भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

चाटुकारिता !

सम्प्रेषक : खांट्टी कुरा Sunday, February 9, 2014
खांट्टी कुरा
----
बिषयक्रम :


अब हाम्रो वली काम्रेड आउनु भो ! उहाँ भनेको निडर हक्की, हिजो माओबादी सित पनि एक्लै जुधेको मान्छे ...
केहि दिन देखि सामाजिक संजालको भित्तामा यस्ता आरती र भजन निकै देख्न पाइएको छ ! हाम्रो बाजेको पालामा चाकडीबाजले जसरि राणा जर्साबको चाटुकारिता गर्थे त्यहि प्रबित्ति पुन: दोहरिएको छ !
चाटुकारिता गर्नेहरुले अहिले काम्रेड वलीहरुको मात्रै हैन सबै पार्टीका ठुला नेताहरुको गर्छन ! २०४६ साल भन्दा अगाडी त्यो बेलाको माहापँच भनिनेहरु देखि गामको प्रधानपन्च हुँदै न.स.स सम्मको गर्नु पर्थ्यो !  त्यहि चाटुकारिता ज्यु हजुरी गर्न नपरोस भनेर काँधमा काँध मिलाएर २०४५ साल देखि आन्दोलन भो २०४६ सालमा तत्कालिन राजा स्व.बिरेन्द्र बाट पंचायतलै निलम्बन गरि प्रजातन्त्र घोषणा भएकै हो ! हिजो पंचायती ब्यबस्थामा दरबारको डर मान्थे ! उखानै छ 'दर्बार कि तरबार' भन्ने ! राजाको कानमा कुरा पुग्ला भनेर पनि नेताहरु सतर्क हुन्थे !
तर,
२०४६ साल पछी कहिँ कतै नआएको प्रजातन्त्र देखिको लोकतन्त्र नेपालमै आयो ! हिजो दरबारमा १ जना राजा बस्थे ! तर अहिले नक्कली राजा कति हो गन्ति गरि साध्यनै छैन ! जब नक्कली राजा बन्न खोज्छन भने तिनले खोज्ने पनि चाटुकारिता नै हो !
समाजबाद देखि कम्युनिज्ममा त सबै बराबरी हुन्छ रे ! हक भोग बराबरी लाग्छ ! बेरोजगार लाइ रोजगार देखि भोकमरी आदि सबैको समाधान हुन्छ ! यस्तै पढाए र आस्वासन पनि दिए ! यस्तै आश्वासनको भरमा पटक पटक सत्तामा पुगे !
बाजेको पालामा राणाको चाटुकारिता गर्नेका सन्तानहरु पछी प्रजातन्त्र देखि पंचायत अनि फेरी प्रजातन्त्र हुँदै लोकतन्त्र सम्ममा आइपुग्दा पनि चाटुकारितामा नै मग्न छन ! नसा नसामा चाटुकारिता घोलिए पछी तिनले जानेको नै त्यहि चाटुकारिता हो र फरक यत्ति छ हिजो १ जना पन्चलाइ गर्नु पर्थ्यो भने अहिले सयौ राजनेता नामका लाइ गर्नु पर्दछ !
जो जसले हिजो चाटुकारिताको बिषयमा आवाज बुलन्द गरे ! जेल नेल भोगे तर आज तिनीहरुले नै चाटुकारिता लाइ प्रसय दिन्छन ! चाटुकारिता बिना बाच्न सक्दैनन भने यिनले गरेको राजनीति पनि हात्ती दन्ते हो कि हैन ? यदि यिनीहरुले सच्चा राजनीति गरेको भएको भए पार्टीमा गुटको राजनीति गर्दैनथे ! मिलेर जान्थे ! जब गुटबन्दी हुन्छ त्यसको मतलब अब दलाली र चाटुकारिता सुरु भो भनेर बुझ्नु पर्नेमा हिजो जेल नेल भोगेकाहरुले नै गुटबन्दीको खेति गर्छन भने यस्ता पार्टीका नेताहरुले देस र जनताको भलो गर्छन ? भलो गरेका भए २४ बर्षमा देस किन र कसरि अफ्गानिस्थान्को हाराहारीमा पुग्दैछ ?
बि.स.२०७० माघ २६ गते आइतबार

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com