भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

हो हामी नेपालीहरु असभ्य छौ !

सम्प्रेषक : खांट्टी कुरा Sunday, February 23, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
(फाइल फोटो: नेपाल एअरलाइन्स)
कान्तिपुर http://kantipuronline.com/np/2070/11/10/full-story-1/384593.html मा शरद विरागले सिंगापुरको निकै प्रसस्ती गाउनु भएका रैछन ! घुमेर दुइ चार जना सित कुरा बुझ्दैमा त्यो वास्तविकता हुन्न ! मलेसिया र सिंगापुरमा आकास जमिन फरक छ ! वारि मलेसियाको जोहोरबारुमा अहिले पनि एक छाक खाना २ देखि ३ रिंगेटले खान पुग्छ भने पारि सिंगापुरमा १० डलरले पनि धौ धौ ! (१ सिंगापुर डलर बराबर मलेसियन रिंगेट २/३० देखि २/५० सम्म हुन आउछ) !
..
नेपालीहरुलाइ मेन पावर जाने बेलामा तालिम,अनुशिक्षण आदिको नाउँमा पैसा त टन्न लिन्छन तर ज्ञान नदिदाको परिणाम जाहाज चढ्दा देख्न पाइन्छ ! प्लेन लाइ पनि बस ठान्छन ! नगर भनेको काम गर्छन ! जाहाज उडेर हाइट लिन पाएको हुन्न सौचालय जान हतार हुन्छ ! मुस्किलले २ फिट हुन्छ होला जाहाजको सौचालय तर बाहिर पिसाब गर्दिने, दिसा बसे पछी फ्लस नगर्ने गर्छन तर गल्ति यात्रुको हैन !
..
हाम्रो भूगोल अनुसार हाम्रो गाउँघरको सौचालयमा कमोड हुँदैन ! जब कमोड नै नभयेसी फ्लस गर्ने कुरानै भएन ! अनुसिक्षणको नाउँमा मेन पावरले पैसा लिए पछी ब्यबहारिक ज्ञान दिनु पर्छ कि पर्दैन ? जाहाज चढ्दा अनुशासित भएर चढ्नु पर्छ, सित्तैमा दियो भन्दैमा मात्ने गरि मादक पदार्थ सेवन गर्नु हुन्न, जाहाज भित्र हल्ला गर्नु हुन्न, आइमाई नै नदेख्या जस्तरी बिमान परिचारिकालाई घुरेर हेर्नु हुन्न भन्ने ज्ञान त दिन सक्छन होला नि !
..
तराइबासि भनेर मैले हेपेर बोलेको हैन तर जाहाज भित्र अत्याधिक मात्रामा चर्को स्वरमा कुरा गर्ने देखि मोबाइलमा फुल भोल्युममा भोजपुरी गीत बजाउनेमा माहिर छन हाम्रा देहातका नेपालीहरु ! भाषाको समस्या त छदैछ ! यस्तो गर्नु हुन्न भन्यो भने साम्प्रदायिक कुरा निकाल्न थाल्छन यो म आफैले देखेको र भोगेको कुरा हो !
..
जाहाज भित्र धुम्रपान बर्जित छ भने इलेक्ट्रोनिक सामान त झन छुने कुरै भएन ! सुरुमै निर्देसन दिएको हुन्छ विमानका कर्मचारीले तर गर भनेको काम नगर्ने अनि नगर भनेको काम गर्ने त हामी नेपालीहरुको बानी नै हुन्छ ! हो यस्ता यस्ता कारणले गर्दा आज हामी नेपालीहरुलाइ बिदेसिले असभ्य, फोहोरी भन्छन भने त्यसमा चित्त दुखाइ चैँ मैले गरेको छैन ! जस्तो देख्यो त्यस्तै भने !
चर्को सेवा शुल्क लिने ति महान मानव ब्यापारी संस्थाहरुले बिदेसमा काम गर्न जानु भन्दा अगाबै दीने सहमति करार पत्र कामदारलाइ दिनु भन्दा अगाडिनै कम्तिमा पनि २/३ घण्टा जाहाज भित्रको गतिविधिको बारेमा जानकारी दिने हो भने कान्तिपुर लगाएत अन्य मिडियाकर्मीले यस्तो तितो आलेख पक्कै पनि लेख्नु पर्दैनथ्यो !
..
पेज मन पर्छ भने www.facebook.com/khattikuro लाइ LIKE गर्नुहोस !

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com