भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

यी आधुनिक भिखारीहरू !

सम्प्रेषक : खांट्टी कुरा Monday, February 10, 2014
खांट्टी कुरा
----
बिषयक्रम : ,

भिखारी भन्नाले आफ्नो जीवन धान्न वा बाच्नको लागि अर्कामा दैलो दैलोमा चाहर्दै याचनाको साथ भिख मागेर गुजारा चलाउने व्यक्तिलाई भनिन्छ ! भिखारीको कुनै घर वा बासस्थान हुँदैन ! साथै भिखारीको कुनै पहिचान पनि हुँदैन ! मोटामोटीरुपमा यिनै हुन भिखारीको परिभाषा !

हाम्रो नेपालमा बितेका केहि बर्षहरु देखि छुट्टै किसिमको भिखारी देखिन थालेको छ ! बासस्थान छैन भनौ भने महलमा बस्छन ! महलमा बस्नेले खाने भनेको चौरासी व्यंजन हो भने लगाउने पोसाकको त के कुरा गराई भो ! महलमा बसी सके पछी पाउ कस्ट गर्ने कुरा पनि भएन ! यस्ता आधुनिक विकासे भिखारीलाइ नेपालको जनताले राजनीतिक पार्टीको नेता भनेर चिन्ने र जान्ने गरेका छन !

यी राजनीतिक भिखारी हरु पनि बडो अजिब अजिबका हुन्छन ! यिनले माग्ने भिखको तौर तरिका छुट्टै हुन्छ ! पहिलो चरणमा प्रेमीले प्रेमिकालाइ पठाउने प्रेम पत्र जस्तै गरि पार्टीको निला,राता,हरिया पहेला आदि इत्यादि रंगको कागजा कम्प्युटरे टाइप देखि हस्तलिखित चिट्ठी पत्र प्रदान गरिन्छ ! पेट बोलीमा लेखेका हुन्छन ‘देस र जनताको परिवर्तनको लागी यहाँको तर्फ बाट सानो सहयोगको अपेक्षा गरेका छौ’ ! त्यो सानो भनिएको सहयोग रकम करोड देखि हजार सम्मका हुन्छन !

दोश्रो चरणमा आदेशको पालना किन भएन भनेर तर ताकेता गरिन्छ ! ‘ज्यु रहेपो खान पाइन्छ घ्यु’ भन्दै पैसोवाल दाताले हजुरको हुकुम सर आँखो पर माइबाप ! हजर श्रीमानको जो निगाहा ! गरिबको दैलामा सहयोग लिन सवारी होस भनेर खबर पठाउछन ! साँच्चिकै भिखारी पाउकस्ट गर्छन भने राजनीतिक भिखारी जापाना बन्या प्राडो देखि घटियाँ छिमेका बन्या बोलेरोको यात्रा गरेर भिख थाप्न जान्छन !
यस्तै गरि भिख बटुलेर हिजोका ति भिखारीहरू घटीमा पनि बायुपंखी घोडा चढ्ने भै सकेका छन भने कास्मिरी बासमती भन्दा अरु घाटी बाट छिर्न छोडी सकेको छ ! हाच्छ्यु मात्र आयो भने पनि लौ स्वास्थ्य गडबडी भो भनेर ताल परेको खण्डमा आकासे एम्बुलेन्स बोलाएर उपचारको नाउँमा हनुमाने फौज लिएर जान बेर लाम्दैनन ! यी भए हिजोको तौर तरिका !
चिनि धेरै खायो भने तितो हुन्छ ! एकैनासको कार्य गर्दा बोरिंग फिल हुन्च्चरे भनेर आजकल भिख माग्ने नयाँ तरिकाको आविस्कार गरिएको छ ! जसरि सर्खारले ठेक्दारको वा उधोगपतिको काम र दामको आधारमा बिदेसिको भाखा भन्ने क्याटेगरी नामको बर्गिकरण गरेको हुन्छ त्यस्तै गरि राजनीतिक भिखारीहरूले पनि क, ख, ग, घ गरेर चन्दा नामको भिखको बर्गिकरण गरेका छन ! अब कुन कुन दाता कुन कुन श्रेणीमा पर्छन त्यो भन्न परोइन !
बेपार ब्यबसाय गर्ने लाइ बेपारी भन्छन र यी बेपारिको मना हरि हुन्न ! जाहा बाट जता बाट सुकर्म/कुकर्म गरेर भए पनि पैसो कमिनु पर्यो ! हातमा कचौरा लिएर दैला आउने देखि लिएर प्राडो, पजेरो र बोलेरो लिएर आउने सम्मलाइ यिनीहरुले असर्फी  बर्साउने गर्छन !
तर,
प्रजातन्त्र देखि गणतन्त्र सम्म आइपुग्दा बेपारी हरु पनि धेरै परिवर्तन भै सकेका छन ! हिजो पन्चेको पालामा दैलो उभिने कचौरा हल्लौनेलाई सुका मोहोर दिन्थे ! बेपार गरेर मनग्गे कमाउथे ! आफ्ना कामदारलाई कुस्त बोनस दिन्थे र धार्मिक देखि सामाजिक कार्यमा समेत उत्तिकै दत्तचित्तले लाग्थे ! अहिले त्यसो छैन ! कर्मचारीलाई बाड्ने बोनस देखि लिएर धार्मीक तथा सामाजिक कार्यमा खर्चिने ति पैसो राजनीतिक भिखारीहरूलाइ बाड्च्च्न ! सायद यसैलाई भनिन्च्च क्यार ‘गाइ मारेर गधा पोस्ने’ !




.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com