(फाइल फोटो स्व.रुपचन्द्र बिस्ट) |
'जसरु' अर्थात जनता संग रुपचन्द्र र 'रुदाने' अर्थात रुपचन्द्र बिस्ट उनको परिचय यती हो ! हात जोडेर कहिले पनि भोट माग्दै हिडेको देखिएन ! छुद्र तथा रुखो बोलि बोल्ने भएर होला नगर पालिका भित्रको इलाकामा बस्नेले त्यति रुचाउदैन थिए ! मुखमै भाते र कुकुर झुन्डिएको हुन्थ्यो ! तर त्यो 'कुकर अनि भाते' को अर्थ पनि थियो ! सिधै भन्थे "बरालिएर हिड्नेहरु कुकुर हुन भने काम नगरी बसी बसी खानेहरुचैँ भाते हुन" हुन ! वास्तवमा हो पनि र उनले बोलेका ति सब्दहरु लाइ यतिखेर मकवानपुरेले झल्झली सम्झेका छन !
हाम्रो वडामा 'जनपक्षीय' भन्ने सब्द उनैले सिकाका हुन ! मान्छे भएर जन्मे पछी हरेक कुरा "थाहा" पाउनु पर्छ भनेर "थाहा" लेख्दै हिड्ने उनको बानि थियो ! कतिपयले ता त्यस्तो लेख्दै हिडेको देख्दा 'बहुला रुपचन्द' पनि भन्थे !
आज उनलाई सम्झिने दिन भएर हार्दिक सम्झना तथा स्मरण को साथ यो दुइ सब्द पोखे पुर्ब माननीय तथा हेड माडसाब प्रति ! मकवानपुरेको हृदयको स्पन्दन 'जसरु रुदाने' सदा अमर रहुन !
२०७० पौष २६ गते शुक्रबार !