(गजलकार -पोस्टराजचापागाईं) |
नेपाली हूँ थेप्चे नभन्नू तिम्ले
गोर्खालीको नाता उने पुग्ने छ !
साला चुच्चे नाके नभन्नू तिम्ले
आँखा साना लागून् उनै हुन् दृष्टि
स्रष्टा दोसी चिम्से नभन्नू तिम्ले
बस्तीमा छौं हामी धुलो खेलिन्छ
लाली पोती पाखे नभन्नू तिम्ले !
दङ्गा बढ्ला काले र गोरे फाट्दा
हेपी मड्स्या कैले नभन्नू तिम्ले
छन्द – सालासुङ्गो (हिमाल)
सूत्र - SSS SSS lSS SS
गण – म म य गु.गु.
विश्राम – ६ अक्षरमा
लक्षण –
मीठो ‘सालासुङ्गो’ ‘ममायाग्गे’ हो
भाका हाली पढ्दा ६ मा अड्ने हो
गुनगुन – लालालालालाला ललालाला
https://www.facebook.com/postraj.chapagain




ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
