भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

पार्टीको झण्डा बोक्नेहरुलाइ राज्यको चौथो अंग भन्न मिल्छ ?

सम्प्रेषक : खांट्टी कुरा Saturday, March 1, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
केहि दिन यता सामाजिक संजालको भित्तोहरुमा राज्यको चौथो अंग भनिने पत्रकारहरुको खुब चर्चा छ ! पत्रकारहरुको चुनाव रे अनि त्यसैको लागी राजनीतिक पार्टीका नेताहरुले झैँ भोट माग्दै गरेको देखिन्छ ! राज्यको चौथो अंग रे पत्रकार तर अहिलेका यी जमातेहरु पत्रकार हुन कि राजनीतिक पार्टीका कार्यकर्ता खुट्याउन गारो भो ! न्याय दिने न्यायमूर्ति, देसको रक्षक सेना, समाजमा शान्तिसुरक्षा गर्ने प्रहरी देखि रास्ट्र सेवक कर्मचारी अनि यी सबैको काम कारबाहीमा खै गर्ने खबरकर्मीहरु राजनीतिक पार्टीको गोटी बन्छन भने त्यो देसले कहिले पनि उन्नति गर्न सक्दैन !

२०४६ साल पछी नेपालमा राजनीतिक पार्टीबाट सबै भन्दा पहिलो आक्रमण प्रहरी माथि भयो ! प्रहरी संगठनलाइ मदारिको बाँदर बनाए ! जो बाँदर बन्न खोजेनन तिनको हालत पुर्ब प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेल जस्तै हुन पुग्यो ! दोश्रो पटक सेनामा हात हाले तर सफल हुन सकेनन !

नेपालको सेना र प्रहरीमा संगठन खोल्ने छुट छैन र त्यहि भएर आज सम्म नेपाल बाँचेको छ ! जुन दिन दक्षिणको छिमेकीमा झैँ नेपालको प्रहरीमा पनि युनियन (संगठन) खोल्न दीयो भने त्यो दिन यो अस्थिर बनाइएको देसको हालत के होला त्यो सम्झिन्दा यो पंक्तिकारको आङगै जिरिंग हुन्छ !
न्यायमूर्तिको बिषयमा पनि देखि हालियो भर्खरैको नतिजाले ! रास्ट्र सेवक कर्मचारीको कुरा गरि साध्य छैन ! जनताको पसिनाको कररुपी तलब भत्ता र सुबिधा लिन्छन,खान्छन तर राजनीतिक पार्टी र तिनका नेताको भजन गाउछन भने देसमा यो जस्तो ठुलो बिडम्बना अरु के हुन्छ ?
राज्यको चौथो अंग रे पत्रकार ! यो जमाते भनेको अरिंगाल हु भन्छन ! यिनका बिरुद्धमा कोहि कसैले बोल्यो कि पोल्यो भनेर जाने हुन्छ ! पत्रकार भनेसी सीमामा तस्करी देखि गुण्डागर्दी गर्न सम्म छुट छ ! राजनीतिक माफिया भन्दा पनि कुनै आपत्ति नहोला अहिलेका सयमा ९०% भन्दाका माथिका पत्रकारहरुलाई ! जो पत्रकार इमान्दार छन तिनलाई माफिया पत्रकारहरुको ग्यांग मिलेर राज्यले दिएको सुबिधा (बिज्ञापन) बंचित सम्म गर्न सक्छन भन्ने पनि देखिएको छ !
समाचारको नाउँमा ‘स’ लेख्न जान्दैनन भने ‘सम्पादकीय’ त परको कुरा ! यस्ताहरु पत्रकार हु भनेर फुइ लाम्छ्न ! पार्टीको झण्डा मुनि अनि बिदेसीको पाउ मुनि बसेर पत्रकारिता गर्ने पत्रकारहरुलाई राज्यको चौथो अंग भन्न मिल्छ ? पार्टीको झण्डा मुनि बसेर सरकारी आदेशको नभएर पार्टीको आदेशको पालना गर्ने लाइ रास्ट्र सेवक कर्मचारी भन्न मिल्छ ?
देस र जनताको लागि सोच्ने हो भने अब नेपालमा पार्टीको काम कारबाहीमा लाग्ने पत्रकार हुन या रास्ट्र सेवक कर्मचारी तिनलाई तिनले पाउने सेवा सुबिधा बाट बंचित गरिनु पर्छ ! गरिब जनताको पसिनाको कमाइ यस्ताहरुको लागि भनेर तिरिएको हैन ! त्यसैले पार्टीको झण्डा समाउनेहरु लाइ राज्यको चौथो अंग पत्रकार देखि रास्ट्र सेवक कर्मचारी हो भनेर भन्न मिल्दैन !
बि.स.२०७० फाल्गुण १६ गते शुक्रवार !
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com