! पछि मण्डल भालेले उग्र गरे भनेर देशै भरि घनघोर बिरोध गरे ! ठुलाले बिरोध गरेको भे बाउका हैन हजुर बाउका चैँ बे देखाई दिन्थे तर भुराले गरेको बिरोध भर पन्चेत्को सर्खारले मण्डले भालेलाई सदाको लागि प्रतिबन्ध लाइदिए !

हिजो आज नेपालको राच्च्नीति पार्टीका नेताहरू काम नपाको बेलामा यिनै भालेहरूलाई समय समयमा जुधाएर जनतालाई मनोरंजन दिने कोसिस गर्छन भने जितुवा भालेले पुरस्कार बापता कहिले संसदको टिकट पाएर साम्सद बन्दै मन्त्री समेत पड्काउने गरेका छन ! कोही जितुवा भाले मन्त्री बन्नलाई दरोसित खुट्टो उचालेर बसेका छन ! तिनै उहिलेको भाले बहादुर मध्येका एक विकासे भालेले त अहिल्या नयां बेबस्था समेत चुनापै नजितेर संविधान सभा पसेर सप्पैलाई छुल छुल पारेका छन !


.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com