भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

पाप्पाजी नेपाल आम्नु हुन्दैच्चरे !

सम्प्रेषक : खांट्टी कुरा Monday, January 20, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
(भारतीय प्र.म.डा.मनमोहन शिंह)
कर्मचारीको सर्खारको बिदेस मुन्त्रीले ‘पाप्पाजी हजुर एक पटक नेपाल आम्नुपरो’ भनेर कम्पनि सर्खारको मुख्यालाइ भर्खरै बिन्ति गर्न हिन्दुस्थाना गाका रैच्चन ! हिजो अध्यक्ष काम्रेड प्रचण्ड देखि क.माकुने, क.अर्जुन दृस्टी खनाल, क.बिप्पा समेतले नेपाला आम्नलाइ अनेक बिन्ति भाउ गर्दा समेत मुन नपग्ल्या पनि नेपाली जनताले देखेकै हुन तर कर्मचारीको सर्खारको दोश्रो ठुला मुन्त्रिले एकै बचनमा कसरि फुरुक्क पारेनी नारान बुझ्याभे मरी जाउ ! दर्शन भेट पश्चात नेपाला नया सर्खार बन्नासाथ तिमेरुको देसा घुम्न आम्ला भनेर पाप्पाजी बाट हुकुम बक्स भाकोच्चरे भनेर नेपालको सप्पै अखबारी बजार रंग्याच्च ! नरंगोस पनि कसरि नेपालको नेताहरुको लागि भगवान भोलेनाथ उनै हुन भंच्चन ! कर्मचरिको सर्खारले चुनाउ गरेर देखाओस त भनेर नानाथरीको बाजी थाप्नेहरूनि हिस्स बुढी खिस्स दांत परेकै हुन क्यार ! चिनि मल हालेको जिनिस सित्तिमित्ति पाक्दैन भंच्चन ! चिनि मल हाल्या कालो मासा दालझैं कर्मचारीको सर्खार फिटिक्क नगल्या देखेर बैद्य बाले इराकी हुस्कीको बोत्तलले नि चुनाउलाइ स्वागत गरेकै हुन ! टाटाको वसा मुन्छी राखेर बाइबाइ पनि गर्न खोजे तर के लछारोपाटो लाग्यो त ? चुनाउ त्यो पनि शान्त र आनन्द सित गरेर देखाई दिए ! त्यहि कर्मचारीको सर्खारले अर्या चुनापमा हिरन्यकस्यपको आधुनिक पुत्र भांगकाजि एण्ड कम्पनिहर लाइ नेपाली जनताले चुनाउमा गुल्टिंग ख्वाएर 'खुच्चिंग ताला पैताला' गरेकै हुन भने तार्कासुरको फौजलाई भगवान बिष्णुले बलि राजा स्टाइला जसरि नेपाली जनताले रसातलमा भसाइदेकै हुन ! गोराले लाल धर्म मान्दैन भन्ने कुरा थाहा हुँदाहुँदै पनि गोराको फर्मुला 'फुटाउ र राज गर' भन्नेलाइ सक्कल बमोजिम नक्कल गर्नु भन्दै चिलगाड़ीमा भट्टट फुक्दै हिन्दा एकबिस छ सिटा झरेको रन्कोले हिज आज अध्यक्ष काम्रेड मेरो छोरा जिम्मा लि ! यो अल्छिना लाल दर्बारा एक बस्दिन, दुइ बस्दिन भन्दै मलिनो स्वरा भुत्भुत्याको खबर पनि आफ्नै सगोत्री लाल पाटिले छाप्देको खबर पनि त कम्पनि दर्वारा पुगेकै होला ! पन्च्या पाला कौन पुछे खेसरीके दाल गर्या बदला २४ वर्ष देखि नजानिँदो तरिकाले कम्पनि सर्खारले लिंदैछ ! नपत्याय छयालीस साले अन्तरिम पान बाजेको सर्खार देखि अहिलेको कर्माचारीको सर्खार सम्मलाइ हेर्नुस ! सर्खार बनाउना साथ राणाकालिन हजुरिया जर्नेलले श्री ३ लाइ जाहेरी चढाको जस्तैरि जाहेरी चढाउन पल्टनलेर कम्पनि सर्खारकोमा जान्छन ! गणतन्त्र आयेसी कुनै पनि कम्पनि माराज नेपाल मण्डलीमा ढीम्किन आकाछैनन आएनन तर कर्मचारीको कर्मचार्को सर्खारले एकै जाहेरीमा कसरि कम्पनि सर्खारलाइ नौनी बनायोनि राम तिन छक्क परेका छम ! के राच्च्निती गर्च्चौ बौदले नेताहो ? राच्च्निती भनेको जनताको भुरा उचालेर सडकको रेलिंग भत्काउने, गुड्या मोटरा ढुङ्गा हान्ने र सडका टायर बाल्या जस्तो हुन्न न त जिन्दाबाद र मुर्दाबादको नारा घन्का जस्तो हुन्च्च ! राच्च्नीती अर्नत कर्मचारीको सर्खारको जस्तो माइण्ड हुनु पर्च्च ! तिमेरुले जस्तो हावादारी भाषण खोक्न नजानेनि तिमेरुले नसक्या सप्पै काम फु मन्तरको ताला कर्माचारीको सर्खारले गरेर देखाई दिए ! यो २४ बर्षा तिमीहरुको राच्च्नितीरुपी परिक्षाको नतिजा नेपालको कहिले उभो नलाग्ने त्यो नाथे नेप्सेको सुचकांक जस्तो उकालो हैन संधै ओरालो लाग्या छ क्यार ! नपत्याय आफैले आफैलाई छात्तिमा हात राखेर सोधी हेरत ?
(तस्बिर साभार: गुगलबाट) 
बि.स.२०७० माघ ६ गते सोमबार

 



.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com