बितेको बर्ष भारतको महारास्ट्र राज्यमा १ जना इसाई समुदायको केटाले
हिन्दुहरुको आराध्यदेव शिबलिंगको शिरमा जुत्ता सहितको खुटा राखेर खिचेको तस्बिर
सामाजिक संजाल फेसबुकमा अपलोड गर्ना साथ पुरै भारतमा बिरोधको स्वर गुन्जियो ! अझ
त्यतिले नपुगेर त्यो केटाको घर तोडफोड गरियो र अन्त्यमा प्रहरीले त्यो केटालाई
पक्राउ गरेर जेल हालेको समाचार पत्रिकामा प्रकाशित भएकै हो !
हाम्रै नेपालमा पनि बितेका बर्ष चित्र प्रदर्शनीमा एक जना स्थापित
चित्रकारले देबीको अमुर्त तस्बिर रचना गर्दा समाजलाई अपाच्य हुने खालको भयो र यसले
धार्मिक खलल पैदा गराउछ भनेर बहस हुनासाथ उक्त कलाकारको तस्बिर प्रदर्शनीस्थल बाट
हटाउनु परेको घटना पनि छापामा आएकै हो !
हालै केहि दिन देखि सामाजिक संजालमा एक जना गजलकारले ‘शौचालयमा
ईश्वर’ नामको शिर्षक
राखेर गजल प्रकाशित गरे भनेर चर्चाले शिखर चुम्दैछ,नचुमोस पनि कसरि !
८२% हिन्दु बसोबास गर्ने देसमा यसरि उटपट्याङ्ग किसिमको शिर्षक राखेर गजल प्रकाशित
गर्दा हिन्दुहरुको भावनामा ठेस पुग्छ भनेर ति गजलकारले सोच्नु पर्छ कि पर्दैन ?
शौचालय शब्दको अर्थ साना केटाकेटीलाइ समेत थाहा हुन्छ भने ति बिद्द्वान
लेखकलाई थाहा नहुने कुरै भएन ! कुरो र कुलो जता घुमाए पनि जान्छ ! बहस गर्ने
कानूनचीहरुले आफ्नो बुद्दी र तर्कले सुल्टो लाइ उल्टो र उल्टोलाइ सुल्टो पार्न
सक्लान तर धार्मिकताको बिषयमा ति बहसकर्ताले त्यसो गर्न नसक्लान किन भने उ पनि
कुनै धर्मको उपासक हुन सक्छन !
हामि नेपालीहरु अतिनै दयावान र सहनसिल छौ ! छिमेको मुलुकमा यसरि शिर्षक
राखेर साहित्य रच्नेहो भने तुरुन्तै साम्प्रदायिक रुप लिएर भिषण दंगा फैलिन्छ
भन्ने कुरा हामीले पटकपटक देखेका र भोगेका छौ ! गजलको भित्र लेखिएको वा भन्न
खोजिएको बिषय बस्तु जे जस्तोनै भएता पनि सुरमा पढ्ने पाठक वा हेर्ने दर्शकको आँखा
पुग्नेनै सुरुको वाक्य वा शब्दको शिर्षकमा हो !
यस्ता यावत कुराहरु थाहा हुँदाहुँदै पनि आफ्नो रचनाको अत्याधिक चर्चा होस
भन्ने हेतुले उटपट्याङ्ग शिर्षक राख्दा चर्चाको शिखरमा ति लेखक अबस्य पुग्छन तर
सुकार्य बाट हैन कि कुकार्य बाट !
यदि ति लेखकले सच्चा लेखकिय धर्म निभाउन खोज्छन भने शिर्षक परिवर्तन गरेर
आफ्नो गल्तीलाई विनम्रतापुर्बक क्षमा मागुन किनभने नेपालीहरुको हृदय समुन्द्र
जस्तै बिसाल छ ! सत्रुलाई त क्षमा दिइन्छ भने लेखक त आफ्नै रगत अनि मुटुको टुक्रा
!
'माता सरस्वतीले तिअज्ञानीलाई ज्ञानी बन्ने सक्ति प्रदान गरुन'
बि.स.२०७० माघ २३ गते बिहिबार !