भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

गजल !

सम्प्रेषक : खांट्टी कुरा Saturday, January 18, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
(गजलकार -पोस्टराजचापागाईं)
जातै तोकी नेप्टे नभन्नू तिम्ले
नेपाली हूँ थेप्चे नभन्नू तिम्ले

गोर्खालीको नाता उने पुग्ने छ !
साला चुच्चे नाके नभन्नू तिम्ले

आँखा साना लागून् उनै हुन् दृष्टि
स्रष्टा दोसी चिम्से नभन्नू तिम्ले

बस्तीमा छौं हामी धुलो खेलिन्छ
लाली पोती पाखे नभन्नू तिम्ले !

दङ्गा बढ्ला काले र गोरे फाट्दा
हेपी मड्स्या कैले नभन्नू तिम्ले

छन्द – सालासुङ्गो (हिमाल)
सूत्र - SSS SSS lSS SS
गण – म म य गु.गु.
विश्राम – ६ अक्षरमा
लक्षण –
मीठो ‘सालासुङ्गो’ ‘ममायाग्गे’ हो
भाका हाली पढ्दा ६ मा अड्ने हो
गुनगुन – लालालालालाला ललालाला

https://www.facebook.com/postraj.chapagain

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com