भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

यो झिंगे दाउको खेल कहिले सम्म ?

सम्प्रेषक : खांट्टी कुरा Saturday, January 18, 2014
खांट्टी कुरा
----
बिषयक्रम :


दुइ चार जना जम्मा भएर आ-आफ्नो सिक्का (पैसा) अगाडी राख्ने अनि जसको सिक्कामा पहिला आएर झिंगा बस्छ त्यो नै जितुवा हुने खेलको नाम हो झिंगे दाउ ! कुनै समयमा यो नेपालको धेरै पुरानो र लोकप्रिय खेल थियो ! यी खेल सहर बजार मात्र नभएर गाउ टोल सम्म प्रख्यात थियो ! नया नया खेल भित्रिन थाले पछी अहिले यो खेल नेपाल बाट एक किसिमले लुप्त नै भै सकेको जस्तो छ !
झिंगा भने पछी फोहोर रुचाउने एक किसिको प्राणि हो ! नेपालको राजनीति पनि एक किसिमको झिंगे दाउ जस्तै हो ! २००७ सालमा नेपालमा प्रजातन्त्र भित्रे पछी सुरु भएको झिंगे दाउ खेल आजको मिति सम्म जारि नै छ !
पहिला झिंगे दाउ सफा मनले खेल्थे तर अहिले झिंगे दाउ खेल्ने हैन खेलाइन्छ ! झिंगे दाउमा रेफी बसे बापत रेफ्रीले कहिले खोला लान्छन कैले सिमाना लान्छन ! अहिले पनि झिंगे दाउ खेलाएर रेफ्रीले देसै खान खोजेका छन तर खेलाडीलाइ झिंगेदाउमा जितेर भन्दा पनि रेफ्रीलाइ खुसि पारेर बालुवाटारमा बस्न मात्रै रहर छ !
तिनै झिंगे दाउको रहरले बुढा सुसिल दा हिस्स परे ! अहिले न्यायालय को सम्माननीय प्रधान न्यायाधिस लाइ चुनावी सरकार प्रमुख भन्दै झिंगे दाउमा जिताएर सरकार प्रमुख बनाइएको छ ! कर्मचारीले नेताले जस्तो भाषण गर्न जान्दैनन ! चुनाउ हुँदैन भन्नेलाइ चुनाउ गरेर देखाई दिए ! चुनाउ त भयो तर कसैले पनि पूर्ण बहुमत ल्याम्न सकेनन !
क, ख, ग, घ, भनेर ठुलो सानो छुट्याउदा ‘क’ मा कांग्रेस पार्टी, ‘ख’ मा एमाले नामको कम्युनिस्ट पार्टी, ‘ग’ मा एमाओबादी नामको कम्युनिस्ट पार्टी र ‘घ’ मा राजा र सनातन हिन्दु धर्मको जय भन्ने रा.प्र.पा.पार्टी नेपाल परेका छन भने अरु ऐरे गैरे नत्थु खैरेको के हिसाब गराई भो !
२४ बर्षको राच्च्नीतिमा नेपाला झिंगे दाउ आफूखुसी खेल्न पाइदैन भन्ने कुरा थाहा हुँदा हुँदै पनि
चुनाउ सक्या दुइ मैना भो ‘क’ पार्टीका नाम लेखाकाहरु बालवाटार दर्बारा को बस्ने भनेर झिंगे दाउ खेल्न थालेका छन !
यी झिंगे दाउ खेल्ने तिन थाने नेताहरु आफु हाँगामा बसेर आफै पट्टिको हाँगा काट्ने  कालिदासे बुद्धिका हुन भनेर बिगतको छत्तीसे र चौहत्तरे बनेर देखाई सकेका छन ! उता ‘ख’ बनेकाहरु पनि हामि पनि अलिकतिले गर्दा मात्र ‘ख’ बनेकाहम ! हाम्रो पनि हक लाग्च्च भन्दै झिंगे दाउ हान्दै बसेका छन भने ‘ग’ का ले कहिँ सर्खारा जान्नम भंच्चन तर सर्खार्मा जाने बिकल्प पनि छ भनेर दस्ताबेज नामको कागजा लेखिटोपल्छन भने ‘घ’ पार्टीका हरु चैँ ज्यान गए पनि सर्खारा जाँदैनम भनेर घुर्क्याएर बसेका छन !
यिनले आफ्ना मनले झिंगे दाउ खेलेर क्यार्ने ? त्यो पचन्नी ढ्याका आएर झिंगो नबसे सम्म बिजयी भव: हुँदैनन क्यार ! केहि गरि झुक्केर त्यो फोहोरी झिङ्गो बसे पनि हार जितको मान्यता पाउने हैन ! बिना अम्पाएरको खेल हुन्न भन्ने कुरा बुझ्दा बुझ्दै पनि आफु खुसि झिंगे दाउ खेल्नेहरु कालिदास श्रेणीमा पर्च्चन !
ढिलो छिटो अम्पाएर नामको रेफ्री भन्ने त्यो जिनिस पक्कै आएर झिंगे दाउ खेलाउछन अनि पारिश्रमिक भन्दै के के लाने हुन त्यो हेरी बसेका छन ! नेपाली जनताले लाटोले केरा हेरेको जसरि हेर्नु भन्दा अरु के नै जानेको छ र ! यदि जानेको र बुद्धि भाको भए बिदेसिको इसारामा नाच्ने झिंगे बहादुरहरुले उचाल्देको भरमा पटक पटक आन्दोलन गरेर ब्यबस्था फेर्न ज्यानको बाजी लाम्दैन थिए ! आइमेले सारी फेर्या जसरि पंचायत देखि प्रजातन्त्र सम्मको ब्यबस्था फेरेर के पायौ त हामि नेपालीहरुले ? छात्तिमा हात राखेर अब फेरी सोच्ने कि नसोच्ने ?

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com