भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

रोदन र चित्कार !

सम्प्रेषक : खांट्टी कुरा Friday, January 10, 2014
खांट्टी कुरा
----
बिषयक्रम :

(बायाँ रामकुमारी झाँक्री,दायाँ विधा भण्डारी)
संबिधान सभाको पहिलो निर्वाचनले छानेका जन प्रतिनिधि बाट संबिधान जारि नगरी पहिलो संबिधान सभा लाइ भंग गरि पुन: दोश्रो पटकको लागी भर्खरै सम्पन्न प्रत्यक्ष निर्वाचन सम्पन्न भयो ! प्रत्यक्ष संगै समानुपातिकको निर्वाचनको पनि परिणाम निस्की सकेको छ !
यो पालीको समानुपातिकको मनोनयनको विवाद प्रायजसो सबै पार्टीमा देखियो ! आरोप प्रत्यारोपको बाढी चल्यो ! कुनै कुनै पार्टीमा त समानुपातिकमा नपरेका पार्टीका सदस्यले अति तल्लो भाषा सम्म प्रयोग गरेको देखियो ! पार्टीका सिपाही ‘हिस्स बुढी खिस्स दांत’ झैँ भए ! ‘राम्रा हैनन हाम्रा’ अनि ‘काम हैन दामवाला’चैँ परे ! नयाँ लोकतान्त्रिक अभ्यासको नमुना भन्छन क्यार यस्तोलाई !
‘जन’ देखि ‘जनता’ अर्थात सब्द पिच्छे यी दुइ वाक्य प्रयोग गरिएन भने नुन नहालेको तिउन जस्तो हुन्छरे,त्यहि भएर माथिका ठुला नेतादेखि तल्ला सम्मकाले उक्त दुइ ‘जन’ देखि ‘जनता’ प्रयोग गर्ने पार्टीको नाम हो ने.क.पा.एमाले ! त्यहि पार्टीमा लाग्ने जति सबै पार्टीका आस्थावान सिपाही हुन भन्छन ! उक्त पार्टीमा तल्लो तहको वडा कमिटि देखि अन्तर्राष्ट्रिय हेर्ने सम्मको कमिटि छ भने बिधार्थी, युवा, मजदुरको कमिटि त झन नहुने कुरै भएन !
राजाको सक्रिय शासनकाल अर्थात २०६३ सालमा ‘राजतन्त्र हटाउ’ आन्दोलन सुरु भयो ! आन्दोलन भनेसी नेपालको प्राय आन्दोलन आजसम्म शान्तिपूर्णरुपमा सम्पन्न भएको इतिहास नै छैन ! आन्दोलनमा नारा घंकिन्छ, तोडफोड, चक्काजाम देखि आगजनीको घटना घट्न थालेसी त्यसलाई रोक्नको निमित्त आउने भनेकै सरकारी सुरक्षाकर्मी हुन ! जब सुरक्षाकर्मी र आन्दोलनकारीको जम्काभेट हुन्छ त्यसपछि त्यो आन्दोलन रणभूमिमा परिणत हुन्छ ! रणभूमिमा बग्ने भनेकै रगतको खोलो हो !
२०६३ कै आन्दोलनमा जनताको पार्टी एमालेको बिधार्थी फांटको नेताहरुले ससक्त आन्दोलन मात्र नभएर प्रतिकार सम्म गरेका थिए ! त्यसै सिलसिलामा भिडलाई काबुमा ल्याउन सुरक्षाकर्मीले लाठीचार्ज गर्दा बिधार्थी नेत्री रामकुमारी झाँक्री घाइते भईन ! टाउको फुट्यो, टाउको फुटेसी बग्ने भनेकै रगत हो ! बिधार्थी नेताहरुले टाउको फुटाए अन्त्यमा राजतन्त्र निलम्बनमा पर्यो, आन्दोलनको जित भो !
पहिलो पटक संबिधान सभाको चुनाव सम्पन्न भो तर जनताको पार्टीबाट आन्दोलनमा टाउको फुटाउने ति कोहि पनि परेनन ! दोश्रो पटक पनि संबिधान सभाको चुनाव भयो तर यो पालि पनि परेनन तब सुरु भयो सामाजिक संजाल फेसबुकमा बिरोधका स्वरहरु ! यसै सिलसिलामा रामकुमारी झाँक्रीले जन आन्दोलनमा आफु घाइतेभाको तस्बिर फेसबुकमा सेयर गर्दै ‘चित्कार’ प्रकट गरिन तर जनताको पार्टीका ठुला नेताहरुलाइ ति ‘चित्कार’को कुनै असर भएन तर कुनै कुनैले बरु उल्टो नकारात्मक टिप्पणी समेत गर्न भ्याए ! जनताको पार्टीको गणतान्त्रिक अभ्यास हो क्यार !
यसै सिलसिलामा सोहि पार्टीका शक्तिसाली महिला नेत्री क.विधा भण्डारीले सान्त्वना दिनुको सट्टा अत्यन्त हलुको ढंगले गर्नु भएको टिप्पणी खबर पत्रिका देखि सामाजिक संजाल सम्ममा देखियो ! क.विधा भण्डारी एमाले पार्टीको सबै भन्दा ठुला नेता स्व.मदन भण्डारीको बिधवा हुनुहुन्छ भने हिजो पन्चायेतीकालमा उहाँले पनि भूमिका निभाउनु भएकै हो तर २०४६ साल देखि हाल सम्ममा ने.क.पा एमालेमा सबै भन्दा धेरै पटक सत्तामा पुग्नेमा उहाँ अग्र पंक्तिमा पर्नु हुन्छ भने यो पाली पनि समानुपातिकको मनोनयनमा पर्नु भएको छ ! पार्टी सरकारमा गयो भने यो पाली पनि मन्त्रि पक्का !
क.राम कुमारी झाँक्री पनि महिला र क.विधा भण्डारी पनि महिला नै हुनुहुन्छ ! एक महिलाले अर्को महिलाको समर्थनमा पार्टीमा जोडदार आवाज उठाउनु पर्नेमा त्यसो नगरी क.राम कुमारी झाँक्री जस्ता युवा नेताहरुको मनोवल गिराउने काम क.विधा भण्डारीबाट किन गरियो ? के ति युवा नेताहरुको काम भनेको पार्टीलाई सत्तामा पुर्याउनको लागि दिन रात खट्नु मात्र हो ? पार्टीले आयोजना गरेको बिरोध कार्यक्रममा ज्यानको बाजी थापेर लडी दिनु मात्र हो ? यदि ति युवाहरुले २०६३ को जनआन्दोलनमा ज्यानको बाजी थापेर नलडी दिएको भए एमाले नेतृत्वले पटक पटक सरकारको नेतृत्व गर्न पाउथ्यो ? यदि पाउदैन्थ्यो भने युवा नेता क.राम कुमारी झाँक्रीहरुको चित्कार कस्ले सुन्ने ? अनि क.विधा भण्डारीको बेतुकको रोदन किन ? चौबिस बर्षमा आफैलाई न्याय दिन नसकेर मुखमा भोटे ताल्चा झुन्ड्याउनेले पार्टीका सिपाही र गरिब जनतालाइ न्याय दिन्छ भनेर पत्याउन सकिन्छ र ? 
२०७० पौष २७ गते सनिवार !


.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com