रास्ट्र निर्माता बडामहाराजाधिराज स्व.पृथ्बी नारायण शाहले नेपाल एकीकरण
नगरी दिएको भए नेपाल आज कि हिन्दुस्थान कि तिब्बत हुँदै चाइनाको अधिनमा
हुन्थ्यो ! यी सबै कटु सत्य जान्दाजान्दै पनि पश्चिमाको जुठोपुरोमा रमाउन
पल्केका केहि अघोषित नेपाली बिद्द्वान भनाउँदाहरुले बिदेसिको इसारामा
नेपाली जनतालाइ दिग्भ्रमित पार्ने किसिमको आलेख पत्रपत्रिकामा प्रकाशित
गर्ने गरेको देखियो !नेपाल बीर गोर्खालीको देस हो र नेपाल लाइ आज नेपाल भनेर चिनाएको बडामहाराजाधिराज स्व.पृथ्बी नारायण शाहले हो र उनैको नेतृत्वमा चार जात छत्तिस बर्णको जातीय मालाले अदम्य शाहस देखाउंदै टुक्रा टुक्रा भाको नेपाललाइ एक ढिक्का बनाएको हो !
याद गर बिदेसिको दलाल हो एक दिन तिमीहरुले जिबनको अन्तिम स्वास लिनलाई भौतारिंदै हिड्नु पर्ने दिन आउनेछ ! जन्मभूमि र जन्म दिने माता एकै हो भने अलि गतिलो भाउ आयो भने तिमीहरुले जननी समेत बेच्न पछी पर्दैनौ भन्ने कुरा यो चौबिस बर्षमा नेपाली जनताले स्पस्टरुपमा देखि भोगी सकेको छ भने तिमीहरु जस्ता बिदेसी दलाललाइ बीर नेपालीको सन्तान भन्न कदापि सुहाउदैन ! धिक्कार छ तिमीहरुको मरेको जुनीलाइ !




ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
